युनेस्को बाँकेद्धारा बालदिवसमा विभिन्न प्रतियोगिताको आयोजना
समाचारदाता
नेपालगञ्ज, भदौ ३० । बाँके युनेस्को क्लबले कतार च्यारिटिको सहयोगमा नेपालगञ्जको एक विद्यालयमा विभिन्न अतिरिक्त क्रियाक्लापको आयोजना गरेर राष्टिय बाल दिवस २०७९ भव्य रुपमा मनाईएको छ ।
नेपालगञ्ज ६ मा रहेको साईनिंग फ्युचर एकेडेमी नामक विद्यालयमा क्लबद्धारा मनाईएको बाल दिवसमा सो विद्यालयका विद्यार्थिहरुविच बालअधिकारलाई विषय बनाएर हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, लेखन प्रतियोगिता र नात प्रतियोगिताको आयोजना गरिएको थियो ।
अधिकांश अनाथ र अति विपन्न परिवारका बालबालिकाहरु अध्ययन गर्ने सो विद्यालयमा आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगितामा अनाथ बालिका तमन्ना शेष नेतृत्वको टोली प्रथम, अनाथ बालिका कोहिनुर खान नेतृत्वको टोली द्धितिय र अनाथ बालिका रेशमा खान नेतृत्वको टोलीले तृतिय स्थान हासिल गरेको छ ।
सोही प्रकारले लेखन प्रतियोगितामा कक्षा दुईका अब्दुल लतिफ खान प्रथम, कक्षा ३ का...









