१० माघ २०८२, शुक्रबार

मुख्य समाचार

बर्दियाका तीन पालिकाका किशोरीहरुबीच सिकाई आदानप्रदान, अभियान संचालन गर्न सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिकाका किशोरीहरुबीच सिकाई आदानप्रदान, अभियान संचालन गर्न सामग्री हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, ४ असार । प्लान इन्टरनेशन नेपालको सहयोग, गुलरिया नगरपालिकाको सहकार्य र बाँके युनेस्को क्लबको आयोजनामा बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना कार्यक्रमका सहभागि किशोरी तथा युवतीहरुबीच दुई दिने तालिममुखी सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । तालिम तथा सिकाई आदानप्रदान कार्यक्रममा गुलरिया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाका किशोरी तथा युवा क्लबहरु, धार्मिक गुरु, नागरिक समाजका अगुवा, स्थानीय जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममुखी सिकाई आदानप्रदान कार्यक्रममा कृष्ण पाण्डेले सहजीकरण गर्नुभएको थियो । साे कार्यक्रमकाे समापन समारोहमा सहभागिहरु सविना खान, भूमिका थारु, रत्ना सुनार र विष्णु गौतमले आआफ्नो अनुभव सुनाउँदै सिकाई आदानप्रदान निकै प्रभावकारी भएको बताउनुभएको थियो । कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअलि स...
कुखुरापालन व्यवसायकालागि ठाकुरबाबाका युवतीहरुलाई विभिन्न सामाग्री सहयोग

कुखुरापालन व्यवसायकालागि ठाकुरबाबाका युवतीहरुलाई विभिन्न सामाग्री सहयोग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार ३ । बर्दियाकाे ठाकुरबाबा नगरपालिका वडा नं. ९, मा स्थानीय कुखुरापालन व्यवसायका लागि युवतीहरुलाई विभिन्न सामाग्री सहयोग गरिएको छ। बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजनाअन्तर्गत साे सहयोग बितरण गरिएको हाे । ३९० घण्टा स्थानीय कुखुरापालन सम्बन्धी व्यावसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ठाकुरबाबाका १६ जना युवतीहरूलाई उक्त सहयोग प्रदान गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि कुमार तुलाधरले बताउनुभयो । उहाँका अनुसार कुखुरा पालन व्यवसाय तालिममा सहभागी प्रत्येक युवतीलाई नगद भौचर सहायता मार्फत २३ हजार ७३० रुपियाँ बराबरको सामग्री वितरण गरिएको थियो। स्थानीय जातका कुखुरा पालनका लागि युवतीहुरुलाई स्थानीय कुखुराको चल्ला, फिडर, ड्रिंङ्गकर, डिजिटल तौल मेसिन, एप्रोन, पँजा, दाना, ब्रुडर, कुखुरे जाली, जस्ता...
राजापुरमा विषादी रहित तरकारी खेती व्यवसायकालागि ११ युवतीलाई सहयोग वितरण

राजापुरमा विषादी रहित तरकारी खेती व्यवसायकालागि ११ युवतीलाई सहयोग वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज,, असार २। बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिएको ‘ग्रीन इकोनोमी परियोजना’ अन्तर्गत राजापुर नगरपालिका–४, बर्दियामा विषादी रहित तरकारी खेती व्यवसायका लागि स्टार्ट-अप अनुदान वितरण गरिएको छ। ३९० घण्टे व्यवसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ११ जना युवतीहरूलाई क्यास भौचर असिस्टेन्स प्रणालीमार्फत जनही २३,७३० रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो। साे कार्यक्रमको मुख्य उद्देश्य युवतीहरूलाई हरियाली व्यवसायमा स्थापित गराउँदै आत्मरोजगारी र आर्थिक स्वतन्त्रता हासिल गराउने तथा सामाजिक असमानता, हिंसा र बाल विवाह न्यूनीकरणमा योगदान पुर्‍याउने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । साे सहयोग वितरण कार्यक्रम क्लबका अध्यक्ष तुलाधारको अध्यक्षतामा सम्पन्न भएकाे थियो । कार्यक्रमका प्रमुख अतिथि राजापुर...
राजापुरमा ‘बेतबाँस हस्तकला व्यवसाय’ का लागि १४ युवतीलाई स्टार्ट-अप सहयाेग वितरण

राजापुरमा ‘बेतबाँस हस्तकला व्यवसाय’ का लागि १४ युवतीलाई स्टार्ट-अप सहयाेग वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार २ । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित ‘ग्रीन इकोनोमी परियोजना’ अन्तर्गत राजापुर नगरपालिका–४ मा बेतबाँस हस्तकला व्यवसाय सञ्चालन गर्ने १४ जना युवतीलाई स्टार्ट-अप अनुदान वितरण गरिएको छ। ३९० घण्टाको व्यवसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ती युवतीलाई क्यास भौचर असिस्टेन्स प्रणालीमार्फत जनही २३,७३० रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो। बितरण कार्यक्रममा सहभागी युवतीहरूले आत्मनिर्भर बन्ने आत्मविश्वासका साथ ग्रीन व्यवसायमा संलग्न हुने उत्साह व्यक्त गरेका थिए। कार्यक्रमको उद्देश्य आर्थिक समानता, हिंसा र बाल विवाह न्यूनीकरण गर्दै युवतीहरूलाई आत्मनिर्भर र आर्थिक रूपले सक्षम बनाउने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दीकीले बताउनुभयो । उक्त वितरण कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष ...
बढैयातालमा किशोर किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा शिविर सम्पन्न

बढैयातालमा किशोर किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा शिविर सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज , असार १ । बाँके युनेस्को क्लब र बढैयाताल गाउँपालिकाको स्वास्थ्य शाखाले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारी तथा बढैयाताल गाउँपालिका–८ स्थित कालिका स्वास्थ्य संस्थाको समन्वयमा शसक्त बालिका परियोजनाअन्तर्गत एक दिवसीय यौन तथा प्रजनन स्वास्थ्य सेवा शिविर सम्पन्न गरिएको छ । किशोर–किशोरी र युवा समुहलाई लक्षित गरी आयोजित उक्त शिविरको उद्देश्य पहुँचबाट टाढा रहेका, सीमान्तकृत र जोखिममा रहेका किशोर–किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श र सेवा प्रदान गर्नु रहेको थियो। शिविरमा विशेषगरी विद्यालय बाहिर रहेका तथा संवेदनशील अवस्थाका युवाहरूलाई मानसिक स्वास्थ्य र समग्र जीवनशैलीबारे जानकारी दिइएको थियो। कार्यक्रमको उद्घाटन बढैयाताल गाउँपालिका वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारी हुन...
मेयरकप भलिबलमा आदर्श र धम्बाेझीलाई उपाधि

मेयरकप भलिबलमा आदर्श र धम्बाेझीलाई उपाधि

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ ३१ । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ आदर्श मा बि र पुरुषतर्फ धम्बोजी मा बि प्रथम भएका छन। शुक्रवार नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा सम्पन्न महिलातर्फको फाईनल खेलमा आदर्श मा.बि. ले युनाईटेड एजुकेशनल एकेडेमीलाई २५-१६, २५-१३ ले पराजित गर्दै प्रथम हुन सफल भयो। युनाईटेडले दोस्रो मै चित्त बुझायो । जय बागेश्वरी मा बि ले सगरमाथा मा. बि. लाई २५-१९, २५-१६ ले पराजित गर्दै तेस्रो भयो । त्यस्तै पुरुषतर्फ धम्बोजी मा. बि. ले जय जनता मा. बि. थपुवालाई २५-१६, २५-१६ ले पराजित गर्दै प्रथम भयो । मंगल प्रसाद मा. बि. ले युनाईटेडलाई २५-१८, २४-२६ र २५- २२ ले पराजित गर्दै तेस्रो भयो । दुबै इभेन्टमा प्रथम हुने टीमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणप...
बर्दिया जिल्लाका चार पालिकाका युवाहरु सहभागि युवा भेला सम्पन्न

बर्दिया जिल्लाका चार पालिकाका युवाहरु सहभागि युवा भेला सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, जेठ ३० । ‘युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता ः सबैको मानव अधिकारको सुनिश्चितता’ भन्ने मुल नाराका साथ बर्दिया जिल्लामा युवा भेला सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत आयोजित सो भेलामा युवाहरुको स्थानीय तहमा बस्तीस्तरबाट योजना छनौट प्रकृया, योजनातर्जुमा प्रकृयाको सातवटा चरणहरुमा सहभागिता, भुमिका, युवा लक्षित कार्यक्रमको प्राथमिकता, स्थानयि तहमा युवाको अर्थपुर्ण सहभागिताका लागि वकालत तथा पैरवी गर्नेबारे बृहत्त छलफल भएको थियो । सोही प्रकारले सो भेलामा युवा क्लव र किशोरी क्लवहरुको सामुदायिक जवाफदेहिता र सामुदायिक सहभागिता, स्थानीय सरकारलाई युवामैत्री सेवा, वातावरण र कार्यढाँचा र उत्तरदायित्व र नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयनकालागि क्षमताअभिबृद्धि समेत गरिएको बा...
मधुवनमा जलवायु परिवर्तन, लैङ्गिक समानता र विपद् व्यवस्थापन अभिमुखीकरण सम्पन्न

मधुवनमा जलवायु परिवर्तन, लैङ्गिक समानता र विपद् व्यवस्थापन अभिमुखीकरण सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, जेठ ३० । बर्दियाको मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत खानेपानी, सरसफाइ तथा स्वच्छता, लैङ्गिक समानता, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बाँके युनेस्को क्लब र मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सो अभिमुखीकरण गरिएको हो । कार्यक्रममा वाश समितिका सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघका प्रतिनिधिहरू र बाल क्लबका सदस्यहरू गरी ४५ जनाको सहभागीता रहेको थियो । कार्यक्रमको उद्देश्य विद्यालयका नीतिहरू, भौतिक संरचना र अभ्यासमा लैङ्गिक समानता प्रवद्र्धन गर्नु, विद्यालयका निर्णय प्रक्रिया र गतिविधिमा बालिका, सीमान्तकृत लैङ्गिक पहिचान भएका व्यक्तिहरू तथा पछाडि पारिएका समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नु, लैङ्गिक विभेद न्यूनीकरण गर्न...
मधुवनमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सरोकारवालाको भूमिका बारे अन्तरक्रिया

मधुवनमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सरोकारवालाको भूमिका बारे अन्तरक्रिया

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, जेठ ३० । बाँके युनेस्को क्लब र बर्दिया मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरोकारवालाहरूको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । क्लबद्धारा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरक्रिया आयोजना गरिएको हो । कार्यक्रममा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरी, वडाध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, कार्यपालिका सदस्यहरू, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका प्रतिनिधि सहित २५ जनाको सहभागीता रहेको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले बताउनुभयो । कार्यक्रमको समापन गर्दै उपमेयर चौधरीले मानव बेचबिखन विरुद्धको अभियानमा बाँके युनेस्को क्लबको सक्रियताको प्रशंसा गर्दै सबै सरोकारवालाहरू मिलेर सामूहिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक...
राजापुरमा लैङ्गिक समानता, विपद् व्यवस्थापन र जलवायु परिवर्तनबारे अभिमुखिकरण

राजापुरमा लैङ्गिक समानता, विपद् व्यवस्थापन र जलवायु परिवर्तनबारे अभिमुखिकरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ ३० । बर्दियाको राजापुर नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा खानेपानी, सरसफाइ तथा स्वच्छता, लैङ्गिक समानता, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्लबले सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो अभिमुखीकरण कार्यक्रम गरिएको जनाउँदै कार्यक्रममा वाश समिति सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघका प्रतिनिधिहरू र बाल क्लबका सदस्यहरू सहित ४५ जनाको सहभागीता रहेको राजापुर नगरपालिकाले जनाएको छ । कार्यक्रमको अध्यक्षता गर्दै राजापुर नगरपालिकाकी उपमेयर मनकला कुमारी चौधरीले विपद् जोखिम न्यूनीकरणमा सबैजना केन्द्रित हुनुपर्नेमा जोड दिंदै खानेपानी र सरसफाई तथा लैङ्गिक समानतालाई पनि बिर्सन नहुने बताउनुभयो । कार्यक्रममा राजापुर नगरपालिकाका सूचना प्रविधि अ...