सोफिया स्कुलको १७ औं बार्षिक खेलकुद दिवस भव्य रुपमा सम्पन्न
देशलाई विश्वमा खेलकुदले चिनाउँछ–राखेप सदस्य विष्ट
समाचारदाता
नेपालगन्ज, फागुन ४ । बाँकेकै उत्कृष्ठ विद्यालयहरुमध्ये अग्रस्थानमा रहेको नेपालगन्जस्थित सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले शुक्रवार विविध रंगिचंगि कार्यक्रमका साथ १७ औं बार्षिक खेलकुद दिवस भव्यरुपमा सम्पन्न गरेको छ ।
स्कुलको प्राङ्गणमा सम्पन्न भएको खेलकुद दिवसमा विभिन्न प्रकारका मार्चपास र पिटीहरुसहित विभिन्न खेलकुदको आयोजनासंगै यसअघि खेलाइएका खेलकुदका बिजेताहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरियो ।
पदक र शिल्ड विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्ट, स्कूलका अध्यक्ष केबी बसेल, प्रिन्सिपल सुशीला बसेल, स्कुल सञ्चालक सदस्य तथा भेरी अस्पताल विकास समितिका सदस्य डा डक्टप्रसाद धिताल, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनि...









