२० जेष्ठ २०८३, बुधबार

मुख्य समाचार

रवि तुलाधरको नेतृत्वमा बाँके युनेस्को क्लबको नयाँ कार्यसमिति निर्वाचित

रवि तुलाधरको नेतृत्वमा बाँके युनेस्को क्लबको नयाँ कार्यसमिति निर्वाचित

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ७ साउन । बाँके युनेस्को क्लबको शनिवार सम्पन्न दशौं अधिवेशनले रवि तुलाधरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । तुलाधरको अध्यक्षतामा निर्वाचित भएको कार्यसमितिको उपाध्यक्षमा ललिता चौधरी, महासचिवमा बुद्धेश जैसवाल, कोषाध्यक्षमा फिरदौस जहाँ खान, सचिवमा सोबिया सिद्दिकी शाह निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत साजिद अली सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार कार्यसमितिको सदस्यहरुमा भाबुक जंग थापा, फरमान अली सिद्दिकी, मीना भुसाल, जावेद सिद्दिकी, मीना चौधरी र शाहिल अन्सारी निर्वाचित हुनु भएको छ । सोही अधिवेसनले नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात र नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारलाई आजिवन मानार्थ संरक्षकमा मनोनित गरेको छ भने निवर्तमान अध्...
बाँके युनेस्को क्लबको ३३ औं साधारणसभा र १० औं अधिवेसन सम्पन्न

बाँके युनेस्को क्लबको ३३ औं साधारणसभा र १० औं अधिवेसन सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
कोभिड रोक्न अहम भूमिका निभाउने चिकित्सक र स्वास्थ्यकर्मीको सम्मान नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ७ साउन । बाँके युनेस्को क्लबले आफ्नो ३३ औँ बार्षिक साधारणसभा तथा १० औँ अधिवेसन विविध कार्यक्रमका साथ शनिवार नेपालगन्जमा सम्पन्न गरेको छ । सो साधारणसभा र अधिवेसनको उद्घाटन प्रमुख अतिथि नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले एक भव्य समारोहका विच गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले देशभरिकै सबैभन्दा राम्रो र उत्कृष्ट युनेस्को क्लबको कार्यक्रममा सहभागि हुन पाउँदा गर्व महसुस भैरहेको बताउनुभयो । उहाँले ३३ वर्षको अवधीमा क्लबले गरेका कामहरु अतिनै सराहनीय र उल्लेखनीय रहेको बताउनुभयो । सो अवसरमा नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारले बाँके युनेस्को क्लबलाई आफुहरुले शुरु देखिनै सहयोग गर्दै आएकोमा य...
केएफसी नेपालद्धारा मदरसाका विपन्न बालबालिकालाई व्याग र कपि वितरण

केएफसी नेपालद्धारा मदरसाका विपन्न बालबालिकालाई व्याग र कपि वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सिराज खान नेपालगञ्ज, साउन ५ । देव्यानी इन्टरनेशनल नेपाल प्रालिद्धारा सञ्चालित केएफसीले नेपालगञ्जको मदरसामा अध्ययनरत विपन्न तथा गरिब बाल बालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । विहिबार यहाँस्थित मदरसा दारुल उलुम बरकातियामा आयोजित एक कार्यक्रममा बरकातियाका ३१६ जना अतिविपन्न तथा गरिब बालबालिकालाई जनही एक स्कुल व्याग र ६ वटा कपी वितरण गरियो । विपन्न भएका कारण व्याग समेत खरिद गर्न नसक्ने मदरसाका अति विपन्न बालबालिकालाई सामाजिक उत्तरदायीत्व अन्तर्गत ३१६ वटा व्याग र कपी वितरण गरिएको देव्यानी इन्टरनेशनल नेपालका प्रमुख विजय शर्माले बताउनुभयो । उहाँले अतिनै गरिब बिद्यार्थिलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको जनाउँदै संस्थाले सधैं गरिब र विपन्नलाई सहयोग गर्दै आएको बताउनुभयो । सो अवसरमा केएफसीका नेपाल प्रमुख शर्मा लगायत वित्तिय प्रमुख ऋतुराज शाह, एचआर प्रमुख दिपेश भट्ट, अप्रेसन प्रमु...
नेपालमा सबैभन्दा पहिले रेल बर्दियामा चलेको हो

नेपालमा सबैभन्दा पहिले रेल बर्दियामा चलेको हो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
दिनेश प्रसाद श्रेष्ठ, बर्दिया नेपालमा सबैभन्दा पहिले रेल लाइन बिच्छाइएको र चलेको भनेको नै बर्दिया जिल्लामा हो। यो रेल १०८ बर्ष अघि सन् १९१० बि सं १९६७ देखि शुरु भएर सन् १९२० बि सं १९७७ सम्म १० बर्ष मात्र संचालनमा थियो। तर यो रेल यात्रुहरुको आवागमनको लागि नभएर गेरुवानदी पूर्व र बबई नदी पश्चिमपट्टिको जङ्गलका काठ कटान र मुछान गरि भारततिर ढुवानी गर्ने प्रयोजनका लागि मात्र थियो। यसका लागि श्री ३ प्रधानमन्त्री चन्द्र शमशेर जबराको स्वीकृतिबाट ईष्ट इण्डिया कम्पनी सरकारको फरेष्ट्री डिपार्टमेन्टका कन्जरभेटर जेभी कोलिएर आफैले ठेक्का लिएका थिए। उनले यस्तो ठेक्का कैलाली र नेपालको पूर्वी तराईमा पनि लिएका थिए । कैलालीमा दुल्लु दर्रा डाडा सरकारको ठेक्का राज्य मलवाराभित्र पर्ने भारतीय सीमावर्ती टिकुनियारबेलरायादेखि उत्तर भगिनी सुखडसम्म जङ्गल कटान, मुछान र भारततर्फ काठ ढुवानी गर्न बर्दियामा रेल लगेको एक बर...
डुडुवा–राँझा सडक निर्माणको मन्त्री राईद्धारा सिलान्यास, ग्रामिण सडक उच्च प्राथमिकतामा

डुडुवा–राँझा सडक निर्माणको मन्त्री राईद्धारा सिलान्यास, ग्रामिण सडक उच्च प्राथमिकतामा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार २७ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बाँकेको डुडुवादेखि राँझासम्म निर्माण गरिने सडकको सोमवार सिलान्यास गर्नु भएको छ । डुडुवा २ बेतहनीमा आयोजना गरिएको एक कार्यक्रमका विच मन्त्री राईले सो सडक निर्माणको सिलान्यास गर्नुभयो । उक्त अवसरमा बोल्दै उहाँले जिल्लाका ग्रामिण क्षेत्रलाई सदरमुकाम र मुख्य राजमार्गसंग जोड्ने सडकहरु निर्माणमा तिव्रता दिईने बताउनुभयो । उहाँले सडक र विद्युत विस्तार गर्ने वित्तिकै विकासले आफै फड्को मार्ने र नागरिकको जिवनस्तर र आर्थिक अवस्थामा समेत परिवर्तन आउने भएकोले सरकारले ग्रामिण सडकहरुलाई उच्च मापदण्डका साथ कालोपत्रे निर्माण गर्ने योजना अघि सारेको बताउनुभयो । निर्वाचन क्षेत्र सडक रणनैतिक योजना अन्तर्गत उक्त सडक निर्माण गर्न लागिएको मन्त्री राईले बताउनुभयो । सो कार्यक्रममा हुलाकी सडक आयोजनाका प्रमुख ...
विकासको काममा प्रतिष्पर्धा गर्न मन्त्री राईद्धारा प्रतिष्पर्धीलाई चुनौती, गृहनगरमा भव्य स्वागत सम्मान

विकासको काममा प्रतिष्पर्धा गर्न मन्त्री राईद्धारा प्रतिष्पर्धीलाई चुनौती, गृहनगरमा भव्य स्वागत सम्मान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, असार २५ । तेस्रो पटक संघीय सरकारको मन्त्रीमा नियुक्त हुनु भएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईलाई शनिवार नेपालगञ्ज विमानस्थलमा भव्य स्वागत गरियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि बकराईद मनाउन पहिलो पटक गृहनगर नेपालगञ्ज पुग्नु भएका मन्त्री राईलाई जनता समाजवादी पार्टीका सयौं नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए । नेता कार्यकर्तासहित नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद ईश्तियाक अहमद शाह, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी, राष्टिय अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरीका डीएसपी, नेपालगञ्ज विमानस्थलका प्रमुख लगायतले पनि विमानस्थलमा मन्त्रीको स्वागत गर्नुभयो । केही भारतीय नेताहरु पनि स्वागतका लागि विमानस्थल पुग्नु भएको थ...
तेस्रो पटक मन्त्री बन्नुभएका राई आज गृहनगर आउँदै, भव्य स्वागत गरिने

तेस्रो पटक मन्त्री बन्नुभएका राई आज गृहनगर आउँदै, भव्य स्वागत गरिने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार २५ । तेस्रो पटक संघीय सरकारको मन्त्रीमा नियुक्त हुनु भएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राई शनिवार आफ्नो गृहनगर नेपालगञ्ज आउँदै हुनुहुन्छ । उहाँ बकराईद मनाउन तथा जिल्लाका नेता कार्यकर्ताहरुसंग भेटघाटका लागि नेपालगञ्ज आउने कार्यक्रम रहेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृहनगर आउन लाग्नु भएका मन्त्री राईको शनिवार अपरान्ह नेपालगञ्ज विमानस्थलमा भव्य स्वागत गरिने तथा बृहत्त जुलुसका साथ उहाँलाई नेपालगञ्ज ल्याउने कार्यक्रम रहेको जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो । उहाँले मन्त्री राई सवार हुने विमान ३ बजेर ४० मिनेटमा विमानस्थलमा पुग्ने कार्यक्रम रहेकोले जिल्लाका नेता कार्यकर्ताहरु स्वागतका लागि विमानस्थलतर्फ जान २ बजे पार्टी कार्यालयमा भेला हुने कार्यक्रम रहेको बताउनुभ...
सशस्त्र प्रहरीको उपचारमा पनि नेपालगञ्ज मेडिकल कलेजले सहुलियत प्रदान गर्ने

सशस्त्र प्रहरीको उपचारमा पनि नेपालगञ्ज मेडिकल कलेजले सहुलियत प्रदान गर्ने

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार २४ । नेपालगञ्ज मेडिकल कलेज र सशस्त्र प्रहरी अस्पताल विच सहुलियतमा सशस्त्र प्रहरीको उपचार गर्ने सम्झौता शुक्रवार सम्पन्न भएको छ । सो सम्झौता सशस्त्र प्रहरी बल महिला संघको समन्वयमा भएको हो । सशस्त्र प्रहरी अस्पतालले रिफर गरेका बहालवाला सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरी र उनको परिवारको सदस्यको उपचार नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा सहुलियतमा गर्ने गरि सम्झौता भएको मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले बताउनुभयो । उहाँले सशस्त्र प्रहरी अस्पताल नौबस्ताबाट रिफर भएर आएका सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरी र उनका परिवारलाई उपचारमा सहुलियत दिने गरि दुबै संस्थाविच सम्झौता भएको बताउनुभयो । यो सम्झौताले यस क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीको उपचारमा सहजता हुनुका साथै उनिहरुको आर्थिक अवस्था हे...
बाँके क्षेत्र नम्बर २ को समग्र विकासलाई प्रमुख प्राथमिकता – नवनियुक्त मन्त्री राई

बाँके क्षेत्र नम्बर २ को समग्र विकासलाई प्रमुख प्राथमिकता – नवनियुक्त मन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, असार २२ । तेस्रो पटक मन्त्रीमा नियुक्त हुनु भएका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले बाँके क्षेत्र नम्बर २ को समग्र विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनु भएको छ । बाँके क्षेत्र नम्बर २ का संघिय सांसद रहुन भएका राईले तेस्रो पटक मन्त्रीमा नियुक्त भएपछि नेपालगञ्जपाटीसंग संक्षिप्त कुरा गर्दै सम्पुर्ण देश र बाँके जिल्लाकै विकासलाई महत्व दिएर काम गर्ने जनाउँदै तर बाँके क्षेत्र नम्बर २ को विकास प्रमुख प्राथमिकतामा रहने बताउनुभयो । उहाँले आफु यस अघि दुई पटक मन्त्री रहँदा पनि बाँके क्षेत्र नम्बर २ को विकासलाई विशेष ध्यान दिएर सबैभन्दा बढी बजेट ल्याउन सफल भएको जनाउँदै यस पटक पनि सो कुरालाई निरन्तरता दिने प्रतिवद्धता दोहोरयाउनुभयो । यस पटक आफुले विकासका लागि निकै महत्व राख्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाएको जनाउँदै उहाँले समय कम...
सशस्त्र प्रहरीको एक्सनबाट नाकाका तस्करहरुमा खैलाबैला, करिब तीन लाखको अवैध छुर्पी बरामद

सशस्त्र प्रहरीको एक्सनबाट नाकाका तस्करहरुमा खैलाबैला, करिब तीन लाखको अवैध छुर्पी बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार २२ । नाकाबाट हुँदै आएको अवैध आयात निर्यात रोक्न क्रियाशिल सशस्त्र प्रहरीको सक्रियताले नाकामा तस्करी गर्दै आएका साना ठुला तस्करहरुमा खैलाबैला मच्चिएको छ । सशस्त्र प्रहरीले गरिरहेको दिनरातको गस्ती र कडा निगरानीका कारण तस्करहरुले मनपरी तरिकाले राजस्व छलेर यताको सामान उता र उताको सामान यता ल्याउन नपाएपछि उनिहरुमा खैलाबैला मच्चिएको बताईएको छ । भारतबाट लाखौं लाखको राजस्व छलेर अवैध रुपमा ल्याइने गरेको कपडा, मोटरसाइकल र गाडीका पार्टपुर्जा, कास्मेटिक सामान लगायतको अवैध आयात तस्करले चाहे जस्तो गरेर हुन नपाएपछि उनिहरु आत्तिएको पाईएको छ । नाकामा लामो समयदेखि सक्रिय रहेका तस्करहरुले अवैध आयात र निर्यात दुबै गर्ने कार्य दिनदिनै गरेपनि अधिकांश सामान सशस्त्र प्रहरीले पक्राउ गरेपछि उनिहरु चिन्तित बनेका छन् । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी...