समाचारदाता
नेपालगञ्ज, कात्तिक २ । यस पटकको निर्वाचनमा सर्वाधिक चर्चित रहेको बाँके क्षेत्र नम्बर २ का संघीय सांसदका उम्मेदवार जनता समाजवादी पार्टीका केन्द्रिय नेता तथा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले जनसम्पर्क र जन समर्थनलाई बढाउँदै अगाडी बढ्नु भएको छ । निर्वाचन क्षेत्रका सबै वडामा प्रचार कार्यालय स्थापना पश्चात घरदैलोमा व्यस्त हुनुभएका राईले विभिन्न पार्टीका नेता कार्यकर्तालाई जसपामा प्रवेश गराउने अभियान र जनतासंग प्रत्यक्ष भेट गरेर समस्या सुन्ने तथा समर्थन बढाउने अभियानलाई तिव्र पार्नु भएको छ ।
क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रमलाई अगाडी बढाउनु भएका नेता राईले जहाँ गएपनि मात्र बिकास र सदभावको नाममा सहयोग र समर्थन गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँको टोली जुन टोल र वडामा पुगेपनि जनताको राम्रो र भव्य स्वागतसंगै ठुलो समर्थनको प्रतिवद्धता जाहेर...
समाचारदाता
नेपालगञ्ज, कात्तिक २ । बाँके क्षेत्र नम्बर १ मा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकसहित गठबन्धनका उम्मेदवारप्रति जनताको समर्थन दिनदिनै बढ्दै गएको स्थानीयले जनाएका छन् । जिल्लाका ३ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ का गठबन्धनका उम्मेदवारहरु बढी संगठित र एकतावद्ध भै निर्वाचनमा होमिएकोले पनि उनिहरुप्रति जनसमर्थन बढ्दै गएको पाईएको हो ।
नरैनापुर तथा राप्तीसोनारी क्षेत्रका अधिकांश स्थानीयले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता जनाउन थालेको युवा तथा खेलकुद मन्त्री गहतराजका स्वकिय सचिव दिलिप सोनीले बताउनुभयो ।
गठबन्धनका साझा उम्मेदवार मन्त्री अथक र प्रदेश सभा क का उम्मेदवार कृष्णा केसी नमुनासंगको छलफलका क्रममा गठबन्धनका स्थानीय अगुवा नेता तथा कार्यकर्ताहरुले गठबन्धनको पक्षमा लाग्ने प्रतिवद्धता जनाएको सचिव सोनीले बताउनुभयो ।
सो कार्य...
समाचारदाता
नेपालगञ्ज, कात्तिक १ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ बाट संघिय सांसदका उम्मेदवार मोहम्मद ईश्तियाक राइले क्षेत्र नम्बर २ का अधिकांश जनता विकासको पक्षमा लामवद्ध भैरहेको बताउनुभएको छ । नेपालगन्जमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागि हुने क्रममा बोल्दै पुर्वमन्त्री र उम्मेदवार राईले यस क्षेत्रका अधिकांश जनताले मात्र विकासको पक्षमा उभिने तथा अन्य कुनै पनि नारा र भ्रममा नपर्ने प्रष्ट पारेको बताउनुभयो ।
अहिले विभिन्न उम्मेदवार मध्ये कसैले धर्म र सम्प्रदाय तथा कसैले अन्य विभिन्न नातागोता जोडेर मत माग्ने गरेको जनाउँदै उहाँले जनताले क्षेत्रको चौतर्फि विकास र भावि पिढीका लागि केही गर्न सक्ने उम्मेदवारलाई मात्रै समर्थन गर्ने मन बनाईसकेको बताउनुभयो ।
उहाँले आफुले मन्त्री हुँदा धेरै योजना आफ्नो जिल्ला र क्षेत्रमा ल्याएकोमा अन्य जिल्ला र क्षेत्रका सांसदले घोर विरोध र आलोचना गर...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असोज २६ । बाँके जिल्लाका मुस्लिम नेता खालीद ईकबाल ईराकीलाई राप्रपा नेपालले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फको पहिलो नम्बरको उम्मेदवार बनाएको छ । पार्टीका केन्द्रिय सदस्य तथा मुस्लिम विभागका प्रमुख समेत रहनुभएका नेता ईराकीलाई मुस्लिम कलस्टरबाट पहिलो नम्बरको उम्मेदवार बनाएपछि उहाँको सांसद निर्वाचित हुने संभावना प्रवल देखिएको छ ।
पार्टीले उम्मेदवार बनाएपछि पार्टी अध्यक्ष कमल थापालाई धन्वाद दिंदै नेता ईराकीले राप्रपा नेपालले मुस्लिम समुदायलाई सधैं उच्च मान सम्मान दिएको र सबै धर्मको सम्मान गर्दै आएको बताउनुभयो ।
उहाँले राप्रपा नेपाललाई मतदान गरेर आफुलाई विजयी बनाउन सहयोग गर्न पनि सम्पुर्ण मुस्लिम मतदाता लगायत सबै मतदातासंग अनुरोध गर्नु भएको छ ।
सामाजिक कार्यमा सक्रिय भएर सधैं जनताको सेवा गर्न रुचाउने ईराकी जनतामाझ लोकप्रिय हुनुहन्छ । राष्टिय मुस्लिम आयो...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, असोज २६ । मंसिर ४ गते हुने संघीय सांसद र प्रदेश सभाको निर्वाचनका लागि विभिन्न गठबन्धन र दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । बाँकेमा उम्मेदवारी दर्ता गराउने क्रममा केही क्षेत्रमा ठुला उलटफेर भएका छन् भने केही क्षेत्रमा उम्मेदवारी नपाएपछि बागी र दल छोडेर स्वतन्त्र उम्मेदवार बन्नेहरु पनि धेरै देखिएका छन् ।
बाँके जिल्लामा दुई जना संघयि मन्त्री र एकजना प्रदेशमन्त्रीसहित राप्रपाका महामन्त्री तथा काँग्रेसका सहमहामन्त्री पनि उम्मेदवार भएकोले यहाँको निर्वाचनलाई देशभरिनै सर्वाधिक चासोका रुपमा हेरिन थालिएको छ । त्यसमा पनि सबैभन्दा बढी चर्चा र चासो बाँके क्षेत्र नम्बर २ को छ ।
सो क्षेत्रबाट जनता समाजवादी पार्टीका केन्द्रिय नेता तथा तीन पटकका मन्त्री र दुई पटकका सांसद मोहम्मद ईश्तियाक राई मैदानमा रहनुभएकाले उक्त क्षेत्र हट सिट बनेको छ । राईका विरुद्ध राप्रपाका महामन...
सिराज खान
नेपालगञ्ज, असोज २३ गते । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँके क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सत्ता गठबन्धनबाट उम्मेदवारी पाउनु भएका मन्त्री गहतराजले बाँके क्षेत्र नम्बर १ को अगैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनका अन्य उम्मेदवार सहित उम्मेदवारी दर्ता गराउनु भएको हो ।
उहाँले २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट नेकपाको उम्मेदवार बनेर विजयी हुनुभएको थियो । गठबन्धनको सरकार बनेपछि उहाँलाई माओवादी केन्द्रले युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गराएको थियो ।
प्रतिकुल मौसमका वावजुद पनि उल्लेख्य संख्याका सत्ता गठबन्धनका नेता कार्यकर्ताका साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेर मन्त्री गहतराजसंगै प्रदेश सभाबाट सत्तागठबन्धनकै उम्म्ेदवार फुलराम थारु र कृष्णा केसी नमुनासंगै उम्मेदवारी दर्ता गराउनु भएको हो ।
थारुल...
सिराज खान
नेपालगञ्ज, असोज २३ गते । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले प्रतिनिधिसभाका लागि बाँकेबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
मन्त्री गहतराज र सहमहामन्त्री राठौरले सत्ता गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर २ र ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको हो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री राईले क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जमा र सहमहामन्त्री राठौरले वारेसनामा मार्फत क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
प्रतिकुल मौसमका विच मन्त्री राई लगायतका उम्मेदवारले आ आफ्ना समर्थक र पार्टीका नेता कार्यकर्ताका साथमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बाँके क्षेत्र नम्बर ३ बाट सत्...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असोज १६ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले विकास, समृद्धि र सदभावलाई अगाडी बढाउने नेतालाई मात्र जनताले निर्वाचित गर्ने बताउनु भएको छ ।
विभिन्न चाडपर्व मनाउन आइतवार गृह जिल्ला पुग्नु भएका मन्त्री राईले विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै जिल्ला र देशले अहिले विकास, समृद्धि, स्थायीत्व र सामाजिक तथा धार्मिक सदभाव खोजेको बताउनुभयो । उहाँले जनताले खोजेको कुरा पुरा गर्ने नेतालाई मात्रै जनताको समर्थन रहने दावी गर्नुभयो ।
आफ्नो निजि स्वार्थका लागि समाजलाई बाँड्ने, धामिर्क, जातिय र क्षेत्रीय विषयलाई मुद्दा बनाएर भाँड्न खोज्नेलाई मंङ्सिर ४ गते जनताले सबक सिखाउने उहाँले बताउनुभयो ।
सानो समयमा पनि धेरै विकासका काम गर्न सकिन्छ भन्ने कुरा वर्तमान सरकारको कामले पुष्टि गरिसकेको जनाउँदै मन्त्री राईले आफुले पनि सानो समयमा जिल्लाको विकासका ला...
समाचारदाता
नेपालगञ्ज, असोज ४ । जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बाँके क्षेत्र नम्बर २ बाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईशितयाक राईको मात्र नाम सिफारिश गरिएको जानकारी गराउनु भएको छ । मन्त्री राई बाहेक अरुको पनि नाम सोही क्षेत्रबाट जसपाले सिफारिस गरेको भनि केही सञ्चार माध्यममा प्रशाशित भएपछि प्रदेश अध्यक्ष यादवले आफ्नो फेसबुक वाल मार्फत अरु कसैको पनि नाम सिफारिस नभएको जनाउँदै भ्रममा नपर्न आग्रह गर्नु भएको छ ।
उहाँले आफ्नो फेसबुक वालमा लेख्नुभएको छ–पत्रकारिताको धर्म बिर्सेर आफुले बोल्दै नबोलेको कुरालाई ब्यंग्याएर समाचार लेख्ने साथीहरुलाई मेरो सुझाव पितपत्रकारिताम अल्झेर गलत प्रचारबाजी गर्न तर्फ नलागेकै राम्रो। समसुलहक राईको नाम सिफारिस भएको ब्यवहोरा सहितको समाचार सरासर गलत भएको सबैमा जानकारीको अनुरोध छ । प्रदेश समितिले केन्द्रीय समितिमा मोहम्मद...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असोज ३ । नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका समितिले संविधान दिवसको अवसरमा सोमवार साँझ नेपालगञ्जको सहिद सेतुविक चौक र पार्टी कार्यालयमा दीप प्रज्ज्वलन गरेको छ । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्ष, दश वर्षिय जनयुद्ध जनआन्दोलन फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाएको माओवादी केन्द्रका नगर अध्यक्ष रतन बहादुर शाहिले बताउनु भयो ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश सहसचिव युवा नेता अकल बहादुर बमले संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न माओवादी पार्टी प्रतिवद्ध रहेको बताउनु भयो । निकट भविष्यमा हुने प्रादेशिक र संघीय निर्वाचनमा संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने...