३ चैत्र २०८२, मंगलवार

राजनीति

शान्ति, सामाजिक सद्भाव र समृद्धिका लागि नयाँ र युवा आवश्यक ः डा.योगी विवेकानन्द

शान्ति, सामाजिक सद्भाव र समृद्धिका लागि नयाँ र युवा आवश्यक ः डा.योगी विवेकानन्द

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ १८ । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरूले मतदाता भेटघाटसँगै सामाजिक र आध्यात्मिक व्यक्तित्वहरूसँग संवादलाई पनि प्राथमिकता दिन थाल्नु भएको छ । यही क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा ) का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आध्यात्मिक गुरु डा.योगी विवेकानन्दसँग भेटघाट गर्नुभएको छ। नेपालगञ्जमा सम्पन्न उक्त भेटका क्रममा उम्मेदवार बिष्टले बाँके क्षेत्रको शान्ति, सामाजिक सद्भाव र समृद्धिका विषयमा स्वामीजीसँग आशिष् तथा मार्गदर्शन लिनुभएको थियो। बहुधार्मिक र बहुसांस्कृतिक पहिचान बोकेको बाँके निर्वाचन क्षेत्र नम्बर २ मा आपसी समझदारी, सहअस्तित्व र सद्भाव कायम राख्न आध्यात्मिक केन्द्र र गुरुहरूको भूमिका महत्वपूर्ण हुने बिष्टको धारणा थियो।भेटमा स्वामी विवेकानन्दले राजनीतिमा युवाहरूको सक्रिय सहभागितालाई स्वा...
विकास र सदभावको मुद्दा लिएर पुर्वमन्त्री राइ जनताको घरदैलोमा पुग्दैछन्

विकास र सदभावको मुद्दा लिएर पुर्वमन्त्री राइ जनताको घरदैलोमा पुग्दैछन्

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ १८ । नेकपा एमालेका बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार पुर्वमन्त्री मोहम्मद इस्तियाक राईले विकास र सदभावको मुद्दालाई मुख्य चुनावी मुद्दा बनाएर मतदाताहरूसँग भेटघाट र छलफल गरिरहेका छन् । उम्मेदवारी मनोनयन दर्तासँग बाँके क्षेत्र नं २ का विभिन्न स्थानमा अगुवा कार्यकर्ताहरुसंगै मतदाताको घर दैलोमा पुगेर विकास र सदभावको मुद्दामा सहयोग गर्न आग्रह गरिरहेका छन् । पुर्वमन्त्री राईले उम्मेदवारी मनोनयन गरे लगत्तै यस क्षेत्रका विभिन्न वडाका टोलमा पुगेर जनतासंग विकास गर्न बाँकी रहेका कामहरुबारे सुझाव लिुनुका साथै आफु विजयी भएपछि गर्ने कामहरुका बारेमा पनि जानकारी गराउने गरेका छन् । उनले जनताको घर आँगनमा पुगेर हालसम्म गरेको विकासका फाइदाहरुका बारेमा जानकारी गराउँदै थप विकासका लागि जिताउन अनुरोध गरेको स्थानीयले बताएका छन् । सोही क्रममा शनिबार वडा नम्बर १९ र नेपालगन...
बाँके २ का वडा वडामा विष्टको जनसम्पर्क कार्यालय स्थापना गरिंदै, जनसमर्थन पनि बढ्दै

बाँके २ का वडा वडामा विष्टको जनसम्पर्क कार्यालय स्थापना गरिंदै, जनसमर्थन पनि बढ्दै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ १७ । आगामी निर्वाचनको तयारीलाई थप सुदृढ बनाउँदै नेपाली कम्युनिष्ट पार्टीले बाँके निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका वडा वडामा सम्पर्क कार्यालय स्थापना गरिरहेको छ । सो क्रममा पछिल्लो पटक वडा नम्बर २० मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ। वडा नम्बर १९ मा कार्यालय सञ्चालनमा ल्याएको केही समयमै वडा नम्बर २० मा समेत सम्पर्क कार्यालय उद्घाटन गरिएको हो। यससँगै पार्टीको चुनावी गतिविधि वडा र टोल तहसम्म विस्तार हुँदै गएको छ। वडा र टोलमा जनतासंग संवाद र छलफल शुरु गरिसकिएको र जनताबाट निकै राम्रो सुझावहरु समेत प्राप्त भइरहेको बाँक्े क्षेत्र नम्बर २ का उम्मेदवार दिपेन्द्र विष्टले बताउनुभयो । सम्पर्क कार्यालय स्थापनापछि वडा नम्बर २० मा पार्टीको प्रचार–प्रसार, कार्यकर्ता भेला तथा घरदैलो अभियान यहीँबाट सञ्चालन गरिने उहाँले बताउनुभयो। उद...
सडक निर्माण र मरम्मत, ढल व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवामा बिशेष ध्यान दिने विष्टको प्रतिवद्धता

सडक निर्माण र मरम्मत, ढल व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवामा बिशेष ध्यान दिने विष्टको प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ १६ गते । बाँके क्षेत्र नम्बर २ का युवा उम्मेदवार दिपेन्द्र विष्टले स्थानीय मतदातासंगको संवाद र भेटघाटलाई निरन्तर जारी राख्नु भएको छ । उहाँले जनतासंगको भेटघाटसंगै विभिन्न वडामा सम्पर्क कार्यालयहरु पनि स्थापना गर्दै आउनुभएको छ । सोही क्रममा उहाँको उपस्थितिमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। उत्साहपूर्ण वातावरणबीच सम्पन्न भएको उद्घाटन कार्यक्रममा जनताको उल्लेखनीय सहभागिता थियो। कार्यालय उद्घाटनपछि उम्मेदवार विष्टले स्थानीय जनतासँग प्रत्यक्ष साक्षात्कार गर्दै वडाका विद्यमान समस्या र आवश्यकताबारे गहिरो संवाद गर्नुभयो। जनताले सडकको अवस्था, ढल व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवामा देखिएका कमजोरीहरू खुलेर राखेका थिए। ती आवाजहरू ध्यानपूर्वक सुन्दै विष्टले आधारभूत आवश्यकतालाई आफ्नो प्रमुख एजेन्डा बनाउने स्पष्ट प्रत...
जनताका समस्या सुन्ने, बुझ्ने र समाधान गर्ने नेता दिपक जिएम बाँके ३ का सशक्त उम्मेदवार

जनताका समस्या सुन्ने, बुझ्ने र समाधान गर्ने नेता दिपक जिएम बाँके ३ का सशक्त उम्मेदवार

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ १५ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक जि.एम. प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा बाँके क्षेत्र नं. ३ बाट चुनावी मैदानमा उत्रिनुभएको छ। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्राको सुरुआत गरेका दिपक जि.एम. निरन्तर संघर्ष, संगठन निर्माण र जनसम्पर्कका माध्यमबाट पार्टीको केन्द्रीय नेतृत्वसम्म पुग्न सफल नेता हुन्। स्वच्छ छवि, ईमानदारी र स्पष्ट विचारका कारण उनी स्थानीयस्तरदेखि केन्द्रसम्म विश्वास गरिने व्यक्तित्वका रूपमा चिनिन्छन्। स्थानीय समाजको सामाजिक, आर्थिक र शैक्षिक अवस्थालाई नजिकबाट बुझेका दिपक जि.एम. जनताका समस्या सुन्ने, बुझ्ने र समाधानका लागि अग्रसर हुने नेताका रूपमा परिचित छन्। बोलाउँदा उपस्थित हुने र आवश्यक पर्दा जनताको पक्षमा उभिने व्यवहारले उनी आम नागरिकमाझ लोकप्रिय बन्दै गएका छन्। उम्मेदवार जि.एम.ले बाँके क्षेत्र नं. ३ को दिगो विक...
बाँके २ का जसपा नेपालका उम्मेदवार कमरुद्दीन राई मतदाताको घर आँगनमा

बाँके २ का जसपा नेपालका उम्मेदवार कमरुद्दीन राई मतदाताको घर आँगनमा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ १५ । बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका नेता कमरुद्दीन राइले मतदाताको घरघरमा पुगेर आफ्नो उम्मेदवारीको कारण र आगामी दिनको योजना बारे जानकारी गराउन थाल्नु भएको छ । उहाँले टोल टोलमा पुगेर आफुले किन नेपालगन्जको उपमेयर पदबाट राजिनामा दिएर चुनावी मैदानमा आएको भन्ने बारेमा मतदातालाई जानकारी गराईरहनुभएको छ । उम्मेदवार राईले मधे आन्दोलन र मधेशी सहीदहरुको बलिदानबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्न र मधेशीहरुको हकहितलाई अगाडी बढाउन आफुले उपमेयरको पद त्याग गरेको कुरा मतदाताहरुसमक्ष जनाउँदै हुनुहुन्छ । उहाँले मधेशी जनताको अधिकारका लागि आफुले कुर्सि र सत्ता मोह त्याग गरेको पनि प्रष्ट पार्दै आउनु भएको छ । कमरुद्दीन राइको टोलीलाई जनताले ठाउँ ठाउमा राम्रो स्वागत र सम्मान गरिरहेको उहाँको प्रचार टीममा रहनु भएका लुम्बि...
बाँके २ का उम्मेदवार विष्ट विहानदेखि रातीसम्म जनताका समस्या सुन्नमै व्यस्त

बाँके २ का उम्मेदवार विष्ट विहानदेखि रातीसम्म जनताका समस्या सुन्नमै व्यस्त

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ १५ । बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टको चुनावी यात्रा केवल मत माग्ने कार्यक्रममा सीमित छैन। जनताको दैनिकी र भविष्यसँग गाँसिएका स्थानमा पुगेर सुन्ने, बुझ्ने र प्रतिवद्धता जनाउने उहाँको शैलीले फरक राजनीतिक अभ्यासको संकेत दिएको छ । नेपालगन्ज बाइपास रोडमा घरदैलो अभियान सकेपछि उम्मेदवार बिष्ट वडा नं ४ अन्तर्गत निर्माणाधीन जेष्ठ नागरिक भवनको अवलोकनमा पुग्नुभयो। उक्त अवलोकन वडा नं ४ का वडा अध्यक्ष गोपाल पुनले गराउनुभएको थियो। निर्माण कार्यको प्रगति हेर्दै बिष्टले जेष्ठ नागरिकको सम्मानजनक जीवनका लागि यस्ता संरचना अत्यावश्यक रहेको धारणा राख्नुभयो। “जेष्ठ नागरिक समाजको अनुभव र इतिहास हुन्,” भन्दै बिष्टले उनीहरूका लागि सुरक्षित आवास, स्वास्थ्य सेवा र सामाजिक सम्मान सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले यस्त...
बाँके २ का नेकपाका उम्मेदवार दिपेन्द्र विष्टद्धारा वडावडामा चुनाव प्रचार प्रसार कार्यालय स्थापना

बाँके २ का नेकपाका उम्मेदवार दिपेन्द्र विष्टद्धारा वडावडामा चुनाव प्रचार प्रसार कार्यालय स्थापना

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ १३ । बाँके क्षेत्र नं २ मा चुनावी माहोल थप तातिएको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले निर्वाचन प्रचार र जनसम्र्कलाई बलियो बनाउन क्षेत्र नम्बर २ का विभिन्न वडामा प्रचार प्रसार तथा सम्पर्क कार्यालय धमाधम खोलिरहनु भएको छ । आज उहाँले नेपालगन्ज उपमहानगरपालिका वडा नं २ र ६ मा प्रचार–प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो । विभिन्न वडामा कार्यालयहरु खुल्न थालेसँगै जनसम्पर्क अभियानले नयाँ गति पाएको छ । उद्घाटन कार्यक्रममा समानुपातिक तर्फका उम्मेदवार कालिमिया कस्मिरा र जमिया खातुनको पनि उपस्थिति रहेको थियो। उहाँहरूले जनतासँग प्रत्यक्ष संवाद, समावेशी विकास र सामाजिक न्यायका मुद्दामा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै उम्मेदवार दिपेन्द्र बिष्टले राजनीति जनताको दैनिकीसँग जोडिनुपर्ने बताउँदै रोजगारी, आधारभूत सेवा...
नेपालगन्ज ३ को खानेपानी समस्या समाधान गर्ने बिष्टको प्रतिवद्धता

नेपालगन्ज ३ को खानेपानी समस्या समाधान गर्ने बिष्टको प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ १३ । बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट मंगलवार बिहानैदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ का मतदाता भेटघाटमा सक्रिय रहनुभएको छ। घरदैलो र प्रत्यक्ष संवादमार्फत मतदाताको आशिर्वाद लिँदै उहाँले दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँसँगै समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जमिया खातुन पनि मतदाता भेटघाटमा सहभागी हुँदै आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। उहाँहरुले समावेशी विकास, सामाजिक न्याय र आधारभूत सेवामा समान पहुँच सुनिश्चित गर्न संसदभित्र सशक्त भूमिका खेल्ने विश्वास दिलाए । स्थानीयसँगको संवादमा उम्मेदवार बिष्टले वडा नं ३ ले लामो समयदेखि भोग्दै आएको खानेपानी अभावलाई गम्भीर चुनौतीका रूपमा लिँदै नीतिगत पहल, बजेट सुनिश्चितता र कार्यान्वयनको ठोस योजना अघि बढाउने बताउन...
नेपालगन्ज ५ मा नेकपाका उम्मेदवार दिपेन्द्र विष्टको चुनावी सम्पर्क कार्यालय उदघाटन

नेपालगन्ज ५ मा नेकपाका उम्मेदवार दिपेन्द्र विष्टको चुनावी सम्पर्क कार्यालय उदघाटन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, १२ माघ । बाँके, क्षेत्र नं २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ को चुनावी सम्पर्क कार्यालयको सोमवार साँझ क्षेत्र नम्बर २ का युवा उम्मेदवार दिपेन्द्र विष्टले उदघाटन गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नम्बर २ को उम्मेदवार रहनु भएका विष्टले सो सम्पर्क कार्यालयको उदघाटन गर्दै बाँके २ मा अधिकांश युवाहरु आफ्नो पक्षमा देखिएको जनाउँदै अन्य सबैको पनि सहयोग र समर्थन दिनदिनै बढ्दै गएको बताउनुभयो । उहाँले नेपाली कम्युनिष्ट पार्टीले दिएको जिम्मेवारी पुरा गर्न आफुले कुनै पनि कसर बाँकी नराख्ने प्रष्ट पार्दै यस पटक सबैको सहयोग र समर्थनबाट संसदमा पुग्ने आशा र संभावना प्रवल देखिएको बताउनुभयो । सो उद्घाटन कार्यक्रममा उपस्थित प्रत्यक्षका उम्मेदवार विष्ट, समानुपातिक उम्मेदवारद्वय काली मिया कस्मिरा खातुन र जामिया खातुनलाई कल्पना शर्माले खादा लगाएर सम्मान गर्न...