सेनाको भैरवप्रसाद गणद्धारा डुडुवामा साइकल ट्रेल निर्माण
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, चैत १२ । नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले बाँकेको डुडुवा गाउँपालिकाको वडा नं ५ बाबुकुवा सामुदायिक बनमा साइकल ट्रेल निर्माण गरिदिएको छ ।
नेपालगञ्ज साइक्लिङ ब्लब र बाँके जिल्ला साइक्लिङ संघको सहकार्यमा नेपाली सेनाले निर्माण गरेको साइकल ट्रेलको शनिवार भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले उदघाटन गर्नुभयो। गणपति कार्कीले माउन्टेन बाइकको प्रतियोगिता र अभ्यासका लागि साइकल ट्रेल बनाउन पाउँदा खुशी लागेको बताउनुभयो । नेपाली सेनाले यस्ता सामाजिक गतिविधिमा सधैं सहयोग गरिरहेको समेत उहाँले बताउनुभयो ।
नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले साइकल ट्रेल बनेसँगै छिट्टै राष्ट्रियस्तरको माउन्टेन बाइक प्रतियोगिता आयोजना गर्ने जानकारी गराउनु भएको छ । बाँकेमा माउन्टेन बाइक चलाउने र प्रतियोगितामा समेत भाग लिने धेरै खेलाडी रहेकाले उनीहरु...









