दलित, विपन्न, असहाय र विपद पीडितकालागि काम गर्ने अव्वल संस्था बन्यो ज्ञान नेपाल
समाचारदाता
नेपालगन्ज, पुस २८ । शुभ सन्देश सभा नेटवर्क नेपाल ( ज्ञान नेपाल ) ले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा गरेका कार्यक्रम तथा गतिविधिहरु सार्वजनिक गरेर विभिन्न पक्षसंग सुझाव सल्लाह लिएको छ । संस्थाले शनिबार नेपालगन्जमा सम्पन्न गरेको वार्षिक प्रगति पस्तुत तथा अन्तरक्रिया कार्यक्रममा डेढ वर्ष भन्दा बढी समयमा गरेका कार्यक्रम र गतिविधि सार्वजनिक गर्दै सुझाव संकलन गरेको हो ।
नेपालगन्जको जमुनाहा नाकामा सञ्चालन गरिएको बुथबाट गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ जाँदै गरेका ९१ जना महिला र ५३ जना पुरुष गरि शङ्कास्पद १४४ जना नागरिकलाई परामर्श दिई भारत जान रोकेर घरतर्फ फर्काइएको कार्यक्रम अधिकृत तिलक नेपालीले सो अवसरमा बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा एक हजार ७७३ जनालाई सिमानाकाको बुथमै सुचना तथा परामर्श सेवा प्रवाह गरिएको जनाउँदै चालु आर्थिक बर्षको पुुससम्ममा ६६७ जनालाई सुचना त...









