बालिका शसक्त परियोजनाको उपलब्धि समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न
समाचारदाता
गुलरिया, बर्दिया जेठ २७ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरेको बालिका शसक्त परियोजनाका उपलब्धि, सिकाइ तथा दिगोपनाका पक्षहरूको समीक्षा गर्ने उद्देश्यले निकास बैठक तथा सामाजिक परीक्षण कार्यक्रम गरेको छ ।
कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्री गौतम, वडा नं. १, २, ४, ५, ११ र १२ का वडा अध्यक्षहरू, वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल, शिक्षा शाखाका फोकल व्यक्ति चन्द्रबहादुर खत्री, महिला विकास शाखाकी गीता बकवाल, स्वास्थ्य शाखाका शिवकुमार चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक, पत्रकार, धार्मिक अगुवा, किशोरी समूह, युवा क्लब तथा नगरपालिका स्तरीय युवा सञ्जालका प्रतिनिधिहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
गुलरिया नगरपालिकाका उपप्रमुख गौतमले बालिका तथा किशोरीहरूको सशक्तीकरण, सुरक्षित वातावरण निर्माण र गुणस्तरीय शि...









