९ माघ २०८२, बिहीबार

मुख्य समाचार

गुलरिया नगरपालिकाको वडा नम्बर १२ बालविवाह मुक्त वडा घोषणा

गुलरिया नगरपालिकाको वडा नम्बर १२ बालविवाह मुक्त वडा घोषणा

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असार ३ । बर्दिया जिल्लाको गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियानलाई तिव्र पारिएको छ । सोही क्रममा प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाले गुलरियाको वडा नं १२ लाई बालविवाहमुक्त वडा घोषणा गरेको छ । गुलरिया वडा नम्बर १२ मा आयोजना गरिएको एक बृहत् समारोहमा सो वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । वडा नम्बर १२ का वडा अध्यक्ष रामकुमार थारुको अध्यक्षतामा सम्पन्न भएको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले सो वडालाई बालविवाहमुक्त घोषणा गर्दै सबैलाई धन्यवाद दिनुभयो । उहाँले गुलरिया नगरपालिकालाई सन् २०८१ भित्र बालविवाहमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि वडाहरुले बिशेष सहयोग र पहल गर्नुपर्नेमा जोड दिनुभयो । गुलरिया नगरपालिकाका उपमेयर सावित्...
गुलरियामा किशोरी लक्षित यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर संचालन

गुलरियामा किशोरी लक्षित यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर संचालन

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, असार १ । बर्दियाको गुलरिया नगरपालिका–१०, रत्नापुरमा १० देखि २४ वर्षीया किशोरीहरुलाई लक्षित गरी यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेर सम्पन्न गरिएको छ । क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत स्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा गुलरिया नगरपालिका स्वास्थ्य शाखा र बाँके युनेस्को क्लबको संयुक्त आयोजनामा सो स्वास्थ्य शिविर संचालन गरिएको हो । सो शिविरबाट २७९ जना किशोरी तथा युवा महिलाहरुले महिला विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा बिभिन्न किसिमका सेवा तथा उपचार गराएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँँले शिविरमा उपचारका लागि आएका किशोरीहरुले शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुबाट पाठेघर, गर्भवती जाँच, मनोसामाजिक परामर्श लगायत यौन तथा प्रजनन स्वास्थ्य सेवा लिएको बताउनुभयो । ...
जब एक घण्टाका लागि बर्दियाको प्रजिअ बनिन् प्रतिक्षा न्यौपाने

जब एक घण्टाका लागि बर्दियाको प्रजिअ बनिन् प्रतिक्षा न्यौपाने

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ २८ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ कीे प्रतीक्षा न्यौपानेले एक घण्टाका लागि बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बन्ने अवसर पाइन् । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले किशोरीहरूको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालन गरेको गल्र्स टेक ओभर कार्यक्रम अन्तर्गत बालिका न्यौपानेलाई बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बनाईएको हो । प्रमुख जिल्ला अधिकारीको पदभार ग्रहण गरेलगत्तै कार्यक्रममा उपस्थित किशोरीहरुले बर्दिया जिल्लामा रहेका सरकारी कार्यालयमा कर्मचारीहरू समयमै नआउने र ढिलोगरी कार्यालयमा आउने कर्मचारीहरूलाई कारबाही नभएको गुनासो गरेका थिए । त्यसैगरी लागू औषध दुव्र्यसनी, बालविवाह, मानव बेचबिखन लगायत सडक दुर्घटनाका बिषयमा पनि उनिहरुले प्रमुख जिल्ला अधिकारीसंग प्रश्न गरेका थिए । एक घण्टाका लागि नमुना प्रमुख जिल्ला अधिकारीको...
धनगढीका गर्मी प्रभावित अति विपन्न ५५ परिवारलाई खाद्यान्न बितरण

धनगढीका गर्मी प्रभावित अति विपन्न ५५ परिवारलाई खाद्यान्न बितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, जेठ २७ । अत्यधिक गर्मीका कारण ज्याला मजदुरी गर्न नपाएर पिडित बनेका कैलालीको धनगढी उपमहानगरका ५५ अति विपन्न, गरिब र दलित मजदुर परिवारलाई राहातस्वरुप बाँके युनेस्को क्लबले खाद्य सामाग्री बितरण गरेको छ । स्टार्ट फण्ड युके एडको सहयोग र कतार च्यारिटि नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको तातो हावा परियोजना अन्तर्गत धनगढीस्थित सिद्धनाथ र भवानी माविमा अध्ययनरत अति विपन्न, गरिब, दलित र पिछिडिएका बालबालिकाका ५५ परिवारलाई खाद्य सामाग्री बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने अति विपन्न र गरिब र दलितहरुलाई चर्को गर्मीको बेला हुने स्वास्थ्य जोखिमबाट जोगाउन र केही दिन घरमै बस्न सहज होस भन्ने उदेश्यले खाद्यान्न बितरण गरिएको बताउनुभयो । बिद्यालयमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरका प्रमुख...
धनगढीका ८६५ बालबालिकालाई गर्मीबाट जोगाउन छाता लगायतका सामग्री वितरण

धनगढीका ८६५ बालबालिकालाई गर्मीबाट जोगाउन छाता लगायतका सामग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, जेठ २४ । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको तातो हावा परियोजना अन्तर्गत कैलालीको धनगढीस्थित दुईवटा बिद्यालयका बिद्यार्थिहरुलाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ । बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत धनगढीको भवानी माबि र सिद्धनाथ माबिका ८६५ बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल (ओआरएस) र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा वडा अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा कतार च्यारिटी र बाँके युनेस्को क्लबका प्रतिनिधिहरुको उपस्थितिमा दुवै विद्यालयका विद्यार्थीहरुलाई अत्यावश्यक सामग्री वितरण गरिएको थियो । कतार च्यारिटीका परियोजना संयोजक केफस महर्जनले विद्यार्थीह...
गुुलरियाका १२३० बालबालिकालाई गर्मीबाट जोगाउन अत्यावश्यक सामग्री वितरण

गुुलरियाका १२३० बालबालिकालाई गर्मीबाट जोगाउन अत्यावश्यक सामग्री वितरण

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, जेठ २३ । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको तातो हावा परियोजना अन्तर्गत बिद्यालयका बालबालिकालाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ । बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत बर्दियाको गुलरियास्थित श्री नेपाल राष्ट्रिय शम्भुशरण माबि र जानकी माबिका १२३० बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल (ओआरएस) र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको छ । वितरण कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष, प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै गुलरिया नगरपालिकाका मेयर यादवले तराई क्षेत्रमा अत्याधिक गर्मीको समयमा जोखिममा परेका बालबालिकालाई राह...
बाँके, बर्दिया र कैलालीमा ‘तातो हावा परियोजना’ अन्तर्गत विभिन्न सामाग्री बितरण

बाँके, बर्दिया र कैलालीमा ‘तातो हावा परियोजना’ अन्तर्गत विभिन्न सामाग्री बितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, जेठ २२ । बाँके, बर्दिया र कैलालीका पाँच वटा पालिकामा सञ्चालन गरिएको ‘तातो हावा परियोजना’ अन्तर्गत विपन्नलाई गर्मी र लु बाट जोगाउन बिभिन्न कार्यहरु भइरहेका छन् । स्टार्ट फण्ड नेटवर्क युके एडको सहयोग र कतार च्यारिटिको साझेदारीमा बाँके युनेस्को क्लबले संचालन गरेको सो परियोजना अन्तर्गत कक्षाकोठामा गर्मी कम गर्न र आरामसँग शिक्षा प्राप्त गर्न तीन जिल्लाका दशवटा विद्यालयमा ३५० वटा सिलिङ्ग फ्यान जडान गरि विद्यालयका बालबालिकालाई गर्मीबाट बच्न छाता, खानेपानीको बोतल, ओआरएस र ग्लुकोज पाउडर वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले विद्यालय परिसरमा पानीको सहज पहुँचका लागि दसवटा विद्यालय परिसरमा १० वटा पानी कुलिङ वाटर सिस्टम जडान गरिएको र पाँच वटा सार्वजनिक स्थानमा पनि कुलिङ वाटर सिस्टम जडान गरिएको बताउनुभयो । सोही प्रकारले खाद्यान्नमा पहुचको ला...
समाजसेवी राजा खानद्धारा विपन्न बालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग

समाजसेवी राजा खानद्धारा विपन्न बालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ १९ । नेपालगन्जका चर्चित समाजसेवी राजा खानले नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा रहेको मदरसा लिलबनात बालिका विद्यालयका विपन्न बालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ । बालबालिकाहरुको शैक्षिक गुणस्तरीय अभिवृद्धिकालागि शैक्षिक समाग्री बितरण गरीएको जनाईएको छ। बालिकाहरुको समग्र शिक्षामा सुधार तथा शिक्षा क्षेत्रलाई मजबुत पार्ने उद्देश्यका साथ हाल अमेरिकामा रहनु भएका नेपालगन्जका समाजसेवी खानले शैक्षिक सामग्री समाजसेवि जावेद अलि मार्फत बिद्यार्थीहरुलाई बितरण गराउनु भएको हो । बितरण गरिएको सामाग्रीमा ब्याग, बेन्च १० थान, वाइट बोर्ड ३ थान, कुर्सि १ थान, पानी डिस्पेन्शर मेशिन १ थान लगायतका शैक्षिक सामग्रीहरु रहेको थियो । ती सामाग्री मदरसालाई हस्तान्त्रण गरिएको छ । २०० जना बालिकाहरु अध्ययनरत रहेको सो विद्यालयमा ६ जना शिक्षकले उक्त मदरसामा अध्यापन गराई रहनु भएको इर...
बर्दियामा पालिकास्तरीय एकीकृत पाठ्यक्रम सम्बन्धि तीनदिने कार्यशाला सञ्चालन

बर्दियामा पालिकास्तरीय एकीकृत पाठ्यक्रम सम्बन्धि तीनदिने कार्यशाला सञ्चालन

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लब र मधुवन नगरपालिका शिक्षा इकाईको आयोजनामा बर्दियाको मधुवन नगरपालिकामा स्थानीय एकीकृत पाठ्यक्रमबारे तीन दिने कार्यशाला आयोजना गरिएको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला सञ्चालन गरिएको हो । एकीकृत पाठ्यक्रम र गुणस्तरीय शिक्षाको महत्व बारे आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले संचालित सो कार्यशालामा बोल्दै मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले विद्यालयमा गुणस्तरीय शिक्षा सुधार र एकीकृत पाठ्यक्रम लागू गर्न सबै शिक्षकलाई अनुरोध गर्नु भयो । कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले वर्तमान परिस्थितिमा शिक्षाको महत्वबारे प्रकाश पार्दै एकीकृत पाठ्यक्रम, शिक्षक निर्देशिका र पाठ्यक्रमलाई राम्रोसँग कार्यान्वयन गर्न शिक्षकलाई उत्प्रेरित गर्नु ...
बर्दियामा हस्तकला, गड्यौला मल र अर्गानिक तरकारी खेती तालिम सम्पन्न

बर्दियामा हस्तकला, गड्यौला मल र अर्गानिक तरकारी खेती तालिम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ १८ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा सञ्चालन गरिएका हस्तकलाको सामाग्री बनाउने व्यवसायीक सीप विकास तालिम, गड्यौला मल बनाउने तालिम र अर्गानिक तरकारी खेती तालिम सम्पन्न भएका छन् । क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ती तालिमहरु सञ्चालन गरिएका थिए । ठाकुरबाबा र राजापुर दुबै नगरपालिकामा क्लबका वरिष्ठ उपाध्यक्ष पंचम गुरुङको अध्यक्षतामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर तालिमका सहभागिहरुलाई प्रमाणपत्र बितरण गरियो । ठाकुरबाबामा प्रमाणपत्र बितरण गर्दै ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले व्यवसायिक तालिमको आयोजना गरेकोमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबलाई धन्यवाद दिँदै युवाले आफुले सिकेको सीप र ज्ञानलाई निरन्तरता दिदै आफ्नो व्यवसायलाई सुदृढ पार्नुपर्नेमा दिनु...