गुलरियामा तीन पालिकाका शिक्षा सम्बद्धहरुलाई दुईदिने प्रेरणात्मक अभिमुखिकरण
समाचारदाता
नेपालगन्ज, भदौ ५ । “बालबालिकाको सफलताका लागि अभिभावकको संलग्नता नै आधार हो” भन्ने नाराका साथ बर्दियाको गुलरियामा तीन पालिकाका शिक्षा सम्बद्ध सरोकारवालाहरुको सहभागितामा दुई दिने अभिमुखीकरण तथा प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
सो अभिमुखीकरण तथा प्रेरणात्मक कार्यक्रममा बर्दियाको गुलरिया र मधुवन नगरपािलका तथा बढैयाताल गाउँपालिकाका १५ वटा विद्यालय तथा शिक्षा इकाईका प्रतिनिधिहरु गरेर २१ जनाको सहभागिता रहेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रमको उदेश्य सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, “एक घर एक अध्ययन कुनाको” अभियानलाई प्रवद्र्धन गर्ने तथा अभिभावक–शिक्षक–विद्यार्थीब...









