समाचारदाता
नेपालगन्ज, चैत १३ । लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुना सहितको बाँके युनेस्को क्लबको अनुगमन टोलीले बर्दियामा सञ्चालित ग्रीन इकोनोमि परियोजनाको स्थलगत अनुगमन गरेको छ ।
प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा क्लबले राजापुर नगरपालिकामा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गतको बाँस हस्तकला तालिमको संयुक्त रूपमा अवलोकन अनुगमन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले अनुगमनका क्रममा सहभागिहरुले तालिममा सिकेका कुराहरुको जानकारी लिनुका साथै उनिहरुको प्रयास र तालिमको अवस्थाको बारेमा पनि बिस्तृत जानकारी लिईएको बताउनुभयो ।
अनुगमनको क्रममा लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री नमुनाले युवतीहरूकालागि रोजगारी सिर्जना गर्न उनिहरुलाई यस्तो अवसर प्रदान गर्ने बाँके युनेस्को र प्लान इन्टरनेशनल नेपालको प्रयासको...
समाचारदाता
नेपालगन्ज, चैत १२ । बर्दिया जिल्लाको मधुवन नगरपालिकाले कुनै पनि बालवालिकाहरु शिक्षाको अवसरबाट वन्चित हुन नपरोस भनि १६ वर्ष भित्रका बिद्यालय बाहिर रहेका बालबालिका लगायतको तथ्यांक संकलन शुरु गर्न थालेको छ ।
मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र बाँके युनेस्को क्लवको बालिका शसक्त परियोजनाको संयुक्त साझेदारीमा बिद्यालय बाहिर रहेका बालबालिका लगायत अपाङ्घता भएका बालबालिका र १५ वर्ष देखि ४५ वर्ष भित्रका मानिसहरुको तथ्यांक संकलन गर्नका लागि बाल विकासका शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
सो अभिमुखिकरण कार्यक्रममा सहभागि हुनु भएका नगरपालिका भित्रका ६४ जना बाल विकासका शिक्षकहरुले तथ्यांक संकलन कार्य शुरु गर्ने जनाईएको छ ।
बिद्यालय वाहिर रहेका बालवालिकाको सर्वेक्षण गर्ने उदेश्यले सञ्चालन गरिएको सो अभिमुखिकरण कार्यक्रमको अध्यक्षता गर्दै मधुवन नगरपालिका उपमेयर ...
समाचारदाता
नेपालगन्ज, चैत ११ । बाँके युनेस्को क्लबले बर्दियाका दुई वटा पालिकाका शिक्षकहरुका लागि सञ्चालन गरेको लैंगिक रुपान्तरित समावेशी शिक्षण विधि र कक्षा कोठा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरेको हो ।
तीन दिनसम्म सञ्चालन भएको सो तालिमको समापन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले बिद्यालयलाई लैंगिकमैत्री र अपांगतामैत्री बनाउन तथा मानव बेचबिखन विरुद्ध सचेतना बढाउन यस्ता तालिमले अहम भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले बाँके युनेस्को क्लब र प्लान नेपालले स्थानीय सरकारहरूलाई यस्ता विषयमा जागरूक बनाउने र सहयोग गर्ने कार्य गर्दै आएकोमा सराहना गर्नुभयो ।
प्रादेशिक स्तरमा नीति निर्माण र बजेट विनियोजनको लागि आफुले निरन्तर ...
समाचारदाता
नेपालगन्ज, चैत ९ । बाँके युनेस्को क्लबले बर्दियाका दुई वटा पालिकाका शिक्षकहरुका लागि विद्यालयमा सुरक्षित, समावेशी र बालमैत्री वातावरण सिर्जना गर्न लैङ्गिक रूपान्तरणकारी समावेशी शिक्षाशास्त्र र कक्षाकोठा व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सुरु गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तीन दिने तालिम सुरु गरिएको हो ।
सो तालिममा शिक्षकको पेशागत विकासको लागि सहयोग र शिक्षकहरूलाई लैङ्गिक रूपान्तरणकारी समावेशी शिक्षाशास्त्र लागू गर्ने भन्ने विषयमा प्रशिक्षण दिने कार्य भइरहेको बाँके युनेस्को क्लबले जनाएको छ ।
तीन दिनसम्म चल्ने सो तालिममा बर्दियाको मधुवन र राजापुर नगरपालिकाका १० वटा विद्यालयका शिक्षकहरू सहभागी हुनुहुन्छ । सो तालिममा सेवानिवृत्त शिक्षा प्रमुख नीलकण्ठ रेग्मीले सहजीकरण गरिरहनु भएको छ ।
सो ता...
समाचारदाता
नेपालगन्ज, चैत ९ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर र मधुवन नगरपालिकाका शिक्षकहरुका लागि आत्मसुरक्षा सम्बन्धि प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा कार्यान्वयन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत शिक्षकहरुका लागि सो पाँच दिने प्रशिक्षक प्रशिक्षणको आयोजना गरेको हो ।
बिशेषगरि विद्यालयका शिक्षकहरूलाई आत्मसुरक्षा प्याकेजमा पाँच दिने प्रशिक्षक तालिम दिनका लागि आयोजना गरिएको सो प्रशिक्षणमा बेचबिखन सम्बन्धी विषयहरू समावेश गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले तालिमको मुख्य उदेश्य र लक्ष्य शिक्षकहरूको क्षमता, ज्ञान र सीपमा अभिवृद्धि गर्नु रहेको जनाउँदै तालिम लिएर प्रशिक्षक बनेका शिक्षकहरुले विद्यालयका विद्यार्थीहरूलाई आत्मसुरक्षा सम्बन्धि प्याकेज सहज रुपमा दिन सक्ने बताउनुभयो ।
बर्दियाक...
समाचारदाता
नेपालगन्ज, चैत ८ । नेपालगन्जको महेन्द्र पार्क स्थित अन्सारियान मस्जिद निर्माणमा टाइल्स मार्बल आवस्यक परेकोले सोका लागि राजा खान ह्युमन बिईंग नामक संस्थाद्धारा एक लाख रुपियाँ नगद बराबरको सहयोग गरिएको छ।
स्थानीय मस्जिद निर्माणको लागि युवा समाजसेवी राजा खानले आफ्नो संस्थामार्फत नगद एक लाख रुपैयाँ सहयोग प्रदानगर्नु भएको हो। धार्मिक सहिष्णुता र सामाजिक सेवामा सक्रिय खानले यो आर्थिक सहायता प्रदान गर्दै समुदायमा मेलमिलाप र सहकार्यको सन्देश दिनु भएको छ ।
मस्जिद निर्माण समितिका पदाधिकारीहरूले खानलाई सहयोग गरे वापत धन्यवाद ज्ञापन गर्दै उहाँको योगदानले धार्मिक गतिविधिहरू सहज बनाउने विश्वास व्यक्त गरेका छन्। स्थानीयबासीले पनि उहाँको सहयोगप्रति आभार प्रकट गर्दै यसले समाजमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।
सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय नेताहरू, धर्मगुरुहरू तथा समाजसेवीहरूको ...
समाचारदाता
नेपालगन्ज, चैत ४ । बाँकेका चर्चित युवा समाजसेवी राजा खान नेपालगन्जले मानव मात्रको सेवा र कल्याणका लागि गठन गरेको राजा खान बिईंग ह्यूमन समुहले जिल्लाको डुडुवा गाउँपालिकामा रहेको एक मदरसामा शौचालय निर्माण शुरु गर्नुका साथै त्यहाँ अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री समेत बितरण गरेको छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ छोटी हलबलडोलीमा रहेको मदरसा शहादतुल उलुममा शौचालय नहुँदा त्यहाँ अध्ययन गर्न आउने बालबालिका र सो मदरसाका शिक्षक तथा धर्मगुरुहरुलाई समस्या परिरहेको थाहा पाएर आफुले आफ्नो समुहको तर्फबाट शौचालय निर्माण कार्यको शुरुवात गरेको समाजसेवी राजा खानले बताउनुभयो ।
उहाँले सो मदरसामा शौचालय निर्माणको शिलान्यास गर्नुका साथै निर्माणमा लाग्ने सम्पूर्ण रकम प्रदान गर्ने जनाउँदै त्यहाँ अध्यनरत विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामाग्री समेत बितरण गरेको बताउनुभयो ।
...
समाचारदाता
नेपालगन्ज, चैत १ । बर्दिया जिल्लाको दुई वटा पालिकाका स्वास्थ्य चौकीमा नयाँ निर्माण गरिएका किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण गरिएको छ ।
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरणको परियोजना अन्तर्गत बारबर्दिया नगरपालिकाको वडा नं. १ को पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्र र गेरुवा गाउँपालिकाको वडा नं. ५ को पशुपतिनगर स्वास्थ्य चौकीमा नयाँ निर्माण गरिएका किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण गरिएको हो ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरूलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पालिकाहरुलाई हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाल...
समाचारदाता
नेपालगन्ज, फागुन २९ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित ‘सुरक्षा परियोजना’ सम्बन्धी जानकारी तथा समन्वय बैठक राजापुर नगरपालिकामा सम्पन्न गरेको छ ।
परियोजनाका लक्ष्य, उद्देश्य, प्रतिफल, बजेट र कार्यपद्धति सम्बन्धी जानकारी स्थानीय सरकार तथा प्रमुख सरोकारवालाहरूलाई दिनका लागि सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ दुर्गा कुमारी क्षेत्रीले संस्थाको कार्यपद्धति, विषयगत क्षेत्रहरू, राजापुर नगरपालिकामा सञ्चालित समग्र कार्यक्रमहरू र लक्षित बालबालिकाहरूको अवस्था सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।
साथै, उहाँले ‘सुरक्षा परियोजना’ का उद्देश्य, गतिवि...
समाचारदाता
नेपालगन्ज, फागुन २६ । नेपालगन्जका चर्चित युवा समाजसेवी राजा खानले बाँके कारागारमा कैदी बन्दी जीवन बिताइरहेका मुस्लिम कैदी बन्दीहरुका लागि रमजानको रोजा इफ्तारीका लागि विभिन्न खाद्य सामाग्रीसहित फलफूल सहयोग प्रदान गर्नु भएको छ ।
अहिले मुस्लिम समुदायको सबैभन्दा पवित्र महिना रमजान पर्व चलिरहेकोले कारागारमा रहेका कैदी बन्दीहरुलाई रोजा इफ्तार गर्न सहयोग पुगोस भनेर आफुले थोडै भएपनि इफ्तारका लागि खाद्यान्नसहित फलफूल सहयोग प्रदान गरेको समाजसेवी खानले बताउनुभयो ।
उहाँले रमजानको बेला धनि, गरिब र मध्यम सबै बर्गले राम्रोसंग रोजा खोल्न पाउन भन्ने उदेश्यका साथ आफुले सहयोग गर्दै आएको जनाउँदै कैदी बन्दीहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
सोमवार दिउँसो समाजसेवी खानसहितको युवाहरुको एक टोलीले नेपालगन्ज कारागारमा पुगेर सो खाद्य सामाग्री कारागार प्रशासनमार्फत कैदीहरुलाई प्रदान गर...