बर्दियामा युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ ६ गते । बाँके युनेस्को क्लबद्धारा राजापुर नगरपालिका र मधुवन नगरपालिकामा युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स” तालिम सम्पन्न गरिएको छ ।
बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा संचालित सुरक्षा परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको हो ।
क्लबका अनुसार सो तालिममा २ दिन कन्टेन्ट क्रियसन तथा १ दिन कृतिम बौद्धिकता एआई सम्बन्धी सिकाइ र प्रयोगात्मक अभ्यास गरिएको थियो ।
तालिममा डिजिटल सञ्चार क्षमता, सिर्जनात्मक कथा प्रस्तुतिकरण, सामाजिक सञ्जाल मार्फत सचेतनामूलक अभियान सञ्चालन, तथा एआई उपकरणहरूको जिम्मेवार प्रयोग सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले संचालित तालिमका प्रमुख विषयहरूमा डिजिटल कन्टेन्ट निर्माण, फोटोग्राफी तथा भिडियोग्राफी, स्क्रिप्ट लेखन, सामाजिक सञ्जाल व्यवस्थापन, प्रभावकारी सन्...









