मुख्य समाचार

बी ग्रुपद्धारा नेपालगन्जको सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
टि डि खोप समिक्षा तथा योजना बैठक सम्पन्न समाचारदाता नेपालगन्ज, जेठ ७ । बी ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजनाले सरसफाईकर्मी र कृषकहरुको पेशागत जोखिम न्यूनीकरण गर्न र स्वास्थ्य सेवामा पहँुच बढाउनकालागि नेपालगन्जका सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण गरेको छ । परियोजनाका संयोजक समद सिद्दिकीले दिनुभएको जानकारी अनुसार परियोजना अन्तर्गत सरसफाईकर्मी र कृषकलाई मध्यनजर गरि उहाहरुको पेशागत जोखिम न्यूनीकरण गर्न, स्वास्थ्य सुनिश्चित गर्न र स्वास्थ्य सेवामा पहँुच बढाउनका लागि पेशागत स्वास्थ्य सेवा प्रणाली बलियो बनाउने उद्धेश्यले नेपालगन्ज ४ को सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र नेपालगन्ज २ को सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण गरिएको हो । नेपालगन्जका दुईटा स्वास्थ्य संस्थालाई चार लाख ६८ हजार २१४ रुपियाँ बराबर...

युवा नेतृत्व विकास र स्थानीय तहमा युवाको सहभागितामा युवा भेला सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ ३० । ‘युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता ः सबैको मानव अधिकारको सुनिश्चितता’ भन्ने मुल नाराका साथ बर्दिया जिल्लामा युवा भेला सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत आयोजित सो भेलामा युवाहरुको स्थानीय तहमा बस्तीस्तरबाट योजना छनौट प्रकृया, योजनातर्जुमा प्रकृयाको सातवटा चरणहरुमा सहभागिता, भुमिका, युवा लक्षित कार्यक्रमको प्राथमिकता, स्थानयि तहमा युवाको अर्थपुर्ण सहभागिताका लागि वकालत तथा पैरवी गर्नेबारे बृहत्त छलफल भएको थियो । सोही प्रकारले सो भेलामा युवा क्लव र किशोरी क्लवहरुको सामुदायिक जवाफदेहिता र सामुदायिक सहभागिता, स्थानीय सरकारलाई युवामैत्री सेवा, वातावरण र कार्यढाँचा र उत्तरदायित्व र नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयनकालागि क्षमताअभिबृद्धि समेत गरिएको बाँके युन...
लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री यादवद्धारा नेपालगन्जका खेलकुद संरचना निरिक्षण

लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री यादवद्धारा नेपालगन्जका खेलकुद संरचना निरिक्षण

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार ८ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल यादवले नेपालगन्जमा रहेको खेलकुदका संरचनाहरुको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री यादवले साबिक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अन्तर्गतको नेपालगन्ज रंगशाला परिसरमा रहेका, रंगशाला, पौडी पोखरी, कवर्ड हल, सुटिङ रेन्ज लगायतका खेलकुदका संरचनाको निरीक्षण तथा अनुगमन गर्नुभएको हो । सो क्रममा मन्त्री यादवले बाँकेको खेल क्षेत्रको विकास र संरक्षणका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यसको लागि आफ्नो संसदीय कोषबाट मात्र नभइ खेलकुद मन्त्रालय र प्रदेश सरकारसँग समेत कुरा गर्ने बताउनुभयो । समितिका कार्यालय प्रमुख महेश चन्दले संरचनाहरुको संरक्षण, खेलकुदको अवस्था, समस्या र सम्भावनाबारेमा मन्त्रीलाई जानकारी गराउनुभएको थियो । त्यसैगरी समितिका प्राविधिक सल्लाहकार फरमान अली...
मधुवन नगरपालिकामा मानव बेचबिखन नियन्त्रणसम्बन्धी संयुक्त बैठक सम्पन्न

मधुवन नगरपालिकामा मानव बेचबिखन नियन्त्रणसम्बन्धी संयुक्त बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, असार ३ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति र बाल अधिकार समितिको संयुक्त बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक आयोजना गरिएको थियो । मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति र बाल अधिकार समितिका सदस्यहरू, वडा प्रतिनिधिहरू तथा बाल संरक्षण र मानव बेचबिखन विरुद्ध कार्यरत सरोकारवालाहरूको सहभागिता रहेको थियो । बैठकको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिक तथा महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनाराले गर्नु भएको थियो । कार्यक्रममा मानव बेचबिखन तथा हिंसाको जोखिममा रहेका व्यक्ति र बालबालिकाको संरक्षण, उद्धार तथ...
बर्दियाका युवालाई बाख्रा तथा बंगुर पालन सम्बन्धी प्राविधिक सीप प्रदान

बर्दियाका युवालाई बाख्रा तथा बंगुर पालन सम्बन्धी प्राविधिक सीप प्रदान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता बर्दिया, असार ३ । युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजनाअन्तर्गत बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकामा बाख्रा तथा बंगुर पालन सम्बन्धी तीनदिने प्राविधिक सीप विकास तालिम सम्पन्न भएको छ। तालिममार्फत स्थानीय युवायुवतीहरूलाई व्यावसायिक तथा बजारमुखी पशुपालन सम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो। कार्यक्रममा कुल ९१ जना युवा सहभागी भएका थिए, जसमा ६२ जना बंगुर पालन तथा २९ जना बाख्रा पालन सम्बन्धी तालिममा सहभागी भएका थिए। तीन समूहमा सञ्चालन गरिएको तालिममा ठाकुरबाबा नगरपालिकाका ४६ जना र मधुवन नगरपालिकाका ४५ जना युवाको सहभागिता रहेको थियो। प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा बाँके युनेस्को क्लबको कार्यान्वयनमा सञ्चालित तालिममा उन्नत जातका पशु छनोट, उपयुक्त खोर निर्माण, जैविक सुरक्षा ९बायोसेक्युरिटी०, पोषण तथा आहार व्यवस्थापन, प्रजनन स्वास्थ्य, ग...
बर्दियाका दुई पालिकाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन सम्पन्न

बर्दियाका दुई पालिकाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता बर्दिया, असार १ । बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकाका सय युवालाई स्वरोजगार बनाउँदै आर्थिक रुपमा सक्षम बनाउने अभियान अन्तर्गतको कार्यक्रमको घरधुरीस्तरीय स्थलगत अनुगमन गरिएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा ती दुई पालिकामा संचालन गरेको युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन गरिएको हो । अनुगमनका क्रममा परियोजनाबाट प्राप्त सहयोगको प्रभाव, उद्यमहरूको प्रगति तथा आत्मनिर्भरता र दिगो जीविकोपार्जनतर्फ अघि बढिरहेका युवा उद्यमीहरूको प्रेरणादायी यात्राको मूल्यांकन गरिएको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले सो परियोजनाअन्तर्गत १८ देखि २८ वर्ष उमेर समूहका ती दुई पालिकाका १०० जना युवालाई स्वरोजगार र दिगो जीविकोपार्जन प्रवद्र्धनकालागि वस्तुगत स्टार्टअप सहय...
मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना

मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता बर्दिया, मधुवन जेठ २९ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–७ स्थित शुक्र माध्यमिक विद्यालयमा मानव बेचबिखन रोकथामसम्बन्धी सडक नाटक प्रदर्शन गरी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन नगरपालिकाको समन्वयमा सञ्चालन गरिरहेको सुरक्षा परियोजनाअन्तर्गत सो जनचेतना कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थी तथा समुदायका सदस्यहरूलाई मानव बेचबिखनका जोखिम, कारण र प्रभावबारे सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वास्तविक जीवनका घटनामा आधारित प्रस्तुति तथा अन्तरक्रियात्मक कथनशैली प्रयोग गरिएको थियो । नाटकमार्फत बालबालिका तथा किशोरकिशोरीहरूलाई आफू र अरूलाई शोषण तथा बेचबिखनबाट जोगाउन सचेत, जिम्मेवार र सतर्क बन्न प्रेरित गरिएको क्लबले जनाएको छ । कार्यक्रममा मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, शिक्षा तथा महिला तथा बा...
बालिका शसक्त परियोजनाको उपलब्धि समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

बालिका शसक्त परियोजनाको उपलब्धि समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता गुलरिया, बर्दिया जेठ २७ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरेको बालिका शसक्त परियोजनाका उपलब्धि, सिकाइ तथा दिगोपनाका पक्षहरूको समीक्षा गर्ने उद्देश्यले निकास बैठक तथा सामाजिक परीक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्री गौतम, वडा नं. १, २, ४, ५, ११ र १२ का वडा अध्यक्षहरू, वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल, शिक्षा शाखाका फोकल व्यक्ति चन्द्रबहादुर खत्री, महिला विकास शाखाकी गीता बकवाल, स्वास्थ्य शाखाका शिवकुमार चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक, पत्रकार, धार्मिक अगुवा, किशोरी समूह, युवा क्लब तथा नगरपालिका स्तरीय युवा सञ्जालका प्रतिनिधिहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । गुलरिया नगरपालिकाका उपप्रमुख गौतमले बालिका तथा किशोरीहरूको सशक्तीकरण, सुरक्षित वातावरण निर्माण र गुणस्तरीय शि...
बर्दियाका तीन पालिकामा ‘एक घर, एक पढाइ कुनायुक्त’ घोषणा कार्यक्रम सम्पन्न

बर्दियाका तीन पालिकामा ‘एक घर, एक पढाइ कुनायुक्त’ घोषणा कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता बर्दिया, जेठ २७ । बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल र स्थानीय तहको साझेदारीमा बर्दिया जिल्लाका तीन पालिकाका एउटा वडा र दुई वटा टोललाई “एक घर, एक पढाइ कुनायुक्त वडा÷टोल” क्षेत्र घोषणा गरिएको छ । क्लबले संचालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकाको वडा नम्बर ७, गुलरिया नगरपालिका–१२ को भैसाही टोल र मधुवन नगरपालिका–२ को बंगलिपुर र सुन्दरपुर टोललाई “एक घर, एक पढाइ कुनायुक्त वडा÷टोल” क्षेत्र घोषणा गरिएको हो । बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने, घरमै अध्ययनमैत्री वातावरण सिर्जना गर्ने तथा अभिभावकको सहभागिता बढाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानको वडा टोल घोषणा कार्यक्रमहरुमा स्थानीय सरकारका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, किशोरी, बिद्यार्थि तथा युवा समूहका प्रतिनिधि र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहे...
राजापुरमा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम

राजापुरमा मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता बर्दिया, राजापुर जेठ २६ । मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणका साथै बालबालिका, युवा तथा जोखिममा रहेका समुदायको संरक्षणका लागि सामुदायिक स्तरमा जनचेतना अभिवृद्धि गर्न सचेतना कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल तथा राजापुर नगरपालिकाको संयुक्त आयोजनामा सुरक्षा परियोजनाअन्तर्गत बर्दियाको राजापुर नगरपालिका–८स्थित भेरी माध्यमिक विद्यालयमा सम्पन्न गरिएको हो । कार्यक्रममा विद्यार्थी, युवा, अभिभावक, स्थानीय समुदाय तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभावबारे जानकारी दिँदै यस्ता सामाजिक समस्याको रोकथाममा समुदायको भूमिकाबारे छलफल गरिएको क्लबले जनाएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्...