५ माघ २०८२, आईतवार

मुख्य समाचार

नरैनापुरका आगलागि पिडितलाई गाउँपालिका र विपद व्यवस्थापन समितिद्धारा राहात वितरण

नरैनापुरका आगलागि पिडितलाई गाउँपालिका र विपद व्यवस्थापन समितिद्धारा राहात वितरण

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत २२ । बाँकेको नरैनापुर गाउँपालिकाका आगलागि पीडित १६ परिवारलाई मंगलबार राहात वितरण गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको नेतृत्वमा रहेको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले नरैनापुर–४ कृष्णनगरमा सोमबार भएको आगलागीमा प्रभावित १६ घरपरिवारलाई मंगलवार गाउँमै पुगेर नगद र राहत वितरण गरेको हो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार जिल्ला विपद व्यवस्थापन समितिले प्रति परिवार नगद १५ हजार र नेपाल रेडक्रस सोसाइटीले गैह्रखाद्य सामग्री सेट, १ थान कम्मल वितरण गरिएको छ । राहत वितरणमा प्रदेश सभा सदस्य कृष्णा केसी नमूना, प्रमुख जिल्ला अधिकारी खत्री, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरु, भूमि आयोगका पूर्वसदस्य विक्रम यादव लगायत गाँउपालिकाका जनप्रतिधिहरुको समेत...
राष्टिय भुमि आयोग बाँकेका अध्यक्ष यादवद्धारा पदभार ग्रहण

राष्टिय भुमि आयोग बाँकेका अध्यक्ष यादवद्धारा पदभार ग्रहण

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत २२ । भुमि सम्बन्धी समस्या समाधान आयोग बांँकेको अध्यक्षमा नियुक्त हुनु भएका श्रवण कुमार यादवले मंगलवार पदभार ग्रहण गर्नुभएको छ । नेपालगञ्जस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको भुमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालयमा पदभार ग्रहण गर्दै अध्यक्ष यादवले आफुले पाएको जिम्मेवारीलाई इमान्दारीपुर्वक पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले बाँकेमा भूमि सम्बनिध समस्या जटिल रहेको बताउँदै भूमिहीनका समस्या समाधानमा विशेष कार्य गरिने र त्यसका लागि सबै दल र जनताको समेत सहयोग आवश्यक रहेको बताउनुभयो । सो अवसरमा अध्यक्ष यादवलाई शुभकमना दिंदै पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले भूमिहिन र सुकुम्वासीका समस्या समाधानको जिम्मेपारी पाएको आयोगले समस्यालाई सधैंका लागि समाधान गरोस भन्ने शुभकामना दिंदै सफल कार्यकालको पनि शुभका...
राजनितिमा उच्च सैनिक अनुशासन देखाउन पुर्व सैनिकलाई प्रधानसेनापतिको आग्रह

राजनितिमा उच्च सैनिक अनुशासन देखाउन पुर्व सैनिकलाई प्रधानसेनापतिको आग्रह

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
जे पाण्डे नेपालगञ्ज, चैत २१ । प्रधान सेनापति प्रभूराम शर्माले भूतपूर्व सैनिकहरूलाई मन परेको राजनीतिक पार्टीमा लाग्ने छुट भए पनि राजनीति गर्दा भने उच्च सैनिक अनुशासन देखाउनु पर्ने बताएका छन् । नेपालगञ्जको ४ बाहिनी व्यारेकमा सोमबार आयोजित भूतपूर्व सैनिकहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले राजनीतिमा पनि उच्च नैतिकता र अनुशासन देखाउन आग्रह गरेका हुन् । सेनापति शर्माले भने, ‘तपाईंहरूलाई आफूले चाहेको राजनीतिक दलमा लाग्ने छुट छ । तर, त्यहाँ पनि सैनिकको अनुशासित चरित्र प्रदर्शन गर्दा राम्रो हुन्छ ।’ प्रधान सेनापति शर्माले भूतपूर्व सैनिक र उनका परिवारको हित तथा कल्याणका लागि सैनिक कल्याणकारी कोषले आर्थिक तथा भौतिक सहयोग बढाउँदै लगेको उल्लेख गर्दै सेनाका लागि एउटा सैनिक इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । ( इ कान्तिपुरबाट साभार )  ...
नेपालगञ्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने

नेपालगञ्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत २१ । नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले टाइफाइड रोगविरुद्धको खोप अभियानमा लक्षित उमेरका कोही पनि बालबालिका छुट्न नहुने कुरामा सबैलाई सचेत र जागरुक पार्ने कार्य गरिरहेको छ । सो क्रममा उपमहानगरको स्वास्थ्य शाखाले सोमवार पत्रकारहरुसंग अन्तरक्रिया गरेर उक्त सम्बन्धमा प्चार प्रसार गरेर सहयोग गरिदिन आग्रह गरेको छ । सो अवसरमा नेपालगञ्जमा ३९ हजार जना बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने पालिका नेपालगञ्ज उपमहानगर कार्यालयका हेल्थ असिस्टेन्ट तेजबहादुर ओलीले बताउनुभयो । सो अभियान २३ चैतदेखि २८ गतेसम्म सञ्चालन गर्ने जानकारी पनि उहाँले दिनुभयो । ओलीका अनुसार नगरका २३ वटै वडामा गरी १५ देखि ५९ महिनाका बालबालिका १० हजार ३२५ जना र ५–१५ वर्षसम्मका २८ हजार ९०१ जनालाई खोप लगाउने लक्ष्य छ । नगरमा सबैभन्दा बढी खोप वडा नं ४ मा २ हजार ८०९ र वडा नं १८ मा २ हजा...
गर्मी शुरुभएसंगै नरैनापुरमा आगलागी शुरु, वडा नम्बर चारमा १५ घरगोठ र चार बाख्रा जलेर नष्ट

गर्मी शुरुभएसंगै नरैनापुरमा आगलागी शुरु, वडा नम्बर चारमा १५ घरगोठ र चार बाख्रा जलेर नष्ट

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत २१ । गर्मीयाम शुरुभएसंगै आगलागिका घट्ना हुने बाँकेको नरैनापुर गाउँपालिकामा सोमवारबाट आगलागि शुरु भएको छ । हावाहुरीको मौसमममा प्रायजसो आगलागि हुने सो गाउँपालिकामा वर्षेनी धेरै आगलागिका घट्ना हुने गरेका छन् । सोही क्रममा सोमवार नरैनापुर वडा नम्बर ४ को कृष्णनगरमा दिउँसो भीषण आगलागी भएको थियो । सो आगलागीमा परेर करिब १६ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय नरैनापुरले जनाएको छ । इलाका प्रहरी कार्यालय नरैनापुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले दिएको जानकारी अनुसार वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको थियो । करिब डेढ घण्टापछि प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो। आगलागीबाट कुन...
लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुरामै स्थापना गर्ने प्रदेश सरकारको निर्णय

लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुरामै स्थापना गर्ने प्रदेश सरकारको निर्णय

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत २१ । बाँकेको खजुराबाट लुम्बिनी प्रदेश विश्वविद्यालय अन्त्य सार्न लाागिएको भन्दै बाँकेमा कडा विरोध गरिएपछि प्रदेश सरकारले सो विश्वविद्यालय बाँकेको खजुरामा नै स्थापना हुने निर्णय फेरी गरेको छ । प्रदेश सरकार अन्तर्गत उच्च शिक्षा परिषद्को सोमवार बसेको बैठकले बाँकेको खजुरामा नै विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको हो । परिषदका अध्यक्ष तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशको आर्थिक बर्ष २०७८ र ७९ को नीति तथा कार्यक्रममा प्रदेश विश्वविद्यालय बाँके जिल्लाको खजुरामा स्थापना गर्ने निर्णयलाई निरन्तरता दिँदै सो प्रयोजनका लागि विनियोजित पाँच करोड बजेट कार्यान्वयनमा लैजाने समेत निर्णय गरेको छ । बैठकले विश्वविद्यालयको स्थापना र सञ्चालन गर्ने गरी विश्वविद्यालय ऐन,२०७८ को दफा १३ बमोजिम र विश्वविद्यालय नि...
प्रधानमन्त्री कप भलिबलमा पहिलो पटक सहभागि हरियाणले उपाधी लिएर फर्किंदै

प्रधानमन्त्री कप भलिबलमा पहिलो पटक सहभागि हरियाणले उपाधी लिएर फर्किंदै

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत १४ । पहिलो पटक प्रधानम्नत्री महिला भलिबल प्रतियोगितामा सहभागि भएको भारतको हरियाणा स्पोर्टस् क्लबले प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बन्दै उपाधी लिएर आफ्नो देश फर्किने छ । नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक फाइनलमा हरियाणाले पुलिसलाई २६–२४, २५–२१, २५–२३ ले हराएको थियो । उपाधिसँगै हरियाणाले ५ लाख रुपैया प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार प्राप्त गरेको छ । त्यसअघि सोमबार नै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि २६–२४, २५–८, २६–२४ को सोझो सेटमा जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । यो सँगै आर्मीले डायमन्डलाई ल...
स्वास्थ्य सेवामा पनि फड्को मार्दै नरैनापुर, १५ शैयाको अस्पताल निर्माण शुरु

स्वास्थ्य सेवामा पनि फड्को मार्दै नरैनापुर, १५ शैयाको अस्पताल निर्माण शुरु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत १४ । करिब ५ वर्ष अघि स्थानीय तहको निर्वाचन सम्पन्न भएयताको अवधीमा सडक, विद्युत, शिक्षा, यातायात र स्वास्थ्यमा फड्को मारेर दुर्गमबाट सुगम बन्न सफल भएको बाँकेको नरैनापुर गाउँपािलका समृद्धि र विकासको बाटोमा निरन्तर अग्रसर छ । शिक्षामा सबैभन्दा पछाडी मानिने सो पालिकाले सोमवारनै आफुलाई साक्षर पालिका घोषणा गरेकै दिनमा स्वास्थ्यका लागि पनि महत्वपुर्ण कार्य गर्न सफल भएको छ । स्वास्थ्य सेवाका लागि अन्य पालिका भन्दा निकै पछाडी मानिने नरैनापुरले गाउँपालिकाको वडा नम्बर ४ जयरामपुर्वामा १५ शैयाको अस्पताल निर्माण पनि सोमवारबाटै शुरु गरेको छ । केही वर्ष पहिलेसम्म एम्बुलेन्स समेत नभएको सो पालिकामा सामान्य उपचारका लागि सीमापारी भारतको विभिन्न ठाउँमा जानुपर्ने बाध्यता रहेकोमा अहिले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पतालका विभिन्न सेवा सुविधा थप गरेर चिकित्सकहरु...
नेपालगञ्ज र डुडुवा भन्दा अगाडीनै नरैनापुर बन्यो साक्षर गाउँपालिका

नेपालगञ्ज र डुडुवा भन्दा अगाडीनै नरैनापुर बन्यो साक्षर गाउँपालिका

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सिराज खान मटेहिया (नरैनापुर), चैत १४ । केही समय अघिसम्म सरकारको पहुँचदेखि जनताको सेवासुविधासम्म हरेक दृष्टिकोणले बाँकेको सबैभन्दा पिछिडिएको मानिने नरैनापुर गाउँपालिकालाई एक भव्य समारोहकाविच सोमवार साक्षर पालिका घोषणा गरिएको छ । नेपालगञ्ज उपमहानगर र डुडुवा गाउँपालिकालाई उछिनेर नरैनापुरले आफुलाई जिल्लाको छैंठौ साक्षर पालिका घोषणा गर्दै गर्दा गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले भावुक हुँदै आफ्नो वर्षौदेखिको सपना पुरा भएको प्रतिक्रिया दिनुभयो । मटेहियास्थित महेन्द्र माविमा आयोजित उत्साहजनक समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले पालिकालाई साक्षर घोषणा गर्दै साक्षर गरिएको प्रमाणपत्र पालिका अध्यक्ष शाहलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा भेला भएका पालिका भरिका प्रधानाध्यापक, शिक्षक, अभिभावक र शिक्षापे्रमीलाई सम्बोधन गर्दै जिससका प्रमुख श्रीवास्तवले केही समय अघि...
नेपाली मुद्रा कहाँ गयो र तरलता अभाव किन भयो ?

नेपाली मुद्रा कहाँ गयो र तरलता अभाव किन भयो ?

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विचार
जी आर भुषाल नेपालको पैसा कता गयो भन्ने प्रश्न अहिले धेरै उठ्न थालेको छ, यसमा धेरै बहस भैरहेको छ, कसैले सिरानी मुनि राखेको छ भन्छन त कसैले भ्रस्टाचार भो पैसा लुक्यो भन्ने खालका कुराहरु गर्ने गर्दछन । बैंकमा तरलता अभाव भएको विषय अहिले आर्थिक मात्र नभई अन्य क्षेत्रको पनि चासोको विषय बनेको छ । अहिले नेपाली बजारले निकै तरलता अभाव खेपीरहेको छ र थुप्रै ब्यक्तिहरुको मुखमा यस्तो अभाव कसरी भयो ? भन्ने सवाल पटक पटक उठेको देखिन्छ सुनिन्छ । नेपालमा अबैधानिक तरिकाले कमाएको पैसा समेत सजिलै बैंक च्यानल तथा विभिन्न ठाउमा ठेगान लगाउन मिल्ने र यहाँ सम्पत्ती शुद्धिकरण पनि खासै प्रभावकारी नभएको हुँदा ठूलो परिमाणमा लुकेको पैसा छ जस्तो मलाइ लाग्दैन । त्यसैले बजारमा आउने तरलताका विषयमा मैले बुझेको कुरा यहाँ सर्वसाधारणलाई स्पस्ट पार्न कोशिस गरेको छु ः नेपालमा खास पैसाको दुई प्रकारको मुद्रामा बचत,आम्दानी र भुक्त...