माता बागेश्वरी बचत तथा ऋण सहकारीको रक्तदानमा ३३ जनाले गरे रक्तदान
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ १३ । माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षतामा भएको रक्तदानको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै राईले रक्तदान जिवन दान भएकोले जिवन बचाउने अभियानमा सहयोगी बन्न सबैलाई आव्हान गर्नुभयो । उहाँले अहिले रगतको अभाव भएको जानकारी प्राप्त भएकोले बढी भन्दा बढीले रक्तदानमा सहभागि हुनुपर्ने बताउनुभयो ।
उपप्रमुख राईले उपमहानगरमा रहेका विभिन्न संघसंस्था र रक्तदाताहरुलाई रक्तदान कार्यक्रम आयोजना गर्न आह्वान समेत गर्नुभयो । नेपालगञ्जस्थित रक्त सञ्चार केन्द्रमा केह िसमययता रगत अभाव भैरहेको थाहा भएको ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ १२ । भारतीय नम्बरको ट्रकको ठक्करबाट मारिएका कोहलपुरका अटोचालकका परिवार र आफन्तले क्षतिपुर्ति र भारतबाट ट्रकका मालिकलाई झिकाउने माग गर्दै कोहलपुरमा चक्काजाम गरेका छन् ।
बुधबार दिउँसो कोहलपुरको पिपल चौतारा नजिकै पट्टा भाँचिएको भारतीय ट्रकले किच्दा मृत्यु भएका कोहलपुर १३ का राम सेवक थारुका आफन्तहरुले ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडी विहिबार दिउँसोदेखि चक्काजाम गरेका छन् ।
दोषीलाई कारबाही, मृतकका परिवारलाई उचित क्षतीपूर्ती दिनुपर्ने लगायतका माग राखेर बुधवार दिनभरि पनि चक्काजाम गरेका उनिहरुले माग पुरा नभएपछि विहिबार पनि प्रहरी कार्यालय अगाडि चक्काजाम गरेका हुन्।
कोहलपुर ईलाका प्रहरी कार्यालयले मृतकका आफन्तले शुरुमा एक करोड भारु क्षतिपुर्ति मागेको जनाउँदै तर अहिले २८ लाख रुपियाँमा झरेको तथा ट्रकको सञ्चालकले १० लाख रुपियाँ नेपाली भन्दा बढी दिननसक्ने ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २२ । नेपालगञ्ज ११ का तीन जनालाई कारबाट ठक्कर दिएर ज्यान लिने गरि गराईएको दुर्घटनामा संलग्न कार चालकलाई जेल चलान गरिएको छ । बाँके जिल्ला अदालतले सडक छेउमा पैदल हिडिरहेका तीन जनालाई ठक्कर दिएर मार्ने ती चालकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि उनलाई जेल पठाईएको छ ।
२०७८ चैत २७ गते धम्बोझी चोक नजिकै थापाले चलाएको कारले ठक्कर दिएर किच्दा सडकमा हिडीरहेका पैदल यात्री नेपालगन्जका ६५ वर्षीय समिमा इदिसी, ५ वर्षीय बालक मो कासिम इद्रिसी र ६ वर्षीय मोहम्मद अली अन्सारीको मृत्यु भएको थियो । सो घटनामा कानुनी कारबाहीमा रहेका कार चालक नेपालगन्ज–१० का इन्द्र बहादुर थापालाई अदालतले विहिबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
यसअघि मृतकका आफन्त र सर्वसाधारणले समेत उनलाई हत्या आरोपमा कडा भन्दा कडा सजाय दिनुपर्ने माग गर्दै आएका थिए ।
बाँके जिल्ला अदालतमा वि...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २२ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआइजी नल प्रसाद उपाध्यायले नजिकिदै गरेको स्थानिय तहको निर्वाचनलाई शान्तिपुर्ण र त्रुटी रहित ढंगले सम्पन्न गराउन कुनैपनि कसर बाँकी नराख्न बाँके प्रहरीलाई निर्देशन दिनुभएको छ । उहाँले सबैले जिम्मेवारीपुर्वक आ आफ्नो कार्य क्षेत्रमा खटिएर निर्वाचनलाई सफल गराउन अहम भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
डीआइजी उपाध्यायले जिल्ला प्रहरी कार्यालय बाँके र बर्दिया तथा मातहतका प्रहरी ईकाईमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित कार्यक्रममा विहिबार सम्बोधन गर्दै सो निर्देशन दिनुभएको हो । लुम्बिनी प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक निरिक्षणका लागि बाँकेमा पुग्नु भएका डीआइजी उपाध्यायले प्रहरीको पहिलो कर्तव्यनै शान्ति सुरक्षा कायम गर्नु र अपराध...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १० । गत केही समययता नेपालगञ्ज उपमहानगरका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी हुने क्रम बढेको छ । नगरमा अहिले मोटरसाइकल चोरहरु सक्रिय रहेको गुनासो धेरैले गरेका छन् ।
सोही क्रममा गत चैत ५ गते नेपालगञ्जको जिल्ला प्रशासन कार्यालय नजिक रहेको फेमिली डेन्टल केयर अगाडीबाट हराएको मोटरसाइकल अझै फेला परेको छ्रन ।
चोरी भएलगत्तै प्रहरीमा जानकारी गराईएपनि आफ्नो हराएको भे ११ प ४०९७ नम्बरको कालो रातो पल्सर मोटरसाइकल अझैपनि नभेटिएको मोटरसाइकलका मालिक सुमित कुमार लखेरले बताउनुभयो ।
उहाँले भर्खरै केही दिन पहिले मात्र किनेको सो नयाँ मोटरसाइकल चैत ५ गते शनिवार अपरान्ह ४ बजेर १० मिनेटमा चोरी भएको बताउनुभयो ।
...
सिराज खान
नेपालगञ्ज, वैशाख १० गते । सरकारले देशैलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपालगञ्जसहित बाँकेमा विद्युतको अघोषित लोडसेडिङ र समस्याबाट चर्को गर्मीको समयमा आमनागरिकले सास्ती खेप्न बाध्य छन् ।
केही समययता बढेको अत्याधिक गर्मीकाबीच अघोषित रुपमा भैरहेको घण्टौको लोडसेडिङ र विद्युत आपूर्ति असहज हुँदा आम नागरिकको जीवन कष्टकर बन्दै गएको छ ।
प्रचण्ड गर्मीको बेला पटक पटक विद्युत आपूर्ति बन्द हुने र घण्टौसम्म नआउने हुँदा अधिकांश जिल्लावासी अत्याधिक सास्ती खेप्न बाध्य भएको स्थानीय अगुवा कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाँले विद्युतमा भैरहेको अघोषित लोडसेडिङका बारेमा पटक पटक प्राधिकरणको ध्यान आकर्षण गराउँदा समेत कुनै सुधार नभएको विद्युत अनियमितता जारी नै रहेको गुनासो गर्नुभयो ।
बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय बासिन्दा विद्युत आपूर्ति असहज हुँदा झन आक्रोशित बनेको नेपालगञ्ज उ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ८ । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक रिपेन्द्रकुमार सिंहले नेपालगञ्जको शान्ति सुरक्षासंगै अपराध नियन्त्रण र लागु औषधको कारोबार र सेवन नियन्त्रणमा आफ्नो विशेष फोकस हुने बताउनु भएको छ । उहाँले जनताको सहयोगले नगरलाई अपराधमुक्त र गैर कानुनी क्रियाक्लाप न्युनिकरण गर्न हरसंभव प्रयास गरिने बताउनुभयो ।
हालै मात्र वडा प्रहरी कार्यालय नेपालगन्जमा सरुवा भएर आउनु भएका प्रहरी निरिक्षक सिंहले पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गरेर सो बताउनु भएको हो। सो अवसरमा उहाँले पत्रकारहरुसंग यहाँको अवस्थाका बारेमा सुझाव माग्नुका साथै अन्तरक्रिया समेत गर्नु भएको थियो ।
वडा प्रहरी कार्यालय नेपालगञ्ज मिडियामैत्री रहने विश्वास दिलाउँदै उहाँले आफु आपराधिक गतिविधि नियन्त्रणमा कडाईका साथ लाग्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । लागुऔषध नियन्त्रण, ट्राफिक व्यव...
समाचारदाता
नेपालगञ्ज, बैशाख ७ । यातायात व्यवस्था कार्यालय बाँकेबाट लिईएको मोटरसाईकलको प्रयोगात्मक परिक्षामा सहभागि एकजना परिक्षार्थिले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर परिक्षा दिई पास गरेको पाईएकोले ती व्यक्तिलाई पक्राउ गरेर कारवाही अगाडी बढाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहका अनुसार मोटरसाईकलको चालक अनुमति पत्रको प्रयोगात्मक परिक्षामा जिल्ला जुम्ला तिला गाउँ पालिका ४ बस्ने गोरेनाथ योगोको छोरा बर्ष १९ को कमलनाथ योगीले हुम्ला गाउँ पालिका वडा नं २ बस्ने देबमणी जैसीको छोरा बर्ष २२ को पुन्न लाल जैसीको नेपाली नागरीकताको प्रमाण पत्रमा आफ्नो फोटा टाँस गरी परिक्षामा सहभागी हन आएको हुदा निजलाई पक्राउ गरिएको बताउनुभयो ।
योगीलाई पक्राउ गरेर थप कारवाहीका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा पठाईएको पनि...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ३ । बाँकेको कोहलपुरमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदाँ शनिवार दिउँसो एक जनाको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर घाईते भएका छन् ।
कोहलपुर– २ सालको बुँटामा भे २ त ९३९ नम्बरको ट्याक्टरले भे ७ प ५४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ओभरटेक गर्ने क्रममा ट्याक्टरले ठक्कर दिदाँ मोटरसाइकल चालक बैजनाथ गाउँपालिका– ४ का ४० वर्षीय रेशम डाँगीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र ओली गम्भीर घाइते भएका छन् । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐन बहादुर मल्लले बताउनुभयो ।...
सिराज खान
नेपालगञ्ज, बैशाख १ गते । गत आइतवार राती सडकको छेउमा हिडिरहेका तीन जना पैदलयात्रीलाई ठक्कर दिएर मार्ने कार चालकलाई कडा कारवाही र क्षतिपुर्तिको माग गर्दै मृतकका आफन्तले यहाँ आन्दोलन शुरु गरेका छन् ।
सो घट्नामा मारिएका दुई नाबालकसहित तीन जनाका आफन्तले विहिबार साढे १० बजेदेखि नेपालगञ्जको विपी चोकमा टायर बालेर नाराबाजी गर्दै चक्काजाम गरेका छन् ।
सुनसान सडकको छेउमा हिडिरहेकालाई पछाडीबाट कारले ठक्कर दिएर हत्या गरेको आरोप लगाउँदै कार चालकलाई कडा भन्दा कडा सजाय र क्षतिपुर्तिको माग गरेर विरोध प्रदर्शन गरिएको मृतकका आफन्त राजा ईद्रिसीले बताउनुभयो ।
उहाँले कार चालकलाई हदैसम्मको सजाय र क्षतिपुर्तिको ग्यारेन्टी नभएसम्म विरोध प्रदर्शन र चक्काजाम जारी रहने बताउनुभयो ।
गत आइतवार राती ११ः३८ बजे प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको धम्बोझीतर्फबाट अत्याधिक तिव्र गतिमा आएको कारको ठक्करबाट सडकको छेउ...