काँग्रेसबाट मेयरमा १४ र उपमेयरमा ११ को नाम सिफािरस, कनौडियाले टिकट पाउने पक्का
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ३० । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेस बाँकेले १४ जनाको नाम सिफारिस गरेको छ । उपमेयरमा भने ११ जनाको नाम सिफारिस गरिएको छ ।
नेपाली काँग्रेसका नेपालगञ्ज नगर सभापति प्रशान्त विष्टले कांग्रेसको केन्द्रीय परिपत्र अनुसार माथिल्लो तहमा नाम सिफारिस गरिएको बताउनुभयो । उहाँका अनुसार मेयरमा रमेश कुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनिल राणा, निरञ्जनसिंह सिजापति, डा सुरेश कुमार कनोडिया, माया पुन, अजित कुमार शर्मा, रविन्द्रमान श्रेष्ठ, विरेन्द्र बहादुर शाह, अच्युत प्रसाद प्रसाईं, ललित रौनियार, मो कादिर जोलाहा र दिवाकर खनालको नाम सिफारिस गरिएको छ ।
जतिजनाको नाम सिफारिस गरिएपनि डा. कनोडियाले टिकट पाउने करिब करिब पक्का भैसकेको र औपचारिकताका लागि मात्रै सबै इच्छुकको नाम सिफारिस गरिएको बताईएको छ । तर, वर्तमान उपमेयर उमा थापा मगरले पनि कडा ...









