२५ बैशाख २०८१, मंगलवार

विविध

मन्त्री राईको निर्देशनमा नेपालगञ्जका पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिंदै

मन्त्री राईको निर्देशनमा नेपालगञ्जका पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिंदै

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ २५ । सहरीकरणसंगै सवारी साधन अत्याधिक बढ्दै जाँदा नेपालगञ्जका प्रमुख चोकहरुमा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेकोले सो समाधानका लागि उपमहानगरका प्रमुख पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय मोहम्मद ईश्तियाक राईले आफ्नो मन्त्रालयबाट नेपालगञ्जका पाँच अतिव्यस्त चोकका लागि पाँचवटा ट्राफिक सिग्नल लाईट जडान गर्ने निर्णय गरेर सो जडानका लागि टेण्डर समेत आह्वान गरिसकिएको छ । शनिवार प्रकाशित गरिएको टेण्डर अनुसार नेपालगञ्जको अति व्यस्त मानिने गणेशमान चौक, बिपी चौक, धम्बोझी चौक, पुष्पलाल चौक र रांझा (एयरपोर्ट) चौक गरी ५ ठांउमा ट्राफिक सिग्नल लाईट जडान हुनेछ । ट्राफिक सिग्नल लाईट जडान गरिएपछि ट्राफिक व्यवस्थापनमा निकै सहजता हुने जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । जमुनाहादेखि कोहलपुरसम्मको रत्न ...
बाँके क्षेत्र नम्बर १ र २ मा बहालवाला दुबै मन्त्रीको अवस्था ‘बलियो र सुदृढ’

बाँके क्षेत्र नम्बर १ र २ मा बहालवाला दुबै मन्त्रीको अवस्था ‘बलियो र सुदृढ’

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
सिराज खान नेपालगञ्ज, भदौ २४ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक भएसंगै निर्वाचनको माहोल देशभरि तातिंदै गएको छ । विशेषगरि भिआईपी सिटहरुमा निर्वाचनको चर्चा परिचर्चा चुलिएसंगै सर्वसाधारणले पनि आ आफ्नो तरिकाले हारजितको आंकडा लगाउने काम शुरु गरेका छन् । चियापसलदेखि लिएर विभिन्न सभा समारोहमा समेत चुनावी चर्चा भैरहेका छन् । वर्तमान सरकारमा अहिले बाँके जिल्लाबाट दुई जना प्रभावशाली नेताहरु मन्त्री छन् । दुबैजनाले राम्रो र महत्वपुर्ण मन्त्रालय पाएकाले उनिहरुले प्रतिनिधित्व गर्ने क्षेत्र नम्बर १ र २ अहिले सर्वाधिक चर्चामा छ । बाँके १ का संघीय सांसद, नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा जनयुद्धका कमाण्डर महेश्वर गहतराज अथक युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ भने बाँके २ का संघीय सांसद, मधेश आन्दोलनका पश्चिम कमाण्डर तथा जनता समाजवादी पार्टीका ...
बच्चा चोर्ने समुह सक्रिय रहेको भन्ने हल्ला अफवाह मात्रै हो–बाँके प्रहरी प्रमुख अधिकारी

बच्चा चोर्ने समुह सक्रिय रहेको भन्ने हल्ला अफवाह मात्रै हो–बाँके प्रहरी प्रमुख अधिकारी

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ २४ । केही दिनयता दिनहुँ बाँकेमा बच्चा चोर्ने ग्रुप सक्रिय रहेको हल्ला चारैतिर फैलिएपछि बाँके प्रहरीको गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ । बच्चा चोर्ने ग्रुप सक्रिय रहेको हल्ला फैलिएपछि बाँकेबासीमा डरत्रास बढ्दै जाँदा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले अहिलेसम्म बाँकेमा त्यस्तो कुनै घटना नभएको र कुनै पनि बच्चा नहराएको बताउनुभयो । उहाँले सो सम्बन्धि सबै हल्लाहरु निराधार भएको र कसैले डर त्रास उत्पन्न गर्न फैलाएको बताउनुभयो । समाजमा डर त्रास उत्पन्न हुने कुनै पनि भिडियो र फा्ेटो सामाजिक सञ्जालमा नराख्न तथा कसैलाई नपठाउन आग्रह गर्दै उहाँले नमानेमा प्रहरीले कारवाही गर्ने बताउनुभयो । सो प्रकारको हल्लालाई बाँके प्रहरीले अत्यन्त गम्भीरता पूर्बक लिएको जनाउँदै सो बारेमा निकै सचेत समेत रहेको उहाँले बताउनुभयो । नगरमा ...
मदुवाघाट पुलमुनि कुनै अवैध उत्खनन् गरिएको छैन–निर्माण कम्पनी

मदुवाघाट पुलमुनि कुनै अवैध उत्खनन् गरिएको छैन–निर्माण कम्पनी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ २४ । राप्तीसोनारी वडा न. ५ र २ को सिमानामा बग्ने राप्ती नदीको मदुवाघाटमा निर्माण पुरा हुन अन्तिम चरणमा रहेको पक्की पुल मुनि कुनै पनि अवैध उत्खनन् नगरिएको निर्माण कम्पनीले जनाएको छ । निर्धारित समय अवधी मैै ५५० मिटर लामो सो पक्की पुल निर्माण गरेको तुन्दी रसुवा कुमार श्रेष्ठ जे.भीले पुलमुनि कुनै पनि अवैध उत्खनन् नगरिएको प्रष्ट पार्दै खोला मिलाइएको र खोला मिलाउँदा निस्किएको नदीजन्य सामाग्री पुल किनारको दुबैतिरको भागमा प्रयोग गरिएको जनाएको छ । तुन्दी रसुवा कुमार श्रेष्ठ जे.भीका निर्देशक सुजित कुमार श्रेष्ठले पुलमुनि नदीको भागमा पानी सहज रुपमा बग्न दिन नदी च्यानालाइजेशन गरिएको र सो गर्दा त्यहाँबाट निस्किएको मेटेरियल सोही पुलको अप स्ट्रीम ५ सय मिटर र डाउन स्ट्रीम ५ सय मिटरमा प्रयोग गरिएको बताउनुभयो । उहाँले सो बारेमा पुल सेक्टर दांग लमहीस्थित कार्यालयले राप...
भौतिक पुर्वाधार मन्त्री राईद्धारा एकै दिन बाँकेको डुडुवामा चार पुलको शिलान्यास

भौतिक पुर्वाधार मन्त्री राईद्धारा एकै दिन बाँकेको डुडुवामा चार पुलको शिलान्यास

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
सिराज खान नेपालगञ्ज, भदौ २० । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बाँकेको विकास निर्माण कार्यलाई तिव्र पार्नुभएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सम्हालेको दुई महिना नपुग्दै उहाँले बाँके जिल्लामा विकासका थुप्रै योजनाहरु ल्याउन सफल हुनुभएको छ । जमुनाहा राँझा सडक अस्फाल्ट निर्माणसंगै, रत्नराजमार्गको चार स्थानमा आकाशे पुल निर्माण, राप्ती नदीमा नयाँ पुल र कम्दी चोकको डुडुवा नदीमा पक्की पुल निर्माणको योजना शुरु हुने प्रक्रियामा रहेको छ । यी सबै योजना प्रक्रियामा रहेकै बेला सोमवार एकै दिन मन्त्री राईले बाँकेको डुडुवामा चारवटा पक्की पुल निर्माणको शिलान्यास गर्नु भएको छ । मन्त्री राईले सोमवार बाँकेको डुडुवा गाउँपालिकाका विभिन्न वडामा भएर बग्ने डुडुवा खोलामा ४ वटा स्थानमा पक्की पुल निर्माणका लागि शिलान्यास गर्नुभएको हो । उहाँले डुडुवा १ टेपरीस्थित डुडुवा न...
नेपालगञ्जको न्युरोडमा  बाँदर आतंक, घरमा पसेर सामान तोडफोड गरे

नेपालगञ्जको न्युरोडमा बाँदर आतंक, घरमा पसेर सामान तोडफोड गरे

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगञ्ज, १५ भदौ । गत केही दिनयता नेपालगञ्नजमा बाँदरको एक हुलले आतंक मच्चाउदै आएको छ । नेपालगञ्जको न्युरोड, ईदगाह रोड लगायतका घरहरुमा पसेर सामान तोडफोड गर्ने बालबालिकामाथि झपटने जस्ता कार्य उनिहरुले गर्दै आएका छन् । सोही क्रममा बुधवार बिहानै न्युरोडको एक घरमा पसेर बाँदरको एक हुलले तोडफोड गरि आतंक मच्चाएको छ । बुधबार बिहान करीब ७ बजेतिर नेपालगन्जको न्युरोडस्थित शैजी खान बस्ने घरको तेस्रो तल्लाको फ्लयाटमा पसेर बाँदरको एकहुलले तोडफोड गरेर आतंक मच्चाएको खानले बताउनुभयो । खानका अनुसार बाँदरको एक हुलले एक्कासि घरभित्र पसेर इन्टरनेट राउटरको तार, काँचको भाडा र बिस्तारामा दिसापिसाब गरी सरसामानहरू तोड्फोड गरेर आतंक मच्चाएका थिए। बाँदरको यस्तो आतंकले गर्दा घरकाभित्र रहेका महिला, बच्चा लगायतका मानिसहरू समेत आतन्कित बनेको उहाँले बताउनुभयो । बिगत केही दिनदेखि नेपालगन्जमा बाँदरको आतंकले गर...
प्लान नेपाल र युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरद्धारामा शिक्षक र सहजकर्तालाई प्रशिक्षक प्रशिक्षण

प्लान नेपाल र युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरद्धारामा शिक्षक र सहजकर्तालाई प्रशिक्षक प्रशिक्षण

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, भदौ १३ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको ठाकुरद्धारामा स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालित रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरेको थियो । चार दिने सो तालिममा बाँकेका ७ वटा विद्यालयका १४ जना शिक्षक र बर्दिया जिल्लाका बाल संरक्षण कार्यक्रम अन्तर्गतका १५ जना समुदाय सहजकर्ताको सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । सो प्रशिक्षक प्रशिक्षणमा बालबालिकामाथि हुने दुव्र्यवहार तथा यौन शोषण, घरेलु हिंसा, लैंगिक हिंसा, बालविवाह, बालविभेद लगायत मानवबेचविखन रोकथामको बारेमा सहभागिलाई तालिम प्रदान गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले विद्यालयका शिक्षक र समुदायका सहजकर्ताले सो तालिम लिएपछि आ आफ्नो विद्य...
मन्त्री अथकद्धारा सुख्खाग्रस्त घोषित नरैनापुरको स्थलगत अनुगमन, राहातका लागि प्रयास गर्ने प्रतिवद्धता

मन्त्री अथकद्धारा सुख्खाग्रस्त घोषित नरैनापुरको स्थलगत अनुगमन, राहातका लागि प्रयास गर्ने प्रतिवद्धता

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, भदौ १३ । यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सुख्खा ग्रस्त क्षेत्र नरैनापुरको स्थलगत अनुगमन गरेर त्यहाँको अवस्था बुझ्नुका साथै स्थानीय जनप्रतिनिधीसंग सो बारेमा छलफल गर्नु भएको छ । सोमवार स्थलगत अनुगमनका लागि नरैनापुर गाउँपालिकाका विभिन्न वडा र भारतीय सीमानाको वारीसम्म पुग्नु भएका मन्त्री अथकसंग गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले खडेरी परेर उत्पादन शुन्यमा पुग्ने अवस्था आएको जनाउँदे यस क्षेत्रका जनताका लागि राहातको कुनै व्यवस्था गर्न माग गर्नुभयो । सुख्खाग्रस्त भएर बाँझो भएका खेतबारीसम्म मन्त्री अथकलाई लगेर देखाउँदै अध्यक्ष शाहले यस क्षेत्रका जनताले सरकारबाट राहात पाएनन् भने के खाने हुन भन्ने चिन्ताले सताउन थालेको बताउनुभयो । उहाँले विगत ८० वर्ष भन्दा बढी समयदेखि यो क्षेत्रमा यस्तो सुख्खा नपरेको जनाउँदै खडेरीका कारण अधिकांश वासिन्दा पिडित बनेको बत...
प्रहरी र कानुन व्यवसायीलाई बालबिवाह र लैंगिक हिंसाका घटना ब्यबस्थापन तालिम

प्रहरी र कानुन व्यवसायीलाई बालबिवाह र लैंगिक हिंसाका घटना ब्यबस्थापन तालिम

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, भदौ १३ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा बाल बिवाह र लैंगिक हिंसाका घटनाहरू ब्यबस्थापन तथा कानुनी संरक्षण सम्बन्धी ३ दिने तालिम सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा बर्दियामा सञ्चालित बाल विवाह, चाडै विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन भएको सो तालिममा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयका महिला, बालबािलका सेवा केन्द्रका प्रहरी कर्मचारीहरू र जिल्ला बार एशोसियनमा आवद्ध कानुन ब्यबसायीहरूको सहभागिता रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । सो तालिमले बाल बिवाह र लैंगिक हिंसाका घटनाहरू ब्यबस्थापन गर्न तथा कानुनी संरक्षण गर्न सहज हुने उहाँले बताउनुभयो । बाल बिवाह, लैंगिक हिंसा र बाल संरक्षणका घटनाहरूको उचित सम्बोधन, प्रभाबित बालबाालिकाहरूको आबश्यकताहरूको सम्...
लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संगठनको तीज मिलन कार्यक्रम सम्पन्न

लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संगठनको तीज मिलन कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, भदौ ११ । रातदिन बिरामीको सेवामा जुट्ने चिकित्सक तथा कर्मचारीहरु कोभिड महामारी सुरु भए पश्चात् रमाइलो गर्न नपाएका बेलामा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि कर्मचारी संगठनको आयोजनामा भएको तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा नाचगान र खानपिन गरी रमाएका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि कर्मचारी संगठनका सभापति रत्ना गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि का सिइओ कार्यकारी प्रमुख अधिकृत डा सुनिल कुमार सिंह, बिशिस्ट अतिथिमा कोहलपुर मेडिकल कलेजका अस्पताल निर्देशक डा रेशम बहादुर राना, अतिथिहरुमा कोहलपुर हस्पिटलका उप निर्देशक डा दिनेश श्रेष्ठ, विभिन्न फ्याकल्टीका प्रमुखहरु, चिकित्सकहरु, अस्पताल मेट्रोन ललिता शर्मा, नेपालगन्ज अस्पताल मेट्रोन ममता शर्मा, संगठनका सल्लाहकार संयोजक अब्द...