नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २२ । बाँकेको नरैनापुर गाउँपालिकाका आगलागि पीडित १६ परिवारलाई मंगलबार राहात वितरण गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको नेतृत्वमा रहेको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले नरैनापुर–४ कृष्णनगरमा सोमबार भएको आगलागीमा प्रभावित १६ घरपरिवारलाई मंगलवार गाउँमै पुगेर नगद र राहत वितरण गरेको हो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार जिल्ला विपद व्यवस्थापन समितिले प्रति परिवार नगद १५ हजार र नेपाल रेडक्रस सोसाइटीले गैह्रखाद्य सामग्री सेट, १ थान कम्मल वितरण गरिएको छ ।
राहत वितरणमा प्रदेश सभा सदस्य कृष्णा केसी नमूना, प्रमुख जिल्ला अधिकारी खत्री, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरु, भूमि आयोगका पूर्वसदस्य विक्रम यादव लगायत गाँउपालिकाका जनप्रतिधिहरुको समेत...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २१ । गर्मीयाम शुरुभएसंगै आगलागिका घट्ना हुने बाँकेको नरैनापुर गाउँपालिकामा सोमवारबाट आगलागि शुरु भएको छ । हावाहुरीको मौसमममा प्रायजसो आगलागि हुने सो गाउँपालिकामा वर्षेनी धेरै आगलागिका घट्ना हुने गरेका छन् । सोही क्रममा सोमवार नरैनापुर वडा नम्बर ४ को कृष्णनगरमा दिउँसो भीषण आगलागी भएको थियो । सो आगलागीमा परेर करिब १६ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय नरैनापुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय नरैनापुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले दिएको जानकारी अनुसार वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको थियो ।
करिब डेढ घण्टापछि प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो। आगलागीबाट कुन...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ३ । भाषा, सांकृती र कलालाई जर्गेना गर्न अछामी सेवा समाज बाँकेले होली देउडा खेलको आयोजना गरेकोछ ।
नेपालगन्ज बसपार्क पिपल चौतारामा चैत ३ र ४ गते विहिबार र शुक्रवार विहान ११ बजे देखि अछामी सेवा समाज बाँकेद्धारा विभिन्न स्थानिय कलाकारको उपस्थितीमा होली देउडा खेलको आयोजना गरिएको शेर बहादुर बोहराले बताउनुभयो ।
सो आयोजित होली देउडा खेलमा सम्पुर्ण बाँकेमा बस्दै आउनु भएका सबै जातजाती धर्म संस्कृती र देउडा प्रेमीहरुलाई उपस्थितीका लागि हार्दिक अनुरोध समेत बोहराले गर्नुभयो ।
होली पर्वमा मनोरन्जन तथा मौलिक, भाषा,संस्कृती र कलालाई जर्गेना गर्न अछामी सेवा समाजले प्रत्येक वर्ष विविध कार्यक्रम गरेर होली मनाउदै आएको छ ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १८ । अटोमेटिक अमेरिकन पेस्तोल र त्यसमा लाग्ने ९ वटा गोलीसहित बाँके प्रहरीले मंगलवार राती डुडुवा राप्तीपुलनजिकबाट पक्राउ परेका तीन जनालाई बुधवार दिउँसो सार्वजनिक गरेको छ । मंगलवार राती डुडुवास्थित वडा नम्बर ४ सिधनियाघाटमा रहेको राप्ती पुल नजिकबाट एक कारमा सवार उनिहरुलाई अमेरिकन पेस्तोल, ९ थान गोली र एक खुँडासहित पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन मार्फत उनिहरुलाई सार्वजनिक गर्दै राप्तीपुल नजिकै गोली चलेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १८ बस्ने बर्ष २९ का सुसान्त के.सी.ले चलाएको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नं.को गाडी रोकी चेकजाँच गर्दा पेस्तोल गोली र खुँडा बरामद भएको बाँकको जनाएको छ ।
गाडी चेकजाँच गर्दा चालक सिटको वाँया तर्फको सिटको सिटकभर भित्र रहेको मेड इन अमेरिका लेखेको अ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १२ । लागु औषधको ओसारपसार विरुद्ध सक्रियता बढाउँदै गएको बाँके प्रहरीलाई एकपछि अर्को गरेर सफलता प्राप्त हुँदै गएको छ । सोही क्रममा विहिबार दिउँसो जमुनाह प्रहरीले भारत जान लागेका दुई महिलासहितका तीनजनाको खान तलाशी गर्दा तीन किलो चरेस लुकाएर लैजान लागेको देखिएपछि चरेससहित तीनै जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई मिन बहादुर विष्टले दिनुभएको जानकारी अनुसार विहिबार दिउँसो करिब २ बजे जमुनाह नाकामा भारत जान लागेका जिल्ला सुर्खेत सिम्ता ४ का विरेन्द्र हमाल, सोही ठाउँकी दिपा बुढा र जाजरकोट शिवालय गापा २ की खिमा खत्रीमाथि शंका लागि चेकजाँच गर्दा ती दुई जना महिलाले बोकेको झोलामा प्लाष्टिकले बेरेर लुकाएर राखिएको तीन किलो चरेस बरामद गरिएको छ ।
बरामद गरिएको चरेस र पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी जमुनाहको हिरास...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १० । ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्न सक्रिय रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेले नेपालगञ्जको पुष्पलाल चोक नजिक सडकमा दुर्घटनाको जोखिम बढेपछि मंगलवार माटो छर्केर दुर्घटनाको जोखिम टार्ने कार्य गरेको छ ।
यात्रु वाहक सवारी साधन ठुलो संख्यामा आवागमन गर्ने र रोक्ने मुख्य ठाउँ बनेको पुष्पलाल चोक नजिकको सडकमा मोबिल पोखिएर सडक अत्याधिक मात्रामा चिल्लो हुन गई सवारी दुर्घटना हुने संभावना भएका कारण सो सडकमा माटो हालेर दुर्घटना हुनबाट जोगाउने कार्य गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताउनुभयो ।
उहाँले नेपालगंज उप–महानगरपालिका वडा नं.१८ स्थित सडकमा मोबिल पोखिएर सडक अत्याधिक मात्रामा चिल्लो हुन गई सवारी साधन चिप्लिने र दुर्घटना हुने संभावना देखेर ट्रयाक्टरमा माटो बोकेर ल्याइ छर्किएको बताउनुुभयो ।
पछिल्लो स...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ८ । नेपालगञ्जमा आइतवार विहान एक विद्यार्थिको मोबाइल लुटिएको छ । बाँके प्रहरी तस्कर विरुद्ध सक्रिय रहेको मौका छोपेर लुटपाट गर्नेहरु पनि सक्रिय भएको सो घट्नाले पुष्टि गरेको छ ।
नेपालगञ्जको आदर्श सेकेन्डेरी स्कुल कक्षा ११ मा अध्ययनरत एक विद्यार्थी बिद्यालय जाने क्रममा आइतबार बिहानै सडकमै लुटिएका हुन । मोटरसाइकलमा आएका दुईजना लुटेराले उनको मोबाइल लुटेर लगेका हुन ।
उक्त स्कुलमा पढ्ने नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मुक्तिपुर बस्ने १७ बर्षिय प्रशान्त थापाको ‘रियल मि सी ३’ मोबाइल लुटिएको हो ।
भे ४ प ५४५८ नम्बरको कालो रंगको स्प्लेन्डर मोटरसाइकलमा आएका दुईजना लुटेराले आइतबार बिहान ६ बजेको समयमा न्यूरोडको भानुभक्त चोक नजिकबाट आफुलाई रोकेर हातपात गरी मोबाइल लुटेर भागेको विद्यार्थी थापाले बताउनुभयो ।
लुटेराहरुसङ्ग आफ्नो मोबाइल खोस्ने क्रममा थापा घाइते भ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ८ गते । बाँकेमा आइतबार बाघले फेरी एक स्थानीयमाथि आक्रमण गरेको छ । आइतबार दिउँसो १२ बजेको आसपासमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका एक स्थानीय बासिन्दामाथि बाघले आक्रमण गरेर घाइते बनाएको हो ।
बाघसंगको दोहोरो लडाईमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका २८ बर्षिय वकिल गद्दीले जित हासिल गरी नयाँ जीवन पाएका छन ।
स्थानीय मन्डफवा सामुदायिक वन उपभोक्ता समुहको जंगलमा दिउँसो १२ बजेतिर घासदाउरा खोज्न गएका बेला बाघले एक्कासी आफूमाथि आक्रमण गरेको घाइते वकिलले बताउनुभयो ।
उहाँका अनुसार केही समयसम्म बाघसंग दोहोरो लडाई भयो । तत्पश्चात बाघले उहाँलाई भुइँमा पल्टायो र घाटीबाट रगत चुस्न थाल्यो । उहाँ बेहोस हुनुभयो । घासदाउरा गर्न सङ्सङै गएका अन्य साथिहरुले होहल्ला गरेपछि बाघ त्यहाँबाट भागेको गद्दीले बताउनुभयो ।
बाघले उहाँको घाटीको अगाडी र पछाडी दुब...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ५ । बाँकेको खजुरा बजारमा निर्माणाधिन फोरलेन सडक लामो समयसम्म नबन्दा आक्रोशित स्थानीयले सडक अवरोध गर्दै फेरी विरोध प्रदर्शन गरेका छन् ।
बजार क्षेत्रको निर्माणाधिन १८ सय मिटर बाटो ४ बर्षसम्म पनि कालोपत्रे नगरिएपछि बिहिबार स्थानीयले बिहानैदेखि नेपालगञ्ज गुलरिया राजमार्ग अवरुद्ध गरेर बिरोध प्रदर्शनमा उत्रिएका थिए ।
स्थानीयले सवारी साधनको आवागमन बन्द गरेर विरोधमा उत्रिएपछि सो राजमार्गमा चल्ने सयौं सवारी साधन चार घण्टासम्म दुबैतर्फ रोकिएका थिए । पटक पटक सडक निर्माणका कामलाई सक्न ताकेता गरेपनि निर्माण कम्पनीले काम अलपत्र छाड्दा चक्का जाम गर्न बाध्य बनेको स्थानिय सतिश निरौलाले बताउनुभयो ।
उहाँले सडक निर्माणको काम अलपत्र हुँदा दिनहुुँ सडक दुर्घटनाहरु हुने गरेको र धुलोबाट स्थानीय विरामी पर्न थालेको बताउनुभयो ।
निर्माण कम्पनीले सडक निर्माणको कामलाई चार वर्षद...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २९ । बाँके र बर्दियाका विभिन्न स्थानमा पेस्तोल दखाई परिवारलाई बन्धक बनाएर डाँका मार्दै आएका दुई जना भारतीय डाँकालाई प्रहरीले पेस्तोलसहित पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेको खजुरामा सुन व्यवसायीको घरमा र बर्दियाको बढैयातालमा एक व्यवसायीको घरमा पेस्तोल लगायतका हतियारको भरमा डाँका मारेर ठुलो रकम लुटपाट गरेका दुई जना भारतीय डाँकालाई पेस्तोलसहित पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाँके खजुरा डि गाउँ बस्ने हरी प्रकास बिकको घरमा हतियारसहित पसेर ५० हजार नगद, साढे तीन तोला सुन र एक मोटरसाइकल लुट्ने तथा बर्दिया बढैयाताल ८ सितलाबजार बस्ने पर्शुराम सार्कीको घरमा पसेर पेस्तोल देखाई ३ लाख ३५ हजारको नगद र सुन लुट्ने भारतीय डाँकालार्ई पेस्तोलसहित पक्राउ गरिएको बताउनुभयो ।
...