बहुमुल्य बुद्धको मुर्ति चोरसहित विभिन्न घट्नाका अभियुक्त प्रहरीद्धारा सार्वजनिक
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, मंसिर २९ । ईलाका प्रहरी कार्यालय कोहलपुरले बिभिन्न अपराधिक घटनामा संलग्न अभियुक्तहरु सार्वजनिक गरेको छ । बिहिबार ईलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकार भेटघाटमा प्रहरीले चोरीको धनमाल सहित पक्राउ परेका चार जना, बहुमुल्य बुद्धको मुर्तिसहित पक्राउ परेका २ जना र चोरी गरि लिएको मोटरसाईल सहित एक जनालाई सार्वजनिक गरेको हो ।
गत मंसिर २२ गते कोहलपुर वडा नं २ बिकासनगरमा स्थानियको घर फोडि नगद, सुनचादिका गरगहना, ल्यापटप, मोबाईल चोरीगरि फरार रहेका ध्रुवसिंह ठकुरी, नबिन बि।क। सहित दुई नाबालकलाई पक्राउ गरि चोरी मुद्धा दर्ता गरि आबश्यक अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी मंसिर २४ गते बाँकेको राप्तिसोनारी गाँउपालिका वडा नं २ अगैयाबाट बहुमुल्य बुद्धको मुर्ति सहित पक्राउ परेका पाँचथरका झर्मेन्द्र प्रसाद रेग्मि र गोरखाका देव बहादुर मग्रातीलाई सार्वजनिक ...









