जब एक घण्टाका लागि बर्दियाको प्रजिअ बनिन् प्रतिक्षा न्यौपाने
समाचारदाता
नेपालगन्ज, जेठ २८ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ कीे प्रतीक्षा न्यौपानेले एक घण्टाका लागि बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बन्ने अवसर पाइन् ।
प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले किशोरीहरूको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालन गरेको गल्र्स टेक ओभर कार्यक्रम अन्तर्गत बालिका न्यौपानेलाई बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बनाईएको हो ।
प्रमुख जिल्ला अधिकारीको पदभार ग्रहण गरेलगत्तै कार्यक्रममा उपस्थित किशोरीहरुले बर्दिया जिल्लामा रहेका सरकारी कार्यालयमा कर्मचारीहरू समयमै नआउने र ढिलोगरी कार्यालयमा आउने कर्मचारीहरूलाई कारबाही नभएको गुनासो गरेका थिए ।
त्यसैगरी लागू औषध दुव्र्यसनी, बालविवाह, मानव बेचबिखन लगायत सडक दुर्घटनाका बिषयमा पनि उनिहरुले प्रमुख जिल्ला अधिकारीसंग प्रश्न गरेका थिए ।
एक घण्टाका लागि नमुना प्रमुख जिल्ला अधिकारीको...









