२७ बैशाख २०८१, बिहीबार

बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण

बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण

समाचारदाता
नेपालगन्ज, पुस ४ । बाँके युनेस्को क्लबले हील नेपालसँगको सहकार्य र कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका तीनवटा पालिकाका अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण गरेको छ ।
क्लबले बाँकेको कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाका अपाङ्गता भएका ७ जना स्थानीय बासिन्दालाई ट्राइसाइकल वितरण गरेको हो ।
अपाङ्गता भएकाहरुलाई सो ट्राइसाइकल वितरण खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुशिला न्यौपाने, शिक्षा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्ल लगायत स्थानीय पालिकाका प्रतिनिधिहरुले बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक बिनिता आरसी, सामाजिक संरक्षण अधिकृत गुलाम गौस, फिल्ड सुपर भाइजर अर्पित सिंह र डेक नेपालका रमेश शर्मा र टेकराज जैसीको उपस्थितिमा गर्नु भएको थियो ।

यसअघि ती अपाङ्गता भएका ७ जना स्थानीयहरुसँग ट्राइसाइकलको सुविधा नभएकाले घरमै थुनिएका थिए र एक्लोपन महसुस गरिरहेका थिए । तर, अहिले ट्राइसाइकल पाएपछि उनिहरु अन्य व्यक्तिजस्तै घर बाहिर हिडडुल गर्न सक्ने भन्दै निकै उत्साहित भएका छन् ।
शारीरिक रूपमा अपाङ्गता भएकी विमला थापाले ट्राईसाइकल नहुँदा धेरै समस्या भोग्नुपरेको र अरूको भर पर्नुपरेको दुःख सुनाउनुभयो । उहाँले यो ट्राइसाइकल सहयोगले कुनै पनि साना आयआर्जनका गतिविधिमा समेत संलग्न हुने अवसर सिर्जना गर्ने जनाउँदै यसबाट आर्थिक समस्या पनि समाधान हुने बताउनुभयो ।
सोही प्रकारले ट्राईसाइकल पाएका अन्य व्यक्तिहरुले पनि यसबाट निकै उत्साहित बनेको जनाउँदै उसले सहज आवतजावतका लागि धेरै सहयोग पुग्ने र आत्मनिर्भर बनाउँदै आफ्नो दैनिक काममा पनि सहज हुनुका साथै सम्मानजनक जीवनयापन गर्न सकिने प्रतिक्रिया दिएका छन् ।
कतार च्यारेटि नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बाँकेमा विपन्न, गरिब र अपांगता भएकाहरुका लागि विभिन्न कार्यक्रम गर्दै आएको क्बलका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *