२१ जेष्ठ २०८३, बिहीबार

मुख्य समाचार

पुर्णतारा फाउन्डेसनद्धारा तीजको अवसरमा सीप विकास र नेतृत्व विकास तालिम प्रदान

पुर्णतारा फाउन्डेसनद्धारा तीजको अवसरमा सीप विकास र नेतृत्व विकास तालिम प्रदान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ २० । पूर्णतारा फाउन्डेसनले नयाँ ढंगले तीज कार्यक्रम गरेको छ । दिदीबहिनीहरु जम्मा भएर परम्परागत शैलीमा मनाउने गरिएको तीज कार्यक्रम फाउन्डेसनले भने दिदीबहिनीहरुलाई सीप विकास र नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरेर मनाएको हो । ुहरितालिका तीजको अवसर, उद्घोषण तालिमको बहार भन्ने मूल नाराका साथ फाउन्डेसनले तीजको उपलक्ष्यमा नेतृत्व विकास सम्बन्धी दुई दिने उद्घोषण तालिमको आयोजना गरेर दिदीबहिनीहरुलाई उद्घोषण कला सम्बधी सीप र ज्ञान प्रदान गरेर मनाएको हो । फाउन्डेसनका अध्यक्ष तारा रोकायले तीजको अवसरमा दिदीबहिनी जम्मा पनि हुन पाइने सीप पनि सिक्न र सिकाउन पाइने भएको हुँदा उद्घोषण तालिमको आयोजना गरि तीज मनाइएको बताइन । तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कुलप्रसाद केस...
नेपालगन्जको त्रिभुवन चोकस्थित कपडा पसलमा आगलागी हुँदा करोडको क्षति

नेपालगन्जको त्रिभुवन चोकस्थित कपडा पसलमा आगलागी हुँदा करोडको क्षति

ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगन्ज, भदौ १८ गते । नेपालगन्जको त्रिभुवन चोकमा रहेको नेपाल कलेक्शन नामक कपडा पसलमा सोमवार विहान आगलागी भएको छ । सो आगलागीबाट करिब एक करोडको क्षति भएको प्रहरीेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सोमवार विहान करिब २ बजेतिर नेपालगन्जको त्रिभुवन चोकमै रहेको अख्तरअलि अन्सारीको नेपाल कलेक्शन नामक फेन्सी कपडा पसलमा आगलागी भएको बताउनुभयो । उहाँले आगलागीको सुचना प्राप्त हुनसाथ प्रहरीले घटनास्थलमा पुगेर वारुणयन्त्रको सहयोगमा करिब २ घण्टापछि आगोमा नियन्त्रण पाएको बताउनुभयो । सो आगलागी विद्युत शर्ट भएर भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट एक करोडको क्षति भएको नेपाल कलेक्शनका सञ्चालक अन्सारीले बताउनुभयो । उहाँले पसलमा लेडिज फैन्सी कपडासहित अन्य रेडिमेड कपडा ठुलो परिमाणमा रहेकोमा सबै जलेर नष्ट भएको बताउनुभयो । विद्युतको भो...
बाँकेमा मोओवादी रुपान्तरण अभियानको उत्साहजनक शुरुवात, पहिलो दिननै दुईसय बढी पार्टी प्रवेश

बाँकेमा मोओवादी रुपान्तरण अभियानको उत्साहजनक शुरुवात, पहिलो दिननै दुईसय बढी पार्टी प्रवेश

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगन्ज, भदौ १७ । नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबारबाट देशभरि जस्तै बाँकेका पनि ८१ वटै वडामा एकै पटक निकै उत्साहजनक रुपमा शुरु गरीएको छ । अभियान शुरुवातको पहिलो दिननै बाँकेमा माओवादी प्रति आम नागरीकको अपार आकर्षण र लगाव देखिएको छ । अभियानको शुरुवातका लागि आयोजना गरिएका सबै जसो कार्यक्रममा जनता र कार्यकर्ताको उत्साहजनजक सहभागिता रहेको पाईएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डेले बताउनुभयो । उहाँले अभियानको पहिलो दिननै बाँकेका ८१ वटै वडालाई एकैपटक माओवादीमय बनाईएको जनाउनुभयो । नेकपा माओवादी केन्द्र बाँकेका संयोजक पाण्डेका अनुसार अभियानको पहिलो दिन बिभिन्न पार्टी परीत्याग गरी २०० बढि नेता कार्यकर्ताहरु माओवादी पार्टीमा प्रवेश गरेका छन । जिल्लाका ८ वटै पालिकामा संचालन गरीएका बिभिन्न कार्यक्रममा २०० बढीले पार्टी प्रव...
नेपालगन्जवासीलाई शान्ति सुरक्षा अनुभूति गराउने वडा प्रहरी प्रमुख बिसीको प्रतिवद्धता

नेपालगन्जवासीलाई शान्ति सुरक्षा अनुभूति गराउने वडा प्रहरी प्रमुख बिसीको प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, भदौ १३ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख तथा प्रहरी निरिक्षक हरि बहादुर बिसीले नेपालगन्जवासीले प्रहरीको उपस्थिति महसुस गर्नेगरि शान्ति सुरक्षा लगायत अपराध नियन्त्रणमा विशेष काम गर्ने बताउनु भएको छ । नेपालगन्जस्थित वडा प्रहरी कार्यालयमा सरुवा भएर आउनुभएका प्रहरी निरिक्षक बिसीले पत्रकारहरुसंगको पहिलो भेटमा सो प्रतिवद्धता व्यक्त गर्दै यो उपमहामनगरपालिकामा लागु औषध लगायत अन्य केही विशेष चुनौती देखिएपनि ती सबैलाई समाधान गर्नेतर्फ अहोरात्र खटिने बताउनुभयो । उहाँले विगत लामो समय प्रहरी फोर्समा विताएको अनुभवलाई नेपालगन्जवासीको लागि शान्ति सुरक्षा महसुस गराउने गरि भुमिका निभाउने जनाउँदै नेपालगन्जमा लागु औषधको ठुलो मात्रामा ओसारपसार तथा सेवन हुने भएको हुनाले यसलाई निस्तेज पार्न आफु सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उपमहानगरका हरेक वडामा सुरक्षाको अनुभुत ग...
बि ग्रुपद्धारा बाल्मिकी समाजलाई १३ लाखको सक्सन टैंक र ट्रली हस्तान्तरण

बि ग्रुपद्धारा बाल्मिकी समाजलाई १३ लाखको सक्सन टैंक र ट्रली हस्तान्तरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १२ । भेरी वातावरणीय विशिष्टता समूह वि–ग्रुप बाँकेले बाल्मिकी समाज बाँकेलाई व्यवसायीक प्रयोजन र सरसफाईमा सहयोगका लागि १३ लाख रुपियाँ भन्दा बढीको एउटा सक्सन टैंक र एक थान ट्रली हस्तान्तरण गरेको छ । एमडीएम फ्रान्ससँगको साझेदारीमा बि ग्रुपद्धारा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, खजुरा र डुडुवा गाउँपालिकामा सञ्चालित “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना” अन्तर्गत सो टैंक र ट्रली हस्तान्तरण गरिएको हो । मंगलवार यहाँ आयोजना गरिएको एक कार्यक्रममा नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, एमडिएम फ्रान्सको फ्रान्सस्थित मुख्य कार्यालयका डेस्क अफिसर हुगो, एमडिएम फ्रान्सका नेपाल प्रमुख अब्दुल सबुर खान र वि–ग्रुपका अध्यक्ष टेक बहादुर पुनले संयुक्त रुपमा सो टैंक र ट्रलीलाई बाल्मिकी समाज बाँकेका अध्यक्ष जगदिश बाल्मिकीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै न...
बाँकेमा माओवादी केन्द्रद्धारा रुपान्तरण अभियानको तयारी तिव्र, नेता कार्यकर्ता बैठक र छलफलमा व्यस्त

बाँकेमा माओवादी केन्द्रद्धारा रुपान्तरण अभियानको तयारी तिव्र, नेता कार्यकर्ता बैठक र छलफलमा व्यस्त

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
जनवर्गिय संगठनहरुको भेला र बैठकको कार्यतालिका सार्वजनिक समाचारदाता नेपालगन्ज, भदौ १२ । नेकपा माओवादी केन्द्रले यही भदौ १६ गतेबाट देशैभर एकसाथ ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्दैछ । सो रुपान्तरण अभियानलाई बढी भन्दा बढी सफल बनाउन अहिले देशैभरि माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्मका सबै संगठनहरु तयारीमा व्यस्त छन् । सोही क्रममा बाँके जिल्लामा पनि रुपान्तरण अभियानलाई सफल पारेर पार्टीलाई नयाँ उचाईमा पुरयाउने तयारी तिव्र गतिमा भइरहेको माओवादी केन्द्र बाँकेले जनाएको छ । सोही तयारीस्वरुप माओवादी केन्द्र बाँकेले जिल्लाका ८ वटै पालिकामा पार्टीको पालिकास्तरिय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएर जनवर्गिय संगठनहरुको पनि बैठक तथा प्रशिक्षण कार्यक्रम भइरहेका छन् । माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्रप्रसाद ...
बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ३० जनालाई ट्राईसाईकल वितरण

बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ३० जनालाई ट्राईसाईकल वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १० । बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई बाँके युनेस्को क्लबले नेपालगन्जमा ट्राईसाईकल ( तीन पांग्रे हाते साईकल ) वितरण गरेको छ । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले नेपाल एकीकृत बिकास परियोजना अन्तरगत आइतवार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई ट्राईसाईकल बितरण गरेको हो । सो परियोजना अन्तरगत जिल्लाका ३० जना अपाङ्गता तथा फरक क्षमता भएका महिला र पुरुषलाई ट्राईसाईकल बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधरले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी पुर्बमन्त्री मोहम्मद इश्तियाक राई, क्लबका प्रमुख संरक्षक प्रबेजअलि सिद्दिकी र अध्यक्ष तुलाधरले संयुक्त रुपमा अपाङ्गता तथा फरक क्षमता भएकाहरुलाई सो हाते साईकल हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै पुर्बमन्त्री राईले यो सहयोग अतिनै महत्वपुर्ण रहेको उल्लेख गर्दै यस्...
नरैनापुरको स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

नरैनापुरको स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नरैनापुर ९ भदौ । बाँकेको नरैनापुर गाँउपालिकाको आर्थिक वर्ष २०७९÷०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिकास्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । नरैनापुर गाँउपालिकाको स्वास्थ्य शाखाको आयोजना, गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो । बिहिबार र शुक्रबार गरी दुइ दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी गाँउपालिका अन्तर्गतका ६ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए । सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा उत्कृष्ट भएर छानिएका स्वास्थ्य संस्थालाई सम्मान गरिने निर्णय गरिएको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिनु भयो । समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासक...
खजुरा र राप्तीसोनारीका विपन्नलाई आयआर्जनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण

खजुरा र राप्तीसोनारीका विपन्नलाई आयआर्जनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ ४ । बाँके युनेस्को क्लबले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बाँकेका दुई गाउँपालिकाका २१ परिवारलाई आय आर्जनका लागि कुखुराका चल्लासहित विभिन्न सामाग्री वितरण गरेको छ । कतार च्यारेटिको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरेको दोस्रो फेजको नेपाल एकिकृत विकास कार्यक्रम अन्तर्गत बाँकेको खजुरा र राप्तीसोनारी गाउँपालिकाका २१ विपन्न परिवारलाई कुखुरापालनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण गरेको हो । बाँके क्षेत्र नम्बर २ का संघीय सांसद डा. धवल शमसेर राणा, प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले एक कार्यक्रमका विच विपन्न परिवारलाई चल्लासहितको सामाग्री वितरण गर्नुभयो । सो अवसरमा बोल्दै संघीय सांसद डा. राणाले आय आर्जनका लागि गरिएको यो सहयोग निकै उत्कृष्ठ रहेको जनाउँदै यसबाट बढी भन्दा बढी लाभ लिन विपन्न परिवारलाई आग्रह ग...
बर्दियाका बाढीपिडितलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु

बर्दियाका बाढीपिडितलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ ४ । गएको साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा आएको बाढीबाट प्रभावित भएका बर्दिया जिल्लाका विभिन्न पालिकाका पिडित परिवारलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु गरिएको छ । युके एड स्टारफन्डको सहयोगमा प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत सो राहात सामाग्री वितरण शुरु गरिएको हो । बासगढी नगरपालिका ८ लक्ष्मणाका बाढीपिडित १३ घर परिवारलाई हाइजिन किट वितरण गरेर वितरण कार्य शुरु गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । बासगढी नगरपालिका ८ ककौरास्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रममा नगरपालिकाका उपमेयर इन्दिरा चौधरी, प्लान नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुली र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बाढीपिडित परिवारलाई हाइजिन किट वितरण गर्नु...