बाँकेमा चार जिपिए ल्याउने एकजना मात्र, ६२.२३ प्रतिशत विद्यार्थी उत्तिर्ण
समाचारदाता
नेपालगन्ज, असार १४ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाँके जिल्लाबाट एकजना विद्यार्थिले मात्र चार जिपिए ल्याउन सफल भएका छन् । जिल्लाबाट यस पटक ६२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका इकाई प्रमुख धनसुदन चौलागाइका अनुसार जिल्लाबाट सात हजार नौ सय २१ जना विद्यार्थीले परीक्षा दिएकोमा ४ हजार नौ सय २९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा दुई हजार ९ सय ९२ विद्यार्थी अनुत्तीर्ण भएको इकाइले जनाएको छ ।
बाँके जिल्लामा चार जिपिए ल्याउने एकजना मात्र बिद्यार्थि कोहलपुरस्थित बालविद्या बोर्डिंग स्कूलकी छात्रा सृजना डिसी रहनु भएको शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख चौलागाइले बताउनुभयो ।
बाँके जिल्लामा ३.६१ देखि ४ जिपिए ल्याउने ६ सय ४२ जना, ३.२१ देखि ३.६० जिपिए ल्याउने एक हजार छ सय ७ जना, २.८१ देखि ३.२० जिपिए ल्याउने एक हजा...









