समाचारदाता
नेपालगन्ज, असार ८ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिका अन्तर्गत विभिन्न विद्यालयका ३१ जना छात्राहरुलाई निशुल्क साइकल वितरण गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको सहयोग र सम्बद्ध नगरपालिकाको समन्वयमा राजापुर र मधुवन नगरपालिकामा संचालित ‘सुरक्षा परियोजना’ अन्तर्गत छात्राहरुको पढाईलाई निरन्तर राख्न सहयोग स्वरुप साइकल वितरण गरिएको हो ।
आफु अध्ययनरत विद्यालय घरवाट टाढा टाढा भएकोले बिद्यालय पुग्न सहज होस भनेर पैदल हिडनुपर्ने अवस्थाका छात्राहरुलाई निशुल्क साइकल वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
परियोजनाले मूलतः छात्राहरुको सशक्तिकरणका विभिन्न आयामहरुमा काम गर्दै आएको जनाउँदै उहाँले बालबलिका बेचबिखन बारे अभिभावक, शिक्षक–शिक्षिका, समुदाय तथा छात्राहरुमा सचेतीकरण अभियान, छात्राहरुको शिक्षा, स्वास्थ्यको सुरक्षालगाय...
समाचारदाता
नेपालगन्ज, असार ६ । बजेटमा आफुले प्रतिनिधित्व गर्ने समुदायको सवालहरुलाई सम्बोधन गर्न जनप्रतिनिधिहरुले भूमिका निर्वाह गर्नुपर्ने शुक्रबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका धारणा राखिएको छ ।
मधेश मानव अधिकार गृह (माहुरी होम) ले बाँकेका अल्पसंख्यक, सिमान्तकृत र दलित समुदायको अधिकारमा पहुँच अभिवृद्धिका लागि निर्वाचित कार्यपालिका सदस्यहरुलाई आयोजना दुई दिने क्षमता अभिवृद्धि तालिमका सहभागीहरुलाई संवैधानिक व्यवस्था अनुसार समुदायको प्रतिनिधित्व हुने गरेकाले बजेटमा पनि आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन सुझाव दिइएको हो ।
कार्यक्रमको अध्यक्षता गरेका माहुरी होमका निवर्तमान अध्यक्ष प्रेम चन्द जायसवालले संस्थाले उपेक्षित, सीमान्तकृत, दलित मधेशी, अल्पसंख्यक समुदायका लागि आवाज उठाउँदै उनीहरु केन्द्रित कार्यक्रम गर्दै आएका जानकारी दिएका थिए । उनले स्थानीय तह बजेट बनाउने प्रक्रियामा रहेकाले...
समाचारदाता
नेपालगन्ज, असार ५ । बर्दियाको बढैयाताल गाउँपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ ।
बांके युनेस्को क्लबले प्लान नेपालसँगक्षाे साझेदारी तथा बढैयाताल गाउँपालिकाको शिक्षा शाखाको समन्वय र सहकार्यमा साे प्रदर्शनी सम्पन्न गरेको हाे।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा प्रयोगात्मक शिक्षा, सिर्जनशीलता र नवप्रवर्तनको प्रवर्द्धन गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
कार्यक्रममा १५ वटा सामुदायिक विद्यालयहरू सहभागी भएका थिए । प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका नविनतम सामग्रीहरू प्रदर्शन गरिएका थिए।
बढैयातालका शिक्षा शाखा प्रमुख विश्वप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा सामाजिक विकास ...
समाचारदाता
नेपालगन्ज, ४ असार । बर्दिया जिल्लाकाे मधुबन नगरपालिकाका तीन विद्यालयलाई बिज्ञान विषयको ल्याब सामग्री उपलव्ध गराइएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित सशक्त बालिका परियोजना अन्तर्गत विद्यालयहरुलाई बिज्ञान विषयको सामग्री उपलव्ध गराइएको हो ।
परियोजना संयोजक तथा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द लामिछानेका अनुसार, बर्दिया मधुवन नगरपालिका वडा नं. ६ सानोश्रीको गुराँस नमूना विद्यालय, वडा नं. ४ ढोढरीको नेपाल राष्ट्रिय नमूना विद्यालय र वडा नं. १ सूर्यपटवाको त्रिभुवन माध्यमिक विद्यालयलाई प्रति बिद्यालय दुई लाख ९३ हजार बढी मूल्यका सामग्री उपलव्ध गराइएको छ ।
मधुबन नगरपालिकास्थित गुराँस माविमा भएको पहिलो औपचारिक कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले प्रधान अध्यापक केशव पौडेललाई ल्याब सामग्री हस्तान्तरण गर्नुभयाे ।
कार...
समाचारदाता
नेपालगन्ज, ४ असार । प्लान इन्टरनेशन नेपालको सहयोग, गुलरिया नगरपालिकाको सहकार्य र बाँके युनेस्को क्लबको आयोजनामा बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना कार्यक्रमका सहभागि किशोरी तथा युवतीहरुबीच दुई दिने तालिममुखी सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
तालिम तथा सिकाई आदानप्रदान कार्यक्रममा गुलरिया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाका किशोरी तथा युवा क्लबहरु, धार्मिक गुरु, नागरिक समाजका अगुवा, स्थानीय जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।
तालिममुखी सिकाई आदानप्रदान कार्यक्रममा कृष्ण पाण्डेले सहजीकरण गर्नुभएको थियो ।
साे कार्यक्रमकाे समापन समारोहमा सहभागिहरु सविना खान, भूमिका थारु, रत्ना सुनार र विष्णु गौतमले आआफ्नो अनुभव सुनाउँदै सिकाई आदानप्रदान निकै प्रभावकारी भएको बताउनुभएको थियो ।
कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअलि स...
समाचारदाता
नेपालगन्ज, जेठ ३१ । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ आदर्श मा बि र पुरुषतर्फ धम्बोजी मा बि प्रथम भएका छन।
शुक्रवार नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा सम्पन्न महिलातर्फको फाईनल खेलमा आदर्श मा.बि. ले युनाईटेड एजुकेशनल एकेडेमीलाई २५-१६, २५-१३ ले पराजित गर्दै प्रथम हुन सफल भयो। युनाईटेडले दोस्रो मै चित्त बुझायो । जय बागेश्वरी मा बि ले सगरमाथा मा. बि. लाई २५-१९, २५-१६ ले पराजित गर्दै तेस्रो भयो ।
त्यस्तै पुरुषतर्फ धम्बोजी मा. बि. ले जय जनता मा. बि. थपुवालाई २५-१६, २५-१६ ले पराजित गर्दै प्रथम भयो ।
मंगल प्रसाद मा. बि. ले युनाईटेडलाई २५-१८, २४-२६ र २५- २२ ले पराजित गर्दै तेस्रो भयो ।
दुबै इभेन्टमा प्रथम हुने टीमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणप...
समाचारदाता
नेपालगन्ज, जेठ ३० । ‘युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता ः सबैको मानव अधिकारको सुनिश्चितता’ भन्ने मुल नाराका साथ बर्दिया जिल्लामा युवा भेला सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत आयोजित सो भेलामा युवाहरुको स्थानीय तहमा बस्तीस्तरबाट योजना छनौट प्रकृया, योजनातर्जुमा प्रकृयाको सातवटा चरणहरुमा सहभागिता, भुमिका, युवा लक्षित कार्यक्रमको प्राथमिकता, स्थानयि तहमा युवाको अर्थपुर्ण सहभागिताका लागि वकालत तथा पैरवी गर्नेबारे बृहत्त छलफल भएको थियो ।
सोही प्रकारले सो भेलामा युवा क्लव र किशोरी क्लवहरुको सामुदायिक जवाफदेहिता र सामुदायिक सहभागिता, स्थानीय सरकारलाई युवामैत्री सेवा, वातावरण र कार्यढाँचा र उत्तरदायित्व र नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयनकालागि क्षमताअभिबृद्धि समेत गरिएको बा...
समाचारदाता
नेपालगन्ज, जेठ ३० । बर्दियाको मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत खानेपानी, सरसफाइ तथा स्वच्छता, लैङ्गिक समानता, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लब र मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सो अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा वाश समितिका सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघका प्रतिनिधिहरू र बाल क्लबका सदस्यहरू गरी ४५ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमको उद्देश्य विद्यालयका नीतिहरू, भौतिक संरचना र अभ्यासमा लैङ्गिक समानता प्रवद्र्धन गर्नु, विद्यालयका निर्णय प्रक्रिया र गतिविधिमा बालिका, सीमान्तकृत लैङ्गिक पहिचान भएका व्यक्तिहरू तथा पछाडि पारिएका समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नु, लैङ्गिक विभेद न्यूनीकरण गर्न...
समाचारदाता
नेपालगन्ज, जेठ ३० । बाँके युनेस्को क्लब र बर्दिया मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरोकारवालाहरूको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
क्लबद्धारा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरक्रिया आयोजना गरिएको हो ।
कार्यक्रममा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरी, वडाध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, कार्यपालिका सदस्यहरू, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका प्रतिनिधि सहित २५ जनाको सहभागीता रहेको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै उपमेयर चौधरीले मानव बेचबिखन विरुद्धको अभियानमा बाँके युनेस्को क्लबको सक्रियताको प्रशंसा गर्दै सबै सरोकारवालाहरू मिलेर सामूहिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक...
समाचारदाता
नेपालगन्ज, जेठ ३० । बर्दियाको राजापुर नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा खानेपानी, सरसफाइ तथा स्वच्छता, लैङ्गिक समानता, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
क्लबले सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो अभिमुखीकरण कार्यक्रम गरिएको जनाउँदै कार्यक्रममा वाश समिति सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघका प्रतिनिधिहरू र बाल क्लबका सदस्यहरू सहित ४५ जनाको सहभागीता रहेको राजापुर नगरपालिकाले जनाएको छ ।
कार्यक्रमको अध्यक्षता गर्दै राजापुर नगरपालिकाकी उपमेयर मनकला कुमारी चौधरीले विपद् जोखिम न्यूनीकरणमा सबैजना केन्द्रित हुनुपर्नेमा जोड दिंदै खानेपानी र सरसफाई तथा लैङ्गिक समानतालाई पनि बिर्सन नहुने बताउनुभयो ।
कार्यक्रममा राजापुर नगरपालिकाका सूचना प्रविधि अ...