नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २२ । बाँकेको नरैनापुर गाउँपालिकाका आगलागि पीडित १६ परिवारलाई मंगलबार राहात वितरण गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको नेतृत्वमा रहेको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले नरैनापुर–४ कृष्णनगरमा सोमबार भएको आगलागीमा प्रभावित १६ घरपरिवारलाई मंगलवार गाउँमै पुगेर नगद र राहत वितरण गरेको हो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार जिल्ला विपद व्यवस्थापन समितिले प्रति परिवार नगद १५ हजार र नेपाल रेडक्रस सोसाइटीले गैह्रखाद्य सामग्री सेट, १ थान कम्मल वितरण गरिएको छ ।
राहत वितरणमा प्रदेश सभा सदस्य कृष्णा केसी नमूना, प्रमुख जिल्ला अधिकारी खत्री, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरु, भूमि आयोगका पूर्वसदस्य विक्रम यादव लगायत गाँउपालिकाका जनप्रतिधिहरुको समेत...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २२ । भुमि सम्बन्धी समस्या समाधान आयोग बांँकेको अध्यक्षमा नियुक्त हुनु भएका श्रवण कुमार यादवले मंगलवार पदभार ग्रहण गर्नुभएको छ । नेपालगञ्जस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको भुमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालयमा पदभार ग्रहण गर्दै अध्यक्ष यादवले आफुले पाएको जिम्मेवारीलाई इमान्दारीपुर्वक पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले बाँकेमा भूमि सम्बनिध समस्या जटिल रहेको बताउँदै भूमिहीनका समस्या समाधानमा विशेष कार्य गरिने र त्यसका लागि सबै दल र जनताको समेत सहयोग आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा अध्यक्ष यादवलाई शुभकमना दिंदै पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले भूमिहिन र सुकुम्वासीका समस्या समाधानको जिम्मेपारी पाएको आयोगले समस्यालाई सधैंका लागि समाधान गरोस भन्ने शुभकामना दिंदै सफल कार्यकालको पनि शुभका...
जे पाण्डे
नेपालगञ्ज, चैत २१ । प्रधान सेनापति प्रभूराम शर्माले भूतपूर्व सैनिकहरूलाई मन परेको राजनीतिक पार्टीमा लाग्ने छुट भए पनि राजनीति गर्दा भने उच्च सैनिक अनुशासन देखाउनु पर्ने बताएका छन् ।
नेपालगञ्जको ४ बाहिनी व्यारेकमा सोमबार आयोजित भूतपूर्व सैनिकहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले राजनीतिमा पनि उच्च नैतिकता र अनुशासन देखाउन आग्रह गरेका हुन् । सेनापति शर्माले भने, ‘तपाईंहरूलाई आफूले चाहेको राजनीतिक दलमा लाग्ने छुट छ । तर, त्यहाँ पनि सैनिकको अनुशासित चरित्र प्रदर्शन गर्दा राम्रो हुन्छ ।’
प्रधान सेनापति शर्माले भूतपूर्व सैनिक र उनका परिवारको हित तथा कल्याणका लागि सैनिक कल्याणकारी कोषले आर्थिक तथा भौतिक सहयोग बढाउँदै लगेको उल्लेख गर्दै सेनाका लागि एउटा सैनिक इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । ( इ कान्तिपुरबाट साभार )
...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २१ । गर्मीयाम शुरुभएसंगै आगलागिका घट्ना हुने बाँकेको नरैनापुर गाउँपालिकामा सोमवारबाट आगलागि शुरु भएको छ । हावाहुरीको मौसमममा प्रायजसो आगलागि हुने सो गाउँपालिकामा वर्षेनी धेरै आगलागिका घट्ना हुने गरेका छन् । सोही क्रममा सोमवार नरैनापुर वडा नम्बर ४ को कृष्णनगरमा दिउँसो भीषण आगलागी भएको थियो । सो आगलागीमा परेर करिब १६ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय नरैनापुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय नरैनापुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले दिएको जानकारी अनुसार वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको थियो ।
करिब डेढ घण्टापछि प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो। आगलागीबाट कुन...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, चैत १२ । प्रेस सेन्टर नेपालले बाँकेको पाँचौ पालिकामा पालिकास्तरीय संगठन निर्माण गरेको छ । यसअघि जिल्लाका चारवटा पालिकाहरु नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, डुडुवा र राप्तीसोनारी गाउँपालिकामा संगठन निर्माण गरिसकेकोमा शनिवार खजुरा गाउँपालिकामा पनि पालिकास्तरीय संगठन निर्माण गरेको छ ।
खजुरा गाउँपालिकामा शनिवार सम्पन्न भएको प्रेस सेन्टर नेपालको पहिलो पालिकास्तरीय सम्मेलनले रेखा थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । खजुरा गाउपालिकाको वडा नं ३ मा सम्पन्न पहिलो सम्मेलनद्धारा निर्वाचित २१ सदस्यीय कार्यसमितिको अध्यक्षमा थापा चयन निर्वाचित हुनु भएको हो ।
प्रेस सेन्टर सेन्टर खजुराको उपाध्यक्षमा अमृता अवास, सचिवमा अक्तार खाँन, सहसचिवमा अफ्ताव खान, कोषाध्यक्षमा बिना चौधरी र सदस्यहरुमा सुनिल परियार, सुरज नगाल, रबिना बिक, सन्तोष रम्तेल लगायत ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ७ । नेकपा माओवादी केन्द्र नेपालगञ्जले संगठन सुदृढीकरण अभियान अन्तर्गत नेपालगन्जका विभिन्न वडामा पार्टी प्रवेश कार्यक्रम गर्ने क्रममा सोमबार नेपालगन्ज ५ मा विभिन्न दल परित्याग गरि ८० जना नेता कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्जका इन्चार्ज अकल बहादुर बमले स्वागत गर्नु भएको थियो।
वाडा नं ५ कि प्रतिष्ठित मुस्लिम महिला नेतृ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित वडा सदस्य अन्जुमन बानो अन्सारी लगायत ८० जनाले प्रवेश गरेका हुन् । ८० जनालाई नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर समितिले खादा ओडाएर स्वागत गरेको उपमहानगर पार्टी अध्यक्ष रतन शाहीले बताउनु भयो । स्वागत कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य अकल बहादुर बम, डिल्ली बराल, नवीन शर्मा, आदेश अग्रवाल लगायत उपमहानगर पार्टी समितिका पद...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ७ । पुर्व सहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले सोमवार एक समारोहका विच नेपालगञ्ज ३ मा इमरान एण्ड मुस्तफा ज्वेलर्सको उदघाटन गर्नु भएको छ ।
नेपालगञ्ज ३ नेपाली मस्जिदको छेउमा गुलाम मुस्तफा जरगरद्धारा सञ्चालनमा ल्याईएको इमरान एण्ड मुस्तफा ज्वेलर्सको सोमवार साँझ पुर्व मन्त्री राईले उदघाटन गर्नुभयो । उहाँले नेपालगञ्जमा सुनचाँदी व्यवसाय फस्टाउँदो क्रममा रहेको जनाउँदै यसले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । सञ्चालनमा आएको पसलले गर्ने व्यवसायमा सफलताका लागि उहाँले शुभकामना समेत सो अवसरमा दिनुभयो ।
सो अवसरमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य रमारानी वैश्य, जिल्ला सचिव राजेन्द्र विश्वकर्मा, नेताहरु सफिक सिद्दीकी गुड्डु, अजय बर्मा र संगम पोखरेल लगायतको पनि उपस्थिति रहेको थियो ।
उक्त पसलमा सुनचाँदी व...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ७ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक बर्माले नगरपालिकाका सरसफाई शाखामा काम गर्ने कर्मचारीमाथि हातपात गरेका छन् ।
वडाको फोहोर उठाउने विषयमा सरसफाई शाखाका तीन कर्मचारीसंग विवाद भएपछि अध्यक्ष बर्माले कर्मचारीमाथि हातपात गरेको कर्मचारीको आरोप थियो ।
सरसफाई कर्मचारीमाथि अनावश्यक रुपमा हातपात गरेको भन्दै कर्मचारीहरुले उपमहानगरपालिकामा गएर नाराजुलुस गरेका थिए । उनिहरुले अध्यक्ष बर्मामाथि कारवाहीको माग गर्दै धेरैबेरसम्म नाराबाजी गरेका थिए ।
तर, पछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, अन्य कर्मचारी र सरसफाई शाखाका कर्मचारीले बैठक गरेर सो विवादलाई मिलाएको बताईएको छ ।
सफाइको काम गराउने विषयमा सरसफाई कर्मचारीसंग अध्यक्षको विवाद भएको जनाउँदै दुबै पक्षले आआफ्नो गल्ती तथा कमीकमजोरी मानेपछि मेलमिलाप गराईएको अधिकृत बस्नेतले बताउन...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ५ गते । बाँकेका वरिष्ठ व्यवसायी तथा माओवादी केन्द्रका नेता दामोदर आचार्यको शनिवार विहान नेपालगञ्जमा निधन भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ पुर्व केन्द्रिय सदस्य र नेपालगञ्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रहनु भएका नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य आचार्यको शनिवार विहान ९ बजे भेरी अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगसंग लड्दै आउनु भएका ५९ बर्षीय आचार्यको उपचारका क्रममा निधन भएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले बताउनुभयो ।
नेपालगञ्जका प्रतिष्ठित व्यवसायीका रुपमा चिनिने आचार्य २०७४ को स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार पनि बन्नु भएको थियो ।
लामो समय देखि क्यान्सर रोगले पिडित उहाँले लामो समय भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किनु भएको थियो ।
प्युठानको खैरामा जन्म...
नेपालगञ्जपाटी समाचार
नेपालगज, चैत १ । बाँके जिल्लामा पालिकास्तरमा संगठन निर्माण गर्ने पत्रकारहरुको पहिलो संगठन बनेको छ, प्रेस सेन्टर नेपाल । जिल्लाका तीनवटा पालिकामा प्रेस सेन्टर नेपालले संगठन निर्माण गरिसकेको छ भने अन्य पालिकामा पनि गठनको प्रक्रिया शुरु गरिएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले बताउनुभभयो । उहाँले हालसम्म कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा प्रेस सेन्टरको गठन गरिसकेको बताउनुभयो ।
अध्यक्ष धितालका अनुसार प्रेस सेन्टर नेपाल डुडुवा गाउँपालिकाको प्रथम भेलाले मंगलवार कालु गिरीको नेतृत्वमा गाँउ कमिटि निर्माण गरेको छ । भेलाले गिरीको नेतृत्वमा सर्वसम्मत गाँउ कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा दिपशिखा दाहाल बिष्ट, सचीवमा मनिषा परियार, सहसचिवमा अम्मर बुढाथोकी र कोषाध्यक्ष रहिस अलि शेष चयन भएका छन भने सदस्यहरुमा इसाक अलि शेष, अमानत शेष, नन्दा...