५ माघ २०८२, आईतवार

शिक्षा

बाँस बेतको हस्तकला तालिमबाट फेरियो इन्दिरा र गीता चौधरीको जीवन

बाँस बेतको हस्तकला तालिमबाट फेरियो इन्दिरा र गीता चौधरीको जीवन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
सिराज खान नेपालगन्ज, भदौ १६ । बर्दियाको राजापुर नगरपालिकाकी इन्दिरा चौधरी र गीता चौधरी केही महिना पहिलेसम्म काम तथा रोजगारी नपाएर हैरान हुनुहुन्थ्यो, तर, आज उहाँहरु दुबैजना दृढ संकल्प, लगनशीलता र आत्मविश्वासका जीवित उदाहरण बनेर देखाउन सफल हुनु भएको छ । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत बाँस बेतका सामाग्री बनाउने ३९० घण्टाको तालिम लिएपछि इन्दिरा र गीताको जीवन यात्रा परिवर्तन भएको हो । उहाँ दुबैजनाले अतिनै लगन र मिहिनेतका साथ सो कठिन र गहन तालिम सम्पन्न गरेपछि, अहिले उहाँहरूले बाँसका डाली, बाँसको फूल राख्ने भाँडो, टेबुल–कुर्सी लगायतका आकर्षक तथा बजारयोग्य सामग्री उत्पादन गरेर विक्रि समेत गर्न थाल्नु भएको छ । यसले उहाँहरू दुबैको जीवनमा सानो समयमै आर्थिक स्थिरता मात्र ल्याएको छैन, बरु उहाँहरूलाई आफ्नो भविष्य आफैं ...
बर्दियाको मधुवनमा मानब बेचबिखन तथा बालविवाह विरुद्ध अन्तर–पुस्ता सम्बाद

बर्दियाको मधुवनमा मानब बेचबिखन तथा बालविवाह विरुद्ध अन्तर–पुस्ता सम्बाद

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, १५ भदौ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–७ को वडा कार्यालयमा मानब बेचबिखन, लागु पदार्थ दुव्र्यसनी तथा बालविवाहविरुद्ध अन्तर–पुस्ता सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालित सुरक्षा परियोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र हमालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा वडा सदस्यहरू, सशस्त्र प्रहरीका निरीक्षक, नेपाल प्रहरीका सह–निरीक्षक, विद्यालयका शिक्षक, वडा सचिव तथा कर्मचारी, सामुदायिक अगुवा, बडघर, बाल क्लबका सदस्यहरू, युवादूत तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो । सो अन्तरपुस्ता संवादले समुदायमा जागरूकता अभिवृद्धि गर्ने, सहकार्य मजबुत बनाउन तथा बालबालिकाको सुरक्षित भविष्यकालागि सामूहिक कदम चाल्न प्रेरणादायी भूमिका खेलेको...
बर्दियामा किशोरी सशक्तीकरणकालागि बाँके युनेस्को क्लबको पहल निरन्तर जारी

बर्दियामा किशोरी सशक्तीकरणकालागि बाँके युनेस्को क्लबको पहल निरन्तर जारी

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ १५ । किशोरी क्लबका सदस्यहरूलाई विभिन्न विषयमा सचेत र सक्षम बनाउन बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बालिका शसक्त परियोजना अन्तर्गत बर्दियामा नियमित स्टिक एण्ड स्टोन सेसन सञ्चालन गर्दै आएको छ । यी सेसनहरू बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नम्बर ७, ८ र ९ तथा गुलरिया नगरपालिकाको वडा नम्बर ११ र १२ का किशोरी क्लबमा सञ्चालन भइरहेको क्लबले जनाएको छ । सो कार्यक्रमको मुख्य उद्देश्य किशोरी क्लबका सदस्यहरूलाई विभिन्न विषयमा सचेत र सक्षम बनाई उनीहरूलाई आफ्ना साथी, परिवार, समुदाय तथा सरोकारवालासँग ज्ञान र सीप बाँड्न सक्षम बनाउनु रहेको क्लबका उपनिर्देशक गोविन्द लामिछानेले बताउनुभयो । उहाँका अनुसार प्रत्येक क्लबमा २५ जना सदस्य सहभागी रहेकाछन् । क्लबहरूले छ महिनामा १८ वटा अन्तरक्रियात्मक सेसन पूरा गर्नेछन्, जसमा हानिकारक परम्परागत अभ्यासको अन्त्य,...
बी ग्रुपद्वारा नेपालगन्जमा सरसफाई तथा सचेतना अभियान कार्यक्रम सम्पन्न

बी ग्रुपद्वारा नेपालगन्जमा सरसफाई तथा सचेतना अभियान कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १४ । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपद्वारा समुदायमा सरसफाई सम्बन्धि चेतना फैलाउने उदेश्यले नेपालगन्ज उपमहानगरपालिका २ बाल्मिकि टोलमा प्रवद्र्धनकालागि सरसफाई तथा सचेतना अभियान कार्यक्रम सम्पन्न गरिएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा बी ग्रुपद्वारा संचालित ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ बाँकेले क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज तथा बाल्मिकी समाजको सहकार्यमा ३ आर (कम उत्पादन, पुनः प्रयोग र पुनः चक्रण) प्रवद्र्धनका लागि सरसफाई तथा सचेतना अभियान कार्यक्रम आयोजना गरेको हो । बी ग्रुपका उपाध्यक्ष मीरा खनालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बाल्मिकी समाजले नेपालगन्जको सरसफाईमा आफ्नो स्वास्थ्यलाइ पनि जोखिममा राखी निरन्तर योगदान पुरयाई रहेको जनाउँदै यस परियोजनाले सरसफाईकर्...
भुकम्पपिडित बालिकालाई समाजसेवी बिकद्धारा शैक्षिक सामाग्री सहयोग

भुकम्पपिडित बालिकालाई समाजसेवी बिकद्धारा शैक्षिक सामाग्री सहयोग

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ ८ । २०८० सालमा आएको भुकम्पमा परेर अभिभावक गुमाएकी एक बालिकालाई बर्दिया बढैयाताल ३ पुष्पनगरका वरिष्ठ समाजसेवी एवं नेपाल प्रहरीका असई कुल बहादुर विकले शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ । केही महिना पहिले मात्र असई बिकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पनि पुरस्कृत गरेको थियो । उहाँलाई दिईएको जिम्मेवारी कर्तव्यनिष्ट भइ संगठनको निति निर्देशन अनुसार कुशलताका साथ कार्य सम्पादन गरेकोमा नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो । २०८० साल कात्तिक १७ गते आएको भुकम्पमा परेर रुकुमको छेपारे रिम्नामा निधन भएको खडक बहादुर विकको छोरी भगवति सस्कृति सेकेन्डरी स्कुल तिलकाना बर्दियामा कक्षा २ अध्ययनरत बिद्यार्थी श्रीष्टि बिकलाई सहयोग स्वरुप समाजसेवी तथा असई विकले शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो । हाल बढैयाताल गाउँपालिका ३ पुष्पनगरमा आफ्नो आमाका साथ बस्दै आएकी बिद्यार्थी...
राजापुरमा बालबेचविखन नियन्त्रणका सवालमा अन्तरपुस्ता संवाद

राजापुरमा बालबेचविखन नियन्त्रणका सवालमा अन्तरपुस्ता संवाद

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, भदौ ८ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत बर्दियाको राजापुर नगरपालिकामा बाल बेचबिखन विरुद्धको प्रभावकारी संवाद कार्यक्रम सम्पन्न गरेको छ । बालबेचविखन नियन्त्रणको सवालमा सो अन्तरपुस्ता संवाद कार्यक्रम राजापुर नगरपालिका– वडा नं. ६ मा सम्पन्न गरिएको क्लबले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले यस्ता संवाद र चेतनामूलक कार्यक्रमले समुदायभित्र सचेतना अभिवृद्धि गर्न, सहकार्य सुदृढ बनाउन र बालबालिकाको सुरक्षित भविष्यकालागि मार्गचित्र कोर्ने बताउनुभयो । उहाँले यो कार्यक्रमले सहभागि सबै सरोकारवालाबिच सामूहिक प्रतिबद्धता जगाउन प्रेरणादायी भूमिका खेलेको जनाउँदै एकता र दृढ संकल्पकासाथ सबैले मिलेर बाल बेचबिखन जस्तो गम्भीर समस्याको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । ...
मानव बेचबिखनका जोखिम र रोकथामबारे शिक्षक अभिभावकलाई जानकारी प्रदान

मानव बेचबिखनका जोखिम र रोकथामबारे शिक्षक अभिभावकलाई जानकारी प्रदान

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ ६ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुरमा बिद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र बालक्लबका बालबालिकालाई मानवबेचविखन बिरुद्ध अभिमुखिकरण सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो अभिमुखिकरण गरिएको हो । राजापुरको जनचेतना माध्यमिक विद्यालय मंगलपुरमा सम्पन्न भएको सो कार्यक्रममा सहभागिहरुलाई बाल अधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण गरिएको सुरक्षा परियोजनाले जनाएको छ । विद्यालय समुदायलाई बाल अधिकार र संरक्षणप्रति सचेत र संवेदनशील बनाउँदै बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा योगदान पु¥याउनुका साथै मानव बेचबिखनजस्ता अपराध रोकथाममा सामूहिक प्रतिबद्धता जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद...
गुलरियामा तीन पालिकाका शिक्षा सम्बद्धहरुलाई दुईदिने प्रेरणात्मक अभिमुखिकरण

गुलरियामा तीन पालिकाका शिक्षा सम्बद्धहरुलाई दुईदिने प्रेरणात्मक अभिमुखिकरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ ५ । “बालबालिकाको सफलताका लागि अभिभावकको संलग्नता नै आधार हो” भन्ने नाराका साथ बर्दियाको गुलरियामा तीन पालिकाका शिक्षा सम्बद्ध सरोकारवालाहरुको सहभागितामा दुई दिने अभिमुखीकरण तथा प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो । सो अभिमुखीकरण तथा प्रेरणात्मक कार्यक्रममा बर्दियाको गुलरिया र मधुवन नगरपािलका तथा बढैयाताल गाउँपालिकाका १५ वटा विद्यालय तथा शिक्षा इकाईका प्रतिनिधिहरु गरेर २१ जनाको सहभागिता रहेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमको उदेश्य सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, “एक घर एक अध्ययन कुनाको” अभियानलाई प्रवद्र्धन गर्ने तथा अभिभावक–शिक्षक–विद्यार्थीब...
बर्दिया मधुवनमा बालअधिकार, बालसंरक्षण तथा मानव बेचबिखनविरुद्ध अभिमुखीकरण

बर्दिया मधुवनमा बालअधिकार, बालसंरक्षण तथा मानव बेचबिखनविरुद्ध अभिमुखीकरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ ४ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा बाल अधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मधुबन–३, धनौरामा सो अभिमुखीकरण कार्यक्रम गरिएको हो । सो कार्यक्रमको उदेश्य विद्यालय समुदायलाई बाल अधिकार र संरक्षणप्रति सचेत र संवेदनशील बनाउँदै बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा योगदान पु¥याउनुकासाथै मानव बेचबिखनजस्ता अपराध रोकथाममा सामूहिक प्रतिबद्धता जगाउने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब, प्रधानाध्यापक सहित सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।...
गुलरियामा युवा सशक्तिकरणसम्बन्धी अन्तरक्रिया र वार्षिक योजना तर्जुमा सम्पन्न

गुलरियामा युवा सशक्तिकरणसम्बन्धी अन्तरक्रिया र वार्षिक योजना तर्जुमा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, भदौ ३ । बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा युवासम्बन्धी अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम सम्पन्न गरिएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका शसक्त परियोजना अन्तर्गत सो अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम गरिएको हो । बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले कार्यक्रमको प्रमुख उद्देश्य युवालाई सशक्त बनाउने, स्थानीय निर्णय प्रक्रियामा उनीहरूको सार्थक सहभागिता सुनिश्चित गर्ने, हानिकारक सामाजिक प्रथालाई चुनौती दिने तथा स्वस्थ एवं मर्यादित समाज निर्माणमा योगदान पुरयाउनु रहेको बताउनुभयो । कार्यक्रमको समापन गर्दै गुलरिया नगरपालिकाकी उप–प्रमुख सबित्रा गौतमले बालविवाहविरुद्ध निरन्तर वकालत गर्नुपर्नेमा जोड दिँदै युवा तथा किशोर क्लबहरूलाई परिणाममुखी कार्यमा सक्रिय हुन प्रेरित गर...