नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन ९ । जानकी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण गरिएको छ । विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई आकर्षित गर्न साइकल वितरण गरिएको वडा नम्बर ५ ले जनाएको छ।
वडा कार्यालय बेलहरीले एक समारोहबीच वडा परिसरमै छात्राहरुलाई साइकल हस्तान्तरण गर्दै गाउँपालिका प्रमुख छब्बन खाँले उच्च शिक्षासम्म पुग्ने शुभकामना दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी रहनु भएका गाउँपालिका प्रमुख खाँले विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गरिएको बताउनु भयो । उहाँले घर भन्दा दुरीमा विद्यालय पर्ने कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई प्राथमिकतामा राखेर साइकल वितरण गरिएको बताउनुभयो । वितरण कार्यक्रमका सभापति वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले व...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन ८ । बाँके युनेस्को क्लबद्धारा सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । संस्थालाई समय समयमा आवश्यक सुझाव र सल्लाह दिनुका साथै सहयोग समर्थनका लागि जिल्लाका सात जना वरिष्ठ व्यक्तित्वहरुलाई सल्लाहकार समितिमा मनोनयन गरिएको क्लबका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले क्लबको १० औं अधिवेसनबाट नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले सात जनाको सल्लाहकार समिति गठना गरेको बताउनुभयो । क्लबको सल्लाहकारमा मनोनित हुनुभएकाहरुमा वरिष्ठ पत्रकारहरु सिराज खान, विजय बर्मा, रुद्र सुवेदी, राकेश मिश्र, नरेन्द्र थपा र झलक गैरे तथा वरिष्ठ धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरी रहनु भएको छ ।
यसैगरि सोही बैठकले संस्थाको वरिष्ठ उपाध्यक्षमा पन्चम गुरुंगलाई मनोनित गरेको छ । यसअघि शनिवार सम्पन्न साधारणसभा र अधिवेसनको बन्द सत्रले वरिष्ठ उपाध...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ८ साउन । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका चार जना अति विपन्न परिवारलाई आयआर्जनका लागि किराना र नास्ता पसल सञ्चालनमा सहयोग गरेको छ ।
सोही क्रममा क्लबले सञ्चालन गरेको आयआर्जनका लागि व्यावसायीक परियोजना अन्तर्गत नेपालगञ्ज ११ का अति विपन्न एकल महिला शाहजहाँ मिस्त्रीलाई सहयोग गरिएको किराना पसलको आइतवार उदघाटन गरिएको छ ।
सो पसलको उदघाटन नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले संयुक्त रुपमा गर्नुभयो ।
सो अवसरमा नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य किरातले कतार च्यारेटीको सहयोगमा क्लबले अतिविपन्नलाई गरेको यो सहयोग...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ७ साउन । बाँके युनेस्को क्लबको शनिवार सम्पन्न दशौं अधिवेशनले रवि तुलाधरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
तुलाधरको अध्यक्षतामा निर्वाचित भएको कार्यसमितिको उपाध्यक्षमा ललिता चौधरी, महासचिवमा बुद्धेश जैसवाल, कोषाध्यक्षमा फिरदौस जहाँ खान, सचिवमा सोबिया सिद्दिकी शाह निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत साजिद अली सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार कार्यसमितिको सदस्यहरुमा भाबुक जंग थापा, फरमान अली सिद्दिकी, मीना भुसाल, जावेद सिद्दिकी, मीना चौधरी र शाहिल अन्सारी निर्वाचित हुनु भएको छ ।
सोही अधिवेसनले नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात र नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारलाई आजिवन मानार्थ संरक्षकमा मनोनित गरेको छ भने निवर्तमान अध्...
कोभिड रोक्न अहम भूमिका निभाउने चिकित्सक र स्वास्थ्यकर्मीको सम्मान
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ७ साउन । बाँके युनेस्को क्लबले आफ्नो ३३ औँ बार्षिक साधारणसभा तथा १० औँ अधिवेसन विविध कार्यक्रमका साथ शनिवार नेपालगन्जमा सम्पन्न गरेको छ ।
सो साधारणसभा र अधिवेसनको उद्घाटन प्रमुख अतिथि नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले एक भव्य समारोहका विच गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले देशभरिकै सबैभन्दा राम्रो र उत्कृष्ट युनेस्को क्लबको कार्यक्रममा सहभागि हुन पाउँदा गर्व महसुस भैरहेको बताउनुभयो । उहाँले ३३ वर्षको अवधीमा क्लबले गरेका कामहरु अतिनै सराहनीय र उल्लेखनीय रहेको बताउनुभयो ।
सो अवसरमा नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारले बाँके युनेस्को क्लबलाई आफुहरुले शुरु देखिनै सहयोग गर्दै आएकोमा य...
सिराज खान
नेपालगञ्ज, साउन ५ । देव्यानी इन्टरनेशनल नेपाल प्रालिद्धारा सञ्चालित केएफसीले नेपालगञ्जको मदरसामा अध्ययनरत विपन्न तथा गरिब बाल बालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
विहिबार यहाँस्थित मदरसा दारुल उलुम बरकातियामा आयोजित एक कार्यक्रममा बरकातियाका ३१६ जना अतिविपन्न तथा गरिब बालबालिकालाई जनही एक स्कुल व्याग र ६ वटा कपी वितरण गरियो ।
विपन्न भएका कारण व्याग समेत खरिद गर्न नसक्ने मदरसाका अति विपन्न बालबालिकालाई सामाजिक उत्तरदायीत्व अन्तर्गत ३१६ वटा व्याग र कपी वितरण गरिएको देव्यानी इन्टरनेशनल नेपालका प्रमुख विजय शर्माले बताउनुभयो ।
उहाँले अतिनै गरिब बिद्यार्थिलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको जनाउँदै संस्थाले सधैं गरिब र विपन्नलाई सहयोग गर्दै आएको बताउनुभयो ।
सो अवसरमा केएफसीका नेपाल प्रमुख शर्मा लगायत वित्तिय प्रमुख ऋतुराज शाह, एचआर प्रमुख दिपेश भट्ट, अप्रेसन प्रमु...
दिनेश प्रसाद श्रेष्ठ, बर्दिया
नेपालमा सबैभन्दा पहिले रेल लाइन बिच्छाइएको र चलेको भनेको नै बर्दिया जिल्लामा हो। यो रेल १०८ बर्ष अघि सन् १९१० बि सं १९६७ देखि शुरु भएर सन् १९२० बि सं १९७७ सम्म १० बर्ष मात्र संचालनमा थियो। तर यो रेल यात्रुहरुको आवागमनको लागि नभएर गेरुवानदी पूर्व र बबई नदी पश्चिमपट्टिको जङ्गलका काठ कटान र मुछान गरि भारततिर ढुवानी गर्ने प्रयोजनका लागि मात्र थियो। यसका लागि श्री ३ प्रधानमन्त्री चन्द्र शमशेर जबराको स्वीकृतिबाट ईष्ट इण्डिया कम्पनी सरकारको फरेष्ट्री डिपार्टमेन्टका कन्जरभेटर जेभी कोलिएर आफैले ठेक्का लिएका थिए। उनले यस्तो ठेक्का कैलाली र नेपालको पूर्वी तराईमा पनि लिएका थिए । कैलालीमा दुल्लु दर्रा डाडा सरकारको ठेक्का राज्य मलवाराभित्र पर्ने भारतीय सीमावर्ती टिकुनियारबेलरायादेखि उत्तर भगिनी सुखडसम्म जङ्गल कटान, मुछान र भारततर्फ काठ ढुवानी गर्न बर्दियामा रेल लगेको एक बर...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार २७ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बाँकेको डुडुवादेखि राँझासम्म निर्माण गरिने सडकको सोमवार सिलान्यास गर्नु भएको छ ।
डुडुवा २ बेतहनीमा आयोजना गरिएको एक कार्यक्रमका विच मन्त्री राईले सो सडक निर्माणको सिलान्यास गर्नुभयो । उक्त अवसरमा बोल्दै उहाँले जिल्लाका ग्रामिण क्षेत्रलाई सदरमुकाम र मुख्य राजमार्गसंग जोड्ने सडकहरु निर्माणमा तिव्रता दिईने बताउनुभयो ।
उहाँले सडक र विद्युत विस्तार गर्ने वित्तिकै विकासले आफै फड्को मार्ने र नागरिकको जिवनस्तर र आर्थिक अवस्थामा समेत परिवर्तन आउने भएकोले सरकारले ग्रामिण सडकहरुलाई उच्च मापदण्डका साथ कालोपत्रे निर्माण गर्ने योजना अघि सारेको बताउनुभयो ।
निर्वाचन क्षेत्र सडक रणनैतिक योजना अन्तर्गत उक्त सडक निर्माण गर्न लागिएको मन्त्री राईले बताउनुभयो ।
सो कार्यक्रममा हुलाकी सडक आयोजनाका प्रमुख ...
सिराज खान
नेपालगञ्ज, असार २५ । तेस्रो पटक संघीय सरकारको मन्त्रीमा नियुक्त हुनु भएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईलाई शनिवार नेपालगञ्ज विमानस्थलमा भव्य स्वागत गरियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि बकराईद मनाउन पहिलो पटक गृहनगर नेपालगञ्ज पुग्नु भएका मन्त्री राईलाई जनता समाजवादी पार्टीका सयौं नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
नेता कार्यकर्तासहित नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद ईश्तियाक अहमद शाह, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी, राष्टिय अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरीका डीएसपी, नेपालगञ्ज विमानस्थलका प्रमुख लगायतले पनि विमानस्थलमा मन्त्रीको स्वागत गर्नुभयो । केही भारतीय नेताहरु पनि स्वागतका लागि विमानस्थल पुग्नु भएको थ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार २५ । तेस्रो पटक संघीय सरकारको मन्त्रीमा नियुक्त हुनु भएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राई शनिवार आफ्नो गृहनगर नेपालगञ्ज आउँदै हुनुहुन्छ । उहाँ बकराईद मनाउन तथा जिल्लाका नेता कार्यकर्ताहरुसंग भेटघाटका लागि नेपालगञ्ज आउने कार्यक्रम रहेको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृहनगर आउन लाग्नु भएका मन्त्री राईको शनिवार अपरान्ह नेपालगञ्ज विमानस्थलमा भव्य स्वागत गरिने तथा बृहत्त जुलुसका साथ उहाँलाई नेपालगञ्ज ल्याउने कार्यक्रम रहेको जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो । उहाँले मन्त्री राई सवार हुने विमान ३ बजेर ४० मिनेटमा विमानस्थलमा पुग्ने कार्यक्रम रहेकोले जिल्लाका नेता कार्यकर्ताहरु स्वागतका लागि विमानस्थलतर्फ जान २ बजे पार्टी कार्यालयमा भेला हुने कार्यक्रम रहेको बताउनुभ...