Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the all-in-one-seo-pack domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wpreactions-lite domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the add-search-to-menu domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the olympus-google-fonts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170 शिक्षा | नेपालगञ्ज पाटी - Page 18
समाचारदाता
नेपालगन्ज, पुस २८ । शुभ सन्देश सभा नेटवर्क नेपाल ( ज्ञान नेपाल ) ले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा गरेका कार्यक्रम तथा गतिविधिहरु सार्वजनिक गरेर विभिन्न पक्षसंग सुझाव सल्लाह लिएको छ । संस्थाले शनिबार नेपालगन्जमा सम्पन्न गरेको वार्षिक प्रगति पस्तुत तथा अन्तरक्रिया कार्यक्रममा डेढ वर्ष भन्दा बढी समयमा गरेका कार्यक्रम र गतिविधि सार्वजनिक गर्दै सुझाव संकलन गरेको हो ।
नेपालगन्जको जमुनाहा नाकामा सञ्चालन गरिएको बुथबाट गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ जाँदै गरेका ९१ जना महिला र ५३ जना पुरुष गरि शङ्कास्पद १४४ जना नागरिकलाई परामर्श दिई भारत जान रोकेर घरतर्फ फर्काइएको कार्यक्रम अधिकृत तिलक नेपालीले सो अवसरमा बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा एक हजार ७७३ जनालाई सिमानाकाको बुथमै सुचना तथा परामर्श सेवा प्रवाह गरिएको जनाउँदै चालु आर्थिक बर्षको पुुससम्ममा ६६७ जनालाई सुचना त...
समाचारदाता
नेपालगन्ज, पुस १८ । कतार च्यारिटी नेपालसँगको साझेदारी र बाँके युनेस्को क्लब तथा हिल नेपालसँगको सहकार्यमा यहाँ सञ्चालित सामाजिक सुरक्षा परियोजना अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी रहेको छ ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले दिनु भएको जानकारी अनुसार सामाजिक सुरक्षा परियोजना अन्तर्गत गरिबी र आर्थिक विपन्नताका कारण शिक्षाको पहुँचबाट बन्चित अनाथ बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिंदै आएको बताउनुभयो ।
उहाँले यो कार्यक्रम प्रायोजन कार्यक्रम रहेको जनाउँदै गत पाँच वर्षबाट सञ्चालनमा रहेको र हाल सो परियोजनाबाट बाँकेका विभिन्न विद्यिालयमा अध्ययनरत १६९ अनाथ बालबालिकाले सो प्रायोजन शैक्षिक सहयोग पाईरहेको बताउनुभयो ।
प्रायोजन सहयोग पाउनेहरुमा १०० जना बालक र ६९ जना बालिका रहेको र उनिहरु सामुदायीक, निजि र मदरसा लगायतका विभिन्न विद्यालयमा अध्ययन गरिरहेको अध्यक्ष तुलाधरले...
परियोजनाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई सम्पन्न
समाचारदाता
नेपालगन्ज, पुस १४ । एमडीएम फ्रान्सको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपद्धारा बाँकेका तीन वटा पालिकामा सञ्चालन गरिएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ ।
कार्यक्रममा सहभागि नेपालगन्ज उपमहानगर, डुडुवा र खजुरा गाउँपालिकाका स्थानीय सरकारका प्रतिनिधिहरु, विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कार्यक्रम निकै महत्वपुर्ण रहेकोले यसलाई जिल्ला भरि विस्तार गर्नुपर्ने माग गरेका थिए ।
परियोजनाले सानो अवधीमा सरसफाईकर्मी र किसानको पेशागत सुरक्षा र स्वास्थ्यमा विशेष योगदान गरेकोले यस्ता परियोजना हरेक पालिकामा आवश्यक रहेको सहभागि सबेकौ भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले नेपालगन्जका ...
समाचारदाता
नेपालगन्ज, पुस ७ । अमेरिकामा बस्दै आउनु भएका नेपालगंज निवासी राजा खानको सहयोगमा बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं ७ को नेबुवाटारमा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानमा खेल खेल्ने ४० जना खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच खेलकुद सामाग्री बितरण गरिएको छ । खेलकुद सामाग्री प्राप्त गरेपछि खेलाडीहरु खुसी भएका छन् ।
खानको सहयोगमा उक्त खेल मैदानमा धारा संगै मोटर सहित पानी ट्यांकी समेत जडान गरिएको छ । शनिवार उक्त धाराको रिबन काटेर उद्धघाटन गरिएको छ ।
राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खानेपानीसहितको आधुनिक धारा जडान गरिएको प्रति राजा खानलाई धन्यबाद दिदै बालबालिकाको पहिलो आवश्यकता शिक्षा भएकाले शिक्षा संगै खेलकुदको पनि बिकास होस भन्ने उद्देश्यले खेलक...
समाचारदाता
नेपालगन्ज, पुस ५ । बर्दियाको राजापुर नगरपालिकामा रहेका माध्यामिक बिद्यालयका शिक्षकहरुकालागि समाबेशी शिक्षा र बालबालिकाहरुको कार्यगत सिमितता सम्बन्धी तालिम शुरु भएको छ ।
प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लाका राजापुर, गुलरीया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा संचालन गरेको समावेशी शिक्षा र अपाङ्गता समावेशीकरण परियोजना अन्तरगत सो तालिम संचालन गरिएको हो ।
खासगरी वाशिंगटन समूह प्रश्नावली अनुसार बालबालिकाहरुको कार्यगत सिमिता पहिंचान गर्ने र त्यसको तथ्यांक अपडेट गरी त्यस्ता बालबालिकाहरुको आबश्यकता सम्बोधन गर्ने उध्येश्यका साथ यो तालिमको आयोजना गरिएको हो ।
तलिमको औपचारिक शत्र बाँके युनेस्को क्लबका संरक्षक एवं पुर्व अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा गरिएको थियो । सो शत्रमा तालिम आयोजनाको उदेश्य र सहभागीहरुलाई स्वागत बाँके युनेस्को क्लबका क...
समाचारदाता
नेपालगञ्ज, मंसिर २७ । बाँके जिल्लाका पाँच जना किशोरीले एक दिनका लागि विभिन्न कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालेर ती कार्यालयका गतिविधि बारे जानकारी लिएका छन् ।
प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको आयोजनामा सञ्चालन गरिएको किशोरी सशक्तिकरण कार्यक्रम अन्तरगत नेतृत्व क्षमताको विकास गर्ने उदेश्यले गल्र्स टेकओभर कार्यक्रम गरेर किशोरीहरुले एकदिनका लागि विभिन्न कार्यालयको जिम्मेवारीमा पद वहाली गरि उनीहरुलाई सो कार्यालयले दिने सेवा र सुविधाको बारेमा जानकारी गराईएको हो ।
बाँके कोहलपुरकी १७ वर्षिया प्रतिष्ठा गौतमले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको जिम्मेवारी बहन गरी जिल्ला प्रशासन कार्यलय बाँकेबाट दिईने सेवाप्रवाहको बारेमा जानकारी लिनुको साथै किशोरी मैत्री प्रशासन बनाउने कुरामा जोड दिईन ।
गौतमले बाँकेको प्रमुख जिल्ला अधिकारीले दैनिक बहन गर्नुपर्ने जिम्मेव...
सिराज खान
नेपालगन्ज, मंसिर २२ । बाँके जिल्लामा धेरै निजि विद्यालयहरु छन् । तर, सयौं निजि विद्यालयहरुविच एउटा छुट्टै पहिचान बनाउन सफल भइ आफुलाई सबैभन्दा अव्वल सावित गर्न सफल भएको छ, सोफिया रेसिडेन्सियल इङलिस स्कुल । यो विद्यालय जिल्लामा शैक्षिक गतिविधिसहित अतिरिक्त क्रियाक्लापमा त अव्वल छदैछ, विद्यालयले बालबालिकाको हेरचाह र उनिहरुको पढाईका लागि सबैभन्दा राम्रो माहोल र वातावरण दिन पनि सबैभन्दा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
नेपालगन्ज र सो वरिपरिका अधिकांश उच्च पदस्थ सरकारी कर्मचारी, ठुला ठुला उद्योगी व्यवसायी, चिकित्सक, कानुन व्यवसायी र विभिन्न संघसंस्थाका अगुवाहरुका बालबालिकाले अध्ययन गरिरहेको सो विद्यालयले भव्य रुपमा आफ्नो १७औं बार्षिकउत्सव सम्पन्न गरेको छ ।
राष्ट्रिय गानसँगै सुरु भएको सो कार्यक्रममा विद्यार्थीसहित अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन...
समाचारदाता
नेपालगन्ज, मंसिर १४ । स्थानीय सरकारले पारित गरेर लागु गर्न सिफारिस गर्ने गरि तयार पारिएको ‘सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिका २०८०’ को मस्यौदामाथि नेपालगन्जमा सरोकारवालाहरुविच ब्यापक छलफल गरिएको छ ।
निर्देशकिाको मस्यौदामाथि छलफल गरेर सुझाव संकलन गर्ने उदेश्यले भेरी वातावरणीय विशिष्ठता समूह (बी–ग्रुप) ले आयोजना गरेको कार्यक्रममा सहभागि अधिकांशले सो निर्देशिका अति आवश्यक रहेको जनाउँदै स्थानीय सरकारले पास गर्नु पर्नेमा जोड दिएका थिए ।
बी–ग्रुपले बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तरगत स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा संलग्न सरसफाईकर्मीको हक अधिकार तथा पेशाप्रति आत्मसम्मानसंगै स्थानीय तहको सरसफाईका लागि सो निर्देशिका प्रभावकारी हुने सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरुले जनाएका थिए ।
सार्वजनिक नीजि साझेदारी मन्...
समाचारदाता
नेपालगन्ज, मंसिर १३ । प्लान ईन्टरनेशनल नर्वेको एक उच्चस्तरीय टोलीले प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लब र भेरी बाताबरणीय बिशिष्ट समुहद्धारा बर्दिया जिल्लामा संचालन गरिएको परियोजनाको अनुगमन गरेको छ ।
प्लान नेपालसंगको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना र टेलिथोन परियोजनाका बिभिन्न गतिबिधीहरुको नर्वेको सो टोलीले अनुगमन गरेको हो ।
सो उच्चस्तरीय अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नर्वेका बरिष्ठ कार्यक्रम सल्लाहकार केजेल सिगार्ड रोइसली, युवा कार्यक्रम तथा वकालत बिभागका सल्लाहकार क्रिस्टिन फलान्टनेस र खाद्य सुरक्षा, जीविका, जलबायु कार्यक्रम र वकालत बिभिागका बरिष्ठ सल्लाहकार जोहने वाल्लेको सहभागिता रहेको थियो ।
सोही प्रकारले उक्त अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालयका प्रबन्धक मिना पराजुली, कार...
समाचारदाता
नेपालगन्ज, मंसिर ११ । बालबालिकाको अधिकार संरक्षणका लागि बालिका पुजा चौधरीेले टेक ओभर गर्दै सांकेतिक रुपमा बर्दियाको गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्ने अवसर पाउनु भयो ।
१२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको गुलरिया नगरपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रममा चौधरीले उपमेयरको भूमिका निर्वाह गर्नु भएको हो ।
प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा बालिका पुजा चौधरीले गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्नुभयो ।
बालिका तथा किशोरीको नेतृत्व विकास गर्नुका साथै शसक्तिकरण गर्ने उदेश्यले सञ्चालित सो कार्यक्रममा सो भूमिका निर्वाह गर्नु भएकी चौधरीलाई बाल क्लबकी अध्यक्ष उजस्वी ढकालले किशोरी क्लबको तर्फ...