३२ असार २०८३, बिहीबार

विविध

मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान

मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, जेठ ४ गते । मुस्लिम जर्नलिस्ट क्लबले विहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमकाविच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ । ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी हुनुभएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताउनुभयो । मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा वरिष्ठ पत्रकार सिराज खान र डा. डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्...
युनेस्को क्लबद्धारा कोहलपुर चौराहामा शौचालय निर्माण गरि हस्तान्तरण गरियो

युनेस्को क्लबद्धारा कोहलपुर चौराहामा शौचालय निर्माण गरि हस्तान्तरण गरियो

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, जेठ १ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा कोहलपुर चौराहामा निर्माण गरेको खानेपानी व्यवस्थासहितको शौचालय र हात धुने स्टेशन कोहलपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । सोमवार कोहलपुरमा आयोजित एक कार्यक्रममा सो शौचालय र हात धुने स्टेशनलाई बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका मेयर आचार्यले कोहलपुर चौराहामा सार्वजनिक शौचालयको आवश्यकता लामो समयदेखि खड्किएकोमा क्लबले निर्माण गरेकोमा क्लब र कतार च्यारिटीप्रति आभार प्रकट गर्नुभयो । उहाँले कोहलपुर नगरपालिकाभित्र रहेका सबै सार्वजनिक शौचालयलाई जनताका लागि निशुल्क प्रयोग गर्न पाउने गरि सञ्चालन गर्ने निर्णय गरिएको जनाउँदै यस क्षेत्रकै केन्द्रविन्दु रहेको यो नगरमा शौचालयको अभाव हुन नदिने प्रतिवद्...
रणनैतिक योजना बनाएर कोहलपुर र बैजनाथमा मानवबेचविखन रोक्ने सहमति

रणनैतिक योजना बनाएर कोहलपुर र बैजनाथमा मानवबेचविखन रोक्ने सहमति

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, बैशाख १४ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मानवबेचविखन विरुद्ध काम गर्दै आएका विभिन्न संघसंस्था, स्थानीय सरकार लगायतका सरोकारवाला निकाय सहभागि बैठक सम्पन्न भएको छ । सो बैठकले मानवबेचविखन रोक्न हालसम्म गरिएका कार्यहरुको समिक्षा गर्दै अभियानलाई थप प्रभावकारी बनाउन रणनैतिक योजना र कार्यक्रम बनाएर अघि बढ्ने निर्णय गरेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले बताउनुभयो । बैठकमा सहभागिहरुले बेचविखन नियन्त्रणका लागि क्रियाशिल सबै सरकारी र गैर सरकारी निकायले एकजुट भएर समन्वय तथा सहकार्य गरेर काम गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको थियो । सो अवसरमा कोहलपुर नगरपालिकाका सामाजिक शाखा प्रमुख इन्द्रमणि ढकालले बेचविखन नियन्त्रणका लागि सुक्ष्मतरिकाले अध्ययन गरेर रणनैतिक योजना र कार्यक्रम बनाई काम गर्नु पर्नेमा जोड दिनुभयो । कोहलपुर नगरपालिकाका ...
बाँकेमा मानवबेचविखन रोक्न समन्वय र सहकार्यमा बिशेष जोड

बाँकेमा मानवबेचविखन रोक्न समन्वय र सहकार्यमा बिशेष जोड

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, बैशाख १२ । मानवबेचविखन रोक्न विभिन्न तरिकाले काम गरिरहेका बाँकेका संघसंस्थाहरुको समन्वय तथा सहकार्य बैठक नेपालगञ्जमा सम्पन्न भएको छ । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तर्गत सो समन्वय र सहकार्य बैठकको आयोजना गरिएको हो । बैठकमा सहभागि विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय सरकारका सम्बन्धित शाखाका कर्मचारी र सरकारी निकायका कर्मचारीले मानवबेचविखन नयाँ नयाँ तरिकाले जारी नै रहेकोमा चिन्ता व्यक्त गर्दै सो लाई न्युनिकरण गर्नका लागि काम गर्ने सबै संघसंस्था र स्थानीय सरकारविच अतिनै राम्रो समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । बैठकमा सहभागि अधिकांशले बजेट र कार्यक्रम हुँदासम्म सक्रिय रहने र त्यसपछि वास्ता नगर्ने प्रवृत्ति हावी हुँदै गएको जनाउँदै बेचविखन विरुद्ध काम गर्ने संघसंस्थाहरुले बजेट र कार्यक्रम भएपनि, नभएपनि दुब...
बालबिवाह अन्त्यका लागि पाँच बुँदे बढैयाताल घोषण पत्र जारी

बालबिवाह अन्त्यका लागि पाँच बुँदे बढैयाताल घोषण पत्र जारी

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, बैशाख १२ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा बालविवाह अन्त्यका लागि पाँच बुँदे घोषणा पत्र जारी गर्दै सो का लागि कार्यविधिको मस्यौदा समेत तयार गरिएको छ । बढैयाताल गाउँपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत तीन दिने कार्यशाला गोष्ठिको आयोजना गरेर घोषणा पत्र जारी गर्दै कार्यविधि तयार पारिएको हो । बिभिन्न धर्मका धार्मिक, अगुवा, पण्डित, बडघर, पास्टर, बौद्ध गुरुहरुलाई एउटा संजालमा आबद्ध गरी बालबिवाह बिरुद्ध शसक्त रुपमा कार्य गरी बढैयाताल गाउँपालिकालाई बालबिवाहमुक्त गाउँपालिका बनाउने उध्येश्यकासाथ सोे कार्यशाला गोष्ठिको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार उक्त कार्यशाल...
डा. रोमन किदवाईलाई राष्टपतिले प्रवल जनसेवा पदकबाट विभूषित गरे

डा. रोमन किदवाईलाई राष्टपतिले प्रवल जनसेवा पदकबाट विभूषित गरे

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, बैशाख १ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक वरिष्ठ सर्जन डा रोमन किदवाई प्रवल जनसेवा श्री पदकबाट शुक्रवार विभूषित हुनु भएको छ। गत संविधान दिवसको अवसरमा सरकारले उहाँलाई सो विभूषण प्रदान गर्ने घोषणा गरेको थियो । शुक्रवार शितल निवास राष्टपति कार्यालयमा आयोजित एक भव्य कार्यक्रमका विच राष्टपति रामचन्द्र पौडेलले डा किदवाईलाई उक्त पदकबाट विभूषित गर्नु भएको छ । समाजमा अतिनै लोकप्रिय, सबैका मनप्रिय र सधैं समाजसेवा गर्न रुचाउने डा.किदवाईले पदक प्राप्त गर्नु भएपछि संक्षिप्त प्रतिक्रिया दिंदै यस्ता सम्मान र पदकले समाजसेवा र जनसेवा गर्ने थप उत्साह र हौसला प्राप्त भएको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा लगायत अन्य समाजसेवामार्फत बाँके बर्दिया लगायत विभिन्न जिल्लाका जनताको निरन्तर सेवा गदेृ आउनु भएको छ ।...
ठाउँ अभावले नेपालगञ्ज कारागारमा कैदीबन्दी कोचाकोच

ठाउँ अभावले नेपालगञ्ज कारागारमा कैदीबन्दी कोचाकोच

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, चैत २८ गते । नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ । बाँके जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका अगुवा मानवअधिकारकर्मीहरूको एक टोलीले यहाँस्थित कारागारको अनुगमन गर्दा ठाउँ अभावले गर्मीमा पनि कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको जनाएको हो । तीन सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा ठाउँ अभावका भएपनि करिब तेब्बर बढी आठ सय ३९ जना कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको अनुगमन टोलीका अगुवा एडभोकेसी फोरम लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता वसन्त गौतमले बताउनुभयो । उहाँले बढ्दो गर्मीमा पनि यसरी कैदीबन्दीलाई कोचाकोच गरेर राख्दा उनीहरूको मानवअधिकार उलङ्घन भएको उहाँको भनाइ छ । अधिवक्ता गौतमका अनुसार सो कारागारका महिला थुनुवालाई बर्दिया स्थानान्तरण गरी दुई वटै ब्लकम...
मानवता नेपाल बाँकेको अध्यक्षमा अधिकारी

मानवता नेपाल बाँकेको अध्यक्षमा अधिकारी

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, चैत १६ । सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । बुधवार भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । त्यसैगरी नव निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष पदमा सुमन गिरी श्रेष्ठ, सचिव पदमा केपी घिमिरे, सहसचिव पदमा इन्जिनियर नेत्र प्रसाद सापकोटा, कोषाध्यक्ष पदमा खुश्बु श्रीवास्तव सर्वसम्मत चयन भएका छन् । सदस्य पदहरुमा क्रमश नवीन शर्मा पौडेल, अब्दुल अजिज हलवाई, जित बहादुर बिक, जयेश जङ्ग शाह , पञ्चम गुरुङ, कमला वली, सर्वसम्मत चयन भएका छन् । १३ कार्यसमिति हुने उक्त संस्थामा २ दुईजना पछि मनोनीत गरिने बताइएको छ । हराएको मानवताको खोजी गर्ने उद्देश्यले स्थापना भएको संस्थाले विभिन्न सामाजिक कामहरु गरिरहेको संस्थाको संस्थापक अध्यक्ष तथा कार्यक्रमको अध्यक...
बारबर्दियाका विभिन्न समुह र बालअधिकार समिति बालविवाह रोक्न सफल

बारबर्दियाका विभिन्न समुह र बालअधिकार समिति बालविवाह रोक्न सफल

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, चैत ६ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बारबर्दिया नगरपालिकामा सञ्चालित बालसंरक्षण कार्यक्रमको अनुगमन गरिएको छ । बाल संरक्षण कार्यक्रम अन्तर्गत बारबर्दिया ४ र ५ मा गठन गरिएको विभिन्न समुह तथा बालअधिकार समितिको प्रगतिका सम्बन्धमा स्थलगत अनुगमन गरिएको हो । बाँके युनेस्को क्लबको व्यवस्थापन समिति र पत्रकारको संयुक्त टोलीले बारबर्दिया नगरपालिका ४ घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी क्लब तथा वडा नम्बर ५ को बाल अधिकार समितिका पदाधिकारीहरुसंग छलफल तथा अन्तरक्रिया गरेर हालसम्मको प्रगतिका बारेमा जानकारी लिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी समुहले निरन्तर वालविवाह रोकथाम, बाल संरक्षण र बालअधिकारका लागि काम गरिरहेको पाईएको वडा नम्बर ४ का वडा अध्यक्ष सिताराम योगीले बताउनुभयो । उहाँले यसैग...
युनेस्कोद्धारा विपतको बेला बालसंरक्षणका लागि युवा अभियन्तालाई तालिम

युनेस्कोद्धारा विपतको बेला बालसंरक्षणका लागि युवा अभियन्तालाई तालिम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, चैत २ । विपदको समयमा बाल संरक्षणका लागि जिल्लाका युवा अभियन्ताहरुलाई बाँके युनेस्को क्लबले चारदिने तालिम सञ्चालन गरेको छ । विहिबार नेपालगञ्जमा सो तालिम शुरु भएको हो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सो तालिमको उदघाटन गर्दै विपतको समयमा बालसंरक्षणलाई विशेष प्राथमिकता दिनका लागि आयोजना गरिएको यो तालिम निकै महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले बेचविखन रोक्न, बाल विवाह रोक्न, दुव्र्यवहार रोक्न र बाल अधिकार स्थापित गर्न समाजमा खटिएका युवा अभियन्ताले तालिम पाएपछि विपत र आपातकालिन अवस्थामा बालसंरक्षणलाई प्राथमिकता दिने बताउनुभयो । सो तालिमको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले ...