३२ असार २०८३, बिहीबार

विविध

बर्दियामा एकिकृत पाठ्यक्रम बिकास तथा स्टीम शिक्षाबारे कार्यशाला गोष्ठि सम्पन्न

बर्दियामा एकिकृत पाठ्यक्रम बिकास तथा स्टीम शिक्षाबारे कार्यशाला गोष्ठि सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ ४ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा एकीकृत पाठ्यक्रम बिकास तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला र गणित (स्टीम) शिक्षा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठि सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत क्लबले सो कार्यशालाको आयोजना गरेको हो । उक्त कार्यशालामा गुलरिया, मधुवन नगरपालिका र बढैयाताल गाउँ पालिकाका नौ वटा बिद्यालयका प्रधानाध्यापक, शिक्षक र बिद्यालय व्यवस्थापन समितीका अध्यक्षहरु गरेर २० जनाको सहभागिता रहेको थियो । सहभागिलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला र गणित बिषयको शिक्षामा नयाँ नयाँ तरिकाले पढाउने कुरामा केन्द्रित भएर ती बिषयलाई समेटेर एकिृकत पाठ्यक्रमको बिकास गर्ने बारेमा प्रशिक्षण दिईएको थियो । कार्यशाला गोष्ठिको उदेश्य विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला र गणित बिषयमा पर...
नासाका बैज्ञानिक डा. जिग्लरले नेपालगन्जमा बिज्ञानका बिद्यार्थिसंग सम्वाद गर्ने

नासाका बैज्ञानिक डा. जिग्लरले नेपालगन्जमा बिज्ञानका बिद्यार्थिसंग सम्वाद गर्ने

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, जेठ ३ गते । अमेरिकास्थित नासाका बैज्ञानिक डा. रियान जिग्लर पहिलो पटक नेपालगन्जको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले नासामा चन्द्रमाका उल्कापिण्ड र त्यहाँ भेटिएका काँचका टुक्राहरुको अध्ययन गरिरहनु भएको छ । स्काइमिस्ट प्लानेटेरियम नेपालगन्जले आयोजना गरेको पत्रकार भेटघाटमा बैज्ञानिक डा. जिग्लर नेपालगन्ज र धनगढीमा आउने र दुबै ठाउँका विभिन्न विद्यालयका छात्र छात्राहरु माझ कार्यक्रम गर्ने स्काइमिस्ट प्लानेटेरियमका प्रमुख निरज श्रेष्ठले बताउनुभयो । उहाँले पहिलो पटक नासाका कुनै बैज्ञानिक पश्चिम नेपालमा आउनु बिज्ञानमा रुचि राख्ने सबैका लागि सुखद खबर भएको जनाउँदै धनगढीमा जेठ ७ गते र नेपालगन्जमा जेठ ८ गते विद्यार्थिहरुसंग उहाँको प्रस्तुती राखिएको बताउनुभयो । नेपालगन्जमा आयोजना गरिने कार्यक्रममा एक हजार ५०० देखि दुई हजारसम्म कक्षा ८, ९ र १० का बिद्यार्थिहरु सहभागि रहने जनाउँदै आ...
नेतृत्व विकास र स्थानीय तहमा सहभागिताका लागि ठाकुरद्धारामा जिल्लास्तरीय युवा भेला शुरु

नेतृत्व विकास र स्थानीय तहमा सहभागिताका लागि ठाकुरद्धारामा जिल्लास्तरीय युवा भेला शुरु

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, जेठ २ । प्लान इन्टरनेशनल नेपालको साझेदारी र बाँके युनेस्को क्लब लगायतका विभिन्न गैर सरकारी संघसंस्थाको आयोजनामा बर्दियाको ठाकुरद्धारामा जिल्लास्तरीय युवा भेला शुरु भएको छ । बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र, बिग्रुप र स्थानीय पालिकाहरुको समन्वयमा युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता सम्बन्धि युवा भेला सञ्चालन गरिएको हो । तीन दिनसम्म चल्ने सो भेलामा बर्दिया जिल्लाका सबै स्थानीय निकायवाट युवाहरूको प्रतिनिधित्व हुने गरी किशोरी क्लव, युवा क्लव र परिवर्तनका संवाहक समुहका सदस्यबाट ३६ जना किशोर किशोरी तथा युवाहरूको सहभागिता रहेको बाँके युनेस्को क्लव, सशक्त बालिका परयोजनाका संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिनुभयो । उहाँले युवा भेला कार्यक्रममा शसक्त बालिका परियोजनाको सहयोगमा स्था...
गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्न तयारी बैठक सम्पन्न

गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्न तयारी बैठक सम्पन्न

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, बैशाख २७ । प्लान इन्टरनेसनल नेपालको साझेदारी र बाँके युनेस्को क्लबको आयोजनामा गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्नका लागि तयारी बैठक सम्पन्न भएको छ । स्थानीय बाल अधिकार समितिका संयोजक तथा नगर उप प्रमुख साबित्रा गौतमको अधक्ष्यतामा संचालित बैठकमा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, बरिष्ठ अधिकृत मुकुन्द अर्याल, १२ वटै वडाका वडा अधक्ष्य, महिला तथा बालबालिका शाखा प्रमुख सीला शाह, शिक्षा शाखा प्रमुख सतिश यादव र नगरकार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । महिला बालबालिका शाखा प्रमुख सिला शाहले संचालन गरेको सो बैठकमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बाल विवाहको ब्यापकता सर्भे प्रतिबेदन प्रस्तुति गर्नु भएको थियो । सो प्रतिबेदनका अनुसार गुलरियामा गरिएको सर्भे २०२३ का अनुसार अधिकांस ...
बर्दियाका युवायुवतिलाई जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापन तालिम प्रदान

बर्दियाका युवायुवतिलाई जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापन तालिम प्रदान

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, बैशाख २६ । बर्दियाको बढैयाताल गाउँपालिकामा जलवायु परिवर्तन, विपद जोखिम व्यवस्थापन तथा आधारभूत मानवीय मापदण्ड सहायता सम्बन्धि पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकाका युवाहरुलाई विपदको बेला मानवीय सहायतामा लाग्न सहज होस भनेर सो तालिम सञ्चालन गरिएको हो । बढैयाताल गाउँपालिकाको मैनापोखरमा सञ्चालन गरिएको सो तालिममा किशोरी क्लबका प्रतिनिधि, युवा क्लबका प्रतिनिधि र परिवर्तनका संवाहकहरु गरेर २४ जना युवायुवतिको सहभागिता रहेको थियो । तालिमको समापन समारोहमा प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र वितरण गर्दै बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले यो तालिम निकै महत्वपुर्ण र आवश्यक रहेको जनाउँदै यसबाट पालिका भित्र २४ जना उत्कृष्ट विपद...
बर्दियाका शिक्षकहरुलाई लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि तीन दिने क्षमताअभिबृद्धि तालिम

बर्दियाका शिक्षकहरुलाई लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि तीन दिने क्षमताअभिबृद्धि तालिम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, ५ बैशाख । बाँके युनेस्को क्लव तथा राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुंक्त आयोजनामा बर्दियाका विभिन्न स्थानीय तहका शिक्षकहरुलाई तीन दिने लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बर्दियामा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत स्थानीय तहका २७ जना प्रधानाध्यापक र लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्पर्क शिक्षकलाई सो तालिम प्रदान गरिएको हो । सो तालिममा बर्दियाको गुलरिया, राजापुर, बारबर्दिया, ठाकुरबाबा र बढैयातालका जानकी माबि, त्रिशक्ती माबि, गौरीशंकर माबि, नेरामाबि गौब्रेपुर, पडरिया, राजापुर, जगदम्बिका माबि, सरस्वती माबि र शारदा माबि गरी १२ वटा बिद्यालयका प्रधानाध्यापक तथा लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्पर्क शिक्षकको सहभागिता रहेको थियो । सो तालिमको मुख्य उदेश्य शिक्षकहरुलाई अध्यापन...
समाजसेवी राजा खानद्धारा विद्यालयसम्म पहुँच बढाउन ६ किशोरीलाई साईकल वितरण

समाजसेवी राजा खानद्धारा विद्यालयसम्म पहुँच बढाउन ६ किशोरीलाई साईकल वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, चैत १३ । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर नेपालगन्जका समाजसेवी युवा राजा खानको सहयोगमा ग्रामिण क्षेत्रका ६ जना विपन्न किशोरीहरुलाई साइकल बितरण गरिएको छ । विपन्न किशोरीको विद्यालयमा पहुँच बढाउन राप्तीसोनारी र नरैनापुरका ६ जना किशोरीलाई समाजसेवी तथा यूथ टुडे न्युज डटकमका कार्यकारी निर्देशक राजा खानद्धारा प्राप्त साईकल उपलब्ध गराईएको हो । फत्तेपुरमा आयोजना गरिएको रोजा खोल्ने कार्यक्रम सामूहिक इफ्तारपछि युथ टुडेका सम्पादक आलम खानले समाजसेवी खानद्धारा प्राप्त भएका ती साइकल बिभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुलाई हस्तान्तरण गर्नुभयो । विद्यालय टाढा भएका बिपन्न किशोरीहरुलाई आउजाउ गर्न सहजताका लागि साईकल दिइएको समाजसेवी खानले टेलीफोनमा नेपालगन्ज पाटीलाई बताउनुभयो । रोजा इफ्तार र साइकल वितरणको अवसरमा दावते इस्लामीका केन्द्रीय सदस्य हाजी अकिल कादरीले व...
कतार च्यारिटीको सहयोगमा बाँके युनेस्कोद्धारा अतिविपन्न ३२० परिवारलाई खाद्यान्न वितरण

कतार च्यारिटीको सहयोगमा बाँके युनेस्कोद्धारा अतिविपन्न ३२० परिवारलाई खाद्यान्न वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, फागुन २६ । रमजान पर्वलाई ध्यानमा राखेर मुस्लिम समुदायका अति बिपन्न ३२० परिवारलाई बाँके युनेस्को क्लबले खाद्यान्न सामाग्री बितरण गरेको छ । कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले शनिवार यहाँ आयोजना गरिएको एक कार्यक्रममा बाँकेका विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको हो । सो कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान सहरी विकास मन्त्री कृष्णा केसी नमुना, कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब साइद अल्मर्री र कतार च्यारिटी नेपालका कन्ट्री डायरेक्टर मोहम्मद वकासले संयुक्त रुपमा खाद्यान्न वितरणको शुरुवात गर्नुभयो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका निवर्तमान सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले अतिविपन्न परिवारको छनोट गरेर रमजानका लागि खाद्यान्न वितरण गरिनु निकै सराहनीय कार्य भएको जनाउँदै यसबाट चाडपर्व मनाउन सहज हुने बताउनुभयो । उक्त...
विपदमा मानवीय सहायतासम्बन्धी पाँच दिने तालिम बर्दियामा सम्पन्न

विपदमा मानवीय सहायतासम्बन्धी पाँच दिने तालिम बर्दियामा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, फागुन २३ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा आयोजना गरिएको जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र विपद्को समयमा मानवीय सहायतासम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । प्लान नेपालको साझेदारीमा क्लबद्धारा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत बर्दियाको गुलरियामा सो तालिम सञ्चालन गरिएको थियो । सो तालिमको उदेश्य सीओसी, बाल क्बल, किशोरी क्लब र युवा क्लबमा आवद्धहरुलाई जोखिममा परेका समुदाय र सम्भावित नोक्सानीलाई कम गर्न सावधानी अपनाउन सचेत गराउन उनीहरूको परिचालनका लागि महत्वपूर्ण ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबले जनाएको छ । तलिममा सहभागि ३० जनालाई विभिन्न प्रकारको विपद र प्रकोपबाट सम्पत्ति, समुदाय र आफूलाई पनि सुरक्षित राख्न प्रशिक्षण दिईएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले तालिम...
बाँकेमा गरिने मिडिया सम्मेलनकालागि प्रेस सेन्टरद्धारा सुझाव संकलन

बाँकेमा गरिने मिडिया सम्मेलनकालागि प्रेस सेन्टरद्धारा सुझाव संकलन

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगन्ज, फागुन २२ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले बाँकेको कोहलपुरमा फागुन २४ र २५ गते ‘लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलन २०८०’ आयोजना गरिने जनाएको छ । ‘शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता श्रम अधिकार, समृद्धि र सुशासन जनपक्षीय पत्रकारिताको लागि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ उक्त सम्मेलन हुन लागेको हो । सम्मेलनका बारेमा सुझाव संकलन गर्न मंगलवार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा कोहलपुरस्थित शहिद स्मृति भवनमा सो सम्मेलन आयोजना गरिने प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष एवम् सम्मेलन तयारी समितिका संयोजक मानसिंह विश्वकर्माले जानकारी दिनुभयो । उक्त सम्मेलनको उदघाटन प्रमुख अतिथी एवम नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रचार विभाग इन्चार्ज अग्निप्रसाद सापकोटाले गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । सम्मेलनको उद्घ...