२२ बैशाख २०८१, शनिबार

बर्दियामा स्थानीय तहको युवा सहभागी निति योजना बारे कार्यशाला सम्पन्न

बर्दियामा स्थानीय तहको युवा सहभागी निति योजना बारे कार्यशाला सम्पन्न

समाचारदाता
नेपालगन्ज, माघ १० । बाँके युनेस्को क्लबद्धारा बर्दियाको मधुवनमा आयोजना गरिएको स्थानिय तहको युवा सहभागी निति योजना बारेको कार्यशाला गोष्ठी मंगलवार सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको अर्थिक सहयोगमा बाँके यूनेस्को क्लबद्धारा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत सो कार्यशाला मधुवन नगरपालिकामा आयोजना गरिएको थियो ।
मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाट प्रमुख अतिथि रहनु भएको सो कार्यशालामा युवाको भूमिका, योजना प्रक्रियामा युवाको सहभागिताका साथै युवा नीतिका बारेमा छलफल समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण सहजकर्ता बसन्त विसीले गर्नु भएको थियो ।
सो कार्यशालामा युवाहरुको नागरिक अधिकार, मानव अधिकार सम्बन्धि अन्तरराष्ट्रिय कानुन, नेपालको कानुनि व्यवस्था, नीतिगत व्यवस्था बारे छलफल गरिएको बाँके युनेस्को क्लव वर्दियाका कार्यक्रम अधिकृत ईश्वर बिकले बताउनुभयो ।

उहाँका अनुसार लामो समयदेखी बाँके यूनेस्को क्लवले वर्दियाका ८ वटै पालिकाहरुमा वालवालिका तथा यूवा वर्ग लक्षीत विभिन्न कार्यक्रम गर्दै आएको छ ।
वर्तमान अवस्थाम यूवा वर्गले छिटो विश्वास नगर्ने गरेको हुँदा अवका दिनमा आ आफ्नो कमी कमजोरी हटाउँदै युवालाई साथमा लिई अगाडी बढ्न जरुरी भएको कार्यक्रमको अध्यक्षता गर्नु भएकी मधुबन नगरपालिकाकी उप मेयर अनिता चौधरीले बताउनुभयो ।
उहाँले नीतिमा सुधार गरिनु पर्ने बताउँदै उप मेयर चौधरीले युवाहरुलाई आफ्नै देशमा रहने वातावरण मिलाउनका लागी ठोस नीति तथा कार्यक्रमहरु हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।
मधुवन नगरपालिका वडानं ७ का वडा अध्यक्ष राजेन्द्र हमालले यूवा क्लवको गठन व्यवस्थापन गर्न जरुरी भएको धारणा राख्नु भएको थियो । सो एक दिने कार्यशालामा पालिकाका मेयर उपमेयर, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनारा, शिक्षा इकाइका सल्लाहकार विजय ओली र किशोरी क्लबका प्रतिनिधि लगायत २५ जना सरोकारवालाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा परियोजनाको उदेश्य र योजना बारे कार्यक्रम संयोजक गोविन्द लामिछानेले विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *