२१ बैशाख २०८१, शुक्रबार

मुख्य समाचार

बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको किक अफ मिटिंग सम्पन्न

बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको किक अफ मिटिंग सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, माघ १७ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बर्दियाका दुई पालिकामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको ‘किक अफ मिटिङ’ सम्पन्न भएको छ । बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिका गरी दुईवटा नगरपालिकालाई समेटेर राजापुर नगरपालिकामा आयोजना गरिएको ‘किक अफ मिटिङ’ कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा विनियोजित बजेटसहितका सान्दर्भिक गतिविधिहरू सहितको लक्ष्य र उद्देश्य प्रस्तुत गरी हरित रोजगारी, उद्यमबाट रोजगारीका अवसर सिर्जना गर्ने र हरित वातावरणमा योगदान पु¥याउन युवा युवतीहरूको सीप विकास गर्ने विषयमा विस्तृत छलफल भएको थियो । सो अवसरमा राजापुर नगरपालिकाका मेयर दिपेश थारुले वातावरण दिनप्रतिदिन बिग्रँदै गएको कारण जलवायु परिवर्तन र बढ्दै गएको ग्लोबल वार्मिङले अन्ततः पृथ्वीमा रहेका...
जाजरकोटका १५० भुकम्पपिडित विपन्न परिवारलाई न्यानो लुगा वितरण

जाजरकोटका १५० भुकम्पपिडित विपन्न परिवारलाई न्यानो लुगा वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान खलंगा, जाजरकोट माघ १२ । चिसोका कारण समस्यामा परेका जाजरकोटका १५० अतिविपन्न भुकम्पपिडित परिवारलाई न्यानो लुगा वितरण गरिएको छ । अति विपन्न भुकम्पपिडितकालागि न्यानो लुगा आवश्यक रहेको जानकारी पाएपछि इलुमिनेट नेपाल मिडिया सेन्टरद्धारा सञ्चालित गुडन्युज खबर साप्ताहिक बाँकेको एक टोलीले जाजरकोट पुगेर १५० पिडित परिवारलाई न्यानो लुगा वितरण गरेको छ । कात्तिक १७ गते राती गएको भुकम्पबाट पिडित भएका जाजरकोटको भेरी नगरपालिका ११ करा गाउँका अतिविपन्न १५० परिवारलाई उनको गाउँमै पुगेर न्यानो लुगा वितरण गरिएको हो । भुकम्पपिडित अतिविपन्नहरु चिसोले समस्यामा परेका जानकारी पाएपछि जिल्ला विपद व्यवस्थापन समिति जाजरकोटको अनुरोधमा न्यानो लुगा वितरण गरिएको इलुमिनेट नेपाल मिडिया सेन्टरका निर्देशक डाक्टर डक्ट प्रसाद धितालले बताउनुभयो । उहाँले वडा नम्बर ११ का अतिविपन्न १५० परिवारलाई चिसोमा समस्या परेकोले रा...
खेल पूर्वाधार अध्ययन गर्न राखेपका सदस्य विष्टको संयोजकत्वमा समिति गठन

खेल पूर्वाधार अध्ययन गर्न राखेपका सदस्य विष्टको संयोजकत्वमा समिति गठन

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, माघ १२ गते । लुम्बिनी प्रदेशभत्रिका खेलकुदका भौतिक संरचनाहरु विभिन्न जिल्लामा अस्तव्यस्त भइरहेकाले त्यसको सम्पूर्ण अध्ययन निरिक्षण गरेर प्रतिवेदन प्रस्तुत गर्न राष्ट्रिय खेलकुद परिषद्ले सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा एक समिति गठन गरेको छ । राखेपले लुम्बीनी प्रदेशको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समिति गठन गरेको जनाएको छ । समितिको सदस्यमा साविक मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अधिकृत महेश चन्द र समितिका इन्जिनियर चिरन्जिवी लम्साललाई मनोनित गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ले शुक्रबार विज्ञप्ती जारी गरि विष्टको संयोजकत्वमा लुम्बिनी प्रदेशभरिका खेल पुर्वाधारहरुको अवस्था अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिनु भएको छ । खेलकुद पूर्वाधार नीति संवाद २०७९ मा निकालिएको निचोड अनुरुप प्रदेशभरिका संभावित संरचनाहरुको पहिचान गर...
गुलरियामा बिद्यार्थिलाई सिकाईमा परिवर्तन सम्बन्धि परामर्श दिईयो

गुलरियामा बिद्यार्थिलाई सिकाईमा परिवर्तन सम्बन्धि परामर्श दिईयो

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, माघ १२ । बर्दियाको गुलरिया नगरपालिका वडा न ११ गौरी शंकर माध्यमिक बिद्यालय डल्लापुरका बिद्यार्थीहरुकालागि एक दिने सिकाईमा परिवर्तन, जिवन उपयोगी सीप तथा करियर बिकास सम्बन्धि उत्पे्ररणात्मक परामर्श कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको सहजिकरण सिटिएस नेपालका रबि किरण श्रेष्ठले गर्नु भएको थियो । उहाँले सहजीकरण गर्दै सिकाईका परिवर्तन ल्याएर जीवनउपयोगी सिप सिक्ने कुरालाई प्राथमिकतामा राखेर करियर विकासलाई केन्द्रविन्दुमा राख्नु पर्ने कुरा बताउनुभयो । उक्त कार्यक्रममा शसक्त बालिका परियोजनाका परियोजना प्रमुख गोबिन्द प्रसाद लामिछानेले बिद्यार्थीहरुलाई परिक्षामुखि मात्र नभई पढाईलाई जग बलियो बनाउन र प्रतिष्पर्धामा आउनको लागि माध्यम बनाउनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले फाउन्डेसनमा जोड दिने र अतिरिक्त कृयाकलाप सहित समसामयिक सुचनाहरुको अपडेट समेतको सिकाईलाई प्राथमिकता...
बर्दियामा स्थानीय तहको युवा सहभागी निति योजना बारे कार्यशाला सम्पन्न

बर्दियामा स्थानीय तहको युवा सहभागी निति योजना बारे कार्यशाला सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, माघ १० । बाँके युनेस्को क्लबद्धारा बर्दियाको मधुवनमा आयोजना गरिएको स्थानिय तहको युवा सहभागी निति योजना बारेको कार्यशाला गोष्ठी मंगलवार सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको अर्थिक सहयोगमा बाँके यूनेस्को क्लबद्धारा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत सो कार्यशाला मधुवन नगरपालिकामा आयोजना गरिएको थियो । मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाट प्रमुख अतिथि रहनु भएको सो कार्यशालामा युवाको भूमिका, योजना प्रक्रियामा युवाको सहभागिताका साथै युवा नीतिका बारेमा छलफल समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण सहजकर्ता बसन्त विसीले गर्नु भएको थियो । सो कार्यशालामा युवाहरुको नागरिक अधिकार, मानव अधिकार सम्बन्धि अन्तरराष्ट्रिय कानुन, नेपालको कानुनि व्यवस्था, नीतिगत व्यवस्था बारे छलफल गरिएको बाँके युनेस्को क्लव वर्दियाका कार्यक्रम अधिकृत ईश्वर बिकले बताउनुभयो । उहाँका...
बर्दियाका किशोरीहरु बालबिबाह बिरुद्ध सचेतना फैलाउन आफै सक्रिय

बर्दियाका किशोरीहरु बालबिबाह बिरुद्ध सचेतना फैलाउन आफै सक्रिय

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, माघ ७ । बर्दिया जिल्लाका किशोरीहरु बालबिबाह बिरुद्दको सचेतना फैलाउनकालागि घर दैलो तथा र्याली कार्यक्रम संचालनमा आफै सक्रिय हुन थालेका छन । गुलरिया नगरपालिका वडा नम्बर १२ को भैसाही गाउँमा बालबिबाह रोकथाम, छोरा छोरी बराबरी, छोरीलाई विवाह होईन शिक्षाको जरुरी सम्बन्धि नारा लेखिएका प्लेकाड सहित किशोरीहरु घरघरमा पुगेका छन् । घरदैलो भेटघाट तथा र्याली पछि माघीको अवसरमा भव्य जनचेतना सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सो सांस्कृतिक कार्यक्रममा वडा बालअधिकार समितिका सदस्य वडा तथा वडा सदस्य घोशु थारु र भारती बिकले सामाजिक मूल्य मान्यता र परम्परा अनुसार थारु, मधेशी र दलित समुदादयमा बढि बाल बिबाह हुने गरेकाले यसलाई रोक्नका लागि यस्ता खालका सचेतनामुलक कार्यक्रमहरु बढी केन्द्रित गर्नु पर्ने बताउनु भयो । वडा बालअधिकार समितिका सदस्य थारुले समुदायमा विभिन्न सचेतना कार्यक्रम ...
२० लाखका अवैध सामान सशस्त्र प्रहरीद्धारा नियन्त्रणमा

२० लाखका अवैध सामान सशस्त्र प्रहरीद्धारा नियन्त्रणमा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, माघ २ गते । भारतबाट हुने चोरी तस्करी लगायत विभिन्न अवैध गतिविधि नियन्त्रणका लागि सीमानामा खटिएको सशस्त्र प्रहरीले निरन्तर चोरी तस्करीका सामान बरामद गरेर नियन्त्रण अभियानलाई जारी राखेको छ । दैनिकजसो भारतबाट अवैध रुपमा भित्रिएका मालसामान बरामद गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँके र मातहतका युनिटहरुले पछिल्लो पटक फेरी २० लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं.३० गण बागेश्वरी बाँकेका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक महेन्द्र भारतीले दिनु भएको जानकारी अनुसार सशस्त्र प्रहरीको बागेश्वरी गण र मातहतका युनिटहरुद्वारा बाँके जिल्लाका विभिन्न स्थानहरुबाट काँस तथा पित्तलका भाँडा वर्तन, मोटरसाइकल सहित मोटरसाईकल पार्टस, लत्ताकपडा, किराना सामानहरु, फलफुल तथा विरुवाहरु र गाडी सहित अवैध कुखुराहरु गरी २० लाख भन्दा ब...
दलित, विपन्न, असहाय र विपद पीडितकालागि काम गर्ने अव्वल संस्था बन्यो ज्ञान नेपाल

दलित, विपन्न, असहाय र विपद पीडितकालागि काम गर्ने अव्वल संस्था बन्यो ज्ञान नेपाल

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस २८ । शुभ सन्देश सभा नेटवर्क नेपाल ( ज्ञान नेपाल ) ले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा गरेका कार्यक्रम तथा गतिविधिहरु सार्वजनिक गरेर विभिन्न पक्षसंग सुझाव सल्लाह लिएको छ । संस्थाले शनिबार नेपालगन्जमा सम्पन्न गरेको वार्षिक प्रगति पस्तुत तथा अन्तरक्रिया कार्यक्रममा डेढ वर्ष भन्दा बढी समयमा गरेका कार्यक्रम र गतिविधि सार्वजनिक गर्दै सुझाव संकलन गरेको हो । नेपालगन्जको जमुनाहा नाकामा सञ्चालन गरिएको बुथबाट गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ जाँदै गरेका ९१ जना महिला र ५३ जना पुरुष गरि शङ्कास्पद १४४ जना नागरिकलाई परामर्श दिई भारत जान रोकेर घरतर्फ फर्काइएको कार्यक्रम अधिकृत तिलक नेपालीले सो अवसरमा बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा एक हजार ७७३ जनालाई सिमानाकाको बुथमै सुचना तथा परामर्श सेवा प्रवाह गरिएको जनाउँदै चालु आर्थिक बर्षको पुुससम्ममा ६६७ जनालाई सुचना त...
कतार च्यारिटीद्धारा दिईएको तीन महिने सिलाई कटाई तालिम सम्पन्न, मेसिनसहित सामाग्री वितरण

कतार च्यारिटीद्धारा दिईएको तीन महिने सिलाई कटाई तालिम सम्पन्न, मेसिनसहित सामाग्री वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस २५ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा तालिममा सहभागि विपन्न, एकल र उत्पिडित महिलाहरुलाई सिलाई मेसिन सेटसहित विभिन्न औजारहरु वितरण गरिएको छ । दलित, मधेसी, मुस्लिम, जनजाति लगायतका अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको नेपाल एकीकृत विकास परियोजना दुई अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको थियो । तालिममा २३ जना अति विपन्न, एकल महिला र सामाजिक रुपमा उत्पिडित महिलाहरुको सहभागिता रहेको थियो । क्लबका वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंगको अध्यक्षतामा सम्पन्न भएको तालिमको समापन समारोहमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधर र कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले सहभागिहरुलाई म...
माओवादी रुपान्तरण अभियानले जिल्लाका जनताको समस्या र गुनासा समाधान गर्ने

माओवादी रुपान्तरण अभियानले जिल्लाका जनताको समस्या र गुनासा समाधान गर्ने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगन्ज, पुस १८ । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको माओवादी बिशेष रुपान्तरण अभियानको बाँकेमा समिक्षा गरिएको छ । चार महिनासम्म सञ्चालन गरिएको सो अभियानबाट प्राप्त भएका उपलब्धी र गुनासासहित कमी कमजोरीका बारेमा बिस्तृत समिक्षा गरिएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले बताउनुभयो । उहाँले अभियानका संयोजक, माओवादी केन्द्रका नेताहरु लगायत जिल्लाका विभिन्न तहका जिम्मेवार नेताहरुको सहभागिता रहेको सो समिक्षा कार्यक्रममा पालिकाका प्रमुखहरु लगायत जनवर्गिय संगठनका प्रमुखहरुले रिपोर्टिंग गर्नु भएको र सोही आधारमा समिक्षा गरिएको बताउनुभयो । सो कार्यक्रममा बोल्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले यो अभियानबाट जिल्लाका समस्या र समाधान बारे नयाँ संश्लेषण भएको बताउनुभयो । उहाँले चार महिनासम्म ...