९ माघ २०८२, बिहीबार

मुख्य समाचार

डुडुवा गाउँपालिकामा ३२ जना कडा कुपोषित बालबालिका भेटिए

डुडुवा गाउँपालिकामा ३२ जना कडा कुपोषित बालबालिका भेटिए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
पालिकास्तरीय पोषण लेखाजोखा तथा समिक्षा गोष्ठि सम्पन्न समाचारदाता नेपालगन्ज, फागुन ८ । बाँकेको डुडुवा गाउँपालिकामा पालिकास्तरीय पोषण लेखाजोखा तथा समिक्षा गोष्ठि सम्पन्न भएको छ । केयर नेपाल, आइडि नेपालसंगको साझेदारीमा बी–ग्रुपद्धारा बाँकेमा संचालित पोषण परियोजनाको आर्थीक सहयोग र डुडुवागाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सो गोष्ठि विहिवार सम्पन्न भएको हो । डुडुवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पटेश्वर कुर्मीको अध्यक्षतामा सम्पन्न भएको सो गोष्ठिमा गाउँपालिकामा रहेका ६ देखि ५९ महिनाका बालबालिकाहरुको पोषण लेखाजोखा प्रस्तुत गनुृका साथै उनिहरुको व्यवस्थापनको बारेमा बिस्तृत छलफल भएको थियो । कार्यक्रममा बालबालिकाको पोषण लेखाजोखा प्रस्तुत गर्दै गाउँपालिकामा कडा सिघ्र कुपोषण भएका ३२ जना बालबालिका भेटिएको र २१४ जना मध्यम सिघ्र कुपोषण भएका बालालिका भेटिएको जानकारी गराईएको थियो । कडा सि...
निशा चौधरी बनिन् शिक्षा विकास तथा समन्वय ईकाइ बर्दियाको नमुना प्रमुख

निशा चौधरी बनिन् शिक्षा विकास तथा समन्वय ईकाइ बर्दियाको नमुना प्रमुख

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, फागुन ७ । किशोरीहरुको नेत्तृव विकास, क्षमता अभिबृद्धि तथा उत्प्रेरणाकालागि गुलरिया नगरपालिका वडा नम्बर ५ सफलता किशोरी क्लवकी अध्यक्ष निशा चौधरीले शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको नमुना प्रमुखको जिम्मेवारी एक दिनका लागि सम्हाल्नु भयो । प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा सञ्चालित शसक्त बालिका परियोजनाले शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको सहकार्यमा गल्र्स टेक ओभर अन्तर्गत समन्वय प्रमुख सुर्य बहादुर खत्रीको अध्यक्षतामा सो कार्यक्रम संचालन भएको थियो । उक्त गल्र्स टेकओभर कार्यक्रममा गुलरिया नगरपालिका भित्रका ६ वटा किशोरी क्लवका किशोरीहरुको उपस्थिती रहेको थियो । सो गल्र्स टेकओभर कार्यक्रममा किशोरीहरुले नमुना समन्वय प्रमुखलाई शिक्षा संग सम्बन्धित जिज्ञाशाहरु राखेका थिए । समन्वय ईकाइले अपागंता भएका बालबालिकाहरुको शिक्षण सिकाईमा कसरी...
फोहोर व्यवस्थापनमा लापरवाही हुँदा नेपालगन्जको सरसफाई र स्वच्छतामा समस्या

फोहोर व्यवस्थापनमा लापरवाही हुँदा नेपालगन्जको सरसफाई र स्वच्छतामा समस्या

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, फागुन ६ । पश्चिम नेपालकै प्रमुख सहर नेपालगन्जको फोहोर व्यवस्थापन राम्रोसंग हुन नसक्दा नगरको सरसफाई र स्वच्छतामा कमी कमजोरी देखिएकोले फोहोर व्यवस्थापनमा बिशेष ध्यान दिनुपर्नेमा एक कार्यक्रममा बिशेष जोड दिईएको छ । एएफडी र एमडिएम फ्रान्सको साझेदारीमा बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा मंगलवार यहाँ आयोजना गरिएको सार्वजनिक निजि साझेदारी मञ्चको बैठकका सहभागिहरुले सो कुरामा जोड दिएका हुन् । नेपालगन्ज उपमहानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिका संंयोजक वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि अधिकांशले पछिल्लो समयमा आएर नेपालगन्जको सरसफाई खस्किंदै गएकोले सो बारेमा सम्बन्धित निकायले तत्काल ध्यान दिनु पर्ने बताएका थिए । पेशागत स्वास्थ्य सुुरक्षा निर्देशिका का...
बर्दियाका शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा ब्यवस्थापन प्रणाली तालिम

बर्दियाका शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा ब्यवस्थापन प्रणाली तालिम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, फागुन ५ । विद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उदेश्यले बर्दिया जिल्लाका शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा व्यवस्थापन प्रणाली व्यवस्थापन तालिम दिइएको छ । दुईदिनसम्म चलेको सो तालिम प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र र बिग्रुपको आर्थिक र प्राविधिक सहयोगमा संचालन गरिएको थियो । विद्यालयका हरेक भौतिक संरचना, विद्यार्थी संख्या, सवै सूचनाहरु एकीकृत रुपमा चुस्तदुरुस्त राख्ने हेतुले सरकारले एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागु गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको आयोजना शिक्षा तथा मानव स्रोत विकास केन्द्र काठमाडौंको सहयोगमा सञ्चालित उक्त तालिममा बर्दिया जिल्लाका ८ वटै स्थानिय तहका शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी, प्रत्येक पालिकाका ३–३ जना शिक्षकहरुको सहभागिता रहेको थियो । स...
बालिका सशक्तिकरणका लागि ६ बुँदे संकल्प गर्दै दुईदिने बालिका सम्मेलन सम्पन्न

बालिका सशक्तिकरणका लागि ६ बुँदे संकल्प गर्दै दुईदिने बालिका सम्मेलन सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, फागुन ४ । स्थानीय तहको योजना निर्माण प्रक्रियामा बालिकाहरुको सहभागिता र सवालको विषयमा बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोझीमा आयोजना गरिएको दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ । बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बालिकाको अधिकार, समस्या, चुनौती र स्थानीय तहको योजना प्रक्रियामा उनिहरुलाई सहभागि गर्ने लगायतका विषयमा केन्द्रित रहेर सो सम्मेलन आयोजना गरिएको थियो । सो सम्मेलनको मुख्य उद्देश्य बालिका सशक्तिकरण, बाल तथा किशोर अधिकार, किशोरकिशोरीका समस्या र स्थानीय तहको योजना प्रक्रियामा उनिहरुको सहभागिता बढाउने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले सम्मेलनले ६ बुँदे संकल्प तयार गरेर सो संकल्पलाई पारित समेत गरेको बताउनुभ...
प्रहरीको पहल र सक्रियतामा त्रिभुवन चोकको सरसफाई र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार

प्रहरीको पहल र सक्रियतामा त्रिभुवन चोकको सरसफाई र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, माघ २५ । केही दिन पहिलेसम्म ठाउँ ठाउँमा फोहोरको थुप्रो देखिने र जहाँ पायो त्यही फोहोर फालेको पाइने नेपालगन्जको मुटु मानिने त्रिभुवन चोक अहिले निकै सफा र व्यवस्थित देखिन्छ । नगर भवन अस्थायी प्रहरी पोष्टमा असई कुल बहादुर बिक आएपछि उहाँको पहल र अग्रसरतामा त्रिभुवन चोक सफा मात्र नभई चोकको ट्राफिक व्यवस्थापन समेत चुस्त दुरुस्त भएको स्थानीयले जनाएका छन् । असई बिकको पहल र अग्रसरतामा त्रिभुवन चोक र सो वरिपरिको क्षेत्रमा सरसफाईको निकै राम्रो व्यवस्था भएको जनाउँदै चोकमै पसल भएका राकेश कुमार गुप्ताले उहाँले आफै फोहोर हटाई अरुलाई पनि फोहोर जथाभावि नफाल्न र सफाई राख्न आग्रह गर्नु भएकोले नै अहिले चोक निकै सफा देखिएको बताउनुभयो । गुप्ताले असई बिक त्रिभुवन चोकमा आएयता सरसफाईको राम्रो व्यवस्था हुनुका साथै चोकको ट्राफिक व्यवस्थापन समेत राम्रो भएको र जहाँ पाए त्यहाँ पार्किंग गर्ने कार...
बैजनाथमा पोषण परियोजनाको अनुगमन र समिक्षा बैठक सम्पन्न

बैजनाथमा पोषण परियोजनाको अनुगमन र समिक्षा बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, माघ २२ । केयर नेपाल र आइडी नेपालको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालन गरेको पोषण परियोजनाको अनुगमन तथा समिक्षा बैठक मंगलवार सम्पन्न भएको छ । बैजनाथ गाउँपालिका परियोजना सल्लाहकार समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा परियोजनाको अनुगमन भ्रमण तथा समिक्षा बैठक सम्पन्न भएको हो । पालिकाको परियोजना सल्लाहकार समिति लगायतको सहभागितामा बैजनाथ ८ को फत्तेपुर र टिटिहिरीयामा पोषण परियोजना अन्तर्गत सञ्चालन गरिएका कार्यक्रमको अवस्था बुझ्नुका साथै समिक्षा बैठक पनि सम्पन्न गरियोे । सो क्रममा अनुगमन टोलीले बैजनाथ ८ फत्तेपुरमा रहेको चेतनशिन स्वास्थ्य आमा समुहसंग कार्यक्रम बारे छलफल गर्नुका साथै उनिहरुले बनाएको पोषण बगैंचाको समेत अनसगमन गरेको थियो । सो अवसरमा पोषण सम्बन्धि गतिविधिहरुका बारेमा बिस्...
वी लभ यु फाउन्डेशनद्धारा आयोजित कार्यक्रममा एकै दिन १८४ जनाद्धारा रक्तदान

वी लभ यु फाउन्डेशनद्धारा आयोजित कार्यक्रममा एकै दिन १८४ जनाद्धारा रक्तदान

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगन्ज, माघ १८ गते । जाडोको समयमा रक्तदान गर्नेहरु घट्दै गएपछि रगतको अभाव हुन थालेकोले सो अभाव टार्न एक कल्याणकारी संस्था वी लभ यू फाउन्डेशनले आयोजना गरेको रक्तदानमा एकै दिन १८४ जनाले रक्तदान गरेका छन् । वी लभ यू फाउन्डेसन पश्चिम क्षेत्रका प्रतिनिधी अनिल मोक्तानले दिनु भएको जानकारी अनुसार ६८० औं विश्वव्यापी रक्तदान अभियान अन्तर्गत फाउन्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको जनाउँदै नेपालगन्जमा गरिएको कार्यक्रममा १८४ जनाले एकैदिन रगतदान गरेका हुन् । सो रक्तदान कार्यक्रमबाट रगत अभावको बेला १८४ पिन्ट अर्थात ६४ हजार ४०० मिलिलिटर रगत संकलन गरिएको प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । उहाँले सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको जनाउँदै यस्ता बृहत्त रक्तदानले अन्य संघसंस्थालाई पनि रगत दान गर्न उत्प्रेरणा दिने...
खोप अभियानलाई सफल बनाउने मुस्लिम धर्मगुरु र शिक्षकहरुको प्रतिवद्धता

खोप अभियानलाई सफल बनाउने मुस्लिम धर्मगुरु र शिक्षकहरुको प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, माघ १८ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले बाँके युनेस्को क्लबको सहकार्यमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियानलाई सफल पार्न मुस्लिम समुदायका धर्मगुरुहरु र मुस्लिम शिक्षकहरूसंग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । माघ २२ गतेदेखि ६ फागुनसम्म बाँकेका सबै पालिकामा सञ्चालन गरिने खोप अभियानका बारेमा मुस्लिम धर्मगुरु र शिक्षकहरुलाई जानकारी गराई सबैको सहभागिता सुनिश्चित गराउन छुट्टा छुट्टै छलफल कार्यक्रम आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उहाँले छलफल मुख्यतया १० देखि १४ वर्षका र कक्षा ६ देखि १० सम्मका मुस्लिम बालिकाहरूलाई खोप अभियानमा शतप्रतिशत संलग्न गराउने रणनीतिहरूमा केन्द्रित रहेको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीको अध्यक्षतामा भएका ती दुबै कार्यक्रममा सहभाग...
सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा निकाय एसएसबीको डिआईजीस्तरीय समन्वयात्मक बैठक सम्पन्न

सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा निकाय एसएसबीको डिआईजीस्तरीय समन्वयात्मक बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगन्ज, माघ ५ । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच पाल्पा जिल्लाको तिनाउँ गाउपालिका वडा नं ३ स्थित लुम्विनी केबलकार बुटवल हिलको सभाहलमा डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक शुक्रवार सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले आयोजना गरेको उक्त समन्वयात्मक बैठकको नेतृत्व नेपालको तर्फबाट नं ५ बिन्ध्यावासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले गर्नुभएको थियो भने र भारततर्फबाट उक्त समकक्षी बैठकको नेतृत्व भारतीय सशस्त्र सीमा बलको सेक्टर हेडक्वाटर लखीमपुर खिरीका डिआईजी बी विक्रमन तथा सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजी मुन्ना सिंहले गर्नुभएको थियो । बैठकमा नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीना लगायत बाहिनी मातहत गणपति र ...