संविधान र संघियताको रक्षाका लागि गठबन्धन बनेको पुर्वमन्त्री राईको भनाई
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १४ । बाँकेको नेपालगञ्ज उपमहानगर, खजुरा, कोहलपुर र जानकी गाउँपालिकामा भएको बलियो गठबन्धनका कारण ती चार वटै पािलकामा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको दावी गठबन्धनका दलहरुले गरेका छन् । नेपालगञ्जमा नेपाली काँग्रेस र जसपा, खजुरामा नेकपा माओवादी र नेपाली काँग्रेस, कोहलपुरमा नेकपा माओवादी र एकिकृत समाजवादी तथा जानकीमा जसपा र माओवादी गठबन्धन अन्य दलहरु भन्दा धेरै अगाडी रहेको स्थानीयले बताएका छन् । नरैनापुर र डुडुवामा भने जनता समाजवादी पार्टी एक्लै अन्य दलभन्दा अगाडी रहेको जसपाको दावी छ ।
जानकी गाउँपालिकामा गत निर्वाचनमा बलियो अवस्थामा रहेका जसपा र माओवादी केन्द्र मिलेपछि अहिले सो गठबन्धन निकै बलियो बनेको जसपाबाट अध्यक्षका उम्मेदवार राजिव बर्माले बताउनुभयो । उहाँले यस पटक जसपा ए...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १२ । विगत लामो समयदेखि माओवादी केन्द्रमा आवद्ध रहेर निरन्तर सक्रियतापुर्वक जनता र पार्टीको काम गर्दै आउनु भएकी कल्पना शर्माले नेपालगञ्ज वडा नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।
पार्टीको तर्फबाट खटिएर दिनरात जनताको सेवासंगै संगठन निर्माणको काम समेत गर्दै आउनु भएकी शर्मालाई अन्तिममा आएर माओवादी केन्द्रले टिकट नदिएपछि स्थानीय वासिन्दाको दवावका कारण बाध्य भएर स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ ।
नेपालगञ्जको उद्योगी व्यवसायीविच अत्याधिक लोकप्रिय रहनु भएकी नेतृ शर्माले स्थानीयको चर्काे दवावका कारण आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले टिकट वितरणमा आफुसंग मात्र नभई धेरैजनासंग अन्याय भएको जनाउँदै पार्टीको यस्तो निर्णयले नेपालगञ्जमा माओवादीलाई ठुलो क्षति भएको बताउनुभयो ।
वडावासीको सदासयता र आत्मियताका कारण आफुले उम्मेदवारी दि...
सिराज खान
नेपालगञ्ज, बैशाख १२ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगञ्जमा सत्ता साझेदार गठबन्धनको तर्फबाट मेयरमा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्धीन राईले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
गठबन्धनमा रहेका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले बाजागाजासहितको जुलुससंगै सोमवार दिउँसोपछि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
जनता समाजवादी पार्टी बाँकेले रंगशालास्थित आफ्नो पार्टी कार्यालयबाट र नेपाली काँग्रेस बाँकेले सुर्खेतरोडस्थित आफ्नो कार्यालयबाट छुट्टा छुट्टै जुलुससहित गएर संगै उम्मेदवारी दर्ता गराएका थिए ।
उम्मेदवारी दर्ता गराएलगत्तै त्यहाँ उपस्थित पत्रकारहरुसंग कुरा गर्दै मेयरका उम्मेदवार विष्टले विशेष परिस्थितिमा बनेको गठबन्धनले विशेष उदेश्य पुरा गर्ने दावी गर्दै नेपालगञ्जमा गठबन्धनक...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १० । स्थानीय तहको निर्वाचनको मुखमा आएर विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले दल बदल्ने क्रम बाँकेमा पनि तिव्र रुपमा अगाडी बढेको छ । केही दिन पहिले मात्रै माओवादी केन्द्र नेपालगञ्जका सहसचिव व्यापारी नेता नन्दलाल वैश्य राप्रपामा प्रवेश गरे भने टिकेट नपाएको झोकमा जसपाबाट रमारानी वैश्यले राप्रपा नेपाल रोज्नुभयो ।
सोही क्रमलाई जारी राख्दै शनिवार डुडुवा गाउँपालिकामा ठुलो उलटफेर भएको छ । पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईको प्रयासले नेपाली काँग्रेसका पुराना नेता तथा बांके क्षेत्र न २ क का उपसभापति डुडुवा २ निवासी मनोज कुमार चौधरी जसपामा प्रवेश गर्नु भएको छ ।
चौधरीलाई एक कार्यक्रमका विच पुर्वमन्त्री राईले जसपाको सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराउनुभयो । सो अवसरमा डुडुवाबाट अध्यक्षका उम्मेदवार भण्डारीलाल यादवले पनि चौधरीलाई स्वागत गर्नु भएको थियो ।
सो...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १० । नेकपा माओवादी केन्द्रले नेपालगञ्ज उपमहानगरको निर्वाचनमा मेयर, उपमेयर र २३ वटै वडामा एक्लै निर्वाचन लड्ने निर्णय गरेको छ । गठबन्धनले माओवादीलाई मेयर उपमेयर केही पनि नदिएको अवस्थामा वडामा समेत काँग्रेस र जनता समाजवादी पार्टीले आफुहरुलाई राम्रो ठाउँ नदिएको जनाउँदै सबै पदमा उम्मेदवारी दिएर एक्लै निर्वाचनमा होमिने निर्णय गरिएको शनिवार अपरान्ह आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइयो ।
माओवादी केन्द्र नेपालगञ्ज उपमहानगर कमिटिका अध्यक्ष रतन शाहीले पत्रकार माझ विज्ञप्ती जारी गर्दै माओवादीले सैद्धान्तिक रुपमा गठबन्धनलाई स्विकार गरेर अगाडी बढिरहेको अवस्थामा नेपालगञ्जमा मेयर उप मेयर नपाउँदा वडामा न्याय गर्न काँग्रेस र जसपासंग छलफल गरिएपनि वास्ता नगरिएको जनाउँदै सबै पदमा उम्मेदवारी दिने र निर्वाचन एक्लै लड्ने निर्णय गरिएको बताउनुभयो ।
उहाँले काँग्रेस र जस...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १० । गत केही समययता नेपालगञ्ज उपमहानगरका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी हुने क्रम बढेको छ । नगरमा अहिले मोटरसाइकल चोरहरु सक्रिय रहेको गुनासो धेरैले गरेका छन् ।
सोही क्रममा गत चैत ५ गते नेपालगञ्जको जिल्ला प्रशासन कार्यालय नजिक रहेको फेमिली डेन्टल केयर अगाडीबाट हराएको मोटरसाइकल अझै फेला परेको छ्रन ।
चोरी भएलगत्तै प्रहरीमा जानकारी गराईएपनि आफ्नो हराएको भे ११ प ४०९७ नम्बरको कालो रातो पल्सर मोटरसाइकल अझैपनि नभेटिएको मोटरसाइकलका मालिक सुमित कुमार लखेरले बताउनुभयो ।
उहाँले भर्खरै केही दिन पहिले मात्र किनेको सो नयाँ मोटरसाइकल चैत ५ गते शनिवार अपरान्ह ४ बजेर १० मिनेटमा चोरी भएको बताउनुभयो ।
...
सिराज खान
नेपालगञ्ज, वैशाख १० गते । सरकारले देशैलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपालगञ्जसहित बाँकेमा विद्युतको अघोषित लोडसेडिङ र समस्याबाट चर्को गर्मीको समयमा आमनागरिकले सास्ती खेप्न बाध्य छन् ।
केही समययता बढेको अत्याधिक गर्मीकाबीच अघोषित रुपमा भैरहेको घण्टौको लोडसेडिङ र विद्युत आपूर्ति असहज हुँदा आम नागरिकको जीवन कष्टकर बन्दै गएको छ ।
प्रचण्ड गर्मीको बेला पटक पटक विद्युत आपूर्ति बन्द हुने र घण्टौसम्म नआउने हुँदा अधिकांश जिल्लावासी अत्याधिक सास्ती खेप्न बाध्य भएको स्थानीय अगुवा कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाँले विद्युतमा भैरहेको अघोषित लोडसेडिङका बारेमा पटक पटक प्राधिकरणको ध्यान आकर्षण गराउँदा समेत कुनै सुधार नभएको विद्युत अनियमितता जारी नै रहेको गुनासो गर्नुभयो ।
बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय बासिन्दा विद्युत आपूर्ति असहज हुँदा झन आक्रोशित बनेको नेपालगञ्ज उ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ८ । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक रिपेन्द्रकुमार सिंहले नेपालगञ्जको शान्ति सुरक्षासंगै अपराध नियन्त्रण र लागु औषधको कारोबार र सेवन नियन्त्रणमा आफ्नो विशेष फोकस हुने बताउनु भएको छ । उहाँले जनताको सहयोगले नगरलाई अपराधमुक्त र गैर कानुनी क्रियाक्लाप न्युनिकरण गर्न हरसंभव प्रयास गरिने बताउनुभयो ।
हालै मात्र वडा प्रहरी कार्यालय नेपालगन्जमा सरुवा भएर आउनु भएका प्रहरी निरिक्षक सिंहले पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गरेर सो बताउनु भएको हो। सो अवसरमा उहाँले पत्रकारहरुसंग यहाँको अवस्थाका बारेमा सुझाव माग्नुका साथै अन्तरक्रिया समेत गर्नु भएको थियो ।
वडा प्रहरी कार्यालय नेपालगञ्ज मिडियामैत्री रहने विश्वास दिलाउँदै उहाँले आफु आपराधिक गतिविधि नियन्त्रणमा कडाईका साथ लाग्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । लागुऔषध नियन्त्रण, ट्राफिक व्यव...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ७ । नेपालगञ्ज उपमहानगर माओवादी केन्द्रले मेयर र उपमेयर मध्य कुनै पनि पद नपाएपछि प्रेस विज्ञप्ति मार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै पार्टीकै अपमान गरिएको निष्कर्श निकालेर सो निर्णय सच्चाउन माग गरेको छ ।
गठबन्धनले नेपालगन्जका माओवादी माथी अन्याय गरेको नेपालगन्ज उपमहानगर अध्यक्ष रतन बहादुर शाही र सचिब प्रेम शाहद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । सो विज्ञप्तिमा भनिएको छ, यतिबेला सिङ्गो देश निर्वाचनमा केन्द्रित भइरहेको छ । हाम्रो पार्टी लगायत ५ दलिय गठबन्धन गरि निर्वाचनमा होमिने कुराको स्वागत गर्दछौँ । तर गठबन्धनको नाममा पश्चिम नेपालको केन्द्रको रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको २०७४ सालको स्थानीय तहको निर्वाचनमा ४ वटा वडा अध्यक्ष सहित सम्मानजनक तेस्रो स्थानमा रहेको र पछिल्लो पटक हाम्रो पार्टी संगठन बलियो ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ७ । पाँच दलिय गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको बारेमा गरेको सहमतिलाई जनता समाजवादी पार्टी बाँकेले अस्वीकार गर्दै विद्रोहको चेतावनी दिएको छ। सो पार्टीको बाँके जिल्ला अध्यक्ष तथा नेपालगञ्जबाट मेयरका उम्मेदवार कमरुद्दीन राईले जसपा बाँकेले पहिलेनै नेपालगञ्ज लगायत जिल्लाका चार पालिकामा प्रमुखमा कसैसंग गठबन्धन नगर्ने निर्णय गरिसकेकोले बुधवार केन्द्रमा गरिएको निर्णय यहाँ लागु नहुने बताउनु भएको छ । उहाँले जसपा बाँकेले धेरै दिन अघि सो निर्णय गरेर पार्टीको केन्द्र र प्रदेशमा जानकारी गराई सकेको हुँदा पनि पार्टीले केन्द्रको उक्त निर्णयमा हस्ताक्षर गरेको प्रति कडा आपत्ती जनाउँदै विहिबार १० बजेसम्म निर्णय नसच्चाईए पार्टीमा विद्रोह हुने र सबै ठाउँमा उम्मेदवारी दिने बताउनुभयो ।
गठबन्धनले बुधबार नेपालगञ्ज उपमहानगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा जसपालाई दिने...