८ माघ २०८२, बुधबार

मुख्य समाचार

ठाउँ अभावले नेपालगञ्ज कारागारमा कैदीबन्दी कोचाकोच

ठाउँ अभावले नेपालगञ्ज कारागारमा कैदीबन्दी कोचाकोच

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, चैत २८ गते । नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ । बाँके जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका अगुवा मानवअधिकारकर्मीहरूको एक टोलीले यहाँस्थित कारागारको अनुगमन गर्दा ठाउँ अभावले गर्मीमा पनि कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको जनाएको हो । तीन सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा ठाउँ अभावका भएपनि करिब तेब्बर बढी आठ सय ३९ जना कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको अनुगमन टोलीका अगुवा एडभोकेसी फोरम लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता वसन्त गौतमले बताउनुभयो । उहाँले बढ्दो गर्मीमा पनि यसरी कैदीबन्दीलाई कोचाकोच गरेर राख्दा उनीहरूको मानवअधिकार उलङ्घन भएको उहाँको भनाइ छ । अधिवक्ता गौतमका अनुसार सो कारागारका महिला थुनुवालाई बर्दिया स्थानान्तरण गरी दुई वटै ब्लकम...
बाँके युनेस्कोद्धारा गाभर पार्कमा निर्माण गरिएका शौचालय हस्तान्तरण

बाँके युनेस्कोद्धारा गाभर पार्कमा निर्माण गरिएका शौचालय हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, चैत २७ । बाँके युनेस्को क्लबद्धारा कतार च्यारिटी नेपालसँगको साझेदारीमा बैजनाथ गाउँपालिकास्थित लायन्स गाभर पार्क परिसरमा सरसफाई सुविधा प्रवद्र्धन गर्ने उदेश्यले निर्माण गरिएका शौचालयहरु पार्क व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । क्लबद्धारा कतार च्यारिटी नेपालको सहयोगमा सञ्चालित “स्वास्थ्य तथा सरसफाइ सुविधामा वृद्धि गर्न खानेपानी प्रणालीसहित हात धुने स्टेशन निर्माण” कार्यक्रम अन्तर्गत गाभर पार्कमा ती शौचालय निर्माण गरिएका हुन् । हस्तान्तरण कार्यक्रमको आयोजना गरेर पार्क परिसरमा निर्माण गरिएका पुरुषका लागि २, महिलाका लागि १ र अपाङ्गता भएका व्यक्तिका लागि १ गरि चारवटा शौचालय बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र उपाध्यक्ष पञ्चम गुरुंगले संयुक्त रुपमा पार्कका अध्यक्ष युवराज शाह, वडा नम्बर १ का वडा अध्यक्ष रुप बहादुर मल्ल र गाभर होम...
युनेस्कोद्धारा बर्दियामा सञ्चालित परियोजनाको संयुक्त अनुगमन

युनेस्कोद्धारा बर्दियामा सञ्चालित परियोजनाको संयुक्त अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, चैत १९ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका विभिन्न पालिकामा सञ्चालन गरेको परियोजना र कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ । प्लान इन्टरनेसनल नेपाल तथा स्ट्याण्डर्ड चार्टर्ड नेपालको संयुक्त टोलीले प्लान नेपालको साझेदारीमा बर्दियाको गुलरिया र ठाकुरद्धारा नगरपालिकामा क्लबले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार परियोजनाको अनुगमन गरेको हो । अनुगमन टोलीले गुलरिया नगरपालिका ९ रामपुरका सिलाई कटाई तालिम लिएर सामाग्री पाई उद्यम गरिरहेका महिलाहरुको अवस्था बुझ्नुका साथै गुलरियामा डेन्टल लैब असिस्टेन्ट, सुरक्षा गार्ड, पशुपालन र व्युटिपार्लर तालिम लिएकासंग अनुभव र आगामी योजनाका बारेमा छलफल गरेको थियो । सोही प्रकारले सो टोलीले ठाकुरबाबा नगरपालिकाका सेल्सपर्सन तालिम लिएका किशोरीहरुसंग छलफल गरेको थियो । त्यसका साथै नगरपालिकाका पदाधिकारीहरु, प्रमुख प्रशासकीय अ...
अपाङ्गता भएकी गुलरियाकी एक किशोरीलाई विद्यालय जान ट्राइसाइकल वितरण

अपाङ्गता भएकी गुलरियाकी एक किशोरीलाई विद्यालय जान ट्राइसाइकल वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, चैत १८ । शाररिक रुफल अशक्त भै घरबाट विद्यालय जान नसक्ने भएकी बर्दिया गुलरियाकी अपाङ्गता भएकी एक किशोरीलाई बाँके युनेस्को क्लबले ट्राइसाइकल बितरण गरेको छ । प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा क्लबले बर्दियामा सञ्चालन गरेको बालविवाह, चाडै विवाह र जबर्जस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत वडा नम्बर ८ गुलरियाकी अपाङ्गता भएकी सरस्वती चौधरीलाई ट्राइसाइकल प्रदान गरियो । गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मीना पराजुली र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकीले चौधरीलाई संयुक्त रुपमा ट्राईसाइकल हस्तान्तरण गर्नुभयो । शाररीक अपाङ्गताको कारण सरस्वतीलाई विद्यालय जान असहज भएको जानकारी प्राप्त भए लगत्तै बाँके युनेस्को क्लवको पहलमा प्लान इन्टरनेशनल नेपालले सो ट्राईसाईकल उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक ...
मानवता नेपाल बाँकेको अध्यक्षमा अधिकारी

मानवता नेपाल बाँकेको अध्यक्षमा अधिकारी

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, चैत १६ । सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । बुधवार भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । त्यसैगरी नव निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष पदमा सुमन गिरी श्रेष्ठ, सचिव पदमा केपी घिमिरे, सहसचिव पदमा इन्जिनियर नेत्र प्रसाद सापकोटा, कोषाध्यक्ष पदमा खुश्बु श्रीवास्तव सर्वसम्मत चयन भएका छन् । सदस्य पदहरुमा क्रमश नवीन शर्मा पौडेल, अब्दुल अजिज हलवाई, जित बहादुर बिक, जयेश जङ्ग शाह , पञ्चम गुरुङ, कमला वली, सर्वसम्मत चयन भएका छन् । १३ कार्यसमिति हुने उक्त संस्थामा २ दुईजना पछि मनोनीत गरिने बताइएको छ । हराएको मानवताको खोजी गर्ने उद्देश्यले स्थापना भएको संस्थाले विभिन्न सामाजिक कामहरु गरिरहेको संस्थाको संस्थापक अध्यक्ष तथा कार्यक्रमको अध्यक...
सिलाई कटाई व्यवसाय सञ्चालन गर्न गुलरियाका युवा महिलालाई सामाग्री वितरण

सिलाई कटाई व्यवसाय सञ्चालन गर्न गुलरियाका युवा महिलालाई सामाग्री वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगञ्ज, चैत १२ । बाँके युनेस्को क्लबले बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धनका लागि सिलाई कटाई व्यवसाय सञ्चालन गर्न मेसिन लगायतका सामाग्री वितरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको युवा महिलाहरुको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरियाका महिलालाई सो सामाग्री वितरण गरिएको हो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य, गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल र प्लान नेपालका गोमा वलि चौधरीले ११ जनालाई सिलाई कटाई सामाग्री वितरण गर्नुभयो । सोही परियोजना अन्तर्गत ६५ दिन सिलाई कटाई तालिम प्राप्त गरेका गुलरियाका ११ जना युवा महिलालाई...
बारबर्दियाका विभिन्न समुह र बालअधिकार समिति बालविवाह रोक्न सफल

बारबर्दियाका विभिन्न समुह र बालअधिकार समिति बालविवाह रोक्न सफल

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, चैत ६ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बारबर्दिया नगरपालिकामा सञ्चालित बालसंरक्षण कार्यक्रमको अनुगमन गरिएको छ । बाल संरक्षण कार्यक्रम अन्तर्गत बारबर्दिया ४ र ५ मा गठन गरिएको विभिन्न समुह तथा बालअधिकार समितिको प्रगतिका सम्बन्धमा स्थलगत अनुगमन गरिएको हो । बाँके युनेस्को क्लबको व्यवस्थापन समिति र पत्रकारको संयुक्त टोलीले बारबर्दिया नगरपालिका ४ घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी क्लब तथा वडा नम्बर ५ को बाल अधिकार समितिका पदाधिकारीहरुसंग छलफल तथा अन्तरक्रिया गरेर हालसम्मको प्रगतिका बारेमा जानकारी लिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी समुहले निरन्तर वालविवाह रोकथाम, बाल संरक्षण र बालअधिकारका लागि काम गरिरहेको पाईएको वडा नम्बर ४ का वडा अध्यक्ष सिताराम योगीले बताउनुभयो । उहाँले यसैग...
युनेस्कोद्धारा विपतको बेला बालसंरक्षणका लागि युवा अभियन्तालाई तालिम

युनेस्कोद्धारा विपतको बेला बालसंरक्षणका लागि युवा अभियन्तालाई तालिम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, चैत २ । विपदको समयमा बाल संरक्षणका लागि जिल्लाका युवा अभियन्ताहरुलाई बाँके युनेस्को क्लबले चारदिने तालिम सञ्चालन गरेको छ । विहिबार नेपालगञ्जमा सो तालिम शुरु भएको हो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सो तालिमको उदघाटन गर्दै विपतको समयमा बालसंरक्षणलाई विशेष प्राथमिकता दिनका लागि आयोजना गरिएको यो तालिम निकै महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले बेचविखन रोक्न, बाल विवाह रोक्न, दुव्र्यवहार रोक्न र बाल अधिकार स्थापित गर्न समाजमा खटिएका युवा अभियन्ताले तालिम पाएपछि विपत र आपातकालिन अवस्थामा बालसंरक्षणलाई प्राथमिकता दिने बताउनुभयो । सो तालिमको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले ...
युवा महिलाको रोजगारी र अवसरका लागि सरोकारवालाविच कार्यशाला

युवा महिलाको रोजगारी र अवसरका लागि सरोकारवालाविच कार्यशाला

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, चैत १ । बाँके युनेस्को क्लबले युवा महिलालाई अवसर र रोजगारी सृजना गराउनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्थानीय सरकारका सरोकारवाला र युवा महिलाविच कार्यशाला सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको हो । लैङ्गिक रुपान्तरणका लागि महिलालाई स्थानीयस्तरबाट अवसरहरु सृजना गर्न तथा सुरक्षित वातावरण निर्माणका लागि सो कार्यशालाको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । सो कार्यशालामा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले पालिका भित्रका बढीभन्दा बढी युवा महिलालाई रोजगारी लगायतका विभिन्न अवसर दिने बारेमा स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन नगरपालिकाले हरेक प्रकारका योजना र कार्यक्रम ल्य...
काठमाण्डौ बाहिर पहिलो पटक वेस्टर्न अस्पतालमा लेभल थ्री आईसियु सञ्चालनमा

काठमाण्डौ बाहिर पहिलो पटक वेस्टर्न अस्पतालमा लेभल थ्री आईसियु सञ्चालनमा

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
गम्भीर विरामीले उपचारका लागि अब काठमाण्डौ र भारत जानु नपर्ने सिराज खान नेपालगञ्ज, फागुन २१ । देशको संघीय राजधानी काठमाण्डौ बाहिर पहिलो पटक नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा अत्याधुनिक सुबिधासहितको लेभल ३ आइसीयू सेवा सुरु गरिएको छ । सो सेवा काठमाण्डौका पनि तीन वटा मात्र निजि अस्पतालमा रहेको जनाउँदै काठमाण्डौ बाहिर नेपालगञ्जमा पहिलो पटक सञ्चालनमा ल्याईएको वेस्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाले बताउनुभयो । पत्रकार सम्मेलनमा सो जानकारी गराउँदै उहाँले सिकिस्त बिरामीको उपचार सेवालाई अधिकतम प्रभावकारी बनाउने उद्देश्यले ८ बेडको लेभल ३ आइसीयू सेवा सुरु गरिएको बताउनुभयो । ‘अबदेखि कुनै पनि अतिगम्भीर विरामीले उपचारका लागि काठमाण्डौ वा भारतको लखनउ जानु पर्नेछैन । ती ठाउँमा पाईने उपचार सेवा हामीले नेपालगञ्जमै दिंदैछौं’–डा. थापाले भन्नुभयो । अस्पतालका प्रबन्ध निर्देशक डा थापाका अनुसार य...