बाँके प्रहरीलाई अर्को ठुलो सफलता, ३० ग्राम ब्राउनसुगरसहित तीन कारोबारी पक्राउ
सिराज खान
नेपालगञ्ज, माघ १० । बाँके प्रहरीलाई सोमवार फेरी एउटा ठुलो सफलता प्राप्त भएको छ । लागु औषध नियन्त्रणमा विशेष रुपमा सक्रिय रहेको प्रहरीले सोमवार ठुलो परिमाणमा नेपालगञ्जबाट ३० ग्राम ब्राउनसुगरसहित करिब २ लाख रुपियाँ बरामद गर्दै तीन जना तस्करलाई पनि पक्राउ गर्न समेत सफल भएको छ ।
पक्राउ परेकाहरु लागु औषको कारोबारमा लामो समयदेखि संलग्न रहेको र उनिहरुले सीमापारीबाट लागु औषध ब्राउन सुगर भित्रयाएर बाँके लगायत अन्य जिल्लामा समेत पठाउने गरेको बुझिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार सोमवार दिउँसो साढे १ बजे सिमा प्रहरी कार्यालय जयसपुरका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार सिंहको कमान्डमा रहेको लागू औषध व्युरो र जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको टोलीले नेपालगञ्ज १७ स्थित चौलिका चोकदेखि पश्चिमतर्फबाट ३...









