बर्दियामा मानबबेचबिखन बिरुद्ध सन्देश दिन डिजिटल बोर्ड स्थापना
समाचारदाता
नेपालगन्ज, असार १२ । सुरक्षित आप्रवासन सम्बन्धी जानकारी दिनुका साथै मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले बर्दियाको जिल्ला प्रशासन कार्यालयमा डिजिटल बोर्ड स्थापना गरिएको छ ।
बर्दिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले रिबन काटेर उक्त बोर्डको औपचारिक उदघाटन गर्नुभएको थियो । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा सञ्चालित ‘सुरक्षा परियोजना’ अन्तर्गत जिल्ला प्रशासन कार्यालयको सहकार्यमा सो डिजिटल बोर्ड स्थापना गरिएको क्लबका उप निर्देशक गोबिन्द लामिछानेले बताउनुभयो ।
उदघाटन कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी कठायतले यस्तो सन्देशमूलक श्रव्य–दृश्य सामग्रीले सेवाग्राहीहरूलाई सुरक्षित आप्रवासन सम्बन्धी महत्वपूर्ण जानकारी दिनुका साथै मानब बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धिमा टेवा पु¥याउने ब...









