Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the all-in-one-seo-pack domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wpreactions-lite domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the add-search-to-menu domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the olympus-google-fonts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
शिक्षा | नेपालगञ्ज पाटी - Page 6
११ जेष्ठ २०८३, सोमबार

शिक्षा

बाँके युनेस्को क्लबको सहअध्यक्षमा गौतम र खान मनोनित

बाँके युनेस्को क्लबको सहअध्यक्षमा गौतम र खान मनोनित

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, साउन १८ । बाँके युनेस्को क्लबको सह अध्यक्षमा वरिष्ठ पत्रकारहरु निरज गौतम र सिराज खानलाई मनोनित गरिएको छ । बाँके युनेस्को क्लबको शनिवार यहाँ सम्पन्न ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाबाट प्रवेज अलि सिद्दिकीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्यसमितिको पहिलो बैठकले गौतम र खानलाई सह अध्यक्षमा मनोनित गर्दै सल्लाहकार र विभिन्न उपसमिति तथा फोकल पर्सन समेत चयन गरेको छ । क्लबका अध्यक्ष सिद्दिकीले सो जानकारी गराउँदै नयाँ कार्यसमितिको पहिलो बैठकले वरिष्ठ पत्रकारहरु गौतम र खानलाई सह अध्यक्षमा मनोनित गर्नुका साथै अन्य वरिष्ठ पत्रकारहरु झलक गैरे, रुद्र सुवेदी, नरेन्द्र थापा, कमल पन्थी, राकेश मिश्र तथा वरिष्ठ समाजसेवीहरु राजु टिबडेवाल, भिमसेन चौधरी र मुजाहिद रजा कादरीलाई सल्लाहकारमा मनोनित गरेको बताउनुभयो । क्लबले शनिवार सम्पन्न गरेको साधारणसभामा चालु आर्थिक वर्षमा ...
बाँके युनेस्को क्लबको अध्यक्षमा प्रवेज अलि सिद्दिकी निर्विरोध निर्वाचित

बाँके युनेस्को क्लबको अध्यक्षमा प्रवेज अलि सिद्दिकी निर्विरोध निर्वाचित

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, साउन १७ । बाँके युनेस्को क्लबको शनिवार यहाँ सम्पन्न ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाबाट क्लबका संस्थापक अध्यक्ष प्रवेज अलि सिद्दिकी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । सिद्दिकीको अध्यक्षतामा निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा पन्चम गुरुंग, महासचिवमा बुधेश जयसवाल, सचिवमा फिरदौस जहाँ खान, कोषाध्यक्षमा जावेद सिद्दिकी र सदस्यहरुमा मिना भुषाल, भावुकजंग थापा, मिना चौधरी, सोबिया सिद्दिकी, श्वेता गुरुंग र सपना परियार निर्वाचित हुनु भएको छ । यसअघि क्लबको ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले ३६ वर्षको अवधीमा क्लबले गरेका उल्लेखनीय तथा उदाहरणीय कार्यहरुको प्रशंसा गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्य दिंदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद ...
नेपालगन्ज उपमहानगरपालिकाद्धारा  पेशागत स्वास्थ्य तथा सुरक्षा निति मार्गदर्शन निर्देशिका निर्माण, राजपत्रमा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिकाद्धारा पेशागत स्वास्थ्य तथा सुरक्षा निति मार्गदर्शन निर्देशिका निर्माण, राजपत्रमा प्रकाशित

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
पेशागत स्वास्थ्य तथा सुरक्षा परामर्श सेवाको आवधिक समिक्षा बैठक सम्पन्न समाचारदाता नेपालगन्ज, साउन १५ । भेरी वातावरणीय बिशिष्टिता समुह बि ग्रुपद्धारा ए.एफ.डि. र एम.डि.एम. फ्रान्सको सहयोगमा बाँकेमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले देशमै पहिलो पटक सरसफाईकर्मीहरूकालागि पेशागत स्वास्थ्य तथा सुरक्षा नीति मार्गदर्शन निर्देशिका तयार गरी राजपत्रमा प्रकाशन गरेको छ । यो कदम नेपालका अन्य पालिकाहरूकालागि पनि सराहनीय उदाहरण बन्न सक्ने सम्बन्धित सरोकारवालाले जनाएका छन् । सो नीति मार्गदर्शन कार्यान्वयनको लागि पालिका तथा वडास्तरीय समिति गठन गर्न बाँकी रहेको उपमहानगरपालिकाले जनाएको छ । विशेषगरी नेपालगन्ज उपमहानगरपालिकाद्धारा राजपत्रमा प्रकाशित स्वास्थ्य सम्बन्धि सो नीति मार्गदर्शनले अन्य पालिकाहरूलाई पनि सरसफाईकर्मी र किसानको सुरक्षाक...
बर्दियाको मधुवन र राजापुरमा मानवबेचविखन बिरुद्ध सचेतना कार्यक्रम

बर्दियाको मधुवन र राजापुरमा मानवबेचविखन बिरुद्ध सचेतना कार्यक्रम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, साउन १५ । बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकामा विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ लाई भव्य रुपमा मनाईएको छ । सो अवसरमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा सुरक्षा परियोजना अन्तर्गत मानव बेचविखन बिरुद्ध जनचेतनामुलक ¥याली तथा सामुदायिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको थियो । सचेतनामुलक कार्यक्रमले समुदायमा मानव बेचबिखनको समस्यालाई उजागर गर्दै सचेतना अभिवृद्धि गर्ने कार्य गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । कार्यक्रममा स्थानीय प्रहरी, समुदायका सदस्यहरू र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उनीहरूले मानव बेचबिखन र शोषणविरुद्ध सशक्त नाराहरू लगाउँदै प्लेकार्डहरू बोकेर ¥याली निकालेका थिए, जसले जनचेतना अभिवृद्धिमा विशेष प्रभाव पारेको स्थानीयको भनाई...
साहित्यकार तिमिल्सिनालाई ५१ हजारको प्रेमप्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार प्रदान

साहित्यकार तिमिल्सिनालाई ५१ हजारको प्रेमप्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार प्रदान

ताजा-अपडेट, शिक्षा, समाज
सिराज खान नेपालगन्ज, साउन ११ । स्वर्गिय गायक तथा साहित्यकार प्रेमप्रकाश मल्ल “मधुकर“ को ९० औं जन्मजयन्तीको अवसरमा शनिवार प्रेमप्रकाश मल्ल “मधुकर“ स्मृति पुरस्कारबाट वरिष्ठ साहित्यकार डा हरिप्रसाद तिमिल्सिनालाई पुरस्कृत गरिएको छ । भेरी साहित्य समाज केन्द्रिय समितिको आयोजनामा शनिवार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मीले साहित्यकार तिमिल्सिनालाई ५१ हजार १११ रुपियाँ राशीको पुरस्कारबाट पुरस्कृत गर्नुभयो । रकमसंगै तिमिल्सिनालाई सम्मान पत्र पनि प्रदान गरिएको थियो । स्वर्गिय प्रेमप्रकाश मल्लको पहिलो शोधकर्ताको रुपमा तथा उहाँको कृति र कृतित्वहरुलाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्नु भएकोमा वरिष्ठ साहित्यकार उपप्रध्यापक तिमिल्सिनालाई पुरस्कृत गरिएको भेरी साहित्य समाजले जनाएको छ । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष...
माओवादी जनयुद्धमा आधारित चलचित्र जनक्रान्ति निर्माण हुने

माओवादी जनयुद्धमा आधारित चलचित्र जनक्रान्ति निर्माण हुने

ताजा-अपडेट, मनोरञ्जन, मुख्य समाचार, शिक्षा
समाचारदाता काठमाण्डौ, १० साउन । गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण गरिने भएको छ । शनिवार उक्त चलचित्रको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् । पोष्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्ता लाई गणतन्त्र स्थापनाका लागी भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक , राजनैतिक , आर्थिक अवस्था वारे जानकारी दिन र लिन सहयोगी हुने बिस्वास व्यक्त गरे । हिजोको समाजको अवस्था बारे युवा पुस्ता लाई जानकारी दिन आवश्यक रहेको उनको भनाई थियो । रुद्राक्ष फिल्स प्रालिको व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन । भाद्र दोस्रो साता देखी चलचित्रको छायाकन सुरु गरिने निर्माण पक्षले बताएको छ । जनकान्तिको प्रर्दशनको मिति फाग...
अभिभावक शिक्षाको प्रभाव ः बर्दिया मधुवनका अभिभावक धमाधम पढाइ कुनाको स्थापना गर्दै

अभिभावक शिक्षाको प्रभाव ः बर्दिया मधुवनका अभिभावक धमाधम पढाइ कुनाको स्थापना गर्दै

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, साउन ८ । बालिका शसक्त परियोजना अन्तर्गत अभिभावकहरूलाई लक्षित गरी प्रदान गरिएको अभिभावक शिक्षा कार्यक्रमबाट प्रभावित भएर बर्दियाका अभिभावकहरुले आफ्ना बालबालिकाकालागि आफै पढाइ कुनाको स्थापना गर्न थालेका छन् । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालद्वारा सञ्चालित बालिका शसक्त परियोजना अन्तर्गत बर्दियाका मधुवन, गुलरिया र बढैयाताल गरेर तीन पालिकाका अभिभावकहरूलाई अभिभावक शिक्षा प्रदान गरिएको थियो । सो शिक्षाबाट प्रभावित भएर अभिभावकहरुले आफ्ना बालबालिकाको शिक्षालाई गुणस्तरीय बनाउन धमाधम आफैले घरमा पढाई कुना स्थापना गरिरहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले बालबालिकाको समग्र विकासमा अभिभावकहरूको सक्रिय भूमिका सुनिश्चित गर्नका लागि अभिभावक शिक्षा प्रदान गरिएको बताउनुभयो । सो क्रममा घरमै बालबालिकाको सिकाइ र विकासकोलागि...
बाँकेमा चार जिपिए ल्याउने एकजना मात्र, ६२.२३ प्रतिशत विद्यार्थी उत्तिर्ण

बाँकेमा चार जिपिए ल्याउने एकजना मात्र, ६२.२३ प्रतिशत विद्यार्थी उत्तिर्ण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, असार १४ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाँके जिल्लाबाट एकजना विद्यार्थिले मात्र चार जिपिए ल्याउन सफल भएका छन् । जिल्लाबाट यस पटक ६२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका इकाई प्रमुख धनसुदन चौलागाइका अनुसार जिल्लाबाट सात हजार नौ सय २१ जना विद्यार्थीले परीक्षा दिएकोमा ४ हजार नौ सय २९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा दुई हजार ९ सय ९२ विद्यार्थी अनुत्तीर्ण भएको इकाइले जनाएको छ । बाँके जिल्लामा चार जिपिए ल्याउने एकजना मात्र बिद्यार्थि कोहलपुरस्थित बालविद्या बोर्डिंग स्कूलकी छात्रा सृजना डिसी रहनु भएको शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख चौलागाइले बताउनुभयो । बाँके जिल्लामा ३.६१ देखि ४ जिपिए ल्याउने ६ सय ४२ जना, ३.२१ देखि ३.६० जिपिए ल्याउने एक हजार छ सय ७ जना, २.८१ देखि ३.२० जिपिए ल्याउने एक हजा...
बर्दिया राजापुर र मधुवनका विद्यालयहरूलाई सिकाई सामग्री हस्तान्तरण

बर्दिया राजापुर र मधुवनका विद्यालयहरूलाई सिकाई सामग्री हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, असार १३ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत बर्दिया जिल्लाको मधुवन र राजापुर नगरपालिका भित्रका विद्यालयहरूलाई शैक्षिक सिकाई सामग्री हस्तान्तरण गरिएको छ । बाल विकास र प्रारम्भिक तहमा अध्यनरत बिधार्थीको सिकाई क्रियाकलापलाई बाल केन्द्रित तथा रमाइलो बाताबरण तयार गर्नका साथै पढाईप्रति रुची जगाउन, पढाई सिपको बिकास गर्न र सब्द भण्डारको बृद्धि गर्ने उदेश्यले सिकाई सामग्री हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । सो सामाग्रीले प्रारम्भिक कक्षा र बाल विकास कक्षामा अध्ययनरत बाल बालिकाहरूको रुचि बढाउनुका साथै कक्षामा निरन्तरता दिन प्रेरित गर्ने छ । हस्तान्तरण गरिएका सिकाई सामग्रीहरुमा बाल विकास कक्षाका लागि शैक्षिक सामग्रीको सेट, भण्डारण बाकस, काठको र्याक र कक्षा १, २ र ३ का लागि ५०–५० थान कथाको पुस्तकहरू...
मानवबेचविखन नियन्त्रण गर्न साथी संस्थाको सूचना केन्द्रलाई सामाग्री हस्तान्तरण

मानवबेचविखन नियन्त्रण गर्न साथी संस्थाको सूचना केन्द्रलाई सामाग्री हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असार १३ । बाँके युनेस्को क्लबले नेपाल भारत सीमा नाका लगायतमा मानवबेचविखन बिरुद्ध काम गर्दै आएको एक संस्थालाई सुदृढ बनाउनुका साथै सेवालाई प्रभावकारी बनाउन बिभिन्न सामाग्री हस्तारन्तरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा क्लबद्धारा बर्दियामा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत साथी संस्थाद्वारा सञ्चालित सूचना केन्द्रलाई विभिन्न आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो । बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले मानवबेचविखन नियन्त्रणमा सघाउ पुग्ने गरि साथी संस्थाको सूचना केन्द्रलाई सक्षम बनाउन विभिन्न सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बिकले यो पहल मानव बेचबिखनबाट प्रभावित समुहहरूको सेवामा सुधार गर्न समुदायस्तरमै सेवा प्रवाह प्रणालीलाई सुदृढ बनाउने उदेश्य अन्तर्गत गरिएको ज...