समाचारदाता
नेपालगन्ज, मंसिर १४ । स्थानीय सरकारले पारित गरेर लागु गर्न सिफारिस गर्ने गरि तयार पारिएको ‘सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिका २०८०’ को मस्यौदामाथि नेपालगन्जमा सरोकारवालाहरुविच ब्यापक छलफल गरिएको छ ।
निर्देशकिाको मस्यौदामाथि छलफल गरेर सुझाव संकलन गर्ने उदेश्यले भेरी वातावरणीय विशिष्ठता समूह (बी–ग्रुप) ले आयोजना गरेको कार्यक्रममा सहभागि अधिकांशले सो निर्देशिका अति आवश्यक रहेको जनाउँदै स्थानीय सरकारले पास गर्नु पर्नेमा जोड दिएका थिए ।
बी–ग्रुपले बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तरगत स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा संलग्न सरसफाईकर्मीको हक अधिकार तथा पेशाप्रति आत्मसम्मानसंगै स्थानीय तहको सरसफाईका लागि सो निर्देशिका प्रभावकारी हुने सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरुले जनाएका थिए ।
सार्वजनिक नीजि साझेदारी मन्...
समाचारदाता
नेपालगन्ज, मंसिर १३ । प्लान ईन्टरनेशनल नर्वेको एक उच्चस्तरीय टोलीले प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लब र भेरी बाताबरणीय बिशिष्ट समुहद्धारा बर्दिया जिल्लामा संचालन गरिएको परियोजनाको अनुगमन गरेको छ ।
प्लान नेपालसंगको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना र टेलिथोन परियोजनाका बिभिन्न गतिबिधीहरुको नर्वेको सो टोलीले अनुगमन गरेको हो ।
सो उच्चस्तरीय अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नर्वेका बरिष्ठ कार्यक्रम सल्लाहकार केजेल सिगार्ड रोइसली, युवा कार्यक्रम तथा वकालत बिभागका सल्लाहकार क्रिस्टिन फलान्टनेस र खाद्य सुरक्षा, जीविका, जलबायु कार्यक्रम र वकालत बिभिागका बरिष्ठ सल्लाहकार जोहने वाल्लेको सहभागिता रहेको थियो ।
सोही प्रकारले उक्त अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालयका प्रबन्धक मिना पराजुली, कार...
सिराज खान
नेपालगन्ज, मङ्सिर ८ गते । भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पताल र भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकालाई एमडीएम फ्रान्सले ८८ प्रकारका अति आवश्यक औषधिलगायत त्रिपालहरू सहयोग गरेको छ ।
औषधि र त्रिपाल वितरण गरेर जाजरकोटबाट फर्किनुभएका एमडीएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्कीले दिनुभएको जानकारीअनुसार जाजरकोट अस्पताललगायत बारेकोट स्वास्थ्य चौकीको आधारभूत सेवालाई सुचारु राख्न औषधि तथा टेन्ट सहयोग गरिएको हो ।
उहाँले जाजरकोट अस्पताल र स्वास्थ्य संस्थाहरुको अवस्थालाई अध्ययन गरी अति आवश्यक औषधि र त्रिपाललगायतको सहयोग गरिएको बताउनुभयो ।
औषधि र त्रिपाल हस्तान्तरण गर्न गएका बेला भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ३०० भन्दा बढीको उपचार गर्दै औषधि वितरण गरिएको कार्यक्रम अधिकृत कार्कीले बताउनुभयो ।
बारेकोटको लिम्सास्थित अस्पतालमा आ...
समाचारदाता
नेपालगन्ज, मंसिर ८ । १२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रम सम्पन्न गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा वडास्तरीय बाल क्लबकी अध्यक्ष दुर्गा लुईटेलले बढैयाताल गाउँपालिकाको उपाध्यक्षको भूमिका निर्वाह गर्नुभयो ।
बालिका तथा किशोरीको नेतृत्व विकास गर्नुका साथै शसक्तिकरण गर्ने उदेश्यले सञ्चालित सो कार्यक्रममा उपाध्यक्षको भूमिका निर्वाह गर्नु भएकी लुईटेललाई किशोरी क्लबकी सदस्य कञ्चन भण्डारीले किशोरी क्लबको तर्फबाट नौ बुँदे ज्ञापन बुझाउनु भयो ।
सो अवसरमा आयोजित छलफल कार्यक्रममा विभिन्न क्लबका बालिकाहरुले बालबालिका र किशोरीका सवालहरुका बारेमा जिज्ञासा राखेका...
समाचारदाता
नेपालगन्ज, मंसिर ८ । बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना गरिएको क्लबले जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको सो बैठकमा पालिकाका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख अतिथि रहनु भएको थियो भने सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखा, स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाका प्रमुखहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
सो बैठकमा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाको लक्ष्य, उदेश्य, नतिजा तथा क्रियाक्लापहरुका साथसाथै क्लबका गतिविधिहरुका बारे...
सिराज खान
नेपालगन्ज, मङ्सिर ५ गते । जाजरकोट र रुकुम पश्चिमलगायत पश्चिम नेपालका भूकम्प प्रभावित जिल्लाहरुका लागि भारत सरकारले चौथो खेपमा एक ट्रक अति आवश्यक औषधि सहयोग पठाएको छ । भारतबाट स्थलमार्ग हुँदै नेपालगन्जसम्म ल्याइएको सो औषधि मङ्गलवार भारतीय राजदूतावासका द्वितीय सचिव आशिष सिन्हाले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो ।
औषधि हस्तान्तरण गर्दै भारतीय राजदूतावासका द्वितीय सचिव सिन्हाले भारतले यसअघि पनि भारतीय वायुसेनाको विमानमार्फत तीन खेप अति आवश्यक राहात सामाग्री नेपालगन्ज पुर्याइसकेको जनाउँदै अहिले औषधिको आवश्यकता महसुस गरेर एक ट्रक औषधि प्रदान गरिएको बताउनुभयो । उहाँले भारत सरकारले भविष्यमा पनि थप सहयोग जारी राख्ने जनाउँदै प्रभावित जिल्लाको आवश्यकता अनुसार सहयोग आउने बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले भारत सरकारले ४० प्रकारको ...
समाचारदाता
नेपालगन्ज, कात्तिक २२ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितहरुलाई नेपालगन्जका मुस्लिम समुदायले जाजरकोटनै पुगेर राहत सामाग्री बुझाएका छन् । नेपाल मुस्लिम समाजको अगुवाईमा नेपालगन्जमक मुस्लिम समुदायले प्रदान गरेको सो राहात सामाग्री जाजरकोट पुगेर भूकम्प पीडितहरुका लागि राहत बुझाईएको नेपाल मुस्लिम समाजका सचिव मेराज अहमद हिमालयले बताउनुभयो ।
सचिव हिमालयका अनुसार मुस्लिम समुदायले संकलन गरेको सो राहत सामाग्री मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाईको नेतृत्वमा लिएर जाजरकोट पुगेर सरकारी अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । मुस्लिम समाजले दिएको राहात सामाग्रीमा चामल, आलु, प्याज, बिस्कुट, चिउरा, आवश्यक भाँडाकुँडा, सहित कम्बल, म्याट, त्रिपाल र न्यानो कपडा रहेको नेपाल मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाईले बताउनुभयो ।
एक नेपालीलाई दुखपर्दा अर्को नेपालीले सहयोग गर्नु पर्छ...
समाचारदाता
नेपालगन्ज, कात्तिक २२ । शुक्रवार गएको भूकम्पबाट घाइते भएकाहरु र उनका कुरुवाहरुलाई नेपालगन्जमा विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा लगातार निशुल्क खानाको ब्यवस्थापन गरिएको छ । भेरी अस्पतालमा उपचाररत भूकम्पमा परि घाइते भएका बिरामीहरु र उनिहरुका कुरुवाहरु सहित उपचारमा सेवारत स्वास्थ्यकर्मीहरुलाई अन्जनी माता रसोइ मार्फत निशुल्क खानाको ब्यवस्था गरिएको हो ।
सो निशुल्क खानाको व्यवस्थापनमा विशेष सहयोग बाँके युनेस्को क्लब र समाजसेवी ध्रुव देवकोटाले गर्नु भएको जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्र, बाँकेले जनाएको छ । आपतकालीन कार्यसन्चालन केन्द्र, बाँकेका फोकल पर्सन नरेस श्रेष्ठका अनुसार शुरुमा नै बाँके युनेस्को क्लवको तर्फबाट ५२८ छाक खाना र समाजसेवी ध्रुव देवकोटाबाट ५०२ छाक खानाको लागि रसोइघरलाई सहयोग प्रदान भएपछि निशुल्क खानाको व्यवस्थापन गर्न सकिएको हो ।
सोही सहयोगका कारण भुक...
समाचारदाता
नेपालगन्ज, कात्तिक २१ । जारकोट र रुकुम पश्चिमका भुकम्पपिडित र घाइतेका लागि विभिन्न राहात र सहयोग जुट्ने क्रम तिव्र भएको छ । अहिले देशभित्र र देश बाहिरबाट सहयोग गर्नेहरु सक्रिय देखिएका छन् । सोही क्रममा नेपालगन्जस्थित सुमित मेडिको फार्म र जेभि फाउन्डेसन बाँकेले १ लाख ६७ हजार रुपियाँ भन्दा बढीको औषधी प्रभावित जिल्लामा पठाएको छ ।
सुमित मेडिको फार्मका सञ्चालक तथा जेभि फाउन्डेसनका केन्द्रिय सदस्य प्रेम कुमार यादवले सो औषधी सहयोग गरेर भुकम्पबाट घाइते भएकाहरुको उपचारका लागि पठाउनु भएको हो । जेभि फाउन्डेसनका केन्द्रिय सदस्य यादवले सो औषधीबाट घाइतेको उपचारमा सहयोग पुग्ने र उपचार सहज हुने बताउनुभयो ।
उहाँले सो औषधी सहयोगमा जेभि फाउन्डेसनका केन्द्रिय सदस्य दिनेश्वर प्रसाद यादव, लुम्बिनी प्रदेश सदस्य नरेन्द्र हरिजन, बाँकेका जिल्ला सचिव राम रावत चौधरी र कोहलपुर सभापति जयराम थारुले पनि...
सिराज खान
नेपालगन्ज, कात्तिक ११ । दसैं सकिएलगत्तै सहर बजारमा फेरी चहलपहल बढ्न थालेको र सवारी साधनको संख्या पनि सडकमा बढ्दै गएकोले ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणका लागि बाँकेमा सचेतना अभियान शुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदीले पछिल्लो समयमा बाँकेमा फेरी सवारी दुर्घटना बढेको पाईएकोले सो न्युनिकरणका लागि जिल्लाका विभिन्न स्थानमा एकै पटक ट्राफिक सचेतना अभियान शुरु गरिएको बताउनुभयो ।
उहाँले सो अभियान अन्तर्गत शनिवार एकै दिन नेपालगन्ज, फुलटेक्रा, कोहलपुरको हाईस्कल, सम्झना, मदनचोक, बसपार्क, कुसुम, राप्तीपारी भगवानपुरमा ट्राफिक सचेतना अभियान गरिएको बताउनुभयो ।
जिल्ला ट्राफिक कार्यालय र मातहतका ट्राफिक पोष्टहरुबाट सवारी साधन आवागमन बढी हुने विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरीले बाटो प्रयोग कर्ता, चालक तथा सह–चालक, बिद्यार्थि र सर...