समाचारदाता
नरैनापुर १२ जेठ । बाँकेको नरैनापुर गाँउपालिकामा गौ हत्याको घट्ना बढ्न थाले पछि गाँउपालिकाको गम्भीर ध्यानाकर्षण भएको पालिकाले जनाएको छ ।
नरैनापुर गााउपालिकाको शुक्रबार बसेको गाँउकार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडा भन्दा कडा कारवाहि गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरीन नपाओस भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए १ वर्ष सम्म गाँउपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो ।
पालिकाको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सूरक्षाकर्मीहरुलाई गाँउपालिकाले अनुरोध गरेको प्रमुख प्रशासकिय अधिकृत खरालले बताउनु भयो ।
नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद ...
समाचारदाता
नेपालगञ्ज, जेठ ४ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सबै प्रदेश र जिल्ला शाखाहरुलाई जारी गरेको सदस्यता शुद्धिकरण अभियानलाई लागू नगरेको भन्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले बिहीवार नेपाल पत्रकार महासंघ बाँके शाखालाई एक ज्ञापनपत्र बुझाएको छ ।
‘नेपाल पत्रकार महासंघले स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्ने, नवीकरणका क्रममा क्रियाशीलताको आधार खोज्ने लगायतको अभियानको कार्यतालिका सार्वजनिक गरेको अवस्थामा नेपाल पत्रकार महासंघ बाँके शाखाले हालसम्म कुनैपनि प्रक्रिया सुरु नगरेको प्रति हाम्रो संगठनको घोर आपत्ति छ । अविलम्ब शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको प्रक्रिया सुरु गर्न जोडदार माग गर्दछ ।’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेस आचार्यद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा अगाडी भनिएको छ, ‘केन्द्रले सुरु गरेको शुद्धिकरण अभ...
समाचारदाता
नेपालगञ्ज, जेठ ४ गते । मुस्लिम जर्नलिस्ट क्लबले विहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमकाविच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ ।
‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी हुनुभएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताउनुभयो ।
मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा वरिष्ठ पत्रकार सिराज खान र डा. डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्...
समाचारदाता
नेपालगन्ज, माघ २२ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले ठुलो पुरस्कार राषिको पुरुष भलिवल प्रतियोगितासहित विभिन्न कार्यक्रम गरेर २७औं जनयुद्ध दिवस भव्यतापुर्वक मनाउने जनाएको छ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटिले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कमिटिका अध्यक्ष रतन शाहीले सो जानकारी गराउनु भएको हो ।
अध्यक्ष शाहीले पत्रकारहरुलाई दिनु भएको जानकारी अनुसार २७औं जनयुद्ध दिवसको अवसरमा माघ २९ गते साँझ ६ बजे नेपालगञ्ज पार्टी कार्यालय र सहिद सेतु वि चोकमा दिप प्रज्वलन गर्ने तथा फागुन १ र २ गते ठुलो पुरस्कार राषिको खुल्ला भलिवल प्रतियोगिता आयोजना गरिने छ ।
फागुन १ र २ गते आयोजना गरिने खुल्ला पुरुष भलिबल प्रतियोगितामा नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहित अन्य गरेर करिब १२ वटा टोलीको सहभागिता रहने अध्यक्ष शाहीले बताउनु भएको छ। उक्त ...
राष्टिय समाचार समिति
नेपालगञ्ज, माघ १२ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो तर कांग्रेस सरकारमा जान होइन । सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर नै कांग्रेसले सरकारको समर्थन गरेको हो ।”
“संसदमा गुण र दोषका आधारमा हामीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं, सरकारलाई समर्थन गरे पनि हामीहरु सरकारमा जाने भनेको होइन”, नेता महतले भन्नुभयो । नेपाली कांग्रेस नेता डा। महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान रक्षाका लागि म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनसाय राखेको र समझदारी विकास गर...
समाचारदाता
नेपालगञ्ज, माघ १२ । नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी टेकप्रसाद राईले प्रहरीले कुनै पनि काम गर्ने नाममा रकम मागेमा आफुलाई जानकारी गराउन आग्रह गर्दै जानकारी भएपछि कडा कारवाही गरिने बताउनुभएको छ । उहाँले प्रहरीबाट हुने कमीकमजोरीलाई सुधार गर्ने गरि औंल्याइदिएर संगठन सुधार्न सहयोग गरिदिन पत्रकारहरुसँग अनुरोध गर्नु भएको छ ।
दाङ तुलसीपुरस्थित लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पत्रकारहरुसँगको भेटघाटमा डीआईजी राईले ‘प्रहरीले कहाँ चाहिँ नराम्रो गरेको छ र त्यसलाई कसरी सुधार्न सकिन्छ,’ त्यस बारेमा पनि पत्रकारहरुले कलम चलाईदिन अनुरोध गर्नुभयो । प्रहरीले नराम्रो गरे प्रहरी कंट्रोल नम्बर १०० मा फोन गर्नुस, त्यसमा फोन गर्दा रेस्पोन्स भएन, तितो बोल्यो वा झर्कैर बोलेमा सिधै आफुलाई खबर गर्न राईले आग्रह गर्नु भएको छ ।
मुस्कानसहितको प्रहरी सेवा भनेको हुँदा प...
समाचारदाता
नेपालगन्ज, पुस २५ । बाँकेको खजुरा गाउँपालिकाले आफ्नो गाउँसभाको १२ औं अधिवेशन गरेको छ । गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले चालु आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेट समिक्षा बक्तव्य प्रस्तुत गर्नु भएको थियो ।
गाउँपालिकाको अहिलेसम्मको राजश्व असुल ७७ लाख ७६ हजार ७ सय ५५ रहेकोमा पालिका तर्फको राजश्व असुलि २१ लख १९ हजार ७ सय ६४ रहेको उपाध्यक्ष मल्लले प्रस्तुत गर्नुभयो । वडागत रुपमा ५६ लाख ५६ हजार ९ सय ९१ राजश्व असुल देखिएको छ ।
खजुराले गाउँपालिकाको नगर प्रहरी विधेयक २०७९, खजुरा गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सक्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९, खजुरा गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि विधेयक २०७९, स्वास्थ्य तथा सरसफाई ऐन २०७८ को परिच्छेद मा सहायक हटाई अध...
सिराज खान
नेपालगञ्ज, पुस १५ । बाँकेको प्रहरी प्रमुखमा सरुवा भएर आउनु भएका एसपी सन्तोषसिंह राठौंरले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।
जिल्ला प्रहरी प्रमुखको कार्यभार सम्हालेपछि पत्रकारहरुसंग कुरा गर्दै प्रहरी प्रमुख राठौरले नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरि शान्ति सुरक्षा कायम गर्ने लक्ष्य रहेको बताउनुभयो ।
भारतसंग सीमाना जोडिएको जिल्ला भएकोले यो जिल्लामा प्रहरीलाई धेरै चुनौती रहेको जनाउँदै उहाँले प्राप्त प्रहरी जनशक्तिको सदुपयोग गरेर नागरिक समाजको सहयोग लिएर प्रहरीलाई परिचालन गरिने बताउनुभयो ।
पाँच लाख जनसंख्या रहेको जिल्लामा १२ सय प्रहरीको सहारामा शान्ति सुरक्षा लगायत सबै काम गर्नु पर्ने हुँदा ठुलो चुनौती रहेपनि आफुले राम्रो काम गर्ने हरसंभव प्रयास गर्ने उहाँले बताउनुभयो ।
पत्रकारहरुलाई वाच डगको भूमिका निर्वाह गर्न आग्रह गर्द...
उद्धव थापा
काठमाण्डौ, पुस १३ । आइतवार मध्याह्नसम्म सत्ताको पासा यसरी पल्टेला भन्ने आकलन कमैले गरेका थिए । कांग्रेस नेतृत्वको गठबन्धनमा तारन्तार छलफल जारी थियो । गठबन्धनको औचित्य बाँकी रहेको दाबी नेताहरूले गरिरहकै थिए ।
तर, मध्यान्नबाट दिन बिस्तारै ढल्किँदै गर्दा सत्ताको पासा यसरी पल्टियो कि धेरैले चित् खाए, के भयो हँ ? कांग्रेसको सिंगो पंक्ति स्तब्ध भयो । एमाले र माओवादी वृत्तमा उत्साह भरिँदै गयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो ४ नबज्दै एमालेको सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने निर्णय भयो ।
शनिवार दिउँसोसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सार्वजनिक मञ्चबाट गाली गरिरहेका थिए । त्यसको २४ घण्टा पनि नबित्दै कसरी सहकार्य सम्भव भयो ? आश्चर्यसहित धेरैले गर्ने यही प्रश्न उत्तर यहाँ समेटिएको छ ।
एमालेको गुपचुप...
नेपालगञ्जपाटी समाचार
भालुवांग, पुस १२ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी बनाउने निर्णयको कार्यान्वयनको विषयलाई मुख्य उपलब्धीको रुपमा लिएको छ ।
प्रदेश सरकारका गौरवका आयोजनाको बारेमा जानकारी दिन मंगलवारआयोजना गरिएको कार्यक्रममा यस विषयलाई मुख्य उपलव्धीका रुपमा लिईएको जानकारी दिईयो ।
गौरवका आयोजनाका रुपमा रहेको लुम्बिनी प्राविधिक विश्व विद्यालय बाँकेको खजुरामा स्थापना गरी काम तिव्रताका साथ अघि बढाइएको, लुम्बिनी प्रदेशको प्रादेशिक अस्पताललाई विशेषज्ञ देशकै नमूना अस्पताल निर्माण बजेट नीति अनुसार काम अघि बढाइएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागु गरी प्रदेशका एकसय नौ वटै स्थानीय तहमा कार्यान्वयन गर्दा यस्ले सकरात्मक परिणाम दिएको निष्कर्ष प्रदेश सरकारको छ ।
लुम्बिनी प्रदेश सरकारको तर्फबाट कार्यवाहक मुख्यमन्त्री तथा आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्म...