४ जेष्ठ २०८१, शुक्रबार

मुख्य समाचार

राप्ती नदीमा एक हजार माछाका भुरा हालियो

राप्ती नदीमा एक हजार माछाका भुरा हालियो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ६ मंसिर । बिश्व मत्स्य दिवसको अवसर पारेर बाँकेमा राप्ती नदीको अगैयामा एक हजार माछाका भुरा हालिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके नेपालञ्जले एक कार्यक्रमको आयोजना गरी राप्ती नदीमा १ हजार माछाका भुरा छाडेको हो । जलचर संरक्षण हाम्रो प्रतिबद्धता खाद्य पोषण तथा दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित मनाइएको विश्व मत्स्य दिवसमा रौ र नैनी जातका माछाका भुरा अगैयास्थित राँप्ती नदीमा छाडिएको विज्ञ केन्द्र नेपालञ्जका प्रमुख तथा वरिष्ठ मत्स्य बिकास अधिकृत कमला अधिकारीले जानकारी दिनुभयो । राप्ती नदीमा माछा छाड्ने कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका उप प्रमुख धनी कुमारी खत्रीले विशेष उपस्थिति रहेको विज्ञ केन्द्रले जनाएको छ । कार्यक्रममा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत बसिर अहमद, प्राबिधिक अधिकृत सुदन भट्टराई लगायतको उपस्थिति रहेको थिय...
अझै रोकिएन भारतबाट हुने तस्करी र अवैध आयात

अझै रोकिएन भारतबाट हुने तस्करी र अवैध आयात

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ६ मंसिर । यहाँस्थित सीमापारी भारतबाट नेपालतर्फ हुने अवैध आयात र तस्करी निरन्तर जारी नै रहेको छ । प्रहरीले जतिसुकै सक्रियता देखाएपनि र जतिसुकै सामान पक्राउ गरेपनि लामो समयदेखि हुँदै आएको अवैध आयात र तस्करी भने रोकिएको छैन । मुख्य नाकामा धेरै ठाउँमा चेकजाँच हुने गरेपनि तथा अन्य नाकाहरुमा समेत शसस्त्र र जनपथ प्रहरीको उल्लेख्य उपस्थिति रहँदै आएपनि कसरी दैनिक लाखौं लाख रुपियाँको अवैध सामान नेपाल भित्रिन्छ भन्ने प्रश्न चारै तिर उठीरहेको छ । भन्सार राजस्व छलेर भारतीय सामानलाई दैनिक रुपमा नेपालमा भित्रयाउने काम निरन्तर भैरहेपनि सुरक्षाकर्मीले त्यसलाई किन रोक्दैनन् वा किन देख्दैनन् भन्ने प्रश्न पनि जनमानसमा सर्वत्र उठिरहेको छ । यसरी राजस्व छलेर सामान ल्याउँदा देशलाई ठुलो नोक्सानी भएपनि यो सबै किन रोकिंदैन ? यही नै सबैभन्दा अहम प्रश्न हो । उता, प्रहरीले भने दिनद...
कोहलपुरमा १ अर्ब २२ करोडको राष्टिय महिला क्रिकेट एकेडेमी निर्माण गरिंदै

कोहलपुरमा १ अर्ब २२ करोडको राष्टिय महिला क्रिकेट एकेडेमी निर्माण गरिंदै

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
मन्त्री अथकद्धारा भव्य समारोहमा एकेडेमीको शिलान्यास नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर ५ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले आइतवार बाँकेको कोहलपुरमा ‘राष्ट्रिय क्रिकेट महिला एकेडेमी’को शिलान्यास गर्नु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नु भएको हो । मन्त्री नियुक्त भएलगत्तै उहाँले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गर्नु भएको थियो । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री गहतराजले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिदैं उहाँले केही दिनमै पुर्वाधार निर्माणको प्रक्रिया सुरु...
बाँकेको खैरीखोलाको जंगलमा बम भेटियो, सेना घट्नास्थलमा पुग्यो

बाँकेको खैरीखोलाको जंगलमा बम भेटियो, सेना घट्नास्थलमा पुग्यो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ५ । बाँकेको पुर्व पश्चिम राजमार्गमा पर्ने खैरी खोलाको जंगलमा बेवारिसे बम फेला परेको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा पर्ने खैरीखोलाको जंगलमा बेवारिसे बम भेटिएको अगैया प्रहरी चौकीका प्रमुख असई खगेन्द्र केसीले बताउनुभयो । उहाँले सो बम द्धन्द्धकालको समयमा फािलएको हुनसक्ने जनाउँदै सुरक्षाकर्मीले गस्ती गर्ने क्रममा बम फेला पारेको बताउनुभयो । भेटिएको बम सकेट बम रहेको प्रहरीले जनाएको छ । बम भेटिएको स्थान अगैया प्रहरी चौकीबाट ती किलोमिटर पश्चिमतर्फ रहेको जनाउँदै असई केसीले सो बारेमा नेपाली सेनालाई जानकारी गराई सकेको र सेनाको टोलीले घटनास्टलमा पुगेर बम डिस्पोजल टोलीलाई जानकारी गराउने काम गरिरहेको बताउनुभयो । द्धनद्धको बेला फालिएका र गाडिएका बम र हतियारहरु विभिन्न स्थानमा फेला पर्दै आएका छन् ।...
कोरोनाको खतरा अझै पुर्ण रुपमा टरेको छैन, सावधानी अपनाउन सुझाव

कोरोनाको खतरा अझै पुर्ण रुपमा टरेको छैन, सावधानी अपनाउन सुझाव

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
दुई दिनमा थप तीन जना संक्रमितको भेरी अस्पतालमा मृत्यु सिराज खान नेपालगञ्ज, मंसिर ५ । पछिल्लो समयमा आएर कोरोना संक्रमण निकै घट्दै गएको पाईएपनि जोखिम र खतरा अझै पुर्ण रुपमा नटरेको स्वास्थ्यकर्मीले जनाएका छन् । चिसो मौसम शुरु भैसकेको र कोरोना विरुद्धको सावधानी समेत निकै कम भैसकेकोले अझै पनि सो रोगबाट हानी हुने जोखिम र खतरा कायमै रहेको भेरी अस्पतालका निवर्तमान प्रमुख डा. प्रकाश थापाले बताउनुभयो । उहाँले केही दिनयता संक्रमित भेटिने क्रम निकै कम भएपनि युरोप लगायतका विदेशी मुलुकमा फेरी बढी रहेको पाईएको तथा नेपालमै पनि पुर्ण रुपमा शुन्यमा नझरी सकेकोले अझै सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो । पहिलो र दोस्रो चरणको महामारीमा निकै राम्रो स्वास्थ्य व्यवस्थापन गर्नु भएका डा. थापाले अझै केही समय निकै सचेत रहनुपर्ने र सावधानी पनि अपनाउनु पर्ने बताउनु भएको छ । विशेष गरेर भिडभाडमा जाँदा वा आफ्ना बालबाल...
समाजमा लायन्स क्लबको भूमिका अतुलनीय–पुर्वमन्त्री राई

समाजमा लायन्स क्लबको भूमिका अतुलनीय–पुर्वमन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ४ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले समाजमा लायन्स क्लबहरुको भूमिका अतुलनीय रहेको बताउनु भएको छ । लायन्स क्लब डिस्टिक्ट ३२५ बी टु ले शनिवार नेपालगञ्जमा आयोजना गरेको विगत, वर्तमान र भविष्यमा समाजमा लायन्सको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सो कुरा बताउनु भएको हो । उहाँले भूकम्प, आगलागि, बढी पहिरो र दुर्घटना जस्ता आपत विपतमा लायन्स क्लबहरुले अग्रपंक्तिमा रहेर काम गर्दै आएको जनाउँदै सोही कारणले समाजमा लायन्सको महत्व बेग्लै प्रकारको रहेको बताउनुभयो । मानवीय र समाजसेवाको क्षेत्रमा लायन्सको योगदान सधैं अविस्मरणीय रहेको जनाउँदै कोरोना कहरमा पनि लायन्सले मानव सेवाका लागि अहम कार्य गरेको पुर्व मन्त्री राईले बताउनुभयो । स्वास्थ्य र शिक्षाको विकासका लागि लायन्स सधैं अगाडी रहने गरे...
प्याब्सनद्वारा खेलकुद मन्त्री अथकलाई सम्मान

प्याब्सनद्वारा खेलकुद मन्त्री अथकलाई सम्मान

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ४ । नेपालगन्ज प्याब्सनले शनिवार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकलाई स्वागत तथा सम्मान गरेको छ । प्याब्सन नगर अध्यक्ष बिकास बज्राचार्यको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी खेलकुद मन्त्री विशेष अतिथिमा हिसान केन्द्रिय उपाध्यक्ष ईस्वर पोख्रेल, त्रिभुवन बिश्वबिद्धालय सह परिक्षा नियन्त्रक सुमन गौतम एन प्याब्सनका कुसुम रानाभाट रहनु भएको थियो । प्रमुख अतिथि मन्त्री अथकले सरकारले निजि क्षेत्रबाट सञ्चालित विद्यालयलाई प्रोत्साहन गर्ने निति ल्याउने बताउनु भयो । उहाँले शिक्षालाई व्यापार मात्र नबनाई विद्यालयलाई देश र असल नागरिक बनाउने थलो बनाउनु पर्नेमा जोड दिनुभयो । मन्त्रीले युवाहरूले जागिर खोज्दै हिड्नु भन्दा स्वरोजगार बन्ने सम्भावना खोज्नु पर्ने र हाम्रो देशमै थुप्रै संभावना भएको र तिनको पहल गर्नु पर्ने तथा नेपाल स्काउटलाई सरकार...
बाँकेका अधिकांश वडामा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

बाँकेका अधिकांश वडामा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
७० वटा वडामा सम्पन्न भएको जानकारी आयो –अध्यक्ष खरेल नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ४ । नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने मूल नाराका साथ नेकपा माओवादी केन्द्रले शनिवार बाँकेका अधिकांश वडाहरुमा वडा सम्मेलन गरेर वडा समितिहरु गठन गरेको छ । माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले दिनु भएको जानकारी अनुसार जिल्लाका अधिकांश वडाहरुमा वडा सम्मेलन सम्पन्न भएको छ । जिल्लाका ७० वटा वडामा वडा सम्मेलन सम्पन्न भएको जानकारी आफुलाई आधिकारिक रुपमा आएको र बाँकी आउने क्रम जारी रहेको अध्यक्ष खरेलले बताउनुभयो । उहाँले कोहलपुरका १३ वटा वडामा, राप्तीसोनारी गाउँपालिकाका ७ वटा वडामा र नेपालगञ्जका २० वटा वडामा  वडा सम्मेलन सम्पन्न भएको बताउनुभयो । नेपालगञ्जपाटीलाई प्राप्त भएको जानकारी अनुसार राप्तिसोनारी गाउँपालिका अन्तर्गतका ९ वटा वडामध्ये ७ वटा वडामा अधिवेशन स...
सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी एपीएफका बोगटीले जिते

सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी एपीएफका बोगटीले जिते

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ४ मंसिर । सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी एपीएफका किरणसिंह बोगटीले हात पार्नु भएको छ । १३ औं सागका गोल्ड मेडलिष्ट रहेका बोगटीले उपाधीसहित एक लाख रुपियाँ नगद पुरस्कार समेत प्राप्त गर्नुभयो । यस्तै हाफ म्याराथनको उपाधी गोल्ड धाधिंगकी सन्तोषी श्रेष्ठले जित्नुभयो । उहाँ पनि सागको स्वर्ण पदक विजेता हुनुहुन्छ । नेपालगन्ज म्याराथन विजेता बोगटीले निर्धारित दुरी ४२।१९५ किलोमिटर २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा पुरा गर्दै उपाधी हात पार्न सफल हुनु भयो । बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधी जित्नुभयो । दोस्रो भएका सेनाका रावलले २ घण्टा ३३ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पुरा गर्न सफल हुनुभयो । एपिएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३३ मिनेट ३४ सकेण्डमा पुरा गर्दै तेस्रो बन्नुभयो । यस्तै धादिङकी सन्तोषी श्रेष्ठले साविक विजेता एपिएफकी पुष्पा भण...
बाँके र बर्दियामा बाढी विपद्को कृत्रिम घटना अभ्यास

बाँके र बर्दियामा बाढी विपद्को कृत्रिम घटना अभ्यास

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ३ । स्थानीय विपद् व्यवस्थापन समिति डुडवा र खजुरा गाउँपालिको आयोजनामा १ दिने बाढी विपद् आधारित कृत्रिम घटना अभ्यास शुक्रवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कृत्रिम घटना अभ्यास बाँके र बर्दिया जिल्लामा एकै पटक संचालन भएको थियो । विपद् प्रभावितहरुको तत्काल सूचना संकलन गरी सरोकारवाला निकायसम्म छिटो माध्यमबाट पुर्याउने र उक्त सूचनाको आधारमा मानवीय सहायता र खोज तथा उद्धार कार्य गर्न सहजता हुने अभिप्रायले नमुना अभ्यास गरिएको होे । उक्त क्रममा स्थानीय तहले तयार गरेको स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजनाको परीक्षण, स्थानीय विपद् व्यवस्थापन समितिको बैठक आयोजना, खोज तथा उद्धार टोली परिचालन, प्रारम्भीक दु्रत लेखाजोखा र मानवीय सहायताका कार्यहरु दु्रत गतिबाट गरिएको थियो । अनलाइन प्राविधिबाट संचालन भएको उक्त कार्यक्रममा गाउँपाल...