२३ मंसिर २०८२, सोमबार

राजनीति

किर्ते मुद्दामा पक्राउ परेपछि कारागारबाटै निर्वाचन लड्दै विद्या शर्मा

किर्ते मुद्दामा पक्राउ परेपछि कारागारबाटै निर्वाचन लड्दै विद्या शर्मा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगन्ज, कात्तिक २२ । बाँके निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्माले कारागारबाटै निर्वाचन लड्दै हुनुहुन्छ । उम्मेदवारी दर्ता गराएको केही समयमै नेपालगन्ज १५ निवासी शर्मालाई प्रहरीले सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ गरेको थियो । राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराउनु भएकी शर्मालाई छोरीको जन्म दर्ताको कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकोले उहाँले कारागारबाटै निर्वाचन लड्दै हुनुहुन्छ । बाँके कारागारमा महिला बन्दी राख्ने व्यवस्था नभएकोले उहाँलाई बर्दिया कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । बर्दिया कारागारबाटै शर्माले निर्वाचन लडिरहनुभएको उहाँका निकटहरूले जनाएका छन् । निर्वाचन प्रचारप्रसार तीव्र भइरहेका बेला शर्माले जिल्ला अदालतको आद...
बाँके क्षेत्र नम्बर १ मा मन्त्री अथक आफ्ना प्रतिद्धन्दीभन्दा धेरै अगाडी, स्थानीय जनता बिकासका पक्षमा

बाँके क्षेत्र नम्बर १ मा मन्त्री अथक आफ्ना प्रतिद्धन्दीभन्दा धेरै अगाडी, स्थानीय जनता बिकासका पक्षमा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, कात्तिक २१ । बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक आफ्नो प्रतिष्पर्धी भन्दा निकै अगाडी देखिनु भएको छ । सत्ता गठबन्धनका उम्मेदवार रहनु भएका अथकलाई गत पाँच वर्षमा गरेको बिकास निर्माणको काम र सत्ता गठबन्धनको बलियो अवस्थाले आफ्ना प्रतिद्धन्दी भन्दा निकै अगाडी पुरयाएको छ । गत चार वर्ष संघीय सांसद र एक वर्ष मन्त्री भएर अथकले क्षेत्र नम्बर १को विशेषगरि राप्तीसोनारी, नरैनापुर र कोहलपुरका लागि गरेका विभिन्न विकास निर्माण र जनताका सुखदुखमा दिएको साथका कारण उहाँको अवस्था अहिले निकै बलियो र सुदृढ देखिएको हो । गत स्थानीय निर्वाचनमा क्षेत्र नम्बर १ का तीनवटै पालिकामा एमालेले कुनै पालिका जित्न नसकेकोले सत्ता गठबन्धनको अत्याधिक मत रहेकोले पनि मन्त्री अथक निकै बलियो हुनुहुन्छ । अहिले नेपाली काँग्र...
बाँके १ को प्रदेशसभा १ मा नुमना सबैभन्दा बलियो अवस्थामा, सत्ता गठबन्धनको मत अन्यभन्दा धेरै बढी

बाँके १ को प्रदेशसभा १ मा नुमना सबैभन्दा बलियो अवस्थामा, सत्ता गठबन्धनको मत अन्यभन्दा धेरै बढी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, कात्तिक २० । बाँके निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा १ बाट निवर्तमान सांसद कृष्ण केसी नमुना यस पटक पनि सबैभन्दा बलियो अवस्थामा देखिनु भएको छ । गत पाँच वर्षको अवधीमा निरन्तर जनतासंग जोडिनु भएको र हरेक दुखसुखमा जनताको साथमा रहनु भएकोले उहाँको अवस्था अन्य उम्मेदवार भन्दा निकै बलियो देखिएको छ । सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहनु भएका नमुनालाई अहिले उहाँको निर्वाचन क्षेत्रमा जनताले गरेको मान सम्मान र मायाले नै उहाँको अवस्था प्रष्ट भएको छ । बाँके १ को प्रदेशसभा १ मा राप्तीसोनारी गाउँपालिकाका ७ वडा र नरैनापुर गाउँपालिकाका ६ वडा छन् । यो निर्वाचन क्षेत्रमा राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । नेकपा एमालेले तीन वडा, नेकपा माओवादी केन्द्रले तीन वडा र एउटा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ । नरैनापुर गाउँपालिका जनता समा...
झुठको खेती गर्नेहरुसंग सावधान रहन मतदाताहरुलाई पुर्वमन्त्री राईको आग्रह

झुठको खेती गर्नेहरुसंग सावधान रहन मतदाताहरुलाई पुर्वमन्त्री राईको आग्रह

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, कात्तिक २० । पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले झुठको खेती गर्नेहरुबाट सावधान रहन बाँके क्षेत्र नम्बर २ का आम मतदाताहरुसंग आग्रह गर्नुभएको छ । शनिवार नेपालगञ्ज उपमहानगर र डुडुवा गाउँपालिकामा आयोजित विभिन्न कार्यक्रममा बोल्दै पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राईले अहिले केही उम्मेदवारले झुठको खेती गरेर जनतामा भ्रम छर्ने प्रयास गरिरहेकोले सचेत रहन आग्रह गर्नुभयो । उहाँले विभिन्न सपना बाँडेर, धर्म र जातियताको राजनिति गरेर पनि सफलता नमिल्ने देखेपछि झुठको खेती शुरु गरिएको जनाउँदै बिकासको नाममा एक सिन्को पनि नभाँच्ने र कोभिडको बेला २२ करोडको राहात वितरणमा अनियमितता गरेर आफुलाई सदाचारी भन्नेहरुसंग सावधान र सचेत रहन सर्वसाधारणलाई आग्रह गर्नुभयो । समाजमा विभाजन ल्याएर विजयी हुने योजना बनाएकाहरुले विभिन्न प्रकारका झुठको खेत...
माओवादी केन्द्रका अकल बमद्धारा प्रचार प्रसार र मतदाता भेटघाटमा तिव्रता

माओवादी केन्द्रका अकल बमद्धारा प्रचार प्रसार र मतदाता भेटघाटमा तिव्रता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, कात्तिक १९ । बाँके जिल्ला निर्वाचन क्षेत्र नं २ को २ बाट माओवादी केन्द्रबाट प्रदेशसभा उम्मेदवार अकल बहादुर बमले मतदाता भेटघाटलाई तिव्र पारेका छन् । उनलाई नेपालगञ्जका आम नागरिकले टोल, बस्तिमा भव्य स्वागत गरिरहेको बमको सचिवालयले जनाएको छ। जनताका दुःख पीडामा तत्काल घर दैलोमा पुग्ने, सहयोगका लागि आवश्यक समन्वय गर्दै निरन्तर सक्रिय बमलाई आगामी मंसिर ४ गते हुने चुनावमा उम्मेदवारका रूपमा पाएपछि बाँके निर्वाचन क्षेत्र नम्बर २ को २ का जनता खुशी भएका छन् । युवा उमेर, आम नागरिकका पक्षमा काम गर्ने, दोहोरो चिनजान र सम्बन्ध भएका कारण बम जनताको घर आँगनमा पुग्दा आम नागरिकले राम्रो सम्मान र स्वागत गरिरहेको उम्मेदवार बमले बताए । ढाई दशकयता निरन्तर राजनीति र समाजसेवामा खटिरहेका अकल बहादुर बम जिल्लाका आशलाग्दा युवा नेता हुन् । सहज पहुँच, सबैको फोन उठाउने, घर आँगनमा पुग्ने, ...
राप्तीपारीवासीको बिकासको सपना आगामी सरकारले पुरा गर्ने मन्त्री अथकको प्रतिवद्धता

राप्तीपारीवासीको बिकासको सपना आगामी सरकारले पुरा गर्ने मन्त्री अथकको प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, कात्तिक १९ । बाँके क्षेत्र नं १ का निवर्तमान प्रतिनिधी सभा सदस्य एवं युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले राप्तीपारीबासीको बिकासको सपना अब बन्ने गठबन्धनको सरकारले पुरा गर्ने बताएका छन । आफु ५ वर्षे कार्यकालमा राप्ती नदिमा दोहरो तटबन्धन, सिक्टा सिचाई आयोजना र पूर्वि नगर, बिद्यालय भवनहरु, लगायत धेरै साना ठुला आयोजनाहरु सुरुवात भएको भन्दै अब बन्ने गठबन्धको सरकारले बाँकी कामहरु पुरा गर्ने प्रतिबद्धता जनाएका थिए । उनले रोजगारीको सृजना, कृषी तथा पर्यटनको बिकास, सर्बसुलभ शिक्षा स्वाथ्य अबको प्राथमिकता भएको बताए । राप्ती सोनारी गाँउपालिका वडा नं २ मा आयोजित जनभेटघाटमा बोल्दै उम्मेदवार अथकले राप्तीपारीको क्षेत्रमा बिजुली, बाटो, पुल पुलेसासँगै धेरै ठाँउमा बिद्यालय भवन निर्माण गरिएको भन्दै आगमी वर्षहरुमा नमुना बिकासको काम गरिने समेत दाबि गरे । कार्यक्रम...
बाँके २ को प्रदेशसभा २ का लागि माओवादीका अकल बम प्रति मतदाताको आकर्षण बढ्दैछ

बाँके २ को प्रदेशसभा २ का लागि माओवादीका अकल बम प्रति मतदाताको आकर्षण बढ्दैछ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, कात्तिक १३ । आगामी मंसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बाँकेमा पनि विभिन्न दलका उम्मेदवार तथा समर्थक र सहयोगीहरु यति बेला प्रचार प्रसारमा व्यस्त छन् । उनिहरुले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा तिव्रता दिएका छन् । सोही क्रममा पछिल्लो समयमा आएर बाँके निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ का लागि लुम्बिनी प्रदेशसभा सदस्यमा माओवादी केद्रका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका युवा नेता अकल बहादुर बमले पनि मतदाता भेटघाट र प्रचार प्रसारलाई तिव्रता दिएका छन् । मतदातासंगको भेटघाटलाई बढाएको जनाउँदै उनले आफुलाई हरेक वर्ग र क्षेत्रका मतदाताको निकै राम्रो समर्थन प्राप्त भैरहेको बताए । माओवादी केन्द्रको एजेण्डामा अहिले देश अगाडी बढी रहेकोले माओवादीकै जनप्रतिनिधि केन्द्र र प्रदेशमा पुगे भने सबै कुरामा सहज हुने र एजेण्डाहरुको सह...
माओवादीका आइपी खरेल जिताउ अभियान तिव्र, ७५१ सदस्यीय कमिटी गठन

माओवादीका आइपी खरेल जिताउ अभियान तिव्र, ७५१ सदस्यीय कमिटी गठन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, कात्तिक १३ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य ईन्द्र प्रसाद खरेल आइपीलाई निर्वाचन जिताउनका लागि ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । बाँके निर्वाचन क्षेत्र ३ को १ बाट माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका आइपी खरेललाई जिताउन आइतबार बाँकेको बैजनाथमा माओवादी केन्द्रको निर्वाचन क्षेत्र ३ को १ को पार्टी कमिटीको बैठकले उक्त निर्वाचन परिचालन कमिटी गठन गरेको नेता खरेलले जानकारी दिए । खरेलका अनुसार, उक्त पार्टी कमिटीका अध्यक्ष र सचिवले पार्टीबाट राजिनामा दिएकाले उपाध्यक्ष कृष्णबहादुर घर्तीको अध्यक्षतामा बैठक बसी घर्तीकै संयोजकत्वमा ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । कमिटीको सचिवमा राजमोहन चौधरी, कार्यालय सचिवमा सुदिप लामिछाने रहेका छन । ...
बाँकेका अति संवेदनशिल १०८ मतदानस्थलमा बिशेष सुरक्षा प्रबन्ध

बाँकेका अति संवेदनशिल १०८ मतदानस्थलमा बिशेष सुरक्षा प्रबन्ध

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, कात्तिक १३ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाँके जिल्लाका अधिकांश मतदान स्थललाई अति संवेदनशील मानेर सोहीबमोजिमको सुरक्षा प्रबन्ध मिलाइँदैछ। भारतसँग सीमाना जोडिएका तथा विभिन्न कारणले संवेदनशील मानिएको बाँकेमा रहेका १३८ मतदान स्थलमध्ये १०८ लाई अति संवेदनशील मानेर सोहीबमोजिम सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले दिनुभएको जानकारीअनुसार निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा निकायले विशेष प्रकारको तयारी गरेको छ। जिल्लाका १०८ वटा मतदान स्थललाई अति संवेदनशील घोषित गरेर ती स्थानको सुरक्षाका लागि विशेष प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो। १३८ मतदान स्थलमध्ये १०८ लाई अति संवेदनशील र ३० मतदान स्थललाई संवेदनशील घोषणा गरेर सोहीबमोजिमको सुरक्षा व्यवस्था मिलाइ...
पुर्वमन्त्री राईको समर्थनमा जसपा प्रवेश गर्ने क्रम जारी, वडा अध्यक्षका उम्मेदवारसहित दर्जनौ प्रवेश

पुर्वमन्त्री राईको समर्थनमा जसपा प्रवेश गर्ने क्रम जारी, वडा अध्यक्षका उम्मेदवारसहित दर्जनौ प्रवेश

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, कात्तिक ६ । पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईलाई समर्थन गर्दै उहाँलाई विजयी बनाउन विभिन्न दलहरु परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गर्ने क्रम निरन्तर जारी छ । माओवादी र काँग्रेसबाट धेरैजना नेता कार्यकर्ताले जसपा प्रवेश गरिरहेकै बेला शनिवार एमालेबाट वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार नफिस अन्सारी र एमालेका पुराना नेता लतिफ अन्सारीसहित दर्जनौ नेता कार्यकर्ताले जसपामा प्रवेश गरेका छन् । सोही प्रकारले नेपाली काँग्रेस परित्याग गरेर उबेद कुरेशी र राप्रपा परित्याग गरेर सिखर ईराकीले पनि जसपामा प्रवेश गरेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ को वडा अध्यक्षमा उम्मेदवार बनेर थोडै मतको अन्तरले पराजित भै दोस्रो स्थानमा रहनु भएका नफिस र एमालेका पुराना नेता लतिफसहित काँग्रेसका उबेद र राप्रपाका सिखर लगायतलाई पुर्वमन्त्री राईले पार्टी प्रवेश गराए । ...