नाजिया बनिन् एक दिनका लागि गुलरिया नगरपालिकाकी उपमेयर
समाचारदाता
नेपालगन्ज, पुस ३ । बर्दियाको गुलरिया नगरपालिकामा रहेको प्रगति किशोरी क्लबकी सदस्य नाजिया खानले एक दिनका लागि उपमेयर सावित्रा गौतमको पदभार ग्रहण गरेपछि आफुमा समाजका लागि केही गर्ने आत्मविश्वास बृद्धि भएको बताउनुभयो । उहाँले यो कार्यक्रमले किशोरीहरुको क्षमता विकासमा पनि ठुलो योगदान गरेको बताउनुभयो ।
प्लान नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले संचालन गरेको शसक्त बालिका परियोजनाको गल्र्स टेकओभर कार्यक्रम अन्तर्गत नाजिया खान गुलरिया नगरपालिकाको एक दिनको उपमेयर बन्नु भएको हो ।
सो कार्यक्रमको उदेश्य किशोरीहरूलाई उनीहरूको रोल मोडेल बन्न सक्ने क्षमतालाई महसुस गर्न र भविष्यमा नेतृत्वदायी भूमिका खेल्न थप प्रोत्साहित गरेर उनीहरूलाई सशक्त बनाउनु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
सो अवसरमा बोल्दै गुलरियाका उपमेयर सावित्रा गौतमले गल्र्स टेकओभर कार्यक्रम...









