किशोरीकालागि महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ १६ । १० औं महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी मैत्री विश्वब्यापी हातेमालो भन्ने मुल नाराका साथ बर्दियामा किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
गुलरिया नगरपालिका भित्रका किशोरी क्लवका किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा सञ्चालित बालिका सशक्त परियोजना अन्तर्गत गुलरिया नगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा किशोरीहरुलाई मर्यादित महिनावारीको अभियान संचालनकालागि सो कार्यक्रम संचालन गरिएको परियोजनाका संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भयो ।
उहाँले महिनावारीको विषयमा समुदायमा विद्यमान रहेको नकारात्मक धाराणाहरुलाई चिर्दै सकारात्मक सोचको विकास गर्न कार्यक्रम सञ्चालन गरिएको जन...









