३ माघ २०८२, शुक्रबार

विविध

बाँकेमा मानवबेचविखन रोक्न समन्वय र सहकार्यमा बिशेष जोड

बाँकेमा मानवबेचविखन रोक्न समन्वय र सहकार्यमा बिशेष जोड

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, बैशाख १२ । मानवबेचविखन रोक्न विभिन्न तरिकाले काम गरिरहेका बाँकेका संघसंस्थाहरुको समन्वय तथा सहकार्य बैठक नेपालगञ्जमा सम्पन्न भएको छ । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तर्गत सो समन्वय र सहकार्य बैठकको आयोजना गरिएको हो । बैठकमा सहभागि विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय सरकारका सम्बन्धित शाखाका कर्मचारी र सरकारी निकायका कर्मचारीले मानवबेचविखन नयाँ नयाँ तरिकाले जारी नै रहेकोमा चिन्ता व्यक्त गर्दै सो लाई न्युनिकरण गर्नका लागि काम गर्ने सबै संघसंस्था र स्थानीय सरकारविच अतिनै राम्रो समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । बैठकमा सहभागि अधिकांशले बजेट र कार्यक्रम हुँदासम्म सक्रिय रहने र त्यसपछि वास्ता नगर्ने प्रवृत्ति हावी हुँदै गएको जनाउँदै बेचविखन विरुद्ध काम गर्ने संघसंस्थाहरुले बजेट र कार्यक्रम भएपनि, नभएपनि दुब...
बालबिवाह अन्त्यका लागि पाँच बुँदे बढैयाताल घोषण पत्र जारी

बालबिवाह अन्त्यका लागि पाँच बुँदे बढैयाताल घोषण पत्र जारी

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, बैशाख १२ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा बालविवाह अन्त्यका लागि पाँच बुँदे घोषणा पत्र जारी गर्दै सो का लागि कार्यविधिको मस्यौदा समेत तयार गरिएको छ । बढैयाताल गाउँपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत तीन दिने कार्यशाला गोष्ठिको आयोजना गरेर घोषणा पत्र जारी गर्दै कार्यविधि तयार पारिएको हो । बिभिन्न धर्मका धार्मिक, अगुवा, पण्डित, बडघर, पास्टर, बौद्ध गुरुहरुलाई एउटा संजालमा आबद्ध गरी बालबिवाह बिरुद्ध शसक्त रुपमा कार्य गरी बढैयाताल गाउँपालिकालाई बालबिवाहमुक्त गाउँपालिका बनाउने उध्येश्यकासाथ सोे कार्यशाला गोष्ठिको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार उक्त कार्यशाल...
डा. रोमन किदवाईलाई राष्टपतिले प्रवल जनसेवा पदकबाट विभूषित गरे

डा. रोमन किदवाईलाई राष्टपतिले प्रवल जनसेवा पदकबाट विभूषित गरे

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, बैशाख १ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक वरिष्ठ सर्जन डा रोमन किदवाई प्रवल जनसेवा श्री पदकबाट शुक्रवार विभूषित हुनु भएको छ। गत संविधान दिवसको अवसरमा सरकारले उहाँलाई सो विभूषण प्रदान गर्ने घोषणा गरेको थियो । शुक्रवार शितल निवास राष्टपति कार्यालयमा आयोजित एक भव्य कार्यक्रमका विच राष्टपति रामचन्द्र पौडेलले डा किदवाईलाई उक्त पदकबाट विभूषित गर्नु भएको छ । समाजमा अतिनै लोकप्रिय, सबैका मनप्रिय र सधैं समाजसेवा गर्न रुचाउने डा.किदवाईले पदक प्राप्त गर्नु भएपछि संक्षिप्त प्रतिक्रिया दिंदै यस्ता सम्मान र पदकले समाजसेवा र जनसेवा गर्ने थप उत्साह र हौसला प्राप्त भएको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा लगायत अन्य समाजसेवामार्फत बाँके बर्दिया लगायत विभिन्न जिल्लाका जनताको निरन्तर सेवा गदेृ आउनु भएको छ ।...
ठाउँ अभावले नेपालगञ्ज कारागारमा कैदीबन्दी कोचाकोच

ठाउँ अभावले नेपालगञ्ज कारागारमा कैदीबन्दी कोचाकोच

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, चैत २८ गते । नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ । बाँके जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका अगुवा मानवअधिकारकर्मीहरूको एक टोलीले यहाँस्थित कारागारको अनुगमन गर्दा ठाउँ अभावले गर्मीमा पनि कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको जनाएको हो । तीन सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा ठाउँ अभावका भएपनि करिब तेब्बर बढी आठ सय ३९ जना कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको अनुगमन टोलीका अगुवा एडभोकेसी फोरम लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता वसन्त गौतमले बताउनुभयो । उहाँले बढ्दो गर्मीमा पनि यसरी कैदीबन्दीलाई कोचाकोच गरेर राख्दा उनीहरूको मानवअधिकार उलङ्घन भएको उहाँको भनाइ छ । अधिवक्ता गौतमका अनुसार सो कारागारका महिला थुनुवालाई बर्दिया स्थानान्तरण गरी दुई वटै ब्लकम...
मानवता नेपाल बाँकेको अध्यक्षमा अधिकारी

मानवता नेपाल बाँकेको अध्यक्षमा अधिकारी

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, चैत १६ । सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । बुधवार भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । त्यसैगरी नव निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष पदमा सुमन गिरी श्रेष्ठ, सचिव पदमा केपी घिमिरे, सहसचिव पदमा इन्जिनियर नेत्र प्रसाद सापकोटा, कोषाध्यक्ष पदमा खुश्बु श्रीवास्तव सर्वसम्मत चयन भएका छन् । सदस्य पदहरुमा क्रमश नवीन शर्मा पौडेल, अब्दुल अजिज हलवाई, जित बहादुर बिक, जयेश जङ्ग शाह , पञ्चम गुरुङ, कमला वली, सर्वसम्मत चयन भएका छन् । १३ कार्यसमिति हुने उक्त संस्थामा २ दुईजना पछि मनोनीत गरिने बताइएको छ । हराएको मानवताको खोजी गर्ने उद्देश्यले स्थापना भएको संस्थाले विभिन्न सामाजिक कामहरु गरिरहेको संस्थाको संस्थापक अध्यक्ष तथा कार्यक्रमको अध्यक...
बारबर्दियाका विभिन्न समुह र बालअधिकार समिति बालविवाह रोक्न सफल

बारबर्दियाका विभिन्न समुह र बालअधिकार समिति बालविवाह रोक्न सफल

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, चैत ६ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बारबर्दिया नगरपालिकामा सञ्चालित बालसंरक्षण कार्यक्रमको अनुगमन गरिएको छ । बाल संरक्षण कार्यक्रम अन्तर्गत बारबर्दिया ४ र ५ मा गठन गरिएको विभिन्न समुह तथा बालअधिकार समितिको प्रगतिका सम्बन्धमा स्थलगत अनुगमन गरिएको हो । बाँके युनेस्को क्लबको व्यवस्थापन समिति र पत्रकारको संयुक्त टोलीले बारबर्दिया नगरपालिका ४ घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी क्लब तथा वडा नम्बर ५ को बाल अधिकार समितिका पदाधिकारीहरुसंग छलफल तथा अन्तरक्रिया गरेर हालसम्मको प्रगतिका बारेमा जानकारी लिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी समुहले निरन्तर वालविवाह रोकथाम, बाल संरक्षण र बालअधिकारका लागि काम गरिरहेको पाईएको वडा नम्बर ४ का वडा अध्यक्ष सिताराम योगीले बताउनुभयो । उहाँले यसैग...
युनेस्कोद्धारा विपतको बेला बालसंरक्षणका लागि युवा अभियन्तालाई तालिम

युनेस्कोद्धारा विपतको बेला बालसंरक्षणका लागि युवा अभियन्तालाई तालिम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, चैत २ । विपदको समयमा बाल संरक्षणका लागि जिल्लाका युवा अभियन्ताहरुलाई बाँके युनेस्को क्लबले चारदिने तालिम सञ्चालन गरेको छ । विहिबार नेपालगञ्जमा सो तालिम शुरु भएको हो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सो तालिमको उदघाटन गर्दै विपतको समयमा बालसंरक्षणलाई विशेष प्राथमिकता दिनका लागि आयोजना गरिएको यो तालिम निकै महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले बेचविखन रोक्न, बाल विवाह रोक्न, दुव्र्यवहार रोक्न र बाल अधिकार स्थापित गर्न समाजमा खटिएका युवा अभियन्ताले तालिम पाएपछि विपत र आपातकालिन अवस्थामा बालसंरक्षणलाई प्राथमिकता दिने बताउनुभयो । सो तालिमको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले ...
बालबिवाह अन्त्यकालागि पाँच बुँदे बाँसगढी घोषणापत्र जारी

बालबिवाह अन्त्यकालागि पाँच बुँदे बाँसगढी घोषणापत्र जारी

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, फागुन १४ । बालविवाह अन्त्यका लागि बर्दियाको बासगढीमा पाँच बुँदे घोषणापत्र जारी गर्दै अन्तर धार्मिक संजाल संचालन तथा ब्यबस्थापन सम्बन्धी मस्यौंदा कार्यबिधी तयारीको ३ दिने कार्याशाला गोष्ठि सम्पन्न भएको छ । बाँसगढी नगरपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत सो कार्यशाला गोष्ठिको आयोजना गरिएको थियोे । तीन दिनसम्म संचालन गरिएको सो गोष्ठि बालबिवाह अन्त्यका लागि ५ बुदे बाँसगढी घोषणा पत्र जारी गर्दै सम्पन्न गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । जारी गरिएको घोषणा पत्रमा नगरपालिकाभित्र रहेका सबै सरोकारवालाले बालविवाह अन्त्यका लागि निरन्तर प्रयत्नशिल रहने, चालु आवमा नगरका दुई वडालाई वालविवाह मुक्त वडा घोषणा गरिने, बालविवाह रोक्न जनता माझ...
उद्योगी व्यवसायीद्धारा आर्थिक अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण

उद्योगी व्यवसायीद्धारा आर्थिक अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभामा चिन्ता व्यक्त सिराज खान नेपालगञ्ज, फागुन १३ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोले सो मा तत्काल सुधारका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभाको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको व्याज, लगानीको अवस्था र खस्कदैं गएको व्यापार व्यवसायका कारण निजि क्षेत्र धराशायी बनेको बताउनुभयो । उहाँले आर्थिक क्षेत्रमा यति ठुलो संकट आइसक्दा पनि सरकारले त्यसको सामाधानका लागि कुनै ठोस योजना र कार्यक्रम अगाडी सार्न नसकेकोले आउने दिन अझै कष्टकर हुनसक्ने चेतावनी पनि दिनुभयो । देशको आर्थिक अवस्थाका बारेमा पटक पटक सरकारको ध्यानाकर्षण गराईएपनि ठोस कदम नचालिएको गुनासो गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले द...
बालविवाह रोक्न बाँसगढीमा शिक्षकहरुसँग दुई दिने अभिमुखिकरण कार्यक्रम

बालविवाह रोक्न बाँसगढीमा शिक्षकहरुसँग दुई दिने अभिमुखिकरण कार्यक्रम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, फागुन १० । बाँके युनेस्को क्लबले शिक्षा शाखा बाँसगढीसँगको समन्वयमा त्यस नगरपालिकामा रहेका सबै माध्यामिक बिद्यालयहरुका शिक्षकहरुसँग बालबिवाह, यसका कानुनी ब्यबस्थाहरु र बिद्यालयहरुमा अतिरिक्त क्रियाकपालहरुको सुनिश्चितता सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम संपन्न गरेको छ । उक्त अभिमुखिकरण प्लान ईन्टरनेशनल नेपालसँगको साझदारीमा बाँके युनेस्को क्लबद्धार बर्दिया जिल्लामा संचालन गरेको बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत संचालन गरिएको थियो । बिद्यालयहरुका शिक्षकहरुमा बालबिवाह, यसका कानुनी प्राबधान, यसका असरहरु, यसको न्युनिकरणमा बिद्यालयको भुमिका बिषयमा क्षमता अभिबृद्धी गरी उनीहरुमार्फत बिद्यालयमा बालबिवाह बिरुद्ध ब्यापक सचेतना अभिबृद्धि गरी बालबिवाह न्युनिकरणमा टेवा पुरयाउने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्...