बच्चा चोर्ने समुह सक्रिय रहेको भन्ने हल्ला अफवाह मात्रै हो–बाँके प्रहरी प्रमुख अधिकारी
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ २४ । केही दिनयता दिनहुँ बाँकेमा बच्चा चोर्ने ग्रुप सक्रिय रहेको हल्ला चारैतिर फैलिएपछि बाँके प्रहरीको गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ ।
बच्चा चोर्ने ग्रुप सक्रिय रहेको हल्ला फैलिएपछि बाँकेबासीमा डरत्रास बढ्दै जाँदा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले अहिलेसम्म बाँकेमा त्यस्तो कुनै घटना नभएको र कुनै पनि बच्चा नहराएको बताउनुभयो । उहाँले सो सम्बन्धि सबै हल्लाहरु निराधार भएको र कसैले डर त्रास उत्पन्न गर्न फैलाएको बताउनुभयो ।
समाजमा डर त्रास उत्पन्न हुने कुनै पनि भिडियो र फा्ेटो सामाजिक सञ्जालमा नराख्न तथा कसैलाई नपठाउन आग्रह गर्दै उहाँले नमानेमा प्रहरीले कारवाही गर्ने बताउनुभयो ।
सो प्रकारको हल्लालाई बाँके प्रहरीले अत्यन्त गम्भीरता पूर्बक लिएको जनाउँदै सो बारेमा निकै सचेत समेत रहेको उहाँले बताउनुभयो ।
नगरमा ...









