२१ जेष्ठ २०८३, बिहीबार

मुख्य समाचार

पुस २७ र २८ मा बाँके जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने

पुस २७ र २८ मा बाँके जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस १० । यही पुस २७ र २८ गते मोडेल तेक्वान्दो एकेडेमी बाँकेको आयोजनामा बाँके जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता नेपालगन्जको महेन्द्र रंगशालामा हुने भएको छ । प्रतियोगिता बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जिल्लास्तरीय प्रतियोगितामा ४९४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेे मोडेल तेक्वान्दो एकेडेमीका प्रमुख तथा संयोजक होम बहादुर सुनारले बताउनुभयो । उहाँले प्रतियोगितामा बाँके जिल्लाका १३ डोजाङका खेलाडीहरुको सहभागिता रहने जनाउँदै तेक्वान्दो खेलाडीहरुले आफनो क्षमता प्रदर्शन गर्नका लागी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । आइटीएफ तेक्वान्दो संघ कर्णाली प्रदेशका अध्यक्ष तथा प्रतियोगिताका संयोजक समेत रहनु भएका सुनारका अनुसार खेलको माध्यमबाट एकताको भावना सिर्जना गर्नुका साथै आन्तरिक तथा बाह्य खेल पर्यटनको अवधारणाको विकासमा पनि प्रतियोगिताबाट सहयोग म...
बाँकेमा ३३ करोडको कागज प्रशोध उद्योग निर्माण प्रक्रिया शुरु, शेयर सदस्यता वितरण

बाँकेमा ३३ करोडको कागज प्रशोध उद्योग निर्माण प्रक्रिया शुरु, शेयर सदस्यता वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, पुस ९ गते । बाँकेमा कागज प्रशोधन उद्योग निर्माणको तयारी अगाडी बढाइएको छ । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले एक्सीलेन्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा सो उद्योग निर्माणको तयारी अगाडी बढाएको हो । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले राप्तीसोनारी गाउँपालिका २ महेन्द्रपुरमा आयोजना गरेको विशेष भेला तथा शेयर सदस्यता वितरण कार्यक्रममा एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीले उद्योग निर्माण प्रक्रिया अगाडी बढाइएको बताउनुभयो । कार्यक्रममा ५१ जनालाई प्रालिको शेयर सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल र एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष भण्डारीले सो कार्यक्रममा शेयर सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडे...
अमेरिका बस्दै आउनु भएका राजा खानको सहयोगमा खेलाडीलाई खेलकुद सामाग्री

अमेरिका बस्दै आउनु भएका राजा खानको सहयोगमा खेलाडीलाई खेलकुद सामाग्री

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस ७ । अमेरिकामा बस्दै आउनु भएका नेपालगंज निवासी राजा खानको सहयोगमा बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं ७ को नेबुवाटारमा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानमा खेल खेल्ने ४० जना खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच खेलकुद सामाग्री बितरण गरिएको छ । खेलकुद सामाग्री प्राप्त गरेपछि खेलाडीहरु खुसी भएका छन् । खानको सहयोगमा उक्त खेल मैदानमा धारा संगै मोटर सहित पानी ट्यांकी समेत जडान गरिएको छ । शनिवार उक्त धाराको रिबन काटेर उद्धघाटन गरिएको छ । राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खानेपानीसहितको आधुनिक धारा जडान गरिएको प्रति राजा खानलाई धन्यबाद दिदै बालबालिकाको पहिलो आवश्यकता शिक्षा भएकाले शिक्षा संगै खेलकुदको पनि बिकास होस भन्ने उद्देश्यले खेलक...
बाँके युनेस्कोद्धारा खजुरा र नरैनापुरका किसानलाई साना सिंचाई सुविधा हस्तान्तरण

बाँके युनेस्कोद्धारा खजुरा र नरैनापुरका किसानलाई साना सिंचाई सुविधा हस्तान्तरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस ७ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको नेपाल एकीकृत विकास परियोजना २ अन्तर्गत विपन्न र गरिब किसान समुहको खाद्यान्न उत्पादन र तरकारी खेतीमा संलग्नता आयस्तर बढाउने उद्देश्यले साना सिँचाइ सुविधा प्रदान गरिएको छ । खजुरा गाउँपालिकाको वडा नं २ र ३ मा २ थान र नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ र ६ मा ४ थान गरी कुल ६ वटा सिँचाइ सुविधा जडान गरेर किसान समुहलाई हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । बाँके युनेस्को क्लबले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, पूर्व अध्यक्ष राजेन्द्र चौधरी, बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी लिमिटेडकी कमला न्यौपाने र कार्यक्रम संयोजक बिनिता आर.सी. लगायत...
शिक्षकहरुलाई समाबेशी शिक्षा र बालबालिकाको कार्यगत सिमितता पहिचान सम्बन्धी तालिम

शिक्षकहरुलाई समाबेशी शिक्षा र बालबालिकाको कार्यगत सिमितता पहिचान सम्बन्धी तालिम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस ५ । बर्दियाको राजापुर नगरपालिकामा रहेका माध्यामिक बिद्यालयका शिक्षकहरुकालागि समाबेशी शिक्षा र बालबालिकाहरुको कार्यगत सिमितता सम्बन्धी तालिम शुरु भएको छ । प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लाका राजापुर, गुलरीया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा संचालन गरेको समावेशी शिक्षा र अपाङ्गता समावेशीकरण परियोजना अन्तरगत सो तालिम संचालन गरिएको हो । खासगरी वाशिंगटन समूह प्रश्नावली अनुसार बालबालिकाहरुको कार्यगत सिमिता पहिंचान गर्ने र त्यसको तथ्यांक अपडेट गरी त्यस्ता बालबालिकाहरुको आबश्यकता सम्बोधन गर्ने उध्येश्यका साथ यो तालिमको आयोजना गरिएको हो । तलिमको औपचारिक शत्र बाँके युनेस्को क्लबका संरक्षक एवं पुर्व अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा गरिएको थियो । सो शत्रमा तालिम आयोजनाको उदेश्य र सहभागीहरुलाई स्वागत बाँके युनेस्को क्लबका क...
जाजरकोटका ३३६ भुकम्पपिडित परिवारलाई ज्ञान नेपालद्धारा न्यानो लुगा वितरण

जाजरकोटका ३३६ भुकम्पपिडित परिवारलाई ज्ञान नेपालद्धारा न्यानो लुगा वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान खलंगा, जाजरकोट पुस ४ गते । पुस महिना लागिसकेपछि चिसो अत्यधिक बढेपनि जाजरकोटका अधिकांश भुकम्पपिडित अझैपनि त्रिपालमुनिनै बसिरहेका छन् । ती पिडितकालागि न्यानो लुगा आवश्यक रहेको जानकारी पाएपछि ज्ञान नेपाल (शुभ सन्देशसभा नेटवर्क नेपाल) बाँकेको एक टोलीले जाजरकोट पुगेर ३३६ पिडित परिवारलाई न्यानो लुगा वितरण गरेको छ । कात्तिक १७ गते राती गएको भुकम्पबाट अधिकांश घरहरु चर्किएपछि त्रिपालमुनि बसिरहेका जाजरकोटको भेरी नगरपालिका ४ का ३३६ परिवारलाई उनको गाउँमै पुगेर न्यानो लुगा वितरण गरिएको हो । चिसोले समस्यामा परेका भेरी नगरपलिका ४ बोहोरा गाउँ र मुलपानीका ३३६ परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिको अनुरोधमा ३० लाख रुपियाँ भन्दा बढीको न्यानो लुगा वितरण गरिएको ज्ञान नेपाल बाँकेका उपाध्यक्ष डाक्टर डक्ट प्रसाद धितालले बताउनुभयो । उहाँले वडा नम्बर ४ मा केही घरहरु भत्किएको तथा अधिकांश कच्ची घरहरु...
बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण

बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ४ । बाँके युनेस्को क्लबले हील नेपालसँगको सहकार्य र कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका तीनवटा पालिकाका अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण गरेको छ । क्लबले बाँकेको कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाका अपाङ्गता भएका ७ जना स्थानीय बासिन्दालाई ट्राइसाइकल वितरण गरेको हो । अपाङ्गता भएकाहरुलाई सो ट्राइसाइकल वितरण खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुशिला न्यौपाने, शिक्षा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्ल लगायत स्थानीय पालिकाका प्रतिनिधिहरुले बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक बिनिता आरसी, सामाजिक संरक्षण अधिकृत गुलाम गौस, फिल्ड सुपर भाइजर अर्पित सिंह र डेक नेपालका रमेश शर्मा र टेकराज जैसीको उपस्थितिमा गर्नु भएको थियो । यसअघि ती अपाङ्गता भएका ७ जना स्थानीयहरुसँग ट...
जब किशोरी बनिन् एकदिनको प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिको प्रमुख

जब किशोरी बनिन् एकदिनको प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिको प्रमुख

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा
समाचारदाता नेपालगञ्ज, मंसिर २७ । बाँके जिल्लाका पाँच जना किशोरीले एक दिनका लागि विभिन्न कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालेर ती कार्यालयका गतिविधि बारे जानकारी लिएका छन् । प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको आयोजनामा सञ्चालन गरिएको किशोरी सशक्तिकरण कार्यक्रम अन्तरगत नेतृत्व क्षमताको विकास गर्ने उदेश्यले गल्र्स टेकओभर कार्यक्रम गरेर किशोरीहरुले एकदिनका लागि विभिन्न कार्यालयको जिम्मेवारीमा पद वहाली गरि उनीहरुलाई सो कार्यालयले दिने सेवा र सुविधाको बारेमा जानकारी गराईएको हो । बाँके कोहलपुरकी १७ वर्षिया प्रतिष्ठा गौतमले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको जिम्मेवारी बहन गरी जिल्ला प्रशासन कार्यलय बाँकेबाट दिईने सेवाप्रवाहको बारेमा जानकारी लिनुको साथै किशोरी मैत्री प्रशासन बनाउने कुरामा जोड दिईन । गौतमले बाँकेको प्रमुख जिल्ला अधिकारीले दैनिक बहन गर्नुपर्ने जिम्मेव...
बाँकेकै अव्वल निजि बिद्यालय सोफिया रेसिडेन्सियल इङलिस स्कुलको बार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बाँकेकै अव्वल निजि बिद्यालय सोफिया रेसिडेन्सियल इङलिस स्कुलको बार्षिकोत्सव भव्यताका साथ सम्पन्न

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, शिक्षा
सिराज खान नेपालगन्ज, मंसिर २२ । बाँके जिल्लामा धेरै निजि विद्यालयहरु छन् । तर, सयौं निजि विद्यालयहरुविच एउटा छुट्टै पहिचान बनाउन सफल भइ आफुलाई सबैभन्दा अव्वल सावित गर्न सफल भएको छ, सोफिया रेसिडेन्सियल इङलिस स्कुल । यो विद्यालय जिल्लामा शैक्षिक गतिविधिसहित अतिरिक्त क्रियाक्लापमा त अव्वल छदैछ, विद्यालयले बालबालिकाको हेरचाह र उनिहरुको पढाईका लागि सबैभन्दा राम्रो माहोल र वातावरण दिन पनि सबैभन्दा छुट्टै पहिचान बनाउन सफल भएको छ । नेपालगन्ज र सो वरिपरिका अधिकांश उच्च पदस्थ सरकारी कर्मचारी, ठुला ठुला उद्योगी व्यवसायी, चिकित्सक, कानुन व्यवसायी र विभिन्न संघसंस्थाका अगुवाहरुका बालबालिकाले अध्ययन गरिरहेको सो विद्यालयले भव्य रुपमा आफ्नो १७औं बार्षिकउत्सव सम्पन्न गरेको छ । राष्ट्रिय गानसँगै सुरु भएको सो कार्यक्रममा विद्यार्थीसहित अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन...
हाप्किडोका १४ जना खेलाडीको ग्रेडिंग, प्रमाणपत्र वितरण

हाप्किडोका १४ जना खेलाडीको ग्रेडिंग, प्रमाणपत्र वितरण

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, मंसिर १७ । नेपालगन्जमा हाप्किडोका १४ जना खेलाडीको ग्रेडिंग गर्दै उनिहरुलाई विभिन्न बेल्ट प्रदान गरिएको प्रमाणपत्र वितरण गरिएको छ । नेपाल हाप्किडो एसोसियन बाँकेले यहाँ आयोजना गरेको ग्रेडिंग समारोहमा कार्यक्रमका प्रमुख अतिथि गोरखापत्र दैनिकका वरिष्ठ समाचारदाता एवं वरिष्ठ पत्रकार सिराज खान लगायतले खेलाडीहरुलाई ग्रेडिंगको प्रमाणपत्र वितरण गर्नु भयो । नेपाल हाप्किडो एसोसियन बाँकेले जिल्लाका १४ वटा खेलाडीको ग्रेडिंग गर्दै १२ जनालाई एलो र दुई जनालाई ओरेन्ज बेल्ट प्रदान गरेको छ । ती खेलाडीहरुलाई प्रमुख अतिथि खान लगायत नेपाल हाप्किन्डो एसोसियनका केन्द्रिय सदस्य मोहसिन रजा समिर, जिल्लाका पदाधिकारी र प्रशक्षिकले प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै वरिष्ठ पत्रकार खानले विगत केही समययता बाँकेमा हाप्किडो खेलप्रति खेलाडीहरुको आकर्षण बढ्दै गएको जनाउँदै खेलाडी उत्पादनमा ए...