गेरुवाका प्रारम्भिक तहका शिक्षकलाई एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम
समाचारदाता
गेरुवा, बर्दिया २४ भदाै । बर्दियाकाे गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रारम्भिक तहका शिक्षकहरूका लागि आयोजित एकीकृत पाठ्यक्रमसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ।
तीनदिनसम्म सञ्चालन भएको साे तालिम गेरुवा गाउँपालिका र सुरक्षित भविष्य परियोजनाको सहकार्यमा सम्पन्न भएको हो।
तालिममा गेरुवा गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरूबाट प्रारम्भिक तहमा अध्यापनरत २६ जना शिक्षकहरूको सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य प्रारम्भिक तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमको अवधारणा, बालकेन्द्रित तथा सहभागितामूलक शिक्षण विधि, विषयवस्तुलाई बालबालिकाको दैनिक जीवनसँग जोडेर सिकाउने तरिका तथा कक्षाकोठामा एकीकृत पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा आवश्यक ज्ञान, सीप र व्यावहारिक क्षमता प्रदान गर्नु रहेको थियो।
तालिमको सहजीकरण प्रशिक्षक नन्दकला खत्रीले गर्...









