बालिका शसक्त परियोजनाको त्रैमासिक कर्मचारी बैठक गुलरियामा सम्पन्न
समाचारदाता
नेपालगन्ज, चैत १३ । बाँके यूनेस्को क्लब र राधा कृष्ण थारु जनसेवा केन्द्रले बर्दियाको गुलरियामो सबै कर्मचारीको सहभागिता रहेको एकदिन त्रैमासिक बैठक सम्पन्न गरेका छन् ।
प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत आयोजना गरिएको सो बैठकमा २३ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
बैठकको मुख्य उद्देश्य परियोजनाको प्रगति समीक्षा गर्नु, फिल्ड स्तरमा देखिएका चुनौतीहरूबारे छलफल गर्नु तथा समग्र परियोजना व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनु रहेको जनाईएको छ ।
बैठकमा फिल्ड कर्मचारीहरूलाई परियोजना कार्यान्वयनका क्रममा प्राप्त अनुभव, चुनौती तथा सिकाइहरू साझा गर्ने अवसर प्रदान गरिएको थियो । छलफलका मुख्य बुँदाहरू एम एन्ड इ अफिसर धिरज चौधरी र प्रोग्राम अफिसर बिजय शर्माले दस्तावेजीकरण गरेका थिए, जसले भविष्यका लागि सन्दर्भ सामग्रीका रूपमा काम गर्ने...









