नेपालगञ्ज ५ मा ८० जना स्थानीय नेकपा माओवादीमा प्रवेश
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ७ । नेकपा माओवादी केन्द्र नेपालगञ्जले संगठन सुदृढीकरण अभियान अन्तर्गत नेपालगन्जका विभिन्न वडामा पार्टी प्रवेश कार्यक्रम गर्ने क्रममा सोमबार नेपालगन्ज ५ मा विभिन्न दल परित्याग गरि ८० जना नेता कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्जका इन्चार्ज अकल बहादुर बमले स्वागत गर्नु भएको थियो।
वाडा नं ५ कि प्रतिष्ठित मुस्लिम महिला नेतृ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित वडा सदस्य अन्जुमन बानो अन्सारी लगायत ८० जनाले प्रवेश गरेका हुन् । ८० जनालाई नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर समितिले खादा ओडाएर स्वागत गरेको उपमहानगर पार्टी अध्यक्ष रतन शाहीले बताउनु भयो । स्वागत कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य अकल बहादुर बम, डिल्ली बराल, नवीन शर्मा, आदेश अग्रवाल लगायत उपमहानगर पार्टी समितिका पद...









