३ माघ २०८२, शुक्रबार

अर्थ

बाँके युनेस्कोद्धारा तीन महिने मोबाइल र एसी फ्रिज मर्मत तालिम शुरु

बाँके युनेस्कोद्धारा तीन महिने मोबाइल र एसी फ्रिज मर्मत तालिम शुरु

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, पुस २९ । बाँके युनेस्को क्लबले विपन्न बेरोजगार युवाका लागि मोबाइल र एसी तथा फ्रिज मर्मत तीन महिने तालिम नेपालगञ्जमा सञ्चालन गरेको छ । कतार च्यारिटिको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको जिविकोपार्जन सहयोग परियोजना अन्तर्गत सो तीन महिने तालिम शुरु गरिएको हो । नेपालगञ्जका ७ र जानकी गाउँपालिकाका १ गरेर ८ जना विपन्न बेरोजगार युवालाई मोबाईल र एसी तथा फ्रिज मर्मत सिकाएर उनिहरुलाई स्वरोजगार बनाई जिविकोपार्जनमा सहयोग पुरयाउने उदेश्यले सो तालिम शुरु गरिएको तालिमको उदघाटन गर्दै कतार च्यारिटि नेपालका डेपुटि डायरेक्टर ईर्शाद शेषले बताउनुभयो । उहाँले तालिमका सहभागिलाई राम्ररी मन लगाएर तालिम लिएर आफ्नो आर्थिक अवस्था सुधार गर्ने अवसरका रुपमा यस तालिमलाई लिन आग्रह गर्नुभयो । तालिम उदघाटनको अवसरमा कतार च्यारिटिका कार्यक्रम संयोजक जाहिद खान, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुल...
तीन महिने सिलाई कटाई तालिमका सहभागिलाई मेसिनसहित सामाग्री वितरण

तीन महिने सिलाई कटाई तालिमका सहभागिलाई मेसिनसहित सामाग्री वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, पुस २८ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा तालिममा सहभागि महिलाहरुलाई सिलाई मेसिन सेटसहित विभिन्न औजारहरु वितरण गरिएको छ । अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको थियो । तालिममा नेपालगञ्जका २० जना अति विपन्न तथा एकल महिलाको सहभागिता रहेको थियो । तालिमको समापन समारोहमा नेपालगञ्ज उपमहानगर महिला तथा बालबालिका महाशाखा प्रमुख शोभा शाह, शिक्षा, खेलकुद र युवा महाशाखा प्रमुख गोरख बहादुर थापा, कतार च्यारेटी नेपालका डेपुटी डायरेक्टर ईर्शाद शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र क्लबका कोषाध्यक्ष फिरदोस ज...
नेपालगञ्जमा धान खरिद निकै सुस्त, २० दिनमा १६० किसानको मात्र धान खरिद

नेपालगञ्जमा धान खरिद निकै सुस्त, २० दिनमा १६० किसानको मात्र धान खरिद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, पुस २६ गते । बाँकेमा खाद्य व्यवस्था कम्पनी लिमिटेडले धान खरिद निकै सुस्त गतिमा खरिद गरिरहेको पाइएको छ । एक दिनमा दस जना किसानबाट जनही ३० क्विन्टलको दरले धान खरिद सुरु गरेको सो कार्यालयले २० दिनमा मात्र चार हजार ५०० क्विन्टल धान खरिद गरेको जनाएको छ । जिल्लामा रहेका आठवटै पालिकालाई कोटा निर्धारण गरेर यही पुस ५ गतेबाट २५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर खरिद सुरु गरेकोमा हालसम्म १६० जना किसानबाट चार हजार ५०० क्विन्टल धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो । उहाँले पालिकामा रहेको कृषि शाखाले गरेको सिफारिसका आधारमा धान खरिद गरिरहेको जनाउँदै वास्तविक किसानको मात्रै धान खरिद गरिएको बताउनुभयो । धान विक्रीका लागि आउनुभएका खजुरा ५ का किसान केदार अहिरले कृषि शाखाबाट सिफारिस लिएर ३० क्विन्टल मात्र धान लिएको...
नेपालमै पहिलो पटक डिजिटल प्रणाली मार्फत किसानको बाली बीमा

नेपालमै पहिलो पटक डिजिटल प्रणाली मार्फत किसानको बाली बीमा

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
बढैयातालका १० किसानलाई बीमा भुक्तानी गरियो सिराज खान नेपालगञ्ज, पुस २६ । कृषि विमा अन्तरगत, नेपालमै पहिलो पटक डिजिटल प्रणाली मार्फत बाँके, बर्दिया र नवलपरासीका ९४ जना धान बाली उत्पादक किसानको बीमा गरिएको छ । एनएलजी बिमा कम्पनी लिमिटेड, सिआइएमएमवाईटी नेपाल, फिड द फ्युचर, लुम्बिनी सीड कम्पनी, गेट नेपाल, टिम वन टेक्नोलोजी र सीड इनोभेसन्स प्रालि लगायत स्थानीय कृषि निकायको समूह मिलेर धानवालीमा बिमा सुरु गरिएको हो । सोही अनुसार बीमा गराएर धान वाली क्षति भएका बर्दिया बढैयातालका १० जना किसानलाई धानबालीमा क्षति भए बराबरको रकम बिमा कम्पनीद्वारा वितरण गरिएको एनएलजी बिमा कम्पनीका प्रतिनिधि अनु हमालले बताउनुभयो । उहाँका अनुसार बढैयाताल गाउँपालिका कार्यालयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कृषिसाखा प्रमुख, एनएलजी बिमा कम्पनी लि, सिआइएमएमवाईटी नेपाल, सीड कम्पनी गेट नेपाल र सीड इनोभेसन्स प्रा.लिका प्र...
खजुराको १२ औं गाउँसभा अधिवेसनद्धारा विभिन्न विधयेक पारित

खजुराको १२ औं गाउँसभा अधिवेसनद्धारा विभिन्न विधयेक पारित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, पुस २५ । बाँकेको खजुरा गाउँपालिकाले आफ्नो गाउँसभाको १२ औं अधिवेशन गरेको छ । गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले चालु आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेट समिक्षा बक्तव्य प्रस्तुत गर्नु भएको थियो । गाउँपालिकाको अहिलेसम्मको राजश्व असुल ७७ लाख ७६ हजार ७ सय ५५ रहेकोमा पालिका तर्फको राजश्व असुलि २१ लख १९ हजार ७ सय ६४ रहेको उपाध्यक्ष मल्लले प्रस्तुत गर्नुभयो । वडागत रुपमा ५६ लाख ५६ हजार ९ सय ९१ राजश्व असुल देखिएको छ । खजुराले गाउँपालिकाको नगर प्रहरी विधेयक २०७९, खजुरा गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सक्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९, खजुरा गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि विधेयक २०७९, स्वास्थ्य तथा सरसफाई ऐन २०७८ को परिच्छेद मा सहायक हटाई अध...
माघ १५ देखि नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिंदै, तीनसय बढी टुर अपरेटरको सहभागिता रहने

माघ १५ देखि नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिंदै, तीनसय बढी टुर अपरेटरको सहभागिता रहने

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस २५ । पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ दोस्रो साता नेपालगन्जमा दोस्रो पटक वेष्टर्न ट्राभल मार्ट आयोजना गरिने भएको छ । गतवर्ष यहाँ पहिलो पटक वेष्टर्न ट्राभल मार्ट आयोजना गरिएको थियो । नेपाल पर्यटन वोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसियशन अफ नेपाल हान, होटेल व्यवसायी संघ लगायतका संघ, संस्थाको सहकार्यमा आगामी माघ १५ देखी १७ गतेसम्म ट्राभल मार्ट आयोजना गरिने नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी गराउँदै वेष्टर्न ट्राभल मार्टका संयोजक सिग्देलले पश्चिम नेपालमा पर्यटन व्यवसायको विकासका लागि ट्राभल मार्ट गर्न लागिएको ...
राप्ती नदीमा निर्माण हुने नयाँ पुलको ठेक्का डेढ अर्बमा उठ्यो

राप्ती नदीमा निर्माण हुने नयाँ पुलको ठेक्का डेढ अर्बमा उठ्यो

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
पुर्वमन्त्री ईश्तियाक राईले सो पुल निर्माणको योजना पास गराएका थिए समाचारदाता नेपालगन्ज, पुस २० । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको हुलाकी राजमार्गको बाँके जिल्लाको राप्ती नदीमा बन्ने नयाँ लामो फराकिलो पुलको ठेक्का लागेको छ। हुलाकी राजमार्ग आयोजनाका अनुसार नेपालगञ्जमा राप्ती नदीमाथिको पुल निकै साँघुरो र जिर्ण भएकोले नयाँ पुल निर्माण गर्न तत्कालिन भौतिक पुर्वाधार मन्त्री मोहम्मद ईश्तियाक राईले योजना पारित गराउनु भएको थियो । सो पुल निर्माणको लागि लुम्बिनी रतुवा बन्दन भगवती जेभीले करिब १ अर्ब ५० करोड रुपियाँको लागतमा डिजाइन तथा निर्माण गर्ने गरी ठेक्का पाएको छ। पुलको ठेक्का ४ महिना अगाडि आह्वान गरिएको थियो। सो पुल निर्मााण्का लागि ४ वटा निर्माण कम्पनीहरुले आवेदन दिएका थिए। जसमा कुमार श्रेष्ठ, कालिका कन्स्ट्रक्सन, रतुवा र लुम्बिनी रतुवा बन्दन भगवती जेभी रहेका थिए । ती मध्ये लुम्बिनी रत...
नेपालगञ्ज २० का ५० किसानलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण

नेपालगञ्ज २० का ५० किसानलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, पुस १२ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले नेपालगञ्ज २० मनिकापुरका ५० जना कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरेको छ । यसअघि डुडुवाका ५२ जना किसानलाई पिपिई सेट वितरण गरेको सो संस्थाले मंगलवार नेपालगञ्ज उपमहानगरको वडा नम्बर २० मा ५० जना किसानलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरेको हो । जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा बि ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत नेपालगञ्ज २० मा रहको साथी स्वावलम्बन बहुउदेश्यीय कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरिएको बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनले बताउनुभयो । वडा नम्बर २० का वडा सदस्य चन्द्र बहादुर बुढाले कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गर्दै यसले किसानको पेशागत तथा वातावरण...
बि ग्रुपद्धारा डुडुवाका ५२ कृषक समुहलाई पीपीई सेट वितरण

बि ग्रुपद्धारा डुडुवाका ५२ कृषक समुहलाई पीपीई सेट वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, पुस ९ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले बाँकेको डुडुवा गाउँपालिकाको ५२ कृषक समहुहरुलाई व्यक्तिगत सुरक्षाका लागि पीपीई सेट वितरण गरेको छ । जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत डुडुवा गाउँपालिकाको वडा नम्बर ६ हिरमिनियामा रहको जनएकता बहुउदेश्यीय सहकारी संस्थामा आवद्ध कृषक समुहहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरिएको हो । कार्यक्रमको अध्यक्षता गर्नु भएका बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनले कृषकको सुरक्षालाई ध्यानमा राखेर व्यक्तिगत सुरक्षा सामाग्री वितरण गरिएकोले यसबाट राम्रो परिणाम आउने बताउनुभयो । वडा नम्बर ६ का वडा अध्यक्ष मोहनराज मिश्र र जनएकता बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रफिक खाँले किसानको व्यक्तिगत सुरक्षाका लागि वितरण गरिएको पीपीई सेटले सुरक्षामा महत्वपुर्ण भू...
बर्दियाका युवा महिलाकालागि सेक्युरेटि गार्ड तालिम शुरु

बर्दियाका युवा महिलाकालागि सेक्युरेटि गार्ड तालिम शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगञ्ज, पुस ४ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका युवा महिलालाई रोजगारमा लगाई उनिहरुको आर्थिक अवस्था सुधारकालागि सञ्चालन गरेको सिप विकास तालिम अन्तर्गत सेक्युरेटी गार्डको तालिम शुरु गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत बर्दियाको गुलरियामा सो तालिम शुरु गरिएको हो । बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्षका १२० जना युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि शुरु गरिएको कार्यक्रम अन्तर्गत १८ जना महिलालाई सेक्युरेटि गार्डको तालिम दिन शुरु गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले महिलाको रोजाई अनुसार तालिम दिने कार्य भैरहेको जनाउँदै यो कार्यक्रमले धेरै महिलालाई स्वरोजगार बनाउने बताउनुभयो । क्लबका अनुसार कम्प...