५ माघ २०८२, आईतवार

मुख्य समाचार

पुर्वमन्त्री राईद्धारा चाय सुत्ता बार युनिक प्वाइन्टको उदघाटन

पुर्वमन्त्री राईद्धारा चाय सुत्ता बार युनिक प्वाइन्टको उदघाटन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ३ । नेपालगन्जमा चाय सुत्ता बार युनिक प्वाइन्ट सन्चालनमा आएको छ । लुम्बिनी प्रदेशको पुरानो शहर नेपालगन्जको त्रिभुवन चोकस्थित नारायण माबि नजिक सञ्चालनमा आएको चाय सुत्ता बार युनिक प्वाइन्टको एक कार्यक्रमका बीच पुर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले बुधवार साँझ उदघाटन गर्नुभयो । उदघाटन कार्यक्रममा जनता समाजवादी पार्टीका नेपालगन्ज उपमहानगरपालिका ८ नम्बर वार्ड इकाईका अध्यक्ष सफीक सिद्दिकि गुड्डु, वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष निजामुद्दीन सिद्दिकी मुन्ना, हमीद शेष , हनीफ शेष तथा जसपाका नेताहरु श्रवण यादव, रमारानी गुप्ता, माजिद शेष लगायत लगायत ५० भन्दा बढीको उपस्थिति रहेको थियो । संचालनमा आएको युनिक प्वाइन्टमा हुक्का बार, चिया, कफि, स्वादिष्ट दहि लगायत पाइने प्वाइन्टका प्रोप्राइटर वसिम शेषले बताउनुभयो । उहाँले युवाको ...
अछामी सेवा समाज बाँकेद्धारा होली देउडा खेलको आयोजना

अछामी सेवा समाज बाँकेद्धारा होली देउडा खेलको आयोजना

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ३ । भाषा, सांकृती र कलालाई जर्गेना गर्न अछामी सेवा समाज बाँकेले होली देउडा खेलको आयोजना गरेकोछ । नेपालगन्ज बसपार्क पिपल चौतारामा चैत ३ र ४ गते विहिबार र शुक्रवार विहान ११ बजे देखि अछामी सेवा समाज बाँकेद्धारा विभिन्न स्थानिय कलाकारको उपस्थितीमा होली देउडा खेलको आयोजना गरिएको शेर बहादुर बोहराले बताउनुभयो । सो आयोजित होली देउडा खेलमा सम्पुर्ण बाँकेमा बस्दै आउनु भएका सबै जातजाती धर्म संस्कृती र देउडा प्रेमीहरुलाई उपस्थितीका लागि हार्दिक अनुरोध समेत बोहराले गर्नुभयो । होली पर्वमा मनोरन्जन तथा मौलिक, भाषा,संस्कृती र कलालाई जर्गेना गर्न अछामी सेवा समाजले प्रत्येक वर्ष विविध कार्यक्रम गरेर होली मनाउदै आएको छ ।...
बाँकेमा पालिकास्तरमा संगठन निर्माण गर्ने पत्रकारको पहिलो संगठन बन्यो प्रेस सेन्टर नेपाल

बाँकेमा पालिकास्तरमा संगठन निर्माण गर्ने पत्रकारको पहिलो संगठन बन्यो प्रेस सेन्टर नेपाल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगज, चैत १ । बाँके जिल्लामा पालिकास्तरमा संगठन निर्माण गर्ने पत्रकारहरुको पहिलो संगठन बनेको छ, प्रेस सेन्टर नेपाल । जिल्लाका तीनवटा पालिकामा प्रेस सेन्टर नेपालले संगठन निर्माण गरिसकेको छ भने अन्य पालिकामा पनि गठनको प्रक्रिया शुरु गरिएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले बताउनुभभयो । उहाँले हालसम्म कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा प्रेस सेन्टरको गठन गरिसकेको बताउनुभयो । अध्यक्ष धितालका अनुसार प्रेस सेन्टर नेपाल डुडुवा गाउँपालिकाको प्रथम भेलाले मंगलवार कालु गिरीको नेतृत्वमा गाँउ कमिटि निर्माण गरेको छ । भेलाले गिरीको नेतृत्वमा सर्वसम्मत गाँउ कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा दिपशिखा दाहाल बिष्ट, सचीवमा मनिषा परियार, सहसचिवमा अम्मर बुढाथोकी र कोषाध्यक्ष रहिस अलि शेष चयन भएका छन भने सदस्यहरुमा इसाक अलि शेष, अमानत शेष, नन्दा...
कुटपिटबाट गम्भीर घाइते भएका खजुरा ८ का साईको मृत्यु, तीन जना पक्राउ

कुटपिटबाट गम्भीर घाइते भएका खजुरा ८ का साईको मृत्यु, तीन जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगज, चैत १ । सामान्य विवादमा भएको कुटपिटबाट गम्भीर घाइते भै नेपालगञ्जस्थित मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराईरहेका खजुरा गाउँपालिका वडा नम्बर ८ का कलिम साईको मंगलवार मृत्यु भएको छ । मृतक साईका पिता सलिम साईका अनुसार फागुन २५ गते तास खेल्ने विषयमा भएको सामान्य विवादलाई लिएर २६ गते सोधपुछ गर्ने क्रममा आफ्नो छोरामाथि तिलक शाही, रतन शाही र नेत्र शाहीले भाटाले आक्रमण गर्दा टाउकोमा गम्भिर चोट लागेपछि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर, उपचारकै क्रममा साईको स्वास्थ्य अवस्थामा सुधार नआई झन झन गम्भिर बन्दै गएपछि मंगलवार दिउँसो मृत्यु भएको शिक्षण अस्पतालले जनाएको छ । सामान्य विवादमा कुटपटि गरेर मानिसको ज्यान लिनेहरुलाई कडा भन्दा कडा कारवाही गर्न मृतकका आफन्त र स्थानीय बासिन्दाले प्रहरी प्रशासनसंग माग गरेका छन् । साईलाई आक्रमण गर्न...
कतार च्यारेटीद्धारा नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

कतार च्यारेटीद्धारा नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
६७८ जनाको स्वास्थ्य परीक्षण गरेर औषधी वितरण गरियो नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत १ । स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेको बाँकेको सबैभन्दा पिछिडिएको मानिने नरैनापुरमा कतार च्यारेटीको आर्थिक सहयोगमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा मंगलवार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । नरैनापुर गाउँपालिका, नेपालगञ्ज मेडिकल कलेज र भैरव प्रसाद गणको समन्वयमा बाँके युनेस्को क्लबले आयोजना गरेको सो स्वास्थ्य शिविरमा पहिलो पटक विभिन्न रोगका विशेषज्ञ डाक्टहरु पुगेकोले ठुलो संख्यामा विरामीहरुले सेवा लिएका छन् । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरमा आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा ६७८ जना महिला पुरुष र बालबालिकाले निशुल्क स्वास्थ्य परिक्षण गराएर औषधी समेत निशुल्क पाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दीकीले बताउनुभयो । स्वास्थ्य परिक्षण गराएका ६७८ जना मध्ये जटिल क...
मैत्रीपुर्ण भेटरान्स क्रिकेटमा बाँके ११ विजयी

मैत्रीपुर्ण भेटरान्स क्रिकेटमा बाँके ११ विजयी

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २८ । श्री भैरव प्रसाद गण इमाम नगर बाँकेको आयोजना र बाँके जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा ४ नम्बर ब्रिगेड स्पोर्टस कम्पलेक्स राँझामा शनिवार खेलिएको मैत्रीपुर्ण भेटरान्स क्रिकेट खेलमा बाँके ११ ले नेपाली सेनाको वेस्टर्न हेडक्वाटरलाई २० रनले पराजित गरेको छ । वेस्टर्न हेडक्वाटरले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेपछि बाँके ११ ले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउन सफल भएको थियो । सो खेलमा बाँके ११ का तर्फबाट हिमालय शाहले ३८, दुर्गा बहादुर थापाले ३१ र जमिल अन्सारीले १७ रनको योगदान गरेका थिए । वेस्टर्न हेडक्वाटरका बलर दिप बाबु श्रेष्ठ र निरन्जन धामीले २–२ विकेट प्राप्त गरेका थिए । १५६ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको वेस्टर्न हेडक्वाटरले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सफल भएपछि २० रनले पराजित हुन पुगेको ...
प्रधानमन्त्री कप भलिबललाई होटल सेन्ट्रल प्लाजाको साथ

प्रधानमन्त्री कप भलिबललाई होटल सेन्ट्रल प्लाजाको साथ

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २८ । नेपालगन्जमा चैत १० देखि १४ गतेसम्म आयोजना हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको लागि पाँच तारे होटल सेन्ट्रल प्लाजाले प्रायोजन सहयोग गरेको छ । सेन्ट्रल प्लाजाले प्रतियोगितामा सहभागी टोली तथा अफिसियललाई आवास तथा भोजनको व्यवस्थापन सहयोग गर्न लागेको हो । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शनिबार सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले हस्ताक्षर गर्नुभएको छ । प्रतियोगितामा देशका चर्चित क्लबहरुसँगै भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको प्रतियोगिताका संयोजक समेत रहनुभएका ठकुरीले जानकारी दिनुभयो । सहभागी टोलीबारे छिट्टै जानकारी दिईने बताईएको छ । प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब साविक विजेता हो ।  ...
राप्रपाको आमसभा आइतवार त्रिभुवन चोकमा हुने, सबै तयारी पुरा

राप्रपाको आमसभा आइतवार त्रिभुवन चोकमा हुने, सबै तयारी पुरा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २८ । राष्टिय प्रजातन्त्र पार्टीको आमसभा आइतवार नेपालगञ्जको त्रिभुवन चोकमा हुने भएको छ । शनिवार सुर्खेतमा आमसभा गरेको राप्रपाले आइतवार नेपालगञ्जमा सभा गर्ने जनाएको छ । राजेन्द्र लिंगदेल अध्यक्षमा निर्वाचित भएपछि राप्रपाले पार्टीको निति, भावि दिसा र लक्ष्य उदेश्य जनतालाई प्रष्ट पार्न तथा जनमत बढाउने उदेश्यले देशका विभिन्न सहरहरुमा आमसभाको आयोजना गरिरहेको छ । सोही क्रममा नेपालगञ्जमा आमसभा गर्न लागिएको र सो आमसभाको सबै तयारी पुरा गरिएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताउनुभयो । उहाँले स्थानीय त्रिभुवन चोकमा आयोजना गरिने सभामा ठुलो संख्यामा जनाको उपस्थिति हुने समेत बताउनुभयो । सो सभालाई अध्यक्ष लिंगदेलका साथै उपाध्यक्ष विक्रम पाण्डे, महासचिव डा. धवल शमसेर राणा, महामन्त्री कुन्ति शाही, वरिष्ठ नेताहरु फत्तेहसिंह थारु र प्रेम बहादुर भण्डारी, प्रव...
एकतावद्ध काँग्रेसलाई कसैले पराजित गर्न सक्दैन– सञ्चार मन्त्री कार्की

एकतावद्ध काँग्रेसलाई कसैले पराजित गर्न सक्दैन– सञ्चार मन्त्री कार्की

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २८ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शनिवार बेलुकी नेपालगञ्ज पुग्नु भएको छ । उहाँ बाँके जिल्लाका विभिन्न कार्यक्रममा सहभागि हुने यहाँ आउनु भएको हो । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले शनिवार बेलुकी नेपालगञ्ज पुगे लगत्तै काँग्रेस बाँकेको पार्टी कार्यालयमा पुगेर स्थानीय नेता तथा कार्यकर्तासंग भेट गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले स्थानीय निर्वाचन नजिकै रहेकोले सबै कार्यकर्ताले एकजुट भएर काँग्रेसलाई विजयी गराउन लाग्न निर्देशन दिनुभयो । उहाँले एकतावद्ध काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने दावी समेत गर्नुभयो । आन्तरिक निर्वाचनमा जे जस्ता प्रतिष्पर्धा भएपनि अब सबैले एकजुट भएर काँग्रेसलाई विजयी गराउने अभियानमा लागनु पर्नेमा उहाँको विशेष जोड थियो । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर...
नयाँ नयाँ तरिका अपनाउँदै लागु औषध तस्कर, मुख भित्र लुकाएको ब्राउन सुगरसहित २ जना पक्राउ

नयाँ नयाँ तरिका अपनाउँदै लागु औषध तस्कर, मुख भित्र लुकाएको ब्राउन सुगरसहित २ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २५ । प्रहरीले नाकामा कडाई गरेपछि नयाँ नयाँ तरिकाले लागु औषध भित्रयाउनेहरु सो काममा सक्रिय भएको पाईएको छ । पछिल्लो समयमा बाँकेमा बुधवार प्रहरीले यहाँस्थित नेपाल भारत सिमानाको जमुनाहबाट २ जनालाई मुखमा राखेर ब्राउन सुगर ल्याईरहेको अवस्थामा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका वडा नं.५ बस्ने ३२ वर्षिय विष्णु रावत र सोही ठाउँको तातोपानी गाउँपालिका वडा नं.३ बस्ने २२ वर्षिय भरत रावलले भारतबाट मुखभित्र राखेर ल्याईरहेको तीन ग्राम ब्राउनसुगसहित दुबैजनालाई पक्राउ गरिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय जमुनाहका सई मिन बहादुर विष्टको कमाण्डमा खटिएका प्रहरी टोली र लागु औषध व्युरो नेपालगञ्जको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो । बुधबार अपरान्ह २ः४५ बजे भारतबाट नेपाल आउने क्रममा नेपालगञ्ज उपमहानगरपालि...