नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १० । स्थानीय तहको निर्वाचनको मुखमा आएर विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले दल बदल्ने क्रम बाँकेमा पनि तिव्र रुपमा अगाडी बढेको छ । केही दिन पहिले मात्रै माओवादी केन्द्र नेपालगञ्जका सहसचिव व्यापारी नेता नन्दलाल वैश्य राप्रपामा प्रवेश गरे भने टिकेट नपाएको झोकमा जसपाबाट रमारानी वैश्यले राप्रपा नेपाल रोज्नुभयो ।
सोही क्रमलाई जारी राख्दै शनिवार डुडुवा गाउँपालिकामा ठुलो उलटफेर भएको छ । पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईको प्रयासले नेपाली काँग्रेसका पुराना नेता तथा बांके क्षेत्र न २ क का उपसभापति डुडुवा २ निवासी मनोज कुमार चौधरी जसपामा प्रवेश गर्नु भएको छ ।
चौधरीलाई एक कार्यक्रमका विच पुर्वमन्त्री राईले जसपाको सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराउनुभयो । सो अवसरमा डुडुवाबाट अध्यक्षका उम्मेदवार भण्डारीलाल यादवले पनि चौधरीलाई स्वागत गर्नु भएको थियो ।
सो...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १० । नेकपा माओवादी केन्द्रले नेपालगञ्ज उपमहानगरको निर्वाचनमा मेयर, उपमेयर र २३ वटै वडामा एक्लै निर्वाचन लड्ने निर्णय गरेको छ । गठबन्धनले माओवादीलाई मेयर उपमेयर केही पनि नदिएको अवस्थामा वडामा समेत काँग्रेस र जनता समाजवादी पार्टीले आफुहरुलाई राम्रो ठाउँ नदिएको जनाउँदै सबै पदमा उम्मेदवारी दिएर एक्लै निर्वाचनमा होमिने निर्णय गरिएको शनिवार अपरान्ह आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइयो ।
माओवादी केन्द्र नेपालगञ्ज उपमहानगर कमिटिका अध्यक्ष रतन शाहीले पत्रकार माझ विज्ञप्ती जारी गर्दै माओवादीले सैद्धान्तिक रुपमा गठबन्धनलाई स्विकार गरेर अगाडी बढिरहेको अवस्थामा नेपालगञ्जमा मेयर उप मेयर नपाउँदा वडामा न्याय गर्न काँग्रेस र जसपासंग छलफल गरिएपनि वास्ता नगरिएको जनाउँदै सबै पदमा उम्मेदवारी दिने र निर्वाचन एक्लै लड्ने निर्णय गरिएको बताउनुभयो ।
उहाँले काँग्रेस र जस...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १० । गत केही समययता नेपालगञ्ज उपमहानगरका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी हुने क्रम बढेको छ । नगरमा अहिले मोटरसाइकल चोरहरु सक्रिय रहेको गुनासो धेरैले गरेका छन् ।
सोही क्रममा गत चैत ५ गते नेपालगञ्जको जिल्ला प्रशासन कार्यालय नजिक रहेको फेमिली डेन्टल केयर अगाडीबाट हराएको मोटरसाइकल अझै फेला परेको छ्रन ।
चोरी भएलगत्तै प्रहरीमा जानकारी गराईएपनि आफ्नो हराएको भे ११ प ४०९७ नम्बरको कालो रातो पल्सर मोटरसाइकल अझैपनि नभेटिएको मोटरसाइकलका मालिक सुमित कुमार लखेरले बताउनुभयो ।
उहाँले भर्खरै केही दिन पहिले मात्र किनेको सो नयाँ मोटरसाइकल चैत ५ गते शनिवार अपरान्ह ४ बजेर १० मिनेटमा चोरी भएको बताउनुभयो ।
...
सिराज खान
नेपालगञ्ज, वैशाख १० गते । सरकारले देशैलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपालगञ्जसहित बाँकेमा विद्युतको अघोषित लोडसेडिङ र समस्याबाट चर्को गर्मीको समयमा आमनागरिकले सास्ती खेप्न बाध्य छन् ।
केही समययता बढेको अत्याधिक गर्मीकाबीच अघोषित रुपमा भैरहेको घण्टौको लोडसेडिङ र विद्युत आपूर्ति असहज हुँदा आम नागरिकको जीवन कष्टकर बन्दै गएको छ ।
प्रचण्ड गर्मीको बेला पटक पटक विद्युत आपूर्ति बन्द हुने र घण्टौसम्म नआउने हुँदा अधिकांश जिल्लावासी अत्याधिक सास्ती खेप्न बाध्य भएको स्थानीय अगुवा कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाँले विद्युतमा भैरहेको अघोषित लोडसेडिङका बारेमा पटक पटक प्राधिकरणको ध्यान आकर्षण गराउँदा समेत कुनै सुधार नभएको विद्युत अनियमितता जारी नै रहेको गुनासो गर्नुभयो ।
बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय बासिन्दा विद्युत आपूर्ति असहज हुँदा झन आक्रोशित बनेको नेपालगञ्ज उ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ८ । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक रिपेन्द्रकुमार सिंहले नेपालगञ्जको शान्ति सुरक्षासंगै अपराध नियन्त्रण र लागु औषधको कारोबार र सेवन नियन्त्रणमा आफ्नो विशेष फोकस हुने बताउनु भएको छ । उहाँले जनताको सहयोगले नगरलाई अपराधमुक्त र गैर कानुनी क्रियाक्लाप न्युनिकरण गर्न हरसंभव प्रयास गरिने बताउनुभयो ।
हालै मात्र वडा प्रहरी कार्यालय नेपालगन्जमा सरुवा भएर आउनु भएका प्रहरी निरिक्षक सिंहले पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गरेर सो बताउनु भएको हो। सो अवसरमा उहाँले पत्रकारहरुसंग यहाँको अवस्थाका बारेमा सुझाव माग्नुका साथै अन्तरक्रिया समेत गर्नु भएको थियो ।
वडा प्रहरी कार्यालय नेपालगञ्ज मिडियामैत्री रहने विश्वास दिलाउँदै उहाँले आफु आपराधिक गतिविधि नियन्त्रणमा कडाईका साथ लाग्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । लागुऔषध नियन्त्रण, ट्राफिक व्यव...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ७ । नेपालगञ्ज उपमहानगर माओवादी केन्द्रले मेयर र उपमेयर मध्य कुनै पनि पद नपाएपछि प्रेस विज्ञप्ति मार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै पार्टीकै अपमान गरिएको निष्कर्श निकालेर सो निर्णय सच्चाउन माग गरेको छ ।
गठबन्धनले नेपालगन्जका माओवादी माथी अन्याय गरेको नेपालगन्ज उपमहानगर अध्यक्ष रतन बहादुर शाही र सचिब प्रेम शाहद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । सो विज्ञप्तिमा भनिएको छ, यतिबेला सिङ्गो देश निर्वाचनमा केन्द्रित भइरहेको छ । हाम्रो पार्टी लगायत ५ दलिय गठबन्धन गरि निर्वाचनमा होमिने कुराको स्वागत गर्दछौँ । तर गठबन्धनको नाममा पश्चिम नेपालको केन्द्रको रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको २०७४ सालको स्थानीय तहको निर्वाचनमा ४ वटा वडा अध्यक्ष सहित सम्मानजनक तेस्रो स्थानमा रहेको र पछिल्लो पटक हाम्रो पार्टी संगठन बलियो ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ७ । पाँच दलिय गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको बारेमा गरेको सहमतिलाई जनता समाजवादी पार्टी बाँकेले अस्वीकार गर्दै विद्रोहको चेतावनी दिएको छ। सो पार्टीको बाँके जिल्ला अध्यक्ष तथा नेपालगञ्जबाट मेयरका उम्मेदवार कमरुद्दीन राईले जसपा बाँकेले पहिलेनै नेपालगञ्ज लगायत जिल्लाका चार पालिकामा प्रमुखमा कसैसंग गठबन्धन नगर्ने निर्णय गरिसकेकोले बुधवार केन्द्रमा गरिएको निर्णय यहाँ लागु नहुने बताउनु भएको छ । उहाँले जसपा बाँकेले धेरै दिन अघि सो निर्णय गरेर पार्टीको केन्द्र र प्रदेशमा जानकारी गराई सकेको हुँदा पनि पार्टीले केन्द्रको उक्त निर्णयमा हस्ताक्षर गरेको प्रति कडा आपत्ती जनाउँदै विहिबार १० बजेसम्म निर्णय नसच्चाईए पार्टीमा विद्रोह हुने र सबै ठाउँमा उम्मेदवारी दिने बताउनुभयो ।
गठबन्धनले बुधबार नेपालगञ्ज उपमहानगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा जसपालाई दिने...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ७ गते । मधेसी तथा मुस्लिम छात्राहरुलाई उच्च शिक्षाका लागि सहजता प्रदान गर्न नेपालगञ्जमा महिला कलेज निर्माण गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले निर्माण गरेको मङ्गलप्रसाद महिला कलेजको बुधबार उद्घाटन गरिएको छ । पुर्वाञ्चल बिश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइराला, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, प्रदेश सांसद आईपी खरेलले बुधबार औपचारिक कार्यक्रमका बीचमा कलेजको उद्घाटन गर्नुभयो ।
कलेजको उद्घाटन गर्दै प्रा.डा. कोइरालाले पुर्वाञ्चल विश्व विद्यालयले निजी क्षेत्रबाट सञ्चालित मात्रै नभएर समुदायस्तरबाट सञ्चालित कलेजलाई पनि सम्बन्धन दिनका लागि प्राथमिकता दिने गरेको बताउनुभयो ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपालगञ्जमा मधेसी र मुस...
समाचारदाता
नेपालगञ्ज, बैशाख ७ । यातायात व्यवस्था कार्यालय बाँकेबाट लिईएको मोटरसाईकलको प्रयोगात्मक परिक्षामा सहभागि एकजना परिक्षार्थिले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर परिक्षा दिई पास गरेको पाईएकोले ती व्यक्तिलाई पक्राउ गरेर कारवाही अगाडी बढाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहका अनुसार मोटरसाईकलको चालक अनुमति पत्रको प्रयोगात्मक परिक्षामा जिल्ला जुम्ला तिला गाउँ पालिका ४ बस्ने गोरेनाथ योगोको छोरा बर्ष १९ को कमलनाथ योगीले हुम्ला गाउँ पालिका वडा नं २ बस्ने देबमणी जैसीको छोरा बर्ष २२ को पुन्न लाल जैसीको नेपाली नागरीकताको प्रमाण पत्रमा आफ्नो फोटा टाँस गरी परिक्षामा सहभागी हन आएको हुदा निजलाई पक्राउ गरिएको बताउनुभयो ।
योगीलाई पक्राउ गरेर थप कारवाहीका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा पठाईएको पनि...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ७ । नेपाली काँग्रेसले नेपालगञ्ज र कोहलपुर कुनै पनि हालतमा नछोड्ने अडान लिएपछि बाँकेमा सत्ता साझेदार दलहरुविच गठबन्धनको संभावना करिब करिब समाप्त भएको छ । नेपालगञ्ज र कोहलपुरमा काँग्रेसको अडान, नेपालगञ्जमा जनता समाजवादी पार्टीको अडान र कोहलपुरमा माओवादी केन्द्रको अडानले गठबन्धन नहुने निश्चित जस्तै देखिएको छ ।
काँग्रेसको अडानपछि जनता समाजवादी पार्टीले नेपालगञ्ज लगायतका चार पालिकामा एक्लै निर्वाचन लड्ने निर्णय गरेर प्रचार प्रसारमा होमिएको बेला नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुरले पनि आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेर प्रचार प्रसारलाई तिव्र पारेको छ ।
सत्ता साझेदार दलविच केन्द्रमा गठबन्धको कुरा चलि रहदा कोहलपुरमा भने माओवादी केन्द्र आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय भएको एक माओवादी नेताले जानकारी दिए ।
जसका लागी माओवादी केन्द्र...