२० बैशाख २०८१, बिहीबार

मुख्य समाचार

भेरी अस्पतालको सिकलसेल एनिमिया उपचार केन्द्र तत्काल शुरु गर्न विरामीको माग

भेरी अस्पतालको सिकलसेल एनिमिया उपचार केन्द्र तत्काल शुरु गर्न विरामीको माग

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्ज समाचारदाता नेपालगञ्ज, २ मंसिर । भेरी अस्पतालमा रहेको सिकलसेल एनिमिया उपचार केन्द्र तत्काल सञ्चालनको माग गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूलाई ज्ञापनपत्र बुझाइएको छ । कोरोना महामारी सुरु भएपछि उक्त उपचार केन्द्र बन्द गरिएपछि सिकलसेलका बिरामी समस्यामा परेकोले उपचार केन्द्र पुनः सञ्चालन गर्न बिरामीले दबाब दिँदै आएका छन् । विभिन्न बहाना बनाएर अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले उपचार केन्द्र बन्द गराएको भन्दै तत्काल सञ्चालनको माग गर्दै सिकलसेल एनिमिया सोसाइटीले मन्त्री थारूलाई ज्ञापनपत्र बुझाएको हो । भेरी अस्पतालका लागि सिकलसेल फोकल पर्सन वरिष्ठ फिजिसियन डा।राजन पाण्डेको भरतपुर सरुवा भएपछि उपचार केन्द्र बन्द गरिएकोमा अब तत्काल सुरु गर्न दबाब बढाइएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम चौधरीले बताउनुभयो । लुम्बिनी ...
काँग्रेसको नगर अधिवेसन–तीनै जनाको आफु विजयी हुने दावी, विष्टको संभावना सबैभन्दा बढी

काँग्रेसको नगर अधिवेसन–तीनै जनाको आफु विजयी हुने दावी, विष्टको संभावना सबैभन्दा बढी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, २ मंसिर । बिहिबार हुने नेपाली कांग्रेसको नेपालगञ्ज उपमहानगरपालिका सभापति पदको निर्वाचनका लागि तीन जना उम्मेदवार रहेपनि मुख्य प्रतिष्पर्धा दुई जनाविचनै हुने अधिकांश काँग्रेसका नेता कार्यकर्ताको आकलन छ । नगर सभापतिका लागि नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापामगर, निवर्तमान सभापति प्रशान्त विष्ट र तरुण दल बाँकेका सचिव विनोद रिजालले उम्मेदवारी दिनु भएको छ । तीनै जना उम्मेदवार नगरका विभिन्न नेता कार्यकर्तामाझ अत्याधिक लोकप्रिय भएपनि मुख्य प्रतिष्पर्धा भने प्रशान्त विष्ट र उमा थापामगर विचनै हुने अधिकांश कार्यकर्ताले नेपालगञ्जपाटीलाई बताएका छन् । नेपालगञ्जपाटी डटकमले बुधवार नगरका विभिन्न क्षेत्रका मतदातासंग लिएको जानकारी अनुसार थापामगर र विष्टविच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएपनि विष्टको अवस्था बलियो रहेको र उहाँ विजय हुने संभावना अत्याधिक रहेको छ । रिजालले बढी मत तान्न...
अन्डर १९ क्रिकेटमा बर्दियासंग बाँके पराजित, हारको जिम्मेवार को ?

अन्डर १९ क्रिकेटमा बर्दियासंग बाँके पराजित, हारको जिम्मेवार को ?

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
कसैले प्रशिक्षक, कसैले मैदान र कसैले खेलाडीलाई दोष दिएर पन्छिए सिराज खान नेपालगञ्ज, १ मंसिर । कुनै बेला बाँकेको क्रिकेट टीम नेपाल भरिनै सबैभन्दा अव्वल मानिन्थ्यो, जहाँ गएपनि अधिकांश खेल जितेरै फर्किन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन । विभिन्न कारणले गर्दा बाँकेको क्रिकेटको स्तर तल खस्किंदै गएको छ । यहाँसम्म कि हालसम्म कहिले पनि नहारेको टीमसंग पनि बाँकेले हारको सामना गर्नु पर्ने अवस्था आएको छ । अन्डर १९ छनोट प्रतियोगितामा बाँकेको टोलीले पहिलो पटक बर्दियासंग बुधवार हारको सामना गर्नु पर्यो । दांगको लमहीमा भैरहेको सो छनोट खेलमा बर्दियाको टोलीसंग बाँकेले हार खेप्नु परेपछि बाँकेका अधिकांश क्रिकेटप्रमी, वरिष्ठ खेलाडी देखि सर्वसाधारण समेत स्तब्ध भएका छन् । सोच्दै नसोचेको हार खेप्नुमा मुख्य जिम्मेवार को हो ? कसले यसको जवाफ दिने ? पहिलो पटक हारको कारण के हो ? खेलसंग खेलवाड कहिलेसम्म चल्छ ? ज...
बाँकेमा सबैभन्दा बढी कर तिरेको भन्दै मंगल हार्ड वेयर र लक्ष्मी प्लाष्टिकलाई सम्मान

बाँकेमा सबैभन्दा बढी कर तिरेको भन्दै मंगल हार्ड वेयर र लक्ष्मी प्लाष्टिकलाई सम्मान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १ मंसिर । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले १० औं राष्ट्रिय कर दिवस को अवसरमा बाँकेमा सबैभन्दा बढी कर तिर्ने करदातालाई बुधवार नेपालगञ्जमा सम्मान गरेको छ । कर दिवस तथा कर सप्ताहको उदघाटनका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शमसेर राणा र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत शरदचन्द्र पौडेलले बाँके जिल्ला भरिमा सबै भन्दा बढी कर दाखिला गर्ने मंगल हार्ड वेयरका मंगल अग्रवाल र विनोद अग्रवाल तथा लक्ष्मी प्लाष्टिक प्रालिका संचालक जय गोपाल श्रेष्ठ र रमेश जयसवाललाई सम्मान गर्नुभयो । सोही अवसरमा आन्तरिक राजस्व कार्यालयका नायब सुब्बा इन्द्रा सापकोटालाई उकृष्ट कर्मचारी घोषित गरेर सम्मान गरिएको थियो । सम्मानित व्यक्तिलाई दोसल्ला र फुलको माला लगाई कदर पत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा धवल समसेर राणाले...
निर्वाचन हुनु अगावै बाँकेमा एमालेले जित्ने निश्चित भयो–ओली

निर्वाचन हुनु अगावै बाँकेमा एमालेले जित्ने निश्चित भयो–ओली

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला भएको बताउनु भएको छ । उहाँले बुधवार नेपालगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सो कुरा बताउनु भएको हो । स्थानीय मेरो प्लानेटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपालगञ्जका व्यवसायी तथा बाँकेका पुर्व जिविस सभापति पशुपति दयाल मिश्र लगायत ठुलो संख्याका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले बाँके जिल्ला अब एमालेको लालकिल्ला भइसकेकोले अबको सबै चुनाव एमालेले जित्छ भन्ने कुरो अहिले नै प्रष्ट भैसकेको बताउनुभयो । एमाले कुनै जात बिशेष, धर्म बिशेष, भुगोल बिशेषको मात्र प्रादेशिक पार्टी नभएको भन्दै उहाँले मेचिदेखी महाकालीसम्म, तराईदेखी हिमालसम्मका सम्पुर्ण जातजाति, सम्पुर्ण धर्मावलम्बी मान्ने जनताहरुको साझा राष्ट्रिय पार्टी एमाले म...
प्रमुख सेनानी कार्कीद्धारा खेल पुर्वाधार र उपकरणका लागि पाँच लाख भन्दा बढीको सहयोग प्रदान

प्रमुख सेनानी कार्कीद्धारा खेल पुर्वाधार र उपकरणका लागि पाँच लाख भन्दा बढीको सहयोग प्रदान

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १ मंसिर । नेपालगन्ज रंगशालामा रहेको भारोत्तोलन भवन भित्रका शौचालय र बाथरुम मर्मत तथा निर्माण र खेल प्रशिक्षणका लागि उपकरण खरिद गर्न नेपाली सेनाका प्रमुख सेनानी जनमत बहादुर कार्कीले आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख रुपियाँको सहयोग गर्नुभएको छ । नेपालगन्जको राँझास्थित भैरवप्रसाद गणका गणपति समेत रहनु भएका प्रमुख सेनानी कार्कीले भारोत्तोलन भवनको शौचालय र बाथरुम मर्मत तथा निर्माणका लागि तीन लाख रुपियाँ बराबरको सामग्री सहयोग गर्नुभएको र खेल उपकरणका लागि दुई लाखको थप सहयोग गर्नु हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले बताउनुभयो । शौचालय र बाथरुममा सावर, धाराका टुटी लगायत आवश्यक पर्ने सामग्री नहुँदा खेलाडीलाई समस्या भएको महशुस गरेपछि प्रमुख सेनानी कार्कीले आफ्नो ब्यक्तिगत लगानीमा सो सामग्री खरिद गरि प्रदान गर्नुभएको मध्यपश्चिमाञ्चल क्ष...
एमाले अध्यक्ष ओली आज नेपालगञ्जमा गर्जने

एमाले अध्यक्ष ओली आज नेपालगञ्जमा गर्जने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १ मंसिर । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधवार नेपालगञ्ज आउँदै हुनुहुन्छ । पार्टी प्रवेश कार्यक्रमका लागि उहाँ नेपालगञ्ज आउन लाग्नु भएको हो । नेपालगञ्जको बालेगाउँस्थित मेरो प्लानेटमा हुने वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली बुधवार विहान नेपालगञ्ज पुग्ने कार्यक्रम रहेको एमाले बाँकेले जनाएको छ । सो कार्यक्रमका लागि लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेल मंगलवारनै नेपालगञ्ज पुगिसक्नु भएको छ । नेपालगञ्ज विमानस्थलबाट अध्यक्ष ओलीलाई एक स्वागतमा रयालीसहित स्वागत गरेर नेपालगञ्ज ल्याउने कार्यक्रम रहेको एमाले बाँकेका अध्यक्ष निरक गुरुंगले जानकारी दिनुभयो । पुर्व प्रधानमन्त्री ओली बुधवार विहान साढे ११ बजे नेपालगञ्ज विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । जिविस बाँकेका पुर्व सभापति पशुपति दयाल मिश्रा, नेत...
नेपाली काँग्रेस नेपालगञ्ज नगरमा थापामगर, विष्ट र रिजालविच प्रतिष्पर्धा

नेपाली काँग्रेस नेपालगञ्ज नगरमा थापामगर, विष्ट र रिजालविच प्रतिष्पर्धा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ३० कात्तिक । यही मंसिर २ गते हुने नेपाली कांग्रेसको नेपालगञ्ज उपमहानगरपालिका सभापति पदको निर्वाचनका लागि तीन जनाविच प्रतिष्पर्धा हुने भएको छ। बिहीबार हुने नगर अधिवेशनमा नेपालगञ्ज उपमहानगरका उमा थापामगर, प्रशान्त विष्ट र विनोद रिजालले उम्मेदवारी दिने घोषणा गरेपछि उहाँहरुविचनै भिडन्त हुने भएको छ । थापामगर संस्थापन इतरबाट नगर सभापतिमा उम्मेदवार बन्नु भएको छ भने विष्ट र रिजाल पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेको बताईएको छ । नगर सभापतिका लागि उम्मेदवार बनेका तीनै जना अहिले विभिन्न महत्वपुर्ण पदहरुमा रहनु भएको छ । थापा मगर उपमेयर हुनुहुन्छ भने विष्ट नेपालगञ्ज नगर समितिका सभापति हुनुहुन्छ र रिजाल तरण दलको जिल्ला सचिव हुनुहुन्छ । उहाँहरु सबैको पार्टीमा राम्रो पकड रहेको बताईएको छ । संस्थापन पक्षका दुई जना प्रतिस्पर्धामा भिड्दा त्यसको लाभ गैर संस्थापन पक्षकी...
पशुपति दयाल मिश्र ठुलो संख्यामा नेता कार्यकर्तासहित एमालेमा प्रवेश गर्दै

पशुपति दयाल मिश्र ठुलो संख्यामा नेता कार्यकर्तासहित एमालेमा प्रवेश गर्दै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ३० कात्तिक । गत प्रतिनिधिसभाको निर्वाचनमा एमालेको सुर्य चिन्हबाट उम्मेदवार बन्नु भएका पशुपति दयाल मिश्रसहितको नेता कार्यकर्ताहरुको टोलीले औपचारिक रुपमा एमालेमा प्रवेश गर्न थालेको छ । उहाँहरुको पार्टी प्रवेश कार्यक्रम मंसिर १ गते तय गरिएको र सो कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली रहनु हुने एमाले बाँकेले जनाएको छ । मिश्र स्वयंले दुई साता पहिलेदेखिनै पार्टी प्रवेशको तयारी भैरहेको तथा पार्टी प्रवेश गर्नेहरुको सुचि तयार भैरहेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आउनु भएको छ । उहाँले तीन हजार नेता कार्यकर्ताहरुसहित एमालेमा प्रवेश गर्ने कुरा पनि आफै सार्वजनिक गर्नुभएको छ । मंसिर १ गते पार्टी अध्यक्ष ओलीले नेपालगञ्जस्थित मिश्रकै मेरो प्लानेटमा नवप्रवेशीलाई सदस्यता दिने कार्यक्रम तय भएको एमाले बाँकेका अ...
बिप्लबको बन्द–बाँकेमा यातायात प्रभावित, स्कुल ठप्प, अधिकांश पसल व्यवसाय खुला

बिप्लबको बन्द–बाँकेमा यातायात प्रभावित, स्कुल ठप्प, अधिकांश पसल व्यवसाय खुला

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ३० कात्तिक । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्र विप्लव चन्द ुबिप्लबु नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव बाँकेमा पनि परेको छ । बन्दका कारण मंगलवार विहानैदेखि सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् भने स्कुल कलेजहरु पनि बन्द रहेका छन् । नेपालगन्ज बजार क्षेत्रमा मोटरसाइकल, अटो रिक्सा, इलेक्ट्रोनिक रिक्सा चलेपनि छोटो तथा लामो दुरीका यातायतका साधन भने ठप्प छन् । बन्दको प्रभाव पसल व्यवसायमा पनि केही परेको छ । तर, बजारका अधिकांश पसल व्यवसाय भने सञ्चालनमै रहेका छन् । बन्दको क्रममा कुनै अप्रिय घट्ना नहोस भनेर ठाउँ ठाउँमा ठूलो संख्यमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले हालसम्म जिल्लामा अवस्था सामान्य रहेको जनाएको छ । यसैविच बन्दलाई सफल पार्न सडकमा निस्किएका नेकपा विप्लवका एक कार्यकर्तालाई प्रहरीले नेपालगञ्जमा पक्राउ गरेक...