८ माघ २०८२, बुधबार

मुख्य समाचार

कुनैपनि खोप नलगाएका १७७ बालबालिका लगायत छुटेकालाई आज खोप लगाईंदै

कुनैपनि खोप नलगाएका १७७ बालबालिका लगायत छुटेकालाई आज खोप लगाईंदै

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, बैशाख ३१ । पश्चिम नेपालकै तीन वटा प्रदेशको सबैभन्दा बढी सेवा र सुविधासम्पन्न सहरका रुपमा परिचित नेपालगञ्जमै कुनैपनि खोप नलगाएका १७७ जना बालबालिका भेटिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ केही समय अघि शुरु गरेको खोप नलगाएका बालबालिकाको खोजी गरेर खोप लगाउने अभियान अन्तर्गत १७७ जना कुनैपनि खोप नलगाएका बालबालिका भेटिएका हुन् । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्जमा १७७ जना कुनै खोप नलगाएका बालबालिका भेटिएका छन् भने ६९२ जना बालबालिकाले विचैमा खोप लगाउन छोडेर खोपहरुको मात्रा पुरा नगरेको पाईएको छ । उहाँले हरेक दृष्टिकोणले सबै सेवा सुविधा लगायत शिक्षित समुदायको बसोबास रहेको सहरमा समेत यति धेरै बालबालिकाले कुनै पनि खोप नलगाउनु र करिब ७०० जनाले विचमै खोप लगाउन छोड्नु निकै चिन्ताजनक विषय भएको बताउनुभयो । नेपालगञ्ज उपमहानगर स्वास्...
बर्दिया जब्दीघाट पुल निर्माणको माग गर्दै संघीय सांसद गौतम आमरण अनसनमा

बर्दिया जब्दीघाट पुल निर्माणको माग गर्दै संघीय सांसद गौतम आमरण अनसनमा

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
मुकुन्द सुवेदी नेपालगञ्ज, बैशाख ३१ । बर्दियाको बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै सङ्घीय सांसद सञ्जयकुमार गौतमले आमरण अनशन ( सत्याग्रह ) सुरु गर्नुभएको छ । पूर्व सिँचाइ मन्त्री समेत रहनु भएका गौतमले शनिवार साँझबाट अनसन सुरु गर्नुभएको हो । जब्दीपुल निर्माण, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनालाई बजेटको सुनिश्चितता, सदरमुकाम गुलरिया जोगाउन तटबन्ध निर्माणको बाँकी काम नियमित गर्नुपर्ने लगायतका १५ बूँदे माग राख्दै आमरण अनसनमा बस्नु भएको हो । जब्दी पुलमा आमरण बस्नु अघि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु भएको थियो । २०६५ सालदेखि निर्माण सुरु भएको पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो । चार सय २५ मिटर लामो उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो । पप्पु कन्स्ट्रक्सनले निर्माण ग...
सीमापारीबाट नेपाली र भारतीय नक्कली नोट छापेर नेपालगञ्ज पठाउने पक्राउ

सीमापारीबाट नेपाली र भारतीय नक्कली नोट छापेर नेपालगञ्ज पठाउने पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, बैशाख ३१ । यहाँस्थित नेपाल–भारत सीमा पारी भारतीय क्षेत्रमा बसेर नक्कली नेपाली र भारतीय रुपियाँ छापेर नेपालतर्फ पठाउने पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गर्न सफल भएको छ । भारतको बहराईच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपाल पठाउने गिरोहलाई नक्कली नेपाली र भारतीय नोट र छाप्ने मेसिनसहित बहराईच एटिएस र रुपैडिहा पुलिसले पक्राउ गरेको हो । रुपैडिहा प्रहरी थानाका प्रमुख एसओ श्रीधर पाठकले दिनु भएको जानकारी अनुसार रुपैडिहा नजिकै नक्कली रुपियाँ छाप्ने र विक्रि वितरण गर्ने सुचनाको आधारमा बहराईच एटीएस र रुपैडिहा प्रहरीले संयुक्त रुपमा कारवाही गर्दा लखिमपुर जिल्लाका ५ जनालाई पक्राउ गरिएको हो । उहाँले पक्राउ परेका पाँच जना सवार एक गाडीको तलाशी गर्दा सो गाडीबाट ५२ हजार नक्कली भारतीय रुपियाँ र ५ हजार नक्कली नेपाली रुपियाँसहित पैसा छाप्ने मेसिन, लैपटाप,...
बर्दियाका युवा महिलालाई बचत तथा ऋण परिचालन सम्बन्धि अभिमुखिकरण

बर्दियाका युवा महिलालाई बचत तथा ऋण परिचालन सम्बन्धि अभिमुखिकरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, बैशाख १४ । बाँके युनेस्को क्लबले हाम्रो मध्यवर्ति बचत तथा ऋण सहकारी संस्थासंगको समन्वयमा बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलाका लागि सहकारी शिक्षा सम्बन्धि अभिमुखिकरणको आयोजना गरेको छ । सो अभिमुखिकरण प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवर्धन परियोजना अन्तर्गत आयोजना गरिएको थियो । सो अभिमुखिकरणमा ठाकुरबाबाका रोजगारमा लागेका १८ जना युवा महिलालाई सहकारी शिक्षा, बचत तथा ऋण परिचालन र नितिगत प्रक्रियाका बारेमा विस्तृत रुपमा जानकारी गराईएको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो । तालिम प्राप्त गरेपछि युवा महिलाले सञ्चालन गरिरहेको व्यवसायलाई स्तरोन्नती गर्दै बचत गर्ने बानी बसाल्नका लागि उनिहरुलाई सहकारीमा आवद्ध गरिएको उहाँले बताउनुभयो । सो अभिमुखिकरणमा व्युटिपार्लर, टेलरिंग, होटल व्यवसाय, नास्ता पसल र खु...
रणनैतिक योजना बनाएर कोहलपुर र बैजनाथमा मानवबेचविखन रोक्ने सहमति

रणनैतिक योजना बनाएर कोहलपुर र बैजनाथमा मानवबेचविखन रोक्ने सहमति

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, बैशाख १४ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मानवबेचविखन विरुद्ध काम गर्दै आएका विभिन्न संघसंस्था, स्थानीय सरकार लगायतका सरोकारवाला निकाय सहभागि बैठक सम्पन्न भएको छ । सो बैठकले मानवबेचविखन रोक्न हालसम्म गरिएका कार्यहरुको समिक्षा गर्दै अभियानलाई थप प्रभावकारी बनाउन रणनैतिक योजना र कार्यक्रम बनाएर अघि बढ्ने निर्णय गरेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले बताउनुभयो । बैठकमा सहभागिहरुले बेचविखन नियन्त्रणका लागि क्रियाशिल सबै सरकारी र गैर सरकारी निकायले एकजुट भएर समन्वय तथा सहकार्य गरेर काम गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको थियो । सो अवसरमा कोहलपुर नगरपालिकाका सामाजिक शाखा प्रमुख इन्द्रमणि ढकालले बेचविखन नियन्त्रणका लागि सुक्ष्मतरिकाले अध्ययन गरेर रणनैतिक योजना र कार्यक्रम बनाई काम गर्नु पर्नेमा जोड दिनुभयो । कोहलपुर नगरपालिकाका ...
बाँकेमा मानवबेचविखन रोक्न समन्वय र सहकार्यमा बिशेष जोड

बाँकेमा मानवबेचविखन रोक्न समन्वय र सहकार्यमा बिशेष जोड

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, बैशाख १२ । मानवबेचविखन रोक्न विभिन्न तरिकाले काम गरिरहेका बाँकेका संघसंस्थाहरुको समन्वय तथा सहकार्य बैठक नेपालगञ्जमा सम्पन्न भएको छ । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तर्गत सो समन्वय र सहकार्य बैठकको आयोजना गरिएको हो । बैठकमा सहभागि विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय सरकारका सम्बन्धित शाखाका कर्मचारी र सरकारी निकायका कर्मचारीले मानवबेचविखन नयाँ नयाँ तरिकाले जारी नै रहेकोमा चिन्ता व्यक्त गर्दै सो लाई न्युनिकरण गर्नका लागि काम गर्ने सबै संघसंस्था र स्थानीय सरकारविच अतिनै राम्रो समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । बैठकमा सहभागि अधिकांशले बजेट र कार्यक्रम हुँदासम्म सक्रिय रहने र त्यसपछि वास्ता नगर्ने प्रवृत्ति हावी हुँदै गएको जनाउँदै बेचविखन विरुद्ध काम गर्ने संघसंस्थाहरुले बजेट र कार्यक्रम भएपनि, नभएपनि दुब...
बालबिवाह अन्त्यका लागि पाँच बुँदे बढैयाताल घोषण पत्र जारी

बालबिवाह अन्त्यका लागि पाँच बुँदे बढैयाताल घोषण पत्र जारी

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, बैशाख १२ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा बालविवाह अन्त्यका लागि पाँच बुँदे घोषणा पत्र जारी गर्दै सो का लागि कार्यविधिको मस्यौदा समेत तयार गरिएको छ । बढैयाताल गाउँपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत तीन दिने कार्यशाला गोष्ठिको आयोजना गरेर घोषणा पत्र जारी गर्दै कार्यविधि तयार पारिएको हो । बिभिन्न धर्मका धार्मिक, अगुवा, पण्डित, बडघर, पास्टर, बौद्ध गुरुहरुलाई एउटा संजालमा आबद्ध गरी बालबिवाह बिरुद्ध शसक्त रुपमा कार्य गरी बढैयाताल गाउँपालिकालाई बालबिवाहमुक्त गाउँपालिका बनाउने उध्येश्यकासाथ सोे कार्यशाला गोष्ठिको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार उक्त कार्यशाल...
डा. रोमन किदवाईलाई राष्टपतिले प्रवल जनसेवा पदकबाट विभूषित गरे

डा. रोमन किदवाईलाई राष्टपतिले प्रवल जनसेवा पदकबाट विभूषित गरे

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, बैशाख १ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक वरिष्ठ सर्जन डा रोमन किदवाई प्रवल जनसेवा श्री पदकबाट शुक्रवार विभूषित हुनु भएको छ। गत संविधान दिवसको अवसरमा सरकारले उहाँलाई सो विभूषण प्रदान गर्ने घोषणा गरेको थियो । शुक्रवार शितल निवास राष्टपति कार्यालयमा आयोजित एक भव्य कार्यक्रमका विच राष्टपति रामचन्द्र पौडेलले डा किदवाईलाई उक्त पदकबाट विभूषित गर्नु भएको छ । समाजमा अतिनै लोकप्रिय, सबैका मनप्रिय र सधैं समाजसेवा गर्न रुचाउने डा.किदवाईले पदक प्राप्त गर्नु भएपछि संक्षिप्त प्रतिक्रिया दिंदै यस्ता सम्मान र पदकले समाजसेवा र जनसेवा गर्ने थप उत्साह र हौसला प्राप्त भएको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा लगायत अन्य समाजसेवामार्फत बाँके बर्दिया लगायत विभिन्न जिल्लाका जनताको निरन्तर सेवा गदेृ आउनु भएको छ ।...
नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा मन्सुरी निर्वाचित

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा मन्सुरी निर्वाचित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, चैत ३० । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित हुनु भएको छ । उहाँले ७० मतका साथ बिजय हासिल गर्नु भएको हो । अजिज किराना स्टोरका प्रोपराईटर मन्सुरी व्यवसायीक संगसंगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहँदै आउनु भएको छ। नेपालगन्ज उद्योग वाणिज्य संघमा २ कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष र अहिले अध्यक्ष रहनु भएका मन्सुरी नेपालगन्ज किराना तथा खाद्यान व्यवसायी संघको २०६३ सालदेखि हालसम्म नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । त्यस्तै नेपाल बितरक महासंघमा पूर्व कार्यसमिति सदस्य, नेपालगन्ज बितरक संघमा सदस्य हुनुहुन्छ भने लायन्स क्लव सिद्धी बिनायकको पूर्व अध्यक्ष समेत भई बिभिन्न अनुभव सङ्गालेका प्रतिष्ठित, उर्जावान र जुझारु युवा व्यवसायी हुनुहुन्छ । मन्सुरीलाई विजयी गराउन न...
नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको गभर्नर अधिकारीद्धारा जानकारी

नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको गभर्नर अधिकारीद्धारा जानकारी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं, चैत २८ गते। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको बताउनुभएको छ। मंगलबार नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९र८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो। उहाँले नेपालका बैङ्क वित्तीय संस्थाको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गर्नुभयो। उहाँले तत्काल सानोतिनो धक्काले नेपालका बैङ्क तथा वित्तीय संस्थामा जोखिम नआउने बताउनुभयो। उहाँले सबै वित्तीय संस्थाको तथ्याङ्क बलियो हरेको बताउनुभयो। उहाँले बैङ्क तथा वित्तीय संस्थामा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताउनुभयो। उहाँले पछिल्लो समय बैङ्कहरूमा तरलता सहज हुँदै आएको बताउनुभयो। उहाँले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारको लागि गरिएको सचे...