२० जेष्ठ २०८३, बुधबार

मुख्य समाचार

अत्याधिक गर्मीमा विद्युतको चरम समस्या, बाँके काँग्रेसले प्रजिअलाई बुझायो ज्ञापन

अत्याधिक गर्मीमा विद्युतको चरम समस्या, बाँके काँग्रेसले प्रजिअलाई बुझायो ज्ञापन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, असार १ । अत्याधिक गर्मी र लु त्यसमाथि अनियमित विद्युत । केही दिन यता बाँकेवासीको जिवन अतिनै कष्टकर छ । जिल्लाका अधिकांश वासिन्दाले विद्युत समस्या समाधान गर्न सम्बन्धित निकायमा हारगुहार गरिरहेका छन् । तर, उनिहरुको हारगुहार कसैले सुनेको देखिएको छैन । स्थानीय कर्मचारीलाई गुनासो गरेर थाकेपछि सर्वसाधारणले कुलमान घिसिंग समेतलाई गुहारेका छन् । घिसिंगले पनि आश्वासन बाहेक अहिलेसम्म यहाँका लागि केही गरेको देखिएको छैन । यसैविच सो समस्या समाधान नभएपछि राजनितिक दलहरु जनताको पक्षमा सक्रिय हुन थालेका छन् । सत्तारुढ दल नेपाली काँग्रेस बाँके सो का लागि अगाडी आएको छ । प्रचण्ड गर्मी र लु का विच विगत केही समयदेखी चर्किंदै गएको बिद्युत आपुर्तिको समस्या तत्काल समाधान गराउन माग गर्दै नेपाली काँग्रेस बाँकेले बुधबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाली काँग्रेसका केन्द्...
सिक्टा सिंचाई आयोजना – १८ वर्षमा ७० प्रतिशत काम सम्पन्न

सिक्टा सिंचाई आयोजना – १८ वर्षमा ७० प्रतिशत काम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्ज, असार १ गते । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिफ्टा सिंचाई आयोजनाको निर्माण कार्य सुरु भएको १८ वर्ष बित्दा अझै ३० प्रतिशत काम बाँकी रहेको छ । सिफ्टा सिंचाई आयोजनाको काम कछुवा गतिमा रहेको छ । हाल सरकारले २४ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ । आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समसम्म परियोजनाले गति लिन नसकेको पाइएको छ । आर्थिक वर्ष २०६०।६१ बाट सुरु भएको उक्त आयोजनाको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको आयोजना निर्देशक डा सन्तोष कैनी बताउनुहुन्छ । लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित सिफ्टा सिंचाइ आयोजना अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिंचाइको लागि पानी उपलब्ध गराउन यो आयोजनाको निर्माण गरिएको हो । यस आयोजनाको पश्चिम मूल नहरले बाँके जिल्लाको राप्ती नदीको पश्चिम भेगको ३३ ह...
युवा तथा खेलकुद मन्त्री अथकसहितको नेपाली टोली रुस पुग्योे, भव्य स्वागत

युवा तथा खेलकुद मन्त्री अथकसहितको नेपाली टोली रुस पुग्योे, भव्य स्वागत

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी डेस्क नेपालगञ्ज, ३१ जेठ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) मस्को पुग्नुभएको छ । सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको पाँच दिने औपचारीक भ्रमणमा निस्कीनुभएका मन्त्री अथक दुबई हुँदै मंगलवार बिहान रुसको राजधानी मस्को पुग्नुभएको हो । मस्को विमानस्थलमा मन्त्री अथकसहितको नेपाली प्रतिनिधि मण्डललाई नेपाली दुतावास तथा एन.आर.एन. का प्रतिनिधिले स्वागत गरेका छन । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा रुस पुग्नुभएका मन्त्री अथकले आजै खेलकुद मन्त्री म्याटिसिनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव दामोदर रेग्मीले जानकारी दिनुभयो । पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । साथै रुसले खेलकुद क्षेत्रको विकासकालागि अवलम्वन ग...
स्थानीय निर्वाचनमा कुनै दलभन्दा पनि जनताको जित भएको छ–प्रचण्ड

स्थानीय निर्वाचनमा कुनै दलभन्दा पनि जनताको जित भएको छ–प्रचण्ड

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, जेठ ३० गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको निर्वाचन आगामी मंसिरको पहिलो सातामा हुने बताउनु भएको छ । बर्दियाको बारबर्दिया ११ बेलभारमा सोमबार प्रेस सेन्टर नेपाल बर्दियाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचन मंसिरमै हुने करिब करिब निश्चित भैसकेको जनाउँदै त्यसमा कुनै पनि आशंका नगर्न आग्रह गर्नुभएको छ । उहाँले यसअघि पनि निर्वाचन हुँदैन भन्ने हो हल्ला स्मरण गर्नुहुँदै स्थानीय तहको निर्वाचन समयमै सफलतापूर्वक सम्पन्न भएकाले त्यस्तो हल्ला गर्नेहरु ठेगान लागेको बताउनुभयो । निर्वाचनलाई एक चरणमा गर्ने कि दुई चरणमा गर्ने भन्ने विषयमा छलफल चलिरहे पनि आफूहरुले एकै चरणमा गर्ने कुरामा जोड दिएको उहाँको भनाइ छ । तर, सुरक्षाका कारणले दुई चरणमा गर्ने कुरालाई पनि आफूहरुले ध्यान दिने उहाँले बताउनुभयो । ...
वरिष्ठ पत्रकार सिराज खानलाई पर्यटन प्रवर्धन पुरस्कार प्रदान

वरिष्ठ पत्रकार सिराज खानलाई पर्यटन प्रवर्धन पुरस्कार प्रदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ २७  । पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दै वरिष्ठ पत्रकार तथा गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ । पाँच हजार रुपियाँ नगद राशी सहितको सो पुरस्कार होटल व्यवसायी संघको शुक्रवार नेपालगञ्जमा भएको १८ औं साधारणसभा र १० औं जिल्ला अधिवेसनको उदघाटन समारोहमा प्रदान गरिएको हो । होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष हिराध्वज शाह, लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले संयुक्त रुपमा सो पुरस्कार र कदरपत्र पत्रकार खानलाई प्रदान गर्नुभयो । यसैगरि पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित हुने अन्य पत्रकारहरुमा कान्तिपुर दैनिकका नेपालगञ्ज संवाददाता रुपा गहतराज, जी नेपाल टीभिका प्रबन्ध निर्देशक आषिस गुप्ता र महिला पत्रकार ...
अत्याधिक गर्मी र ‘लु’का कारण बाँकेको जनजिवन अस्तव्यस्त

अत्याधिक गर्मी र ‘लु’का कारण बाँकेको जनजिवन अस्तव्यस्त

Uncategorized, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज र खजुरामा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय सिराज खान नेपालगञ्ज, जेठ २६ गते । बाँकेमा तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी सुरु भएसँगै बाँकेमा तापक्रम बढेर ४४ डिग्री पुगेको छ । अत्याधिक तापक्रमका कारण दिउँसो घरबाट बाहिर निस्कनेको सङ्ख्यामा कमी आएको छ । गर्मीका कारण नेपालगञ्ज बजार दिउँसो सुनसान देखिन थालेको छ भने बिहान र बेलुका मात्रै मानिसहरु बाहिर निस्कने गरेका छन् । अत्याधिक गर्मी र तातो हावा ‘लु’का कारण घरबाट बाहिर निस्कने वित्तिकै चक्कर लाग्ने गरेको अधिकांश स्थानीयले जनाएका छन् । असाह्य गर्मी तथा तातो हावाले गर्दा ग्रामीण क्षेत्रलगायत सहरी क्षेत्रका सरकारी कार्यालय, बजार पसल र विद्यालयहरु समेत प्रभावित भएका छन् । गर्मीकै कारण लोड थेग्न नसक्दा विद्युत आपूर्तिसमेत अनियमित हुँदा र भोल्टेज निकै कम आउँदा नेपालगञ्जलगायत आसपास क्षेत्र...
पहिलो प्राथमिकता शिक्षा त्यसपछि पुर्वाधार, सरसफाई र ट्राफिक व्यवस्थापन–उपमेयर कमरुद्दीन राई

पहिलो प्राथमिकता शिक्षा त्यसपछि पुर्वाधार, सरसफाई र ट्राफिक व्यवस्थापन–उपमेयर कमरुद्दीन राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, जेठ २६ । नेपालगञ्ज उपमहानगरमा भर्खरै सम्पन्न निर्वाचनबाट उपमेयरमा विजयी हुनुभएका जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राईको उपमहानगरको आगामी बजेट लगायत समसामयिक विषयमा लिईएको ताजा धारणा यहाँ प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रमको तयारीमा जुट्नु भएको छ, प्राथमिकता के हुन् ? अहिले पहिलो प्राथमिकता शिक्षामा रहनेछ । सरकारी स्कुलको शिक्षा अहिले रुग्ण अवस्थामा छ । सरकारी स्कुलको शिक्षा दयनीय अवस्थामा रहेका कारण हामीले त्यसबारे छलफल गरेका छौं । शिक्षा सुधारका लागि पाँच सदस्यीय टिम बनाउने पनि निर्देशन भएको छ । पाँच सदस्यीय समितिमा रहेका प्रधानाध्यापकहरुलाई हामीले शिक्षा सुधार गर्न र बालबालिकाको भविष्यमाथि खेलवाड नहुने गरी योजना ल्याउन भनेका छौं । धम्बोझी स्कुलको नाम छ किन ? अरु विद्यालय त्यस्तो किन भएनन् ? के छ आवश्यकता भन्ने सुझाव ल्याउन समितिलाई निर्देशन दिएको छु । भार...
अडानको छैठौं राष्ट्रिय महाधिवेशनबाट बाँकेले केन्द्रिय द्वितीय उपाध्यक्ष र केन्द्रिय सचिवसहित पाँच पद पायो

अडानको छैठौं राष्ट्रिय महाधिवेशनबाट बाँकेले केन्द्रिय द्वितीय उपाध्यक्ष र केन्द्रिय सचिवसहित पाँच पद पायो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ २३ । नेपाल अडिटर्स एसोसिएसन अडानको छैठौं राष्ट्रिय महाधिवेशनबाट बाँकेले केन्द्रिय द्वितीय उपाध्यक्ष र केन्द्रिय सचिवसहित विभिन्न महत्वपुर्ण पदहरु पाउन सफल भएको छ । बाँकेबाट अडानको अधिवेसनमा सहभागि हुनुभएका विभिन्न अडिटर नेताहरुको पहलकदमी र परिश्रमका कारण बाँकेले पाँच वटा महत्वपुर्ण पद पाउन सफल भएको हो । केदार नाथ पौडेलको अध्यक्षतामा निर्वाचित भएको ८१ सदस्यीय केन्द्रिय समितिमा बाँके जिल्लाबाट पाँच जना विभिन्न पदमा पुगेको नवनिर्वाचित अडानका खुल्ला केन्द्रिय सदस्य मोहम्मद जुबेर राईले बताउनुभयो । सर्वसम्मतीबाट गरिएको नेतृत्व चयनमा बाँकेबाट द्धितिय केन्द्रिय उपाध्यक्षमा अब्दुल करीम खान, केन्द्रिय सचिवमा गोकर्ण प्रसाद आचार्य, खुल्ला केन्द्रिय सदस्यमा मोहम्मद जुबेर राई, लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि केन्द्रिय सदस्यमा दिपक प्रसाद रेग्मी र महिला के...
हज यात्राको शुल्क हामीले होइन, साउदी सरकारले बढाएको हो–अध्यक्ष शमसेर मियाँ

हज यात्राको शुल्क हामीले होइन, साउदी सरकारले बढाएको हो–अध्यक्ष शमसेर मियाँ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, समाज
सिराज खान नेपालगञ्ज, जेठ २१ । साउदी अरब सरकारले नेपाली हज यात्रीहरुका लागि निर्धारण गरेको शुल्क अनुसार नै हज शुल्क तोकिएको जनाउँदै नेपाल हज समितिले त्यसमा समितिले कुनैपनि प्रकारको अनियमितता र अनावश्यक शुल्क बृद्धि नगरेको प्रष्ट पारेको छ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले नेपालगञ्जपाटी डटकमसंग कुरा गर्दै यस वर्ष हज शुल्क बृद्धि भएको विषयलाई लिएर विभिन्न प्रकारका अनर्गल प्रचार र अनावश्यक कुराहरु गरिएको जनाउँदे साउदी अरब सरकारको निर्णय अनुसार नै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि गर्नु परेको बताउनु भएको छ । उहाँले हज समितिले रहरले नभई बाध्य भएर साउदी अरब सरकारले निर्धारण गरे अनुसार नै हजयात्राका लागि शुल्क निर्धारण गर्नु परेको र सो गर्दा नेपालमा यस वर्ष विगतका वर्षहरु भन्दा हज यात्रा महंगो परेको जनाउनुभयो । समितिले शुल्क वृद्धि गरेर अनियमितता गरेको भन्दै आलोचना गर्नु भन्दा साउदी ...
सर्वदलीय सहमति विना नेपालगञ्जमा कुनै शालिक स्थापना गर्न नपाइने सर्वदलीय बैठकको निर्णय

सर्वदलीय सहमति विना नेपालगञ्जमा कुनै शालिक स्थापना गर्न नपाइने सर्वदलीय बैठकको निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सेतु विकको शालिकको मर्मतसम्भार उपमहानगरले गर्ने नेपालगञ्जपाटी समाचारदाता नेपालगञ्ज, जेठ २० गते । नेपालगञ्ज उपमहानगरमा सर्वदलीय सहमति र निर्णय विना कुनै पनि शालिक स्थापना गर्न नपाउने र शान्ति सुरक्षा खलबलिने अन्य कुनै संवेदनशील कार्य समेत गर्न नपाउने निर्णय सर्वदलीय बैठकले गरेको छ । प्रशासनको अनुमति र दलहरुको सहमति विना एकलौटी रुपमा विगतको निर्णयसमेतलाई उलंघन गर्दै राप्रपाका कार्यकर्ताहरुले विहिबार नेपालगञ्जको धम्बोझी चोकमा राजा वीरेन्द्रको शालिक पुनस्थापना गर्दा भएको झडप र सेतु विकको शालिक तोडफोडपश्चात जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलिय बैठकले सो निर्णय गरेको हो । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सर्वदलिय बैठकमा भएको निर्णयको जानकारी दिदैँ भन्नुभयो–‘सर्वदलिय सहमति विना कुनै पनि शालिक निर्माण र पुनस्थापना नगर्ने निर्णय गरिएकोछ । राजा वीरेन्द्रको शालिक ...