माघ १५ देखि नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिंदै, तीनसय बढी टुर अपरेटरको सहभागिता रहने
समाचारदाता
नेपालगन्ज, पुस २५ । पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ दोस्रो साता नेपालगन्जमा दोस्रो पटक वेष्टर्न ट्राभल मार्ट आयोजना गरिने भएको छ । गतवर्ष यहाँ पहिलो पटक वेष्टर्न ट्राभल मार्ट आयोजना गरिएको थियो ।
नेपाल पर्यटन वोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसियशन अफ नेपाल हान, होटेल व्यवसायी संघ लगायतका संघ, संस्थाको सहकार्यमा आगामी माघ १५ देखी १७ गतेसम्म ट्राभल मार्ट आयोजना गरिने नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।
सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी गराउँदै वेष्टर्न ट्राभल मार्टका संयोजक सिग्देलले पश्चिम नेपालमा पर्यटन व्यवसायको विकासका लागि ट्राभल मार्ट गर्न लागिएको ...









