समाचारदाता
नेपालगन्ज, कात्तिक १० । बाँके युनेस्को क्लबलले बर्दियाको गुलरियामा सञ्चालन गरेको जलवायु संकट, विपद् जोखिम व्यवस्थापन, सरसफाई स्वच्छता र मानवीय सहायतासम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ ।
क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित बालिका शसक्त परियोजनाअन्तर्गत सो तालिमको आयोजना गरिएको थियो ।
किशोरी क्लब र युवा क्लबका सदस्यहरूलाई विपदबाट हुने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न सावधानीका उपायहरू अवलम्बन गर्न र जोखिममा परेका समुदायलाई सचेत गराउनुका साथै जलवायुको संकटलाई कम गर्न समुदाय स्तरमा अभियान संचालनमा महत्वपूर्ण ज्ञान प्रदान गर्ने उद्देश्यले सो तालिम संचालन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन गरिएको सो तालिममा जम्मा २७ जनाको सहभागीता रहेको थियो । तालिमका सहजकर्ता हरि सुबेदीले...
समाचारदाता
नेपालगन्ज, कात्तिक ९ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका ससक्त परियोजना अन्तर्गत बर्दियाको गुलरियामा लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण सम्बन्धी ३ दिने तालिम शुरु भएको छ ।
तालिमको उदघाटन गर्दै पूर्व सिंचाई मन्त्री एवम बर्दियाका संघिय सांसद संजय कुमार गौतमले बिद्यालयमा लैङ्गिक रूपान्तरणमुखी शिक्षा लागु गर्नु पर्ने कुरा महत्वपूर्ण भएको बताउनु भयो ।
उहाँले लैङ्गिक रूपान्तरण शिक्षाको नीति निर्माणमा कार्य गर्ने कुरालाई जोड दिनु पर्ने बताउनु भयो । पूर्व मन्त्री गौतमले शिक्षाको क्षेत्रमा पछिल्लो समयमा धेरै काम भएको बताउनुभयो ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको सभापतित्वमा सञ्चालन गरिएको तालिमको उदघाटन कार्यक्रममा गुलरिया नगरपालिका, शिक्षा, युवा तथा खेलकुद साखाका प्राबिधिक सहायक चन्द्र बहादुर खत्री...
समाचारदाता
नेपालगन्ज, कात्तिक ९ गते । बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुक्त आयोजनामा शिक्षामा सुचना तथा प्रबिधि बिषयक चार दिने तालिम बर्दियाको गुलरियामा सुरु भएको छ ।
क्लब र जनसेवा केन्द्रले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको बालिका शसक्त परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।
शिक्षामा सूचना प्रबिधिलाइ जोड दिदै शिक्षण सिकाई प्रक्रियामा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै बिद्यार्थीको सिकाई उपलब्धि बृद्धि गर्ने उदेश्यका साथ संचालन गरिएको सो तालिममा बर्दियाका सात पालिकाका ३० जना शिक्षकको सहभागिता रहेको छ ।
बाँके युनेस्को क्लबका कार्यसमिति सदस्य भाबुक जंग थापाको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रको कार्यक्रमको सञ्चालन बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर बिकले गर्नुभएको थियो भने सहभागीलाई स्वागत मन्तब्य राधा कृष्ण ...
समाचारदाता
नेपालगन्ज, कात्तिक ८ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रिन इकोनोमी परियोजनाअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिकामा फोहर व्यवस्थापन गरी रोजगारी सिर्जना गर्न फोहरबाट मोहर बनाउने ३ दिने तालिम शुरु भएको छ ।
तालिमको उदघाटन गर्दै बर्दियाका संघीय सांसद जाबेदा खातुनले वातावरण संरक्षणसंगसंगै आय आर्जनमा समेत युवा महिलालाई सहभागि गराउन सञ्चालन गरिएको परियोजना अतिनै सराहनीय रहेको बताउनुभयो ।
उहाँले फोहोर व्यवस्थापन गरेर फोहरबाट मोहर बनाई आय आजर्न समेत गराउने उदेश्यले सञ्चालित यो तालिममा सहभागि युवा महिलाले फोहोर व्यवस्थापन गर्दै आयआर्जन र रोजगारी समेत पाउने बताउनुभयो ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको सभापतित्वमा सञ्चालन गरिएको तालिमको उदघाटन कार्यक्रममा क्लबका प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, कार्यक्रम अधिकृत राधेकृष्...
समाचारदाता
नेपालगन्ज, कात्तिक ६ । नेपालगन्ज उपमहानगरको फोहर व्यवस्थापनमा नगरवासीको ध्यानाकर्षण गराउने उदेश्यले मंगलवार यहाँ एक बृहत्त जनचेतना र्याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
सरसफाई सम्बन्धि जनचेतना फैलाउने विभिन्न प्लेकार्ड बोकेर नगरपरिक्रमा गरेको सो र्यालीमा स्थानीय सरकारका प्रतिनिधिहरु, सरसफाईकर्मी, विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधि, बिद्यार्थि, स्थानीय उद्योगी व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले एएफडी एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत नेपालगन्ज उपमहानगरसंगको सहकार्यमा सो र्याली र अन्तरक्रिया आयोजना गरिएका होे ।
स्थानीय सेतु विक चोकबाट शुरु भएको र्यालीले आफ्नो सहर र क्षेत्र सफा राख्न तथा सरसफाईमा सहयोग गरेर सभ्य नागरि...
सिराज खान
नेपालगन्ज, कात्तिक ५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसंग दान लिनु पनि एक प्रकारको भ्रष्ट्राचारनै भएको बताउनुभएकोछ ।
कर्णाली प्रदेशको जुम्लामा आयोजित कार्यक्रममा सहभागि हुन जाने क्रममा सोमवार विहान नेपालगन्ज विमानस्थलमा पुग्नु भएका अध्यक्ष प्रचण्डले पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै सो बताउनु भएको हो ।
उहाँले भन्नुभयो–‘ललिता निवास जग्गा प्रकरणको भ्रष्ट्राचारमा मुछिएर पक्राउ परि जमानतमा छुट्नु भएका मिन बहादुर गुरुंगको मुद्दा अझै अदालतमा बिचाराधिन रहेको अवस्थामा उहाँसंग दान लिनु अतिनै गलत कार्य हो, यो पनि एक प्रकारको भ्रष्ट्राचारनै हो ।’
यो सरकार भ्रष्ट्राचार बिरुद्धको अभियानबाट डराएर बनेको तथा यसले भ्रष्ट्राचारीलाई जोगाउने प्रयास गर्नेछ भनि आफुले सरकार छाडेको बेला संसदमा बोलेको कुरा अ...
समाचारदाता
नेपालगन्ज, असोज ३ । बर्दियाको गुलरियामा सञ्चालन गरिएको एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिन कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
प्लान नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको समन्वयमा सञ्चालित शसक्त बालिका परियोजना अन्र्तगत सो कार्यशालाको आयोजना गरिएको हो ।
सो कार्यशालामा गुलरिया नगरपालिका अन्र्तगतका ४६ वटा सामुदायिक बिद्यालयका कक्षा १ देखि ३ सम्मका १४० जना शिक्षकहरुको सहभागिता रहेको शसक्त बालिका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिनु भयो ।
उहाँले सो गोष्ठिको मुख्य उदेश्य बिद्यार्थीहरुको सिकाई प्रकृया तथा मुल्याङ्कन पद्धतिमा सहजता ल्याउनका लागि बिद्यार्थीहरुको मानसवटलमा सकारात्मक लैगिंक अभ्यासहरुको सिकाई, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणा सम्बन्धि सोचहरुमा परिवर्तन, बिधार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन...
समाचारदाता
नेपालगन्ज, भदौ ३० । युके एड, स्टार फन्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँकेमा सञ्चालन गरिएको एन २३ अन्तर्गत तराईका जिल्लाहरूमा भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको जिल्लास्थित एक उच्च स्तरीय टोलीले अनुगमन गरेको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा रहेको उच्चस्तरीय टोलीले नरैनापुर गाउँपालिका ६ र राप्ती सोनारी गाउँपालिका ७ मा परियोजनाले गरेको कामको अनुगमन निरिक्षण गरेको थियो ।
टोलीले नरैनापुर ६, गंगापुरमा गरिएको स्वास्थ्य चौकीको मर्मत कार्य र सुरक्षित आश्रय भवनमा जडान गरिएको उचाइमा राखिएको ह्याण्ड पम्पको निरीक्षण गरेको थियो ।
सोही प्रकारले सो टोलीले राप्तीसोनारी गाउँपालिका ७, सर्रामा रहेको स्वास्थ्य चौकीको भ्रमण गरी मर्मत कार्य र उचाइमा राखिएको ह्याण्ड पम्पको निरीक्षण गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि ...
समाचारदाता
नेपालगन्ज, भदौ ३० । प्लान इन्टरनेशनल हङकङका प्रतिनिधिहरूको एक उच्चस्तरीय टोलीले बाँके र बर्दियाको भ्रमण गरेर दुबै जिल्लामा सञ्चालित परियोजना र ती परियोजनाले पारेको प्रभावका बारेमा बिस्तृत जानकारी लिएको छ ।
प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा दुबै जिल्लामा सञ्चालन गरिएका परियोजनाले समाजमा पारेको प्रभावसंगै देखिएका समस्याका बारेमा पनि सो टोलीले छलफल गरेको बाँके युनेस्को क्लबले जनाएको छ ।
सो उच्च्स्तरीय टोलीमा प्लान इन्टरनेशनल हङकङका डा कानिए सियु, टेलिभिजन अभिनेत्री एवं सेलिब्रिटी एम्बेसडर म्यान्डी वोंग, फन्ड रेजिङ म्यानेजर चेर्ब, कम्युनिकेसन म्यानेजर जान, म्यान्डीका सहायक तथा फोटोग्राफर ड्यानियल, भिडियोग्राफर एमी र रेमन्ड रहनु भएको थियो । उहाँहरुसंगै प्लान नेपालका व्यवसाय विकास निर्देशक उपेन्द्र श्रेष्ठ, कम्युनिकेसन म्यानेजर श्रीजना बज्राचार्य र स्...
समाचारदाता
नेपालगन्ज, भदौ २० । बाँके युनेस्को क्लबद्धारा बर्दिया र बाँके जिल्लामा संचालन गरिएको तराईका जिल्लामा भारी बर्षा र डुवान पुर्वानमानमा आधारित तयारी परियोजनाको दुबै जिल्लामा अनुगमन गरिएको छ ।
युके एड र स्टार्ट फण्ड नेपालको सहयोग तथा प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालन गरिएको सो परियोजनाको स्टार्ट फण्ड नेपालका कार्यक्रम ब्यबस्थापक प्रमिला सुबेदी, अगुमन तथा मुल्यांकन बिज्ञ राजु आचार्य र प्लान ईन्टरनेशनल नेपालका निमित्त बिपद् सल्लाहकार फुर्वा मोक्तान एवं कार्यक्रम ब्यबस्थापक अम्बिकाप्रसाद तिमिल्सेनाले अनुगमन गर्नुभयो ।
अनुगमन टोलीले सबैभन्दा पहिले जिल्ला आपत्कालीन संचालन केन्द्र बाँकेसँग छलफल गरेको थियो । उक्त छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ्ग, बिपद् फोकल पर्सन रुपन ज्ञवाली र नरैनापुर गाउँपालिकाका अध्य...