नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार २५ । तेस्रो पटक संघीय सरकारको मन्त्रीमा नियुक्त हुनु भएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राई शनिवार आफ्नो गृहनगर नेपालगञ्ज आउँदै हुनुहुन्छ । उहाँ बकराईद मनाउन तथा जिल्लाका नेता कार्यकर्ताहरुसंग भेटघाटका लागि नेपालगञ्ज आउने कार्यक्रम रहेको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृहनगर आउन लाग्नु भएका मन्त्री राईको शनिवार अपरान्ह नेपालगञ्ज विमानस्थलमा भव्य स्वागत गरिने तथा बृहत्त जुलुसका साथ उहाँलाई नेपालगञ्ज ल्याउने कार्यक्रम रहेको जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो । उहाँले मन्त्री राई सवार हुने विमान ३ बजेर ४० मिनेटमा विमानस्थलमा पुग्ने कार्यक्रम रहेकोले जिल्लाका नेता कार्यकर्ताहरु स्वागतका लागि विमानस्थलतर्फ जान २ बजे पार्टी कार्यालयमा भेला हुने कार्यक्रम रहेको बताउनुभ...
सिराज खान
नेपालगञ्ज, असार २२ । तेस्रो पटक मन्त्रीमा नियुक्त हुनु भएका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले बाँके क्षेत्र नम्बर २ को समग्र विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनु भएको छ । बाँके क्षेत्र नम्बर २ का संघिय सांसद रहुन भएका राईले तेस्रो पटक मन्त्रीमा नियुक्त भएपछि नेपालगञ्जपाटीसंग संक्षिप्त कुरा गर्दै सम्पुर्ण देश र बाँके जिल्लाकै विकासलाई महत्व दिएर काम गर्ने जनाउँदै तर बाँके क्षेत्र नम्बर २ को विकास प्रमुख प्राथमिकतामा रहने बताउनुभयो ।
उहाँले आफु यस अघि दुई पटक मन्त्री रहँदा पनि बाँके क्षेत्र नम्बर २ को विकासलाई विशेष ध्यान दिएर सबैभन्दा बढी बजेट ल्याउन सफल भएको जनाउँदै यस पटक पनि सो कुरालाई निरन्तरता दिने प्रतिवद्धता दोहोरयाउनुभयो । यस पटक आफुले विकासका लागि निकै महत्व राख्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाएको जनाउँदै उहाँले समय कम...
सिराज खान
नेपालगञ्ज, असार २० । बाँके क्षेत्र नम्बर २ का संघीय सांसद तथा विकासप्रेमी युवा नेता मोहम्मद ईश्तियाक राई एक पटक पुनः मन्त्रीका लागि सिफारिस हुनु भएको छ । जनता समाजवादी पार्टीले आफ्नो पार्टीका तीन जना मन्त्रीलाई फिर्ता बोलाएर राई लगायत तीन जनालाई मन्त्रीका लागि सिफारिस गरेको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतवार प्रधानमन्त्री शेर बहादुर देउवासंग भेट गरि मन्त्री हेरफेर गर्ने बारे छलफल गरेर फर्किए लगत्तै तीन जना मन्त्रीको नाम लिस्ट लिएर बाँकेका सांसद राईले नै प्रधानमन्त्रीलाई बुझाएर आउनु भएको थियो । यसअघि दुई पटक मन्त्री भैसक्नु भएका राईले श्रम तथा यातायात र सहरी विकास मन्त्रालय चलाई सक्नु भएको छ । यस पटक उहाँलाई अतिनै महत्वपुर्ण मानिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गरिएको छ ।
यसैगरि सांसदहरु प्रदिप यादव र मृगेन्द्रसिंह यादवलाई पनि मन्त्रीमा सिफरिस गरिएक...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार ७ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक तथा पुर्व सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राई लगायतले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने बाँके जिल्ला लगायतका १०४ जना हजयात्रीलाई मंगलवार विहान त्रिभुवन विमानस्थलमा बिदाइ गर्नु भएको छ । सो अवसरमा नेपाली काँग्रेसका युवा नेता गगन थापा र हज समितिका केन्द्रिय अध्यक्ष शमसेर मियाँ लगायत मुस्लिम अगुवाहरुको सहभागिता रहेको काठमाण्डौबाट हज समितिका पुर्व सदस्य तथा मुस्लिम अगुवा मेराज अहमद हिमालयले जनाउनु भएको छ ।
मन्त्री अथक र पुर्वमन्त्रीले राईले आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजकालागि मक्का मदिना जान लागेका १०४ हजयात्रीहरुलाई दोसल्ला ओढाएर शुभकामना प्रदान गर्दै हज सफलताको कामना गरेर बिदाइ गर्नुभयो । मंगलवार विहान मक्का मदिनाका लागि जोनहरुमा बा...
सिराज खान
नेपालगञ्ज, जेठ ३० गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको निर्वाचन आगामी मंसिरको पहिलो सातामा हुने बताउनु भएको छ ।
बर्दियाको बारबर्दिया ११ बेलभारमा सोमबार प्रेस सेन्टर नेपाल बर्दियाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचन मंसिरमै हुने करिब करिब निश्चित भैसकेको जनाउँदै त्यसमा कुनै पनि आशंका नगर्न आग्रह गर्नुभएको छ ।
उहाँले यसअघि पनि निर्वाचन हुँदैन भन्ने हो हल्ला स्मरण गर्नुहुँदै स्थानीय तहको निर्वाचन समयमै सफलतापूर्वक सम्पन्न भएकाले त्यस्तो हल्ला गर्नेहरु ठेगान लागेको बताउनुभयो ।
निर्वाचनलाई एक चरणमा गर्ने कि दुई चरणमा गर्ने भन्ने विषयमा छलफल चलिरहे पनि आफूहरुले एकै चरणमा गर्ने कुरामा जोड दिएको उहाँको भनाइ छ । तर, सुरक्षाका कारणले दुई चरणमा गर्ने कुरालाई पनि आफूहरुले ध्यान दिने उहाँले बताउनुभयो ।
...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ २७ । पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दै वरिष्ठ पत्रकार तथा गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ ।
पाँच हजार रुपियाँ नगद राशी सहितको सो पुरस्कार होटल व्यवसायी संघको शुक्रवार नेपालगञ्जमा भएको १८ औं साधारणसभा र १० औं जिल्ला अधिवेसनको उदघाटन समारोहमा प्रदान गरिएको हो ।
होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष हिराध्वज शाह, लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले संयुक्त रुपमा सो पुरस्कार र कदरपत्र पत्रकार खानलाई प्रदान गर्नुभयो ।
यसैगरि पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित हुने अन्य पत्रकारहरुमा कान्तिपुर दैनिकका नेपालगञ्ज संवाददाता रुपा गहतराज, जी नेपाल टीभिका प्रबन्ध निर्देशक आषिस गुप्ता र महिला पत्रकार ...
नेपालगञ्ज र खजुरामा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय
सिराज खान
नेपालगञ्ज, जेठ २६ गते । बाँकेमा तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी सुरु भएसँगै बाँकेमा तापक्रम बढेर ४४ डिग्री पुगेको छ ।
अत्याधिक तापक्रमका कारण दिउँसो घरबाट बाहिर निस्कनेको सङ्ख्यामा कमी आएको छ । गर्मीका कारण नेपालगञ्ज बजार दिउँसो सुनसान देखिन थालेको छ भने बिहान र बेलुका मात्रै मानिसहरु बाहिर निस्कने गरेका छन् ।
अत्याधिक गर्मी र तातो हावा ‘लु’का कारण घरबाट बाहिर निस्कने वित्तिकै चक्कर लाग्ने गरेको अधिकांश स्थानीयले जनाएका छन् ।
असाह्य गर्मी तथा तातो हावाले गर्दा ग्रामीण क्षेत्रलगायत सहरी क्षेत्रका सरकारी कार्यालय, बजार पसल र विद्यालयहरु समेत प्रभावित भएका छन् । गर्मीकै कारण लोड थेग्न नसक्दा विद्युत आपूर्तिसमेत अनियमित हुँदा र भोल्टेज निकै कम आउँदा नेपालगञ्जलगायत आसपास क्षेत्र...
नेपालगञ्ज, जेठ २६ । नेपालगञ्ज उपमहानगरमा भर्खरै सम्पन्न निर्वाचनबाट उपमेयरमा विजयी हुनुभएका जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राईको उपमहानगरको आगामी बजेट लगायत समसामयिक विषयमा लिईएको ताजा धारणा यहाँ प्रस्तुत गरिएको छ ।
नीति तथा कार्यक्रमको तयारीमा जुट्नु भएको छ, प्राथमिकता के हुन् ?
अहिले पहिलो प्राथमिकता शिक्षामा रहनेछ । सरकारी स्कुलको शिक्षा अहिले रुग्ण अवस्थामा छ । सरकारी स्कुलको शिक्षा दयनीय अवस्थामा रहेका कारण हामीले त्यसबारे छलफल गरेका छौं । शिक्षा सुधारका लागि पाँच सदस्यीय टिम बनाउने पनि निर्देशन भएको छ ।
पाँच सदस्यीय समितिमा रहेका प्रधानाध्यापकहरुलाई हामीले शिक्षा सुधार गर्न र बालबालिकाको भविष्यमाथि खेलवाड नहुने गरी योजना ल्याउन भनेका छौं । धम्बोझी स्कुलको नाम छ किन ? अरु विद्यालय त्यस्तो किन भएनन् ? के छ आवश्यकता भन्ने सुझाव ल्याउन समितिलाई निर्देशन दिएको छु । भार...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ २३ । नेपाल अडिटर्स एसोसिएसन अडानको छैठौं राष्ट्रिय महाधिवेशनबाट बाँकेले केन्द्रिय द्वितीय उपाध्यक्ष र केन्द्रिय सचिवसहित विभिन्न महत्वपुर्ण पदहरु पाउन सफल भएको छ । बाँकेबाट अडानको अधिवेसनमा सहभागि हुनुभएका विभिन्न अडिटर नेताहरुको पहलकदमी र परिश्रमका कारण बाँकेले पाँच वटा महत्वपुर्ण पद पाउन सफल भएको हो ।
केदार नाथ पौडेलको अध्यक्षतामा निर्वाचित भएको ८१ सदस्यीय केन्द्रिय समितिमा बाँके जिल्लाबाट पाँच जना विभिन्न पदमा पुगेको नवनिर्वाचित अडानका खुल्ला केन्द्रिय सदस्य मोहम्मद जुबेर राईले बताउनुभयो ।
सर्वसम्मतीबाट गरिएको नेतृत्व चयनमा बाँकेबाट द्धितिय केन्द्रिय उपाध्यक्षमा अब्दुल करीम खान, केन्द्रिय सचिवमा गोकर्ण प्रसाद आचार्य, खुल्ला केन्द्रिय सदस्यमा मोहम्मद जुबेर राई, लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि केन्द्रिय सदस्यमा दिपक प्रसाद रेग्मी र महिला के...
सिराज खान
नेपालगञ्ज, जेठ २१ । साउदी अरब सरकारले नेपाली हज यात्रीहरुका लागि निर्धारण गरेको शुल्क अनुसार नै हज शुल्क तोकिएको जनाउँदै नेपाल हज समितिले त्यसमा समितिले कुनैपनि प्रकारको अनियमितता र अनावश्यक शुल्क बृद्धि नगरेको प्रष्ट पारेको छ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले नेपालगञ्जपाटी डटकमसंग कुरा गर्दै यस वर्ष हज शुल्क बृद्धि भएको विषयलाई लिएर विभिन्न प्रकारका अनर्गल प्रचार र अनावश्यक कुराहरु गरिएको जनाउँदे साउदी अरब सरकारको निर्णय अनुसार नै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि गर्नु परेको बताउनु भएको छ ।
उहाँले हज समितिले रहरले नभई बाध्य भएर साउदी अरब सरकारले निर्धारण गरे अनुसार नै हजयात्राका लागि शुल्क निर्धारण गर्नु परेको र सो गर्दा नेपालमा यस वर्ष विगतका वर्षहरु भन्दा हज यात्रा महंगो परेको जनाउनुभयो । समितिले शुल्क वृद्धि गरेर अनियमितता गरेको भन्दै आलोचना गर्नु भन्दा साउदी ...