१५ चैत्र २०८०, बिहीबार

ताजा-अपडेट

लागुऔषधसहित जुम्लाका युवक जमुनाहामा पक्राउ, रोकिएन ओसारपसार

लागुऔषधसहित जुम्लाका युवक जमुनाहामा पक्राउ, रोकिएन ओसारपसार

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १५ । यहाँस्थित नेपाल भारत नाकाको सीमापारी रुपैडिहाबाट भैरहेको लागु औषधको ओसार पसार निरन्तर जारी नै रहेको पाईएको छ । प्रहरी सक्रियताका कारण दिनदिनै लागु औषध ओसार पसार गर्नेहरु पक्राउ पर्दै आएपनि ओसारपसार गर्न छोडेका छैनन् । सो क्रममा पछिल्लो पटक विहिबार विहान नेपालगञ्जको सिमा नाका जमुनाहबाट लागूऔषध ट्याब्लेटसहित एक जना १९ वर्षका युवक पक्राउ परेका छन् । लागु औषध ओसार पसार र सेवनमा अधिकांश युवानै रहेको पाईएको जमुनाहा प्रहरीले जनाएको छ । विहिबार विहान ९ बजेर ४५ मिनेट जाँदा सीमापारी रुपैडिहाबाट आइरहेको जुम्ला गोठीचौर गाउँपालिका १५ का १९ वर्षिय युवक दिनेश नेपालीलाई चेक जाँच गर्दा उनले लुकाएर ल्याईरहेको विभिन्न लागु औषधका १०१ वटा ट्याब्लेटसहित नियन्त्रणमा लिईएको जमुनाहा प्रहरीले जनाएको छ । नेपालीको चेकजाँच गर्दा प्रहरीले नाइट्रोभेट ५१ ट्याब्लेट, एनटी १० नाम...
कर्णाली क्षेत्रीय मेडिकल स्टोरको क्वाटरमा सुतेका एकै परिवारका चारजना मृत भेटिए

कर्णाली क्षेत्रीय मेडिकल स्टोरको क्वाटरमा सुतेका एकै परिवारका चारजना मृत भेटिए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, पुस १५ गते । भेरी अस्पतालको हाताभित्र रहेको कर्णाली क्षेत्रीय मेडिकल स्टोरको क्वाटरमा बस्दै आएका एकै परिवारका चार जना सुतेकै अवस्थामा विहिबार विहान मृत भेटिएका छन् भने तीन जना बेहोस अवस्थामा फेला परेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले दिनु भएको जानकारी अनुसार उनिहरुले आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको देखिएकोले निसासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । उहाँले भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उहाँको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको पाईएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकार...
चिसो बढेपछि कारगारका कैदीबन्दीलाई रेडक्रसद्धारा कम्बल वितरण

चिसो बढेपछि कारगारका कैदीबन्दीलाई रेडक्रसद्धारा कम्बल वितरण

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १४ पुस । शितलहर तथा चिसो अत्याधिक वढ्दै गएपछि नेपाल रेडक्रस सोसाईटी बाकेले जिल्ला विपद व्यवस्थापन समिति बाँकेमार्फत बाँके कारागारका कैदी बन्दीका लागि ३० थान कम्मल वितरण गरेको छ । विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्री, जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी र रेडक्रस बाँकेका कोषाध्यक्ष राकेश वहादुर श्रीवास्तवले संयुक्त रुपमा कारागारका जेलर राम कुमार सोनकरलाई सो कम्मल हस्तान्तरण गर्नुभयो । त्यसैगरि सोही अवसरमाकैदी बन्दीकै लागि १५ थान पि फर्म पनि हस्तान्तरण गरिएको रेडक्रस बाँकेले जनाएको छ । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले चिसोको बेला अति विपन्न र आवश्यकता महसुस भएकालाई कम्मल लगायतका न्यानो कपडा वितरण गर्न जिल्लाका सबै गैर सरकारी संघसंस्थासंग आग्रह पनि गर्नुभयो । चिसो अत्याध...
भारतमा सम्मानित हुने सामाजिक अभियन्ताको गैसस महासंघद्धारा स्वागत सम्मान

भारतमा सम्मानित हुने सामाजिक अभियन्ताको गैसस महासंघद्धारा स्वागत सम्मान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १४ पुस । गैर सरकारी संस्था महासंघ बाँकेले अन्तरािष्टय पुरस्कार र सम्मान पाउनु हुने तथा केन्द्रिय पदमा निर्वाचित हुनुहुने विभिन्न व्यक्तित्वहरुको स्वागत सम्मान गरेको छ । महासंघको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित गैससकर्मी धर्मलाल रोकाय, भारतमा ‘डा अम्बेडकर विशिष्ट सेवा पुरस्कार–२०२१’ बाट सम्मानित सामाजिक अभियन्ता मिना पराजुली, ‘डा अम्बेडकर सेवा पुरस्कार–२०२१ बाट सम्मानित सामाजिक अभियन्ता रवि तुलाधार र डा अम्बेडकर कलाश्री सेवा पुरस्कार–२०२१ बाट सम्मानित सामाजिक अभियन्ता बेद प्रकाश शर्मालाई महासंघले स्वागत, सम्मान गरेको हो । महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गैसस महासंघ नेपालका नव निर्वाचित केन्द्रीय सदस्य धर्मलाल रोकायले सामाजिक मुद्धामा कटिबद्ध भएर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता ...
बाँकेमा “चालकसँग ट्राफिक प्रहरी” सचेतना अभियान निरन्तर जारी

बाँकेमा “चालकसँग ट्राफिक प्रहरी” सचेतना अभियान निरन्तर जारी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले लुम्बिनी प्रदेशस्तरीय “चालकसँग ट्राफिक प्रहरी” सचेतना कार्यक्रमलाई निरन्तर जारी राखेको छ । सो सचेतना कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा तैनाथ रहेका ट्राफिक प्रहरीहरुले विभिन्न सवारी साधनका चालकहरुलाई रोकेर उनिहरुलाई सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेत पार्दै आएका छन् । सो क्रममा मंगलवार नेपालगञ्ज उप महानगरपालिका २० राझाँस्थित प्रहरी नायब निरिक्षक ओम प्रसाद पौडेलको टोलिले मोटरसाइकल, ई रिक्सा, अटो र अन्य गाडीका सवारी चालक र सह चालकहरु लाई जम्मा गरेर, रोकेर सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासन, दुर्घटना न्यूनिकरण, जाडोको समयमा हुस्सु कुहिरो लागेको बेला सवारी साधन चलाउदा अपनाउनु पर्ने सजकता स...
फेसबुक पेजमाफर्त ठगी गर्ने बर्दियाका रमेश थारु कोहलपुरबाट पक्राउ, काठमाण्डौ पठाईयो

फेसबुक पेजमाफर्त ठगी गर्ने बर्दियाका रमेश थारु कोहलपुरबाट पक्राउ, काठमाण्डौ पठाईयो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, पुस १३ । सामाजिक संजाल फेसबुक पेजमाफर्त अनलाईन ठगी कार्यमा संलग्न रहेका बर्दियाका रमेश थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । थारुलाई पुस १२ गते पक्राउ गरेर आज मंगलवार महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी रविन्द्र खनालले बताउनुभयो । उहाँले बिभिन्न ब्यक्तिहरुको नागरीकताको कपी फेला पारी त्यसको दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाई अनलाईन मार्फत डीएसएलआर क्यामेराको खरिद तथा बिक्री गर्न आकर्षक बिज्ञापन राखेर खरिद गर्न चाहाने ग्राहकबर्गहरुसंग एडभान्स मागेर सामान नपठाउने काम गर्दै आएका जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं १० बस्ने बर्ष २३ का रमेश थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेसंग समन्वय गरी महानगरीय अपराध महाशाखाले पक्राउ गर्न लगाएको बताउनुभयो । थारुलाई सोमवार कोहलपुरबाट पक्राउ गरि...
महेन्द्र बहुमुखि क्याम्पसका गार्डको कुटाईबाट नेपालगञ्जका युवकको मृत्यु

महेन्द्र बहुमुखि क्याम्पसका गार्डको कुटाईबाट नेपालगञ्जका युवकको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, १३ पुस । नेपालगन्जमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१७ का २२ वर्षीय राजु भनिने नन्कु पासीको मृत्यु भएको हो । राजुलाई पुष १० गते दिउँसो नेपालगन्ज महेन्द्र बहुमुखि क्याम्पसका गार्ड राजकुमार श्रेष्ठले कुटपिट गरेका थिए । गार्डले मुक्का र बुडले जथाभावी हिर्काएको आफन्तहरुले प्रहरीलाई बताएका छन् । क्याम्पस कम्पाउण्डभित्र राजुले घासपात काटिरहेको देखेपछि क्याम्पसको सुरक्षार्थ खटिएका गार्डले कुटपिट गरेका थिए । त्यसपछि राजु घर जानुभयो । त्यसैरात उहाँको अत्यधिक पेट दुख्न थालेपछि उपचारका लागि भेरी अस्पतालमा पु¥याइयो । भेरीका चिकित्सकहरुले पेटमा रक्तश्राव भएको भन्दै नेपालगन्ज मेडिकल कलेजमा रिफर गरे । राजुको उपचारकै क्रममा ११ गते मृत्यु भएको हो । कुटपिट गर्ने राजापुर नगरपालिका–४ बर्दियाका ४९ वर्षीय गार्ड श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसके...
प्रेस युनियन बाँकेले स्थापना गरेको पत्रकार कल्याण कोषले सबै पत्रकारलाई समेट्ने

प्रेस युनियन बाँकेले स्थापना गरेको पत्रकार कल्याण कोषले सबै पत्रकारलाई समेट्ने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, पुस १२ । नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको ‘एनपीयु पत्रकार कल्याण कोष’ लाई सक्रिय बनाएको छ । कुनैपनि घटना, दुर्घटनामा घाइते भएर वा जटिल खालका रोगको औषधी उपचारमा पत्रकारलाई आर्थिक सहायता प्रदान गर्ने उद्देश्यले युनियन बाँकेले उक्त कोष स्थापना गरेको थियो । युनियन बाँकेको हालै बसेको कार्यसमिति बैठकले पनि एनपीयु पत्रकार कल्याण कोषलाई सक्रिय बनाउने निर्णय गरेको थियो । उक्त कोषमा सुरुमा युनियनका जिल्ला कार्यसमिति, पदाधिकारी आफैले स्वःस्र्फुत रुपमा रकम जम्मा गरेर अन्य ब्यक्ति, संस्था तथा निकायलाई पनि आग्रह गर्ने तयारीमा रहेको युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बताउनुभयो । युनियनले स्थापना गरेपनि उक्त कोषले जिल्लाका सबै पत्रकारलाई समेट्ने उहाँले बताउनुभयो । कोष सञ्चालनका लागि युनियनले निर्देशिका समेत तयार गर्ने ओलीले जानकारी दिनुभयो । ‘कोषमा जम्मा हुने रक...
बाँके काँग्रेसको निर्वाचन पुस २७ गते गर्ने निर्णय

बाँके काँग्रेसको निर्वाचन पुस २७ गते गर्ने निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १२ । नेपाली कांग्रेस बाँकेको निर्वाचन पुस २७ गते हुने भएको छ । नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिले सोमबार बाँकेसहित निर्वाचन हुन बाँकी रहेका जिल्लाको एकैदिन निर्वाचन समय तोकेको हो । नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पुस २७ गते निर्वाचन तोकिएको जानकारी दिनुभयो । ‘बाँकेसहित निर्वाचन हुन बाँकी रहेका सबै जिल्लाको निर्वाचन पुस २७ गतेका लागि तोकियो,’ उहाँले टेलिफोनमा भन्नुभयो। उहाँका अनुसार बाँकेसहित १६ जिल्लामा एकैसाथ निर्वाचन हुनेछ । यही पुस २७ गते बाँके, चितवन, मकवानपुर, अछाम, कैलाली, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, नवलपुर र सिन्धुपाल्चोकको निर्वाचन हुने भएको छ । यसअघि विभिन्न प्रदेशको निर्वाचनका कारण जिल्ला तहको निर्वाचन अन्तिम समयमा स्थगित भएको थियो ...
पुस २१ गते नेपालगन्जमा स्लो वाईक प्रतियोगिता आयोजना गरिने

पुस २१ गते नेपालगन्जमा स्लो वाईक प्रतियोगिता आयोजना गरिने

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १२ । तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गरि दुर्घटनाबाट जोगाउन जनचेतना मुलक स्लो वाईक प्रतियोगिता नेपालगन्जमा हुने भएको छ । बास नेपाल नेपालगन्ज, रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्ज र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको संयुक्त आयोजनामा सो प्रतियोगिता पौष १२ गते हुने भएको छ । तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गर्ने, ट्राफिक नियम को पालना गरि सिमित गतिमा मोटरसाईकल चलाउन प्रोत्साहित गर्ने उद्देश्यले सो प्रतियोगिता गर्न थालिएको हो । आवश्यक चेतनाको अभावमा युवाहरुले तिब्रगतिमा मोटरसाईकल चलाई दिनहुजसो दूर्घटनाका घट्ना घटिरहेको अवस्थामा जोखिम न्यूनिकरण गर्दै जनचेतना जगाउन प्रतियोगिता उपलब्धीपूर्ण विश्वास लिईएको छ । नेपालगन्जमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रतियोगि नाम दर्ता आवेदन खुला गरेको छ । प्रतियोगितामा भाग लिन चाहनेले अनलाईन मार्...