६ जेष्ठ २०८१, आईतवार

विविध

बाढीले बगाउँदा रुखमा अड्किएका दुई युवकको सात घण्टापछि उद्धार

बाढीले बगाउँदा रुखमा अड्किएका दुई युवकको सात घण्टापछि उद्धार

ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, असोज २४ गते । बाँकेको खजुरा किरण नालामा आएको बाढीले बगाउँदा रुखमा चढेर ज्यान जोगाएका दुई जनाको सोमबार बिहान सुरक्षाकर्मीहरुद्धारा उद्धार गरिएको छ । खजुरा गाउँपालिका २ के गाउँस्थित किरणनाला पार गर्न खोज्दा खोलामा आएको बाढीले बगाएपछि बबुरको रुखमा अड्किएर ज्यान जोगाएका दुई जनाको ७ घण्टापछि उद्धार गरिएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ । विपद व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार भारतको केरलाबाट फर्किएका खजुरा २ का तेजबहादुर रोकाया र बारबर्दिया नगरपालिका बर्दियाका जनक चौधरीले सोमबार बिहान २ बजे खोला पार गर्न खोज्दा बाढीले बगाएपछि बबुरको रुखमा अड्किएर जोगिएका थिए । उनीहरुको बारेमा जानकारी पाएपछि स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा दुबैजनाको बिहान ९ बजे सकुशल उद्धार गरिएको सूचना अधिकृत ज्ञवालीले बताउनुभयो । भारतबाट फर्किएका उनी...
युद्धस्तरमा राहात तथा उद्धारमा जुट्न मन्त्री अथकको आग्रह

युद्धस्तरमा राहात तथा उद्धारमा जुट्न मन्त्री अथकको आग्रह

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असोज २२ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले अबिरल बर्षापछि राप्ती नदिमा आएको बाढिका कारण राप्ती सोनारी, नरैनापुर र कोहलुरको जनजिवन नराम्रो संग प्रभाबित भएको भन्दै राहात तथा उद्धारमा जुटन अपिल गरेका छन । बाँके क्षेत्र नं १ का सांसद समेत रहेका अथकले समाजिक संञ्जालमा सार्वजनिक अपिल जारी गर्दै कटान तथा डुवानका कारण सयौं परिवार बिस्थापित र घरबार बिहिन भएको भन्दै उनिहरुलाई तत्काल उद्धार र राहातको आवश्यकतामा जोड दिएका छन । बाढि पछिको अवस्थाबारे स्थलगत निरक्षण गर्न, राहात र उद्धारको कामलाई प्रभावकारी बनाउन आफु शनिवार बाँके जिल्ला आउन लागेको समेत जानकारी उनले दिए । उनले स्थलगत निरक्षणपछि केन्द्र सरकारको तर्फबाट प्रभाबितहरुका लागी ठोस राहात घोषणा गरिने समेत टेलिफोन मार्फत जानकारी दिए । मन्त्री अथकले आजै बाढि प्रभाबित क्षेत्रको निरीक्षण र स्थानिय बासिन्द...
बी ग्रुपद्धारा कबाडी मालसामान संघलाई कार्यालय खोल्न दुई लाख बढीको सहयोग

बी ग्रुपद्धारा कबाडी मालसामान संघलाई कार्यालय खोल्न दुई लाख बढीको सहयोग

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असोज १५ गते । बी ग्रुपले बाँके कबाडी मालसामान व्यवसायी संघलाई नेपालगञ्जमा कार्यालय सञ्चालनका लागि दुई लाख भन्दा बढीको आवश्यक सामाग्री प्रदान गरेको छ । एमडीएम फ्रान्स र जीआइजेड नेपालको सहयोगमा बि ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत कबाडी मालसामान संघलाई कार्यालय स्थापना र सञ्चालनका लागि सो सहयोग प्रदान गरिएको हो । पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा स्थापना गरिएको बाँके कबाडी मालसामान व्यवसायी संघलाई कार्यालय सञ्चालनका लागि दुई लाख पाँच हजार रुपियाँ बराबरका विभिन्न सामाग्री हस्तान्तरण गरिएको परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो । कार्यालय स्थापनाका लागि प्रदान गरिएका सामाग्रीहरु बी ग्रुपका अध्यक्ष टेक बहादुर पुनले बाँके कबाडी मालसामान व्यवसायी संघका अध्यक्ष ...
किराना पसलले लक्ष्मीको परिवारमा ल्यायो खुशियाली, दैनिक सात सयसम्म आम्दानी

किराना पसलले लक्ष्मीको परिवारमा ल्यायो खुशियाली, दैनिक सात सयसम्म आम्दानी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, असोज १३ । केही समय अघिसम्म दुई छाक टार्नका लागि अतिनै संघर्ष गरिरहेकी नेपालगञ्ज २ की लक्ष्मी थारु अहिले दैनिक पाँच सयदेखि सात सय रुपियाँसम्म आम्दानी गरिरहेकी छन् । जिविका गुजार्न समस्या भएपछि कयौं पटक आफन्तकोमा गएर गुहार गर्नु पर्ने अवस्थाबाट गुज्रिनुपरेको सम्झदैं उनि भन्छिन्– कति दुख पाईयो, कति भन्नै गाह्रो छ । तर अहिले त्यस्तो अवस्था छैन, अहिले त म बसीबसी मजाले दैनिक सातसयसम्म कमाउँछु । अहिले उनको मुहार उज्यालो छ । मुस्कुराउँदै उनले अहिले त खान लाउन दुबै पुगेको बताइन् । कतार च्यारिटिको सहयोगमा बाँके युनेस्को क्लबले किराना पसल खुलाईदिएपछि चौधरीको जिवनमा ठुलो परिवर्तन आएको हो । आयआर्जनका लागि व्यवसायीक विकास परियोजना अन्तर्गत पाएको किराना पसलमा अहिले उनी विहानदेखि बेलुकासम्म व्यस्त छिन् । दैनिक उपभोगका सामाग्री बेचेर सोही पसलबाट दैनिक पाँचसयदेखि सातसय रुपियाँसम्म आ...
बाँकेमा चाडपर्व र निर्वाचन लक्षित विशेष सुरक्षा योजना लागु

बाँकेमा चाडपर्व र निर्वाचन लक्षित विशेष सुरक्षा योजना लागु

ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, असोज १३ । दशैँ, तिहार र छठलगायतका चाडपर्व तथा आसन्न निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न बाँकेमा विशेष सुरक्षा योजना लागू गरिएको छ । चाडपर्वहरुमा हुनसक्ने विभिन्न अपराधिक घटना रोक्ने तथा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्यसहित बाँकेमा विशेष सुरक्षा योजना लागू गरिएको हो । चाडपर्व र निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्नुका साथै विभिन्न प्रकारका अपराध र गैर कानुनी कार्य रोक्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना तयार पारेर लागू गरेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । उहाँले भारतीय सीमानासँग गाँसिएको बाँके जिल्ला सधैँ जसो सुरक्षा चुनौतीमा रहने गरेको जनाउनुहुँदै सो कुरालाई ध्यानमा राखेर थप प्रहरी परिचालन गरिएको पनि जानकारी दिनुभयो । ‘‘चाडपर्व र निर्वाचनको रौनक सुरु ...
भारतबाट फर्किने नेपालीलाई ठगीनबाट जोगाउन प्रहरीको विशेष अभियान

भारतबाट फर्किने नेपालीलाई ठगीनबाट जोगाउन प्रहरीको विशेष अभियान

ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराजखान नेपालगञ्ज, असोज १२ । दसैंतिहार मनाउन स्देश फर्किने नेपालीलाई यहाँस्थित नेपाल भारत नाकाको दुबैतर्फ विभिन्न बहानामा ठग्ने लुटपाट गर्ने घट्ना रोक्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अहिले चाडपर्व मनाउन दैनिक तीन चार हजारको हाराहारीमा नेपालीहरु भारतबाट स्वदेश फर्किरहेकोले उनिहरुको सुरक्षालाई विशेष ध्यान राखेर अभियान चलाईएको जनाएको छ । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले भारतबाट रोजगार गरेर फर्किने नेपालीलाई बर्सेनी नाकामा र नाकापारी रुपैडिहामा विभिन्न बहानामा ठग्ने र लुट्ने गुनासो आउने गरेकोले यस पटक पहिले देखिनै सो रोक्न व्यवस्था मिलाईएको बताउनुभयो । उहाँले यस पटक जमुनाहा प्रहरी मार्फत नाका पारीको भारतीय सुरक्षा निकायसंग समन्वय गरेर त्यस्ता घट्ना हुननदिन सचेत रहन आग्रह गरिएको र सादा पोशाकका प्रहरीलाई रुपैडिहा बसपार्क तथ...
बालविवाह र बालहिंसा रोक्न बर्दियाका अभिभवाकलाई विशेष तालिम

बालविवाह र बालहिंसा रोक्न बर्दियाका अभिभवाकलाई विशेष तालिम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, असोज १० । प्लान नेपाल को साझेदारीमा बाँके युनेस्को क्लबको आयोजनामा सकारात्मक अभिभावकत्व र अंतरपुस्ता सम्बाद प्रसिक्षक् प्रसिक्षण बर्दियाको गुलरियामा सम्पन्न भएको छ । बारबर्दिया मधुबन , ठाकुर बाबा र गेरुवा गाउँ पालिकाका १५ जना समुदाय सहजकर्ताको सहभागिता रहेको ८ दिने उक्क्त तालिममा सकारात्मक अभिभावकत्वका विभिन्न सीपहरु बारेमा सहजीकरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकिले बताउनुभयो । तालिमका बिसयबस्तुहरुमा आफ्ना बालबालिकाका बारेमा आमा बुवाको सपना र आशा , उनीहरुको सपना साकार पार्न अभिभावकको भूमिका ,बाल बालिकामा देखिने भिभिन्नाता र प्रारम्भिक बाल बिकाश ,बालबालिका र सकारात्मक अनुशासन , बाल संरक्षण र बालदुव्र्यवहार , बालबालिकाको तनाब ब्यबस्थापन बारे प्रसिक्षण दिईएको उहाँले बताउनुभयो । अंतरपुस्ता सम्बाद अन्तर्गत समुदायमा भयका विभिन...
राप्ती नदीले खतराको तह पार गरेपछि तटीय क्षेत्रमा खतराको साइरन बजाइयो

राप्ती नदीले खतराको तह पार गरेपछि तटीय क्षेत्रमा खतराको साइरन बजाइयो

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, असोज १ । लगातारको वर्षाकाकारण राप्ती नदीमा पानीको सतहले खतराको तह पार गरेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ । कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जल सतह खतराको विन्दु ५ मिटर ७० सेन्टिमिटर पार गरिसकेकोले नदी वरिपरिका दर्जनौँ गाउँ बस्ती बाढीको जोखिममा रहेकोले सतर्क रहन साइरन बजाइएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । शनिवार बिहान साढे ८ बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ७० सेन्टिमिटर पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार, बाँके दाङ, रोल्पा, प्युठानमा लगातार पानी परेकाले नदीले खतराको विन्दु पार गरेको हो । शनिवार बिहानैबाट नदी क्रमिक रूपले बढ्दै गएको थियो । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन साइरन बजाएर आग्रह गरिएको छ । सूचना अधि...
एनसीईमा युनेस्को क्लबका साजिद सिद्दिकी र बालमैत्री स्थानीय शासनमा अन्सारी निर्वाचित

एनसीईमा युनेस्को क्लबका साजिद सिद्दिकी र बालमैत्री स्थानीय शासनमा अन्सारी निर्वाचित

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, असोज १ । काठमाण्डौमा सम्पन्न भएको शिक्षाका लागि राष्टिय अभियान एनसीई नेपालको केन्द्रिय सदस्यमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी निर्वाचित हुनु भएको छ । राजेन्द्र पहाडीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्य समितिका निर्देशक सिद्दिकी केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएको हो । यसअघि सोही पदमा बाँके युनेस्को क्लबको प्रतिनिधित्व गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष र हालका सल्लाहकार सिराज खान पनि केही वर्ष अघि निर्वाचित हुनु भएको थियो । शिक्षाको क्षेत्रमा सुधारका लागि लामो समयदेखि विभिन्न गतिविधि मार्फत वकालत गर्दै आएको एनसीई नेपाल देशकै सबैभन्दा ठुलो सञ्जालको रुपमा स्थापित छ । बाँके युनेस्को क्लबले विगत लामो समयदेखि सो अभियानको सदस्य र प्रमुख सहयोगी संस्थाको रुपमा काम गर्दै आएको छ । यसैगरि बालमैत्री स्थानिय शासन राष्ट्रिय मञ्चको हालै क...
मन्त्री राईद्धारा वर्षाको परवाह नगरि पक्की पुल र रक्तसञ्चार केन्द्रको भवन शिलान्यास

मन्त्री राईद्धारा वर्षाको परवाह नगरि पक्की पुल र रक्तसञ्चार केन्द्रको भवन शिलान्यास

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ ३० । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले सानो समयमा धेरै विकास गर्ने लक्ष्यका साथ आफु मन्त्री बनेको जनाउँदै रातदिन खटिएर विकास निर्माणका योजनाहरु बनाईरहेको र कार्यान्वयनमा लगिरहेको बताउनु भएको छ । विहिबार बाँकेमा एक पक्की पुल र रक्तसञ्चार केन्द्र भवन निर्माणको शिलान्यास गर्दै उहाँले सो बताउनुभएको हो । विकास निर्माणलाई कसैले पनि अवरोध गर्न नहुने जनाउँदै विकास विरोधी जनताका विरोधी भएको बताउनुभयो । वर्षा नरोकिएपछि पानीमा भिज्दै उहाँले बाँकेको डुडुवा ३ मा बनकट्टीलाई रामपुरवासंग जोड्ने डुडुवा नदीमा निर्माण गरिने पक्की पुल र नेपालगञ्जस्थित भेरी अस्पतालको प्रांगणमा निर्माण गरिने रक्तसञ्चार केन्द्रको भवनको शिलान्यास गर्नु भयो । मन्त्री राईले डुडुवा नदीमा पुल नहुँदा स्थानीय वासिन्दालाई आवागमनमा निकै समस्या हुने गरेको र पश्चिम नेपालकै सम...