गुलरियाको थप एक वडालाई बालविवाहमुक्त वडा घोषणा गरियो
समाचारदाता
नेपालगन्ज, मंसिर १३ । बर्दियाको गुलरिया नगरपालिकाको थप एक वडालाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ५,६ र ७ गरेर तीनवटा वडालाई बालविवाहमुक्त वडा घोषणा गरिए लगत्तै वडा नम्बर १ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाको वडा नं १ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर १ का अध्यक्ष जोगीराम थारुको अध्यक्षतामा आयोजित भव्य समारोहमा उक्त घोषणा गरिएको हो ।
कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने उदेश्यले वडाहरु धमाधम बालविवाहमुक्त घोषणा भइरहेको बताउनुभयो ।
उहाँले सन् २०८१ भित्र गुलरिया नगरपालिकालाई बालविवाहमुक्त क्षेत्र बनाउने प्रतिबद्धता फेरी पनि दोहोर्याउनुभयो ...









